काठमाडौं खबर असार ३०, २०८१
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति एवं भावी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । शनिबार राति पेन्सलभेनिया राज्यमा स्टेजमा बोल्ने क्रममा उनीमाथि गोली प्रहार भएको सीएनएनले जनाएको छ । गोली उनको दाहिने कानको माथिल्लो भागबाट पछाडि गएको थियो । गोली लागेर एक बन्दुकधारी र एक दर्शकको मृत्यु भएको छ। अर्का एक दर्शकको अवस्था गम्भीर छ।
कानून प्रवर्तन अधिकारीहरुका अनुसार गोलीबारीलाई हत्याको प्रयासको रूपमा अनुसन्धान भइरहेको छ। गोली लागेपछि लडेका ट्रम्पलाई गुप्तचरहरूले उठाएका थिए। उनको अनुहारमा अनुहारमा रगत देखिएको थियो।
राष्ट्रपति जो बाइडनले ट्रम्पको हत्या प्रयासको निन्दा गर्दै उनी सुरक्षित रहेको बताएका छन्।