काठमाडौं खबर असार ३१, २०८१
काठमाडौं । प्रधानमन्त्रीमा राष्ट्रपतिबाट नियुक्त भएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भेट्न उनकै निवासमा पुगेका छन् । आइतबार महाराजगञ्जमा साँझ ५ बजे नियुक्ति लिएपछि उनी सिधै विद्या निवास चपली पुगेका थिए ।
ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार यो शिष्टाचार भेट भएको र भण्डारीले ओलीलाई बधाई दिएकी थिइन् । ओलीले सपथ पनि लिएका छैनन् । शपथ सोमबार बिहान ११ बजेका लागि तय गरिएको छ । यसरी सपथ पनि नलिई भण्डारीको बधाई लिन जानुलाई एमालेभित्रको पछिल्लो विकसित राजनीतिक घटना मुख्य रहेको बताइन्छ ।
नेकपा एमालेको राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेकी भण्डारीले आफ्नो सर्वमान्य अध्यक्ष पदमाथि धावा बोल्न सक्ने डर ओलीमाथि छ । त्यसैले उनी भण्डारीको विरुद्ध गएर वा उनलाई चिढ्याएर अघि बढ्ने मुडमा देखिँदैनन् । त्यसैले पनि सपथ हुनुभन्दा अघि भण्डारी भेट्न चपली पुगेको विश्लेषण गरिएको छ ।