

काठमाडौँ । दक्षिण अमेरिकामा आएको भीषण आँधीका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ भने सो क्षेत्रका केही प्रान्तहरू प्रभावित भएका छन्।
बीबीसीका अनुसार आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्याएको छ। धेरै सवारीसाधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको छ।
टेक्सासमा आँधीका कारण कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ओक्लाहोमा र अर्कान्सासमा पनि जनधनको क्षति भएको खबर छ । यीमध्ये टेक्सस नेपाली विद्यार्थीहरूको बाहुल्यता रहेको प्रान्त हो।