काठमाडौं । संविधान संशोधनको लक्ष्यसहित प्रतिनिधिसभाका २ ठुला दलहरूको सहमतिबाट नयाँ सरकार बनेसँगै संविधान संशोधनका लागि अंकगणितको पनि चर्चा हुन थालेको छ । अहिलेको सरकारमा सहभागी रहेका दल र सरकारलाई समर्थन गर्ने दलका आधारमा हेर्दा नयाँ गठबन्धनलाई प्रतिनिधि सभामा २ तिहाइ सिट पु¥याउन खासै गाह्रो हुने देखिँदैन । तर राष्ट्रियसभाको अंकगणित भने फरक रहेको छ । कहिले काँग्रेससँग त कहिले एमालेसँग मिलेर हाल राष्ट्रिय सभाको सबैभन्दा ठुलो दल बनेको नेकपा माओवादी केन्द्रसँग १७ सिटसंख्या रहेको छ भने राष्ट्रपतिबाट मनोनित भएका राष्ट्रिय सभाअध्यक्षसमेत रहेका नारायण दाहालसमेत गर्दा सो सिट संख्या १८ पुग्छ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका १६ तथा नेकपा एमालेका…
Author: Kathmandu Khabar
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा कर उठाउन बाँकी करदाताको सूची बुढानीलकण्ठ नगरपालिकाले नै लुकाएको भेटिएको छ । महालेखाका अधिकारीहरु नगरपालिकामात्रै नभएर वडावडामा पुगेर समेत करदाताको सूची माग गर्दा पनि उपलब्ध नगराएको महालेखाको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । नगरपालिकालाई आउनुपर्ने करोडौंको राजस्व यसरी नै मिलेमतोमा चुहावट भइरहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७९।८० को लेखापरीक्षण प्रतिवेदनमा महालेखाले पालिकासँग पालिकाभर राजस्व बुझाउन सम्भाव्य भएको तर करको दायरामा नआएका करदाता, उद्योग, होटल, अस्पताल आदिको बारेमा नगरप्रमुखसहितको बैठकमा पटकपटक माग गरिएको भए पनि उपलब्ध नगराएको आरोप महालेखाको छ । त्यस्तै, वडामा डोर गएर वडाध्यक्षहरुसँग सोको विवरण माग्दा वडाध्यक्षहरुले समेत यसको विवरण दिन अनुरोध…
काठमाडौं । प्रधानमन्त्रीमा राष्ट्रपतिबाट नियुक्त भएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भेट्न उनकै निवासमा पुगेका छन् । आइतबार महाराजगञ्जमा साँझ ५ बजे नियुक्ति लिएपछि उनी सिधै विद्या निवास चपली पुगेका थिए । ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार यो शिष्टाचार भेट भएको र भण्डारीले ओलीलाई बधाई दिएकी थिइन् । ओलीले सपथ पनि लिएका छैनन् । शपथ सोमबार बिहान ११ बजेका लागि तय गरिएको छ । यसरी सपथ पनि नलिई भण्डारीको बधाई लिन जानुलाई एमालेभित्रको पछिल्लो विकसित राजनीतिक घटना मुख्य रहेको बताइन्छ । नेकपा एमालेको राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेकी भण्डारीले आफ्नो सर्वमान्य अध्यक्ष पदमाथि धावा बोल्न सक्ने…
काठमाडौं । मुग्लिन (चितवन) । मर्मतका लागि आजदेखि मनकामना केबुलकार बन्द हुने भएको छ । पुरानो प्रविधि विस्थापित गर्दै नयाँ प्रविधि प्रतिस्थापन गर्नका लागि ५० दिन बन्द हुने भएको कम्पनीले जनाएको छ। मनकामना दर्शन प्रालिका अनुसार केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द गर्न लागिएको हो । अहिले ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको छ । कम्पनीका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको छ । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ । यसका दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका छन् । मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम…
काठमाडौं । नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको सपथ खाँदैछन् । बिहान ११ बजे राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सपथ लिने तयारी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले सपथ लिएपछि काँग्रेस र एमालेबाट मन्त्री भएर जानेहरूको पनि सपथ आजै सम्पन्न गर्ने तयारीमा दुवै दल रहेको बुझिएको छ । यसका लागि नेपाली काँग्रेसले लगभग मन्त्रीहरूको नाम पक्का गरिसकेको छ भने एमालेबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीले नै पाएका छन् । अत: दुवै पार्टीले ओलीले सपथ लिए लगत्तै मन्त्रीको सपथ दिने गरी मन्त्री…
काठमाडौं । सात खेलमा अपराजित रहँदै स्पेनले युरोकप २०२४ को उपाधि जितेको छ । योसँगै स्पेनले सर्वाधिक युरोकप जित्नेको रेकर्ड ब्रेक गर्दै स्पेन चौथो पटक च्याम्पियन बनेको हो । इंग्ल्याण्ड भने लगातार दोस्रो पटक उपविजेतामै रोकिएको छ । यसअघि २०२१ मा भएको युरोको फाइनलमा इंग्ल्याण्ड घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो । स्थानीय समय अनुसार आइतबार जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेनले उपाधि जितेको हो । जितका लागि स्पेनका निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए । स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको थियो…
काठमाडौं । नेपाली काँग्रेसले मन्त्रीहरूको नाम टुङ्ग्याएको छ । संस्थापन र इतर समूहको गरी ९ जनाको नाम टुंगो लागेको हो । जसमा ४ जना संस्थापन इतरका रहेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ खाने बेलामा नै केही मन्त्रीहरुले सपथ खाने सम्भावना रहेको छ । स्रोतका अनुसार ऊर्जा मन्त्रालयको जिम्मेवारी र उपप्रधानमन्त्रीको रूपमा प्रकाशमान सिंहले सरकारमा काँग्रेसको तर्फबाट नेतृत्व गर्ने भएका छन् । त्यस्तै, गृह मन्त्रालयमा रमेश लेखक, परराष्ट्रमा आरजु देउवा, वन वा कानुन मन्त्रालयमा अजय चौरसिया र सहरी विकासमा किशोरसिंह राठौरको नाम लगभग पक्का भएको बुढानीलकण्ठ स्रोतले जनाएको छ । यसरी संस्थापनको तर्फबाट कुल ५ जना मन्त्री जानेछन्…
काठमाडौं । न्युरोडमा रातारात पिच गरेर काठमाडौं महानगरपालिकालाई चुनौती दिएको सडक विभागले न्युरोडमा सडक विस्तार रोक्ने कार्यसम्बन्धी मुद्दा हारेको छ । सडक डिभिजन कार्यालयले महानगरलाई पत्र लेख्दै फुटपाथ विस्तार नगर्न भनेको विरोधमा काठमाडौं महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । आइतबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा सडक कार्यालयको पत्र कार्यान्वयन नगर्नू भन्ने आदेश दिएसँगै महानगरपालिका फुटपाथ विस्तार गर्न सहज भएको हो । उच्च अदालतले सडक डिभिजन कार्यालय काठमाडौंले गत जेठ १३ गते र १६ गते महानगरपालिकालाई पठाएको पत्र यो रिटको अन्तिम टुंगो नलाग्दासम्म यथास्थितमा राख्न अन्तरिम आदेश दिएको हो । काठमाडौं…
काठमाडौं । शुक्रबार काठमाडौं महानगरपालिकाले विभिन्न घरमा घरेलु कामदारका रूपमा दुर्व्यवहार सहेर बसेकी बालिकालाई परिवारको जिम्मा लगाउने विषयमा सर्वोच्च अदालतको पूर्ण इजलासमा हुँदै थियो । संयुक्त इजलासमा मत बाझिएपछि बसेको पूर्ण इजलासले बालिकालाई सशर्त बाबुआमाको जिम्मा लगाउने फैसला गरेको थियो । सोही फैसलाअनुसार बाबुआमाले बच्चा बुझेको कागजमा हस्ताक्षर पनि गरे । घर जाने तयारी भइरहेको बेलामा फसाद त्यतिबेला पर्यो जतिबेला बालिकाले आफ्नै आमाबाबुसँग जान मानिनन् । एकाएक इजलासबाहिर हलचल मच्चियो । बच्चालाई बाबुआमासहित धेरैले सम्झाउन थाले । तर पनि कुनै पनि हालतमा ती बालिका बाबुआमासँग घर फर्किन मान्दैमानिनन् । मनाउने प्रयास राति ८ बजेसम्म चलेपनि उनले नमानेपछि फेरि अर्को कागज…
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति एवं भावी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । शनिबार राति पेन्सलभेनिया राज्यमा स्टेजमा बोल्ने क्रममा उनीमाथि गोली प्रहार भएको सीएनएनले जनाएको छ । गोली उनको दाहिने कानको माथिल्लो भागबाट पछाडि गएको थियो । गोली लागेर एक बन्दुकधारी र एक दर्शकको मृत्यु भएको छ। अर्का एक दर्शकको अवस्था गम्भीर छ। कानून प्रवर्तन अधिकारीहरुका अनुसार गोलीबारीलाई हत्याको प्रयासको रूपमा अनुसन्धान भइरहेको छ। गोली लागेपछि लडेका ट्रम्पलाई गुप्तचरहरूले उठाएका थिए। उनको अनुहारमा अनुहारमा रगत देखिएको थियो। राष्ट्रपति जो बाइडनले ट्रम्पको हत्या प्रयासको निन्दा गर्दै उनी सुरक्षित रहेको बताएका छन्।
काठमाडौं । नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नका लागि दाबी पेश गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्त आइतबार साँझ हुने भएको छ । साँझ ५ बजेसम्म प्रधानमन्त्रीका लागि दाबी पेश गर्ने समय दिइएकोले ५ बजेपछि मात्रै ओलीको नियुक्ति हुने बताइएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार ओलीलाई आइतबार नियुक्ति दिएर सोमबार सपथ खुवाउने सम्भावना देखिएको छ । धारा ७६ (२) को व्यवस्था अनुसार शुक्रबार नयाँ सरकारका लागि दाबी आह्वान गरिएकोमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका थिए । राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार…
काठमाडौं । आज आइतबार काठमाडौं लगायत बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको बिहान ६ बजेको बुलेटिनमा यस्तो उल्लेख गरिएको हो । विभागका मौसमविद्हरूका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ । विभागका अनुसार काठमाडौंमा आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ…
काठमाडौं । पार्टीभित्र र आफ्नो क्षेत्रका नागरिकको समस्या सम्बोधनका लागि नेपाली काँग्रेसका महामन्त्री समेत रहेका क्षेत्र नं ४ का सांसद गगन थापाले बुढानीलकण्ठ नगरपालिकाको १३ नं वडामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेका छन् । स्थानीय नागरिक र पार्टीका कार्यकर्ताहरूसँग संवाद (अन्तर्क्रिया) गर्न थापा शनिबार बिहान बुढानीलकण्ठ नगरपालिका वडा नं. १३ स्थित चुनिखेल पुगेका थिए । कार्यक्रममा नेपाली काँग्रेस बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ वडा कार्य समितिले आयोजना गरेको उक्त कार्यक्रममा उठेका प्रश्न र गुनासोलाई उनले सम्बोधन गरेका छन् । कार्यक्रममा सांसद थापासँगै प्रदेश सांसद मिना पराजुली, पूर्व प्रदेश सांसद न्हुच्छे नारायण श्रेष्ठ, काठमाडौं जिल्ला क्षेत्र नं. ४ का क्षेत्रीय सभापति श्याम…
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू सरकारमा आएपछि अनुसन्धान भएको र आरोपित पक्राउ गरेर सुशासनको जग बसाएको भनिएका ‘फाइल’ विगतकै निरन्तरता रहेको पाइएको छ। शुक्रबार संसद् बैठकमा लामिछानेले आफू गृहमन्त्री बनेर आएपछि ठूला फाइल खोलेको र ठूला प्रकरणमाथि अनुसन्धान अघि बढाएको जिकिर गरेका छन् । तर, उनले उल्लेख गरेका प्रायः प्रकरण विगतमै अघि बढेको तथ्य र विवरणले देखाउँछ। लामिछाने दाहाल नेतृत्वको सरकारमा २०८० फागुन २३ मा सहभागी भएका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान, बाँसबारी छाला जुत्ता कारखानाको जग्गाको अनुसन्धान, नक्सालको बालमन्दिर जग्गा अपचलन, पतञ्जली जग्गा काण्ड, जनकपुर (जानकी मन्दिर जग्गा काण्ड) लगायतमा अनुसन्धान अघि बढाएर सुशासनको जग…
काठमाडौं । २०२५ को ओलम्पिक साउदी अरेबियामा हुने भएको छ । शुक्रबार अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) साउदी अरेबियामा सन् २०२५ ओलम्पिक ई–स्पोर्ट्स खेलहरू आयोजना गर्न साउदी अरेबियाको राष्ट्रिय ओलम्पिक समिति (एनओसी) सँग साझेदारी गर्न लागेको जानकारी दिएको छ । यस वर्ष अर्थात् २०२४ को ओलम्पिक २०२४ मा हुँदैछ । यही वर्षको ओलम्पिकको पूर्वसन्ध्यामा आयोजना हुने आइओसीको बैठकमा यो प्रस्ताव राखिनेछ । घोषणापछि आइओसीको बैठकले लिने निर्णयसँगै सहर र स्थान छनोट, कार्यक्रमको निश्चित समय, समावेश हुने उपाधि, खेलाडीको योग्यता प्रक्रिया र थप विवरणबारे काम सुरु हुनेछ । साथै आइओसीले ओलम्पिक खेलका लागि सङ्गठनात्मक र वित्तीय मोडेलबाट अलग आफ्नो सङ्गठनभित्र नयाँ समर्पित…
काठमाडौं । आधुनिक प्रविधि र जनचेतनामूलक २१ औं शताब्दीमा पनि दैनिक ८०० जना महिलाको मृत्यु गर्भावस्था एवं प्रशवको समयमा हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले हरेक वर्ष जुलाई ११ मा मनाइने विश्व जनसङ्ख्या दिवसको अवसरमा यो अध्ययन रिपोर्टको तथ्यांक प्रस्तुत गरेका हुन् । कार्यक्रममा उनले महिला आन्दोलन र नागरिक समाज परिवर्तन ल्याउन महत्वपूर्ण रहेको बताउँदै एक्काइसौँ शताब्दीमा पनि लगभग ८०० महिलाहरू हरेक दिन गर्भावस्था तथा प्रसवको समयमा मृत्यु हुनु अपमानजनक अवस्था रहेको बताए । यसरी ज्यान गुमाउनेको सङ्ख्या विकासोन्मुख देशहरूमा अझै धेरै रहेको गुटेर्रेसको भनाइ छ । केही स्थानमा महिलाजनित विकृतिले जोखिम ल्याउनेजस्ता महत्त्वपूर्ण विषयहरूमा…
काठमाडौं । आज आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदैछ । संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषामा सरल र सरस भाषामा अनुवाद गरेका आचार्यले आफ्नै कवितात्मक कृतिहरू पनि सार्वजनिक गरेका छन् । यही योगदानलाई सम्मान गर्दै उनलाई राज्यले आदिकविको उपाधि समेत दिएको छ । यिनै आचार्यद्वारा अनुवादित रामायणलाई घरघरमा पाठ गरी भानुजयन्ती मनाउने गरिएको छ । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् । नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको मान्ने गरिन्छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि…
काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेका करि १६६ सांसदको समर्थन रहेको दाबीसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा निवेदन दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेको केही मिनेटमै काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गर्दै दाबी पेश गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएको सूचना संसद् सचिवालयबाट आएसँगै राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त…
काठमाडौं । राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनका लागि दलहरूसँग प्रस्ताव आह्वान गरिएको छ । शुक्रबार राति करिब ८ बजेतिर राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमत प्राप्त गर्न सक्ने दलका नेतासँग प्रस्ताव माग गरिएको हो । कार्यालयले आइतबार साँझ ५ बजेसम्म प्रस्ताव पेस गर्न समय दिएका छन् । योसँगै काँग्रेस र केही साना दलहरूको सहमतिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित भएको छ । धारा ७६(२) मा प्रतिनिधि सभाका दुई वा बढी दल मिलेर सरकार बनाउन सक्ने प्रावधान छ। कतिपयले धारा ७६(२) को प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके स्वतः उपधारा…
काठमाडौं । प्रचण्ड सरकार काम चलाउ भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ । कार्यालयले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै यो सरकार कामचलाउ भएको घोषणा गरेको हो । अब अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि अत्यावश्यक कामहरू वर्तमान मन्त्रिपरिषद्ले सञ्चालन गर्ने गरी जिम्मेवारी तोकिएको हो । कार्यालयको विज्ञप्तिमा भनिएको छ “प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाको आजको बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धीको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा सङ्घीय संसद् प्रतिनिधिसभा सभामुखको यही असार २८ गतेको पत्र प्राप्त हुन आएकाले संविधानबमोजिम यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेगरी तोक्नुभएको…
काठमाडौं । पटकपटक विश्वासको मत लिँदै जोगिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज भने विश्वासको मत दिन संसदले अस्वीकार गरेको छ। बिहान ११ बजे बसेको प्रतिनिधि सभा बैठकमा उनलाई जम्मा ६३ सांसदले समर्थन गरे। सरकारमा रहेका एमालेलगायत दलले समर्थन फिर्ता लिँदै मन्त्री फिर्ता बोलाएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई रोक्ने प्रयास स्वरूप उनले विश्वासको मत लिन लागेको विश्लेषण गरिएको थियो । सरकारमा रहेका दलले समर्थन फिर्ता लिएको अवस्थामा एक महिनाभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिएका थिए । प्रचण्डलाई उनकै दल नेकपा (माओवादी केन्द्र)बाट ३२, नेकपा (एकीकृत समाजवादी)बाट १० मत र…
काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएको छ । अल्पमतमा परेको सरकारले अन्तिम समयतिर बसेको बैठकले सात विषयमा निर्णय गरेको छ । सरकारले नेपाल र चीन सरकारबीच हस्ताक्षर हुने स्टेन्थेनिङ द डेभलपमेण्ट कोअप्रेशन इन बिल्डिङ द ट्रान्स हिमालयन मल्टी डाइमेन्सन कनेक्टिीभिटी नेटवर्क विषयक समझदारी पत्र स्वीकृत गरेको छ । त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यअवधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गरी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि सरकारले गरेको छ । अन्य निर्णयहरू निम्नानुसार रहेको छ: – स्थानीय तह राजश्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका…
काठमाडौं । देशभर रहेका कुल ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका विकास खर्च गर्नमा सबैभन्दा कमजोर देखिएको छ । यो आर्थिक वर्षको भुक्तानीको अन्तिम दिन अर्थात् असार २४ गतेसम्मको खर्च विवरण अनुसार काठमाडौं महानगरपालिकालिकाले करिब ४२ प्रतिशत खर्च गर्दै सबैभन्दा कमजोर स्थिति प्रदर्शन गरेको हो । सँगैको ललितपुर महानगरपालिकाले झण्डै दोब्बर अर्थात् ८१ प्रतिशत विकास खर्च गरेकोमा काठमाडौं महानगरपालिका झण्डै आधा हिस्सा खर्च गरेको हो । महानगरपालिकाको कुल खर्चमा भने महानगरपालिकाले ५० प्रतिशतभन्दा बढी खर्च गरेको छ । काठमाडौं महानगरले चालु आव असार तेस्रो सातासम्म कुल बजेट २४ अर्ब १९ करोड ८४ लाखको ५१.०४ प्रतिशत अर्थात् १२ अर्ब ३५ करोड २७ लाख…
काठमाडौं । पटकपटक विश्वासको मत लिँदै जोगिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज फेरि विश्वासको मत लिँदैछन् । शुक्रबार बिहान ११ बजेको लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा उनले मत लिने कार्यतालिका रहेको छ । सरकारमा रहेका एमालेलगायत दलले समर्थन फिर्ता लिँदै मन्त्री फिर्ता बोलाएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई रोक्ने प्रयास स्वरूप उनले विश्वासको मत लिन लागेको विश्लेषण गरिएको छ । सरकारमा रहेका दलले समर्थन फिर्ता लिएको अवस्थामा एक महिनाभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । अहिलेसम्मको हिसाब हेर्दा प्रधानमन्त्री प्रचण्डलाई उनकै दल नेकपा (माओवादी केन्द्र)बाट ३२, नेकपा…
काठमाडौं । नेपाल सरकारको निर्णय प्रणाली कति भद्रगोल रहेको छ भन्ने कुरा यावत घटनाले देखाउँदै आएको छ । विना अध्ययन गरिने यस्ता निर्णयहरू सामान्य विरोध आउनेबित्तिकै निर्णय फिर्ता लिने रोग नेपाल सरकारको धेरै पुरानो हो । यही समस्या पछिल्लो समय राष्ट्रिय परिचयपत्रमा पनि देखिएको छ । जुनसुकै ठाउँमा पनि नागरिकता साथमै लैजानुपर्नेगरी राष्ट्रिय परिचयपत्रलाई सरकारले विभिन्न स्थानमा अनिवार्य लागू गर्यो । नागरिकताको विकल्पमा ल्याएको परिचयपत्र बुझाउने ठाउँमा नागरिकता समेत अनिवार्य गरिएपछि परिचयपत्र आफैँमा औचित्यहीन बन्ने गरेको छ । तर सरकारले लागू गरेपछि राहदानी लगायत निर्माणमा नागरिकले सरकारको निर्णय मान्न बाध्य भए । पछिल्लो समय सरकारले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न…
चितवन । अविरल वर्षाका कारण आएको लेदोसहितको पहिरोका कारण दुई यात्रुवाहक बस त्रिशुलीमा खसेको छ । शुक्रबार बिहान बिहान साढे ३ बजे काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् । घटनाको जानकारी पाएलगत्तै बिहानै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव घटनास्थल पुगिसकेका छन् । घटना नारायणगढ–मुग्लिन सडकको सिमलतामा भएको हो । ती बसमध्ये गौर जाँदै गरेको बसमा ४१ जना र काठमाडौँ आउँदै गरेको बसमा २४ जना चालकसहित ६५ जना रहेको अनुमान छ । घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘हामी घटनास्थलमा छौँ । पानी परिरहेको छ । उद्धारको काम थालिएको छ…
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा संघीय सांसदसँग स्थानीयको अन्तर्संवाद कार्यक्रम सम्पन्न भएको छ । कपनको मिलनचोकस्थित पाटी भेन्यू पञ्चकुमारीमा बुधबार सम्पन्न कार्यक्रममा स्थानीय पार्टी नेता तथा कार्यकर्ताहरुले काँग्रेस महामन्त्री समेत रहेका गगन थापासँग एमालेसँगको सहकार्यको आवश्यकताका बारेमा प्रश्न गरेका थिए । जवाफमा महामन्त्री एवं सांसद थापाले वर्तमान प्रणालीभन्दा संशोधित विधानबाट अग्रगामी परिणाम निकाल्न सहज हुने भएकाले एमालेसँग सहकार्य गर्नुपरेको स्पष्ट पारेका थिए । उनले यो गठबन्धनले मुलुकको राजनीतिक स्थायित्वका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा स्थानीयले नगर अस्पतालमा संघीय सांसदको अनुपस्थितिको बारेमा पनि प्रश्न गरेका थिए । मेयरले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख…
काठमाडौं । काठमाडौंको भद्रकालीमा रहेको भद्रकाली मन्दिर पुरानो नेवारी शैलीमा बन्ने भएको छ । बिहीबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भद्रकाली मन्दिर परिसर पुनःनिर्माणको उद्घाटन गरेकी छन् । ३४ करोड ८० लाख ७१ हजार लागतमा मन्दिरको दक्षिण पश्चिमबाट पुनःनिर्माण सुरु गरिएको हो । पुरातत्व विभागले बेलायती शैलीमा बनाउन जोडबल गरिरहेको भद्रकालीको भवन प्राचीन नेवारी शैलीमा बनाउन लागिएको महानगरपालिकाका प्रमुख बालेन शाहले जानकारी दिए । विसं २०७२ को भूकम्पले मन्दिर जीर्ण भए पनि अझै पुनःनिर्माण हुन सकेको थिएन । मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । कामपा सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालकाअनुसार तुल्सी अम्बुजा जेभीले…
काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित पछि सांसद र मन्त्रीको ‘विज्ञप्ति युद्ध’ चलेको छ । बिहीबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित भएकोप्रति चार दलले आपत्ति जनाउँदै विज्ञप्तिमार्फत् अर्थमन्त्रीमाथि गम्भीर आरोप लगाएका थिए । नेपाली कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संयुक्त प्रेस विज्ञप्ति निकालेर अहिलेको व्यवस्थाले अरबौं कर छलीको सम्भावना रहेको भन्दै संशोधनबाट अर्थमन्त्री भागेको आरोप लगाएका थिए । उनीहरूले कार्यव्यवस्था परामर्श समितिको बैठकमा अधिकांश सदस्यको असहमतिको बाबजूद अचानक बैठक स्थगित भएको बताएका छन् । राष्ट्रियसभाले विधेयकहरूमा आफ्नो सुझाव र संशोधन राख्न पाउने संवैधानिक र कानूनीअधिकार समेत हनन भएको उनीहरूको ठम्म्याइ छ । विज्ञप्तिमा एमाले…
काठमाडौं । २०८० सालमा दिइएको एसईई नतिजामा बुढानीलकण्ठ नगरपालिकाका सामुदायिक विद्यालयको नतिजा दयनीय देखिएको छ । निजी विद्यालयहरूको उत्कृष्ट नतिजा आइरहँदा सामुदायिक विद्यालयले भने उत्कृष्ट १० मा पनि पर्न नसकेका हुन् । काठमाडौं जिल्ला शिक्षा समन्वय समितिले जारी गरेको विश्लेषित प्रतिवेदन अनुसार सामुदायिक विद्यालयको अवस्था दयनीय देखिएको हो । बुढानीलकण्ठ नगरपालिकामा वडा नं ११ मा रहेको दीक्षालय नेपाल फाउन्डेसनले औषतमा ३.८३ जीपीए ल्याएको छ । प्राविधिक धारतर्फको बालउद्दार मावि कपनले औषतमा ३.७२ जीपीए ल्याएको भए पनि सामान्य सामुदायिक विद्यालयतर्फको कपनकै बालउद्दार माविले भने जम्मा ३.११ जीपीए ल्याएको उक्त प्रतिवेदनमा उल्लेख छ । सामान्यतर्फको सामुदायिक विद्यालयले औषतमा ३ जीपीए ल्याउन पनि…
