काठमाडौं । आधुनिक प्रविधि र जनचेतनामूलक २१ औं शताब्दीमा पनि दैनिक ८०० जना महिलाको मृत्यु गर्भावस्था एवं प्रशवको समयमा हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले हरेक वर्ष जुलाई ११ मा मनाइने विश्व जनसङ्ख्या दिवसको अवसरमा यो अध्ययन रिपोर्टको तथ्यांक प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा उनले महिला आन्दोलन र नागरिक समाज परिवर्तन ल्याउन महत्वपूर्ण रहेको बताउँदै एक्काइसौँ शताब्दीमा पनि लगभग ८०० महिलाहरू हरेक दिन गर्भावस्था तथा प्रसवको समयमा मृत्यु हुनु अपमानजनक अवस्था रहेको बताए । यसरी ज्यान गुमाउनेको सङ्ख्या विकासोन्मुख देशहरूमा अझै धेरै रहेको गुटेर्रेसको भनाइ छ । केही स्थानमा महिलाजनित विकृतिले जोखिम ल्याउनेजस्ता महत्त्वपूर्ण विषयहरूमा सुधार आएको उनले उल्लेख गरे ।
यो वर्ष जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी) कार्यक्रमको ३० औँ वार्षिकोत्सवमा प्रतिज्ञाहरूलाई वास्तविकतामा परिणत गर्ने प्रयास र लगानीलाई गति दिने सङ्कल्प गर्ने वर्ष पनि हुनुपर्ने प्रमुख गुटेर्रेसले बताए ।