काठमाडौं खबर टीम/ गगन थापाले छाडेपछिको काठमाडौं क्षेत्र नं ४ मा कस्ले जित्ला भन्ने विषयमा बिबिध खाले समाचारहरू प्रकाशित भैरहेका छन् । एमालेबाट अविच्छिन्न उत्तराधिकारी झैँ गरेर फेरि एकपटक फेरी क्षेत्र नं ४ को चुनावी मैदानमा रहेका सचिव राजन भट्टराई बिबिधखाले अप्ठेरामा रहेका छन् । हामीले उनका आठ अप्ठेराहरू हामीले सूचिकृत गरेका छौं ।
१. गगन थापाको ठाउँमा सचिन तिमेल्सिना नउठ्ने भएपछि मात्र मनोनयन पत्र दर्ता गर्न आउनु । गगन आउने भए उद्धव खरेललाई तयार पारिनुले राजन भट्टराई हारको मानसिकतामा छन् भनेर मतदातालाई आभाष हुनु ।
२, राजन भट्टराईले दुईपटक पराजित भैसकेपछि पनि अविच्छिन्न उत्तराधिकारीझै आफै उठ्न आउनु र यहाँका नेतालाई स्थान नदिनुले नेता कार्यकर्ता तहमा असन्तुष्टि देखिनु ।
३, राजन भट्टराई पछिल्ला ४-५ वर्षदेखि काठमाडौं क्षेत्र नं ४ मा बसोबास नगर्नु, गोदावरीदेखि धाएर आउनु पर्ने भाष्य सृजना हुनु ।
४, राजन भट्टराई सिन्धुपाल्चोकप्रेमी तथा भट्टराई थरप्रीय नेताको ट्याग लाग्नु ।
५, राजन भट्टराईले क्षेत्र नं ४ का आफ्नै नेताहरूलाई सहयोग गरिदिन तथा सक्रिय भैदिन आग्रह गर्न पर्ने अबस्था हुनु । यसअघि आफ्नै पार्टीका चिनिएका मान्छेले गगन थापालाई खुलेर नखुलेर सहयोग गरेको थाहा हुँदाहुँदै तिनैसँग गिडगिडाएर आफ्नो पक्षमा हिँडिदिन आग्रह गर्नपर्ने अबस्था हुनु ।
६, ओलीको किचेनको मान्छे भएकाले ओलीले गरेका भनिएका गल्तीको प्रत्यक्ष सरोकारवाला व्यक्ति हुन् भनेर देखिनु । मतदाताको घरदैलोमा गएर ओलीलाई फेरिएकपक प्रम बनाउन मलाई जिताइदिनु पर्यो भन्न पर्नु । जसले मत बढ्ने भन्दा घट्ने सम्भावना हुनु ।
७, दुई पटक आफूभन्दा सानो उमेरका गगन थापासँग् पराजित भैसकेका भट्टराईलाई आफू भन्दा आधा नै साना उमेरका सचिन तथा पुकार बमसँग हारियो भने के होला ? भन्ने मनोवैज्ञानिक डर राजन भट्टराई तथा एमालेलाई हुनु ।
८, यति सबै समस्याका बीच पनि आफ्नो चुनावी माहोल बनाउन भनेर पार्टी अध्यक्षलाई बोलाएर प्रचार गर्न सक्ने अबस्था नहुनु । ओलीलाई ल्याउँदा झन् माहोल बिग्रिने डर हुनु ।

