काठमाडौं । काठमाडौंमा असार २९ गतेसम्मै ठूलो पानी पर्ने सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग÷सिमाना आसपास) रहेको छ । आज रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ । साथै भोलिदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले बुधबार रातिदेखि २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएको…
Author: Kathmandu Khabar
काठमाडौं । मनसुन न्यूनचापीय रेखा काठमाडौं आसपास रहेकोले पछिल्ला दिनहरुमा काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको छ । जसले गर्दा काठमाडौं उपत्यकामा पनि भारी वर्षापछि बाढीजन्य विपद्को जोखिम बढिरहेको छ । जिल्ला सुरक्षा समिति र काठमाडौं महानगरपालिकाले जिल्लामा यस्ता विपद्का समस्या परेको खण्डमा तुरुन्त सम्पर्क गर्नका लागि तत्काल फोन गर्न सक्ने नम्बर उपलब्ध गराएको छ । जसमा प्रमुख जिल्ला अधिकारीदेखि जिल्ला प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका तोकिएका अधिकारीहरुको नम्बर रहेको छ । त्यस्तै, काठमाडौं महानगरपालिकाले आफ्नो हटलाइन नम्बर र महानगरप्रहरीको हटलाइन नम्बरमा पनि सम्पर्क गरेर विपद्मा परेकाहरुले सम्पर्क गरेर सहयोग माग्न सक्ने व्यवस्था गरेको छ…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेमाथि पार्टीभित्रै आर्थिक हिनामिना गरेको गम्भीर आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गरेका ढकालले रवि लामिछानेले सहकारीमा आरोप लागेजस्तै आर्थिक गतिविधि पार्टीभित्र पनि गरिरहेको बताएका हुन् । ढकालले लामिछानेले पार्टीभित्र अपारदर्शी आर्थिक क्रियाकलाप जारी राखेको बताएका छन् । उनले ऋण छ भनेर पार्टी कोषबाट लैजाने गरेको आरोप लगाए । उनले पार्टीभित्रको कुनै निर्णयविना कुनै ऋण वा लगानी गर्न नपाउने बताए । उनले आफूले चिनेको रवि लामिछाने एक्सन म्यान भएको भन्दै पहिलाको व्यवहार उनमा नरहेको बताए । ‘हामीले चिनेको रवि लामिछाने त्यस्तो होइन । तर, हामीले चिनेको रवि…
काठमाडौं । कपनको खहरेको सम्बन्धमा भ्रामक प्रचार गरिएकोप्रति गगन थापाको सचिवालयले आपत्ति जनाएको छ । एक विज्ञप्ति जारी गर्दै सचिवालयले विभिन्न युट्युबरहरूले सस्तो टीआरपीका लागि भ्रामक सूचना प्रेसित गरेर जनतालाई भ्रममा पार्न खोजेको भन्दै त्यस्ता सूचनाको पछि नलाग्न पनि सरोकारवालाहरूसँग आग्रह गरेको छ । गत वर्ष काठमाडौं महानगरपालिकाले खोला खुला रहने भन्दै महानगरपालिकातर्फ डोजर चलाएर त्यसै छाडेको थियो । यदि त्यस्तै छाडेको अवस्था अहिले रहेको भए डुबानको झनै भयावह अवस्था रहने भन्दै सचिवालयले चासो दिएर खोलाको पानी दायाँबायाँको बस्तीमा पस्न नदिने गरी काम सम्पन्न गरिएको थियो । सचिवालयले सो ठाउँमा सचिवालयको योजना पनि जारी रहेको भन्दै महानगरले भत्काएको ठाउँमा पनि…
काठमाडौं । नेपालमा सतिप्रथाको अन्त्य भएको १०४ वर्ष पूरा भएको छ । २५ असार १९७७ मा अर्थात आजभन्दा १०४ वर्ष अघि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले गरेका हुन्। यस प्रथालाई पूर्ण रूपमा बन्देज गराएकाले उनलाई नै सतीप्रथा अन्त्यका लागि नायक मान्न सकिन्छ। त्यसो त जङ्गबहादुर राणाले १६ वर्षभन्दा मुनिका विधवा महिला र ९ वर्षभन्दा साना उमेरका सन्तान भएकी महिलालाई सति जानमा रोक लगाएका थिए । तर उनकै मृत्यु हुँदा उनका केही रानीलाई सती पठाइयो भन्ने ऐतिहासिक तथ्यहरू भेटिन्छन् । पछि वि.सं. १९४४ असार १४ गते श्री ३ महाराज वीरशमशेर जबराले देशका विभिन्न स्थानमा तैनाथ गढी–गौँडाका हाकिमहरूलाई सती पठाउनपूर्व अनिवार्यतः स्वीकृति लिनैपर्ने, पठाइँदा…
काठमाडौं । चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रबाट २०३७ सालताका हराएको सरस्वतीको मूर्ति अमेरिकामा फेला परेको छ । अमेरिकी नागरिक रोबर्ट ह्याटफिल्ड एल्सवर्थको निजी सङ्ग्रहमा रहेको सो मूर्तिको टाउको छैन । सो मूर्ति चोरीका व्रmममा सरस्वतीको खुट्टा भाँचिएको थियो । सोही भाँचिएको सरस्वतीको पाउ चन्द्रागिरि तीनथानाको विष्णुदेवी मन्दिर क्षेत्रमा अझै रहेको छ । सोही पाउनजिकै सरस्वतीको अर्को मूर्ति प्रतिस्थापन गरी स्थानीयले पूजा गर्दै आएका छन् । नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचान गरी नेपाल फर्काउन पहल गर्दै आएको लस्ट आटर््स अफ नेपाल अभियानले अमेरिकी नागरिक रोबर्टको सङ्ग्रहमा रहेको सो मूर्ति प्रकाशमा ल्याएको हो । सातौँ वा आठौँ…
काठमाडौं । भारतीय क्रिकेटर गौतम गम्भीरलाई टिम इन्डियाको मुख्य प्रशिक्षक बनाइएको छ । बीसीसीआई सचिव जय शाहले गम्भीरको नाम घोषणा गरेका छन् । तपाईंलाई बताउन दिनुहोस्, राहुल द्रविडको कार्यकाल टी २० वर्ल्ड कपपछि समाप्त भयो र यो पद तबदेखि खाली थियो। बीसीसीआईको तीन सदस्यीय क्रिकेट सल्लाहकार समितिले टी–२० विश्वकपकै क्रममा गौतम गम्भीर र डब्लुभी रमनको अन्तर्वार्ता लिएको थियो । टिम इन्डिया बार्बाडोसमा आँधीका कारण फसेको बेला बीसीसीआईका महासचिव जय शाहले मुम्बई पुगेपछि सबै पक्षसँग कुरा गरेर भारतीय टोलीको मुख्य प्रशिक्षक घोषणा गरिने स्पष्ट पारेका थिए । मंगलबार गौतम गम्भीरको नाम घोषणा गर्दै शाहले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘भारतीय क्रिकेट…
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमसहितको बजेट पारित गरेको छ । मंगलबार राष्ट्रियसभा गृहमा बसेको १५औँ नगरसभाको पाँचौँ बैठकबाट महानगरको नीति तथा कार्यक्रम र बजेट संशोधनसहित सर्वसम्मत पारित भएको हो । महानगरपालिकाले यही असार १० गते आर्थिक वर्ष २०८१/८२ का लागि रु २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो । महानगरले पूर्वाधार विकास क्षेत्रका लागि सबैभन्दा धेरै रु १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट विनियोजन गरेको छ । जुन कुल बजेटको ६१ दशमलव २० प्रतिशत हो । बैठकमा नगरप्रमुख बालेन्द्र साहले पेस गर्नुभएको संशोधित नीति तथा…
काठमाडौं । विस्तारको चरणमा रहेको पृथ्वी राजमार्ग अन्तर्गत् मलेखुदेखि नौबिसेसम्मको सडक खण्ड रातिमा ५ घण्टा बन्द हुने भएको छ । बुधबारदेखि १५ दिनसम्मका लागि राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)ले जनाएको छ । सडक विस्तारका धेरै काम सकिए पनि सो क्षेत्रमा बनेको बिमलाई पुलमा राख्नका लागि सडक बन्द गर्न लागिएको हो । बिम उचाल्दा हुन सक्ने जोखिम रोक्नका लागि सडक नै बन्द गर्न लागिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको छ । दिउँसोको समयमा गाडीको चाप बढी…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संस्थापक महामन्त्री तथा प्रवक्ताको भूमिकामा रहेका डा. मुकुल ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता, केन्द्रीय सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा केन्द्रीय समितिले यो कारबाही गरेको पार्टीले जनाएको छ । ढकालविरुद्ध आफूले तयार पारेको प्रतिवेदन पार्टीलाई बुझाउनुअघि मिडियामा प्रदान गरेको, पार्टीको बैठकमा अमर्यादित तवरले प्रस्तुत भएको र पार्टी सभापतिविरुद्ध बोलेको लगायतका आरोप लगाइएको छ । कुनै पार्टीले आफ्ना पदाधिकारी तथा सदस्यलाई निष्काशन गर्नु कुनै ठुलो विषय होइन तर रास्वपाको यो निर्णयले भने राष्ट्रिय राजनीतिमै एउटा डिस्कोर्स खडा गर्ने सम्भावना छ । प्रश्न उठ्छ, के मुकुल ढकालले गरेका कार्यहरू उनको राजनीतिक जीवनलाई नै…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गर्ने मूल एजेण्डासहित केन्द्रीय समितिको बैठक आह्वन गरेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा बिहान ८ बजे बस्न लागेको हो । एक साताअघि संस्थापक महामन्त्री डा. ढकाललाई अमर्यादित व्यवहार गरेको र आफूले तयार गरेको प्रतिवेदन पार्टी बैठकमा भन्दा अघि मिडियामा सार्वजनिक गरेको आदि विषयमा निलम्बनमा राखिएको थियो । आजको बैठकमा महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने रास्वपाले जनाएको छ । आज बस्ने केन्द्रीय समिति बैठकले ढकाललाई पदमुक्त गर्ने सम्भावना रहेको छ । यस विषयमा पार्टीको अनुशासन आयोगले प्रतिवेदन नेतृत्वलाई बुझाइसकेको छ । अनुशासन…
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत एसईई परीक्षामा एनजी आएका विद्यार्थीहरूका लागि एसईई पुरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसईईमा नियमित परीक्षार्थीमा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका ८७३ जना विद्यार्थीका लागि कक्षा सुरु गरिएको हो । गत एसईईको परीक्षामा महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट ३ हजार नौ सय ५९ जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ३ हजार ८६ जनाले ग्रेडवृद्धि प्राप्त गरेका थिए भने ८७३ जनाले कुनै विषयमा एनजी प्राप्त गरी ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी हुँदैछन् । सो परीक्षामा देशभरबाट कुल सहभागी विद्यार्थी संख्यामध्ये ५२ प्रतिशत विद्यार्थीले कुनै न कुनै विषयमा एनजी प्राप्त गरेका थिए…
काठमाडौं । नेपाली काँग्रेस बुढानीलकण्ठ नगरपालिका वडा नं ८ को पूर्ण बैठक सोमबार हुने भएको छ । अपराह्न ५ बजे नौलिन स्पोर्ट्स भिल्ला सुन्दरबस्तीमा हुने कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापा प्रमुख अतिथिको रुपमा उपस्थित हुने बताइएको छ । वडा नं ८ को आयोजना हुने कार्यक्रममा भातृ संस्थाका सभापति, टोल सभापति, क्षेत्रीय प्रतिनिधि, वडा सदस्य तथा पदाधिकारी र बुद्धिजीवीहरुले आआफ्नो धारणा राख्ने वडा सभापति राजाराम थापाले जानकारी दिए । हरेक वडामा भइरहेका पार्टीगत गतिविधि, पार्टीभित्र सुधार गर्नुपर्ने समस्या, भइरहेका सकारात्मक कार्यहरु आदिका बारेमा बहस विमर्श गर्ने उद्देश्यले हरेक वडामा गरिँदै आएको पूर्ण बैठक सोमबार बुनपा ८ मा गर्न लागिएको थापाले…
काठमाडौं । काठमाडौं क्षेत्र नं ४ का सांसद एवं काँग्रेस महामन्त्री गगन थापाको पहलमा क्षेत्र नं ४ को विकासका लागि मात्रै ७३ करोडको केन्द्रीय योजना परेको छ । पार्टी सरकार बाहिर भए बाबजुद पनि थापाको पहलमा ५ वटा क्षेत्रको ६४ योजनाका लागि सो बजेट विनियोजन भएको हो । यसरी विनियोजन भएका शीर्षकहरु अन्तरजिल्ला, अन्तर निर्वाचन क्षेत्र र मिक्स बजेट र केन्द्रीय निरन्तर योजनाभन्दा विपरीतका बजेटहरु हुन् । आगामी आर्थिक वर्ष २०८१/८२ मा १७ खानेपानी आयोजनाका लागि १० करोड आठ लाख रुपैयाँ विनियोजन भएको छ । जसमा क्षेत्र नं ४ का पुराना र नयाँ खानेपानी आयोजना निर्माणका लागि पहल गरिने बताइएको…
काठमाडौं । सुन तस्करीको जाँचबुझ गर्न गठन भएको बहुचर्चित र बहुप्रतीक्षित आयोगको प्रतिवेदन सरकारले लुकाएको छ। पूर्वन्यायाधीशको नेतृत्वमा गठित आयोगले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको चार महिना पुग्न लागेको छ, तर अहिलेसम्म आयोगको प्रतिवेदन गोप्य राखिएको मात्र छैन, कारबाही गर्न भनिएका व्यक्तिहरूलाई प्रहरीको सीआईबीले धमाधम उन्मुक्ति दिएको समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहाल र कृष्ण आचार्यले लेखेका छन् । स्कुटरको ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो र विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको साढे ९ किलोसहितको सुन तस्करीको अनुसन्धान गर्न गत वर्ष असोजमा आयोग गठन गरिएको थियो। चैत १ मा आयोगको प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले सबै दोषीलाई कठोरतापूर्वक कारबाही…
काठमाडौं । अविरल वर्षाका कारण शनिबार काठमाडौँको टेकु दोभान डुबानमा प¥यो । वाग्मती र विष्णुमति नदीमा आएको बाढीका कारण टेकु दोभान आसपासका बस्तीहरु डुबानमा परेको हो । त्यसो त यो समस्या हरेक वर्षको बर्खायाममा देख्ने गरिन्छ । शुक्रबार रातिदेखि काठमाडौं उपत्यकामा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौं उपत्यका भएर बग्ने नदी र खोलामा बाढी आएको छ । बाढीका कारण उपत्यकाका धेरै क्षेत्रहरू डुबानमा परेका छन् । ५० वर्षअघि फ्रिचबर्गरले खिचेको तस्वीरले बाढी युक्त टेकु दोभान आसपासको अवस्थितिलाई देखाएको छ । विशाल नदीलाई सानो क्षेत्रमा समेटिएपछि देखिएको समस्यालाई त्यतिबेला र यतिबेलाको तस्वीरले खोला बस्तीमा पसेको नभई बस्ती खोलामा पसेको…
काठमाडौैं । आइतबार भक्तपुर प्रहरीले बालकोटबाट हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाललाई पक्राउ गर्यो । सात वर्षअघि सम्बन्धविच्छेद गरेकी ढकालले केही अभियान्ताहरु लिएर मनोज गजुरेलको घरमा ताला लगाउन भन्दै गएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । बिहान गजुरेल घरबाट निस्किएपछि दलबलसहित पुगेकी मिनाले गजुरेलकी ८५ वर्षीया आमामाथि समेत धरपकड गरेको प्रहरीले जनाएको छ । आमामाथि धरपकड भएपछि मनोजका दाइ केशव गजुरेलले प्रहरीलाई खबर गरेका थिए । घरमा भएका सबैमाथि हातपात गरेका उनीहरुले घरमा तालाबन्दी गर्ने प्रयास गर्दैगर्दा प्रहरीले उनलाई पक्राउ गरेर लगेको थियो । सम्बन्ध विच्छेदको करिब सात वर्ष पुगिसक्दा ढकालले गजुरेलमाथि पटकपटक यातना दिने काम गर्दै आएकी छन्…
काठमाडौं । आजदेखि सरकारी खाता रोक्का हुने भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार आर्थिक वर्ष सकिन एक साताअघिदेखि सरकारी खाता बन्द हुने नियम अनुसार आज राति १२ बजेदेखि खाता बन्द हुने भएको हो । नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाले जानकारी दिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ । विनियोजन ऐनले…
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको वडा नं १०, ११ र १२ को फोहोर व्यवस्थापनमा वडाध्यक्षहरुले मनोमानी गर्दै टेण्डर निकालेको भेटिएको छ । मेयर र नगरपालिकाका अधिकारीहरुलाई थाहै नदिई वडाध्यक्ष आफैंले गैरकानुनी रुपमा टेण्डर आह्वान गरेर आफू अनुकूल कम्पनीलाई ठेक्का दिएको भेटिएको हो । सामान्यतया कुनै पनि सरकारी निकायले ठेक्का आह्वान गर्दा राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना निकाल्नुपर्ने हुन्छ । तर गत असोज १६ गते जनआस्था राष्ट्रिय साप्ताहिकमा सुटुक्क सूचना जारी गर्दै फोहोर व्यवस्थापको टेण्डर आह्वान गरिएको थियो । यो आफैँमा वडाध्यक्षहरुको गैरकानुनी काम भएको स्थानीयको आरोप छ । यसरी टेण्डर आह्वान गरेर वडाध्यक्षहरुले नगरपालिकालाई समेत जानकारी नै नदिई आरजे नामक कम्पनीलाई ठेक्का…
काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्रका मौलिक र परम्परागत गायन र वादनलाई जोगाउन वडाहरुले सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । स्वर्णीम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत वडा नं. ५, ६, ८, १५, १८, २३ र २६ मा कार्यक्रम गायन, वादन तथा नृत्य कार्यक्रम भएको हो । सोही कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिका वडा-८ को पशुपति भुवनेश्वरी डवली, इँट्टापाखा, दथु टोल, जयबागेश्वरी परिसर, नवाली टोल, तिलगङ्गा तथा पशुपति परिसरमा रहेको घ्याम्पे सत्तलमा कार्यक्रम सम्पन्न भएको काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा-८ का वडा अध्यक्ष आशामान संगतले बताए । उनले विशेषगरी डवली तथा पाटीमा कलाकारले प्रस्तुति दिएको बताए । यस क्रममा वडा नं. १८…
काठमाडौं । दुग्ध विकास संस्थानले दूध, दही र पनिर धेरै खान उपभोक्तासँग आग्रह गरेको छ । आइतबार एक अपिल जारी गर्दै संस्थानले भण्डारमा धेरै दुग्धपदार्थ मौज्दात रहेको भन्दै धेरै खपत गरिदिन उपभोक्तासँग आग्रह गरेको छ । समयको विभिन्न कालखण्डमा दुग्ध क्षेत्रमा देखिएका प्रतिकूल परिस्थितिमा स्थानीय स्तरमा उत्पादित कच्चा दूधको व्यवस्थापन गरेको स्मरण गराउँदै मौज्दात धेरै हुँदा किसानलाई समयमा भुक्तानी दिन नसकेकोमा संस्थानले माफी समेत मागेको छ । दूध र मख्खन क्रमशः ६०० र ८०० मा बिक्री गरिरहेको भन्दै उद्योगी, व्यापारी समुदायमा पनि धेरै खपत गरिदिन संस्थानले अनुरोध गरेको छ ।
काठमाडौं । बाढीको जोखिम बढेसँगै काठमाडौंका नदी किनारमा प्रहरीले नियमित गस्ती बढाएको छ । काठमाडौँ उपत्यकाका नदी, खोला किनारमा पानीको सतह बढेसँगै प्रहरीले गस्ती बढाएको उपत्याका प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण धेरै ठाउँमा डुबान भएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी खोला किनारमा प्रहरीले गस्ती गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए । उनले नदी किनारका बासिन्दालाई सावधानी अपनाउन पनि आग्रह गरे । काठमाडौं उपत्यकास्थित वागमती, विष्णुमती र मनोहरा नदी सहतका खोलामा गएरातिदेखि प्रहरीले नियमित गस्ती तथा पट्रोलिङ गरिरहेका र उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा रहेको उनले बताए । वर्षा र बाढीले…
काठमाडौं । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म नौ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार विगत २४ घण्टामा बाढी–पहिरोमा परी नौ जनाको मृत्यु भएको हो । अन्य सात जना बेपत्ता छन् । यससँगै मनसुन सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ । देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । शनिबार पहिरोले पुरिएर स्याङ्जामा दुई जना, पर्वतमा दुई जना र काठमाडौँमा एक जना, काभ्रेमा दुई जना, तनहुँमा एक जना र दाङमा एक जना गरी नौ जनाको मृत्यु भएको हो ।…
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठको एकसहित काठमाडौंका ७ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने निर्णय सरकारले गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै काठमाडौंका साथ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । विभिन्न कम्पनीले थरेको सिफारिसको आधारमा ती कम्पनीहरुलाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने निर्णय भएको हो । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको वडा नं १० मा रहेको श्री जलेश्वर महादेव यायबी कन्स्ट्रक्सन प्रालिलाई एक वर्ष कालोसूचीमा राख्ने निर्णय कार्यालयले जनाएको छ । सो कम्पनीले श्री लिसंखु पाखर गाउँपालिका सिन्धुपाल्चोकमा सम्झौता बमोजिम काम नगरेको आरोप लागेको छ । यस्तो छ कालोसूचीमा परेका कम्पनीहरू :
काठमाडौं । आइतबार दिउँसो वाग्मती प्रदेशको काठमाडौंसहित केही जिल्लामा सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको बिहान ६ बजेको तथ्यांक अनुसार सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै, देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु तथा बाँकी…
काठमाडौं । जारी युरोकप २०२४ को सेमिफाइनल खेलमा स्विट्जरल्याण्डलाई दुई गोलअन्तरले हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति मेर्कुर स्पेइल एरिनामा भएको खेलमा पेनाल्टी सुटआउटमा ५-३ को जित हाँसिल गर्दै इङ्ल्याण्डले जित हासिल गरेको हो । खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा समाप्त भएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । टाइब्रेकरमा इंग्ल्यान्डबाट प्रहारका लागि आएका कुनै पनि खेलाडीले गल्ती गरेनन् । इंग्ल्यान्डका ट्रेन्ट एलेसान्डर आर्नोल्ड, इभान टोनी, बुकायो साका, जुड बेलिङ्घम र कोल पाल्मेरले गोल गरे । इङ्ग्लिस फुटबलको इतिहासमा हालसम्म इंग्ल्यान्ड चार पटकमात्र टाइब्रेकरमा जित निकालेको छ । जसमा आजको नतिजासहित इंग्ल्यान्डले दुई पटक…
काठमाडौं । बुढानीलकण्ठ युथ सर्कलले समसामयिक राजनीतिक परिघटनाबारे छलफल गर्न चिया संवाद कार्यक्रमको आयोजना गरेको छ । असार २१ गते शुक्रबार बुढानीलकण्ठ नगरपालिका वडा नं. १० बालुवाखानीमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापाका राजनीतिक सल्लाहकार प्रताप पौडेलले समसामयिक राजनीतिक घटनाक्रममाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिएका थिए । युथ सर्कलले हरेक महिना समसामयिक विषयमा छलफल गर्न सम्बन्धित विषयका दिग्गज व्यक्तित्वहरूलाई बोलाएर गर्ने कार्यक्रम २०८० चैत्रदेखि निरन्तर चलिरहेको छ । यसपटक अतिथिको रूपमा राजनीतिक सल्लाहकार पौडेललाई बोलाइएको सर्कलका सदस्य ज्योति केसीले बताए । कार्यक्रममा स्थानीय बुद्धिजीवी राजनीतिक दलका नेता तथा समाजसेवीसमेत गरी करिब ५० जना उपस्थित भएका थिए । चिया…
काठमाडौं । बेलायतको आमनिर्वाचनमा ठूलो जित हासिल गर्दै १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ । हाउस अफ कमन्सका ६५० सिटका लागि भएको निर्वाचनमा ६४१ सिटमध्ये ४१० सिटमा जित हासिल गरेको छ । प्रधानमन्त्री ऋषि सुनकको नेतृत्वमा चुनाव लडेको कन्जरभेटिभ पार्टीले एक सय १९ सिट मात्र जितेको थियो । हार स्वीकार गर्दै प्रधानमन्त्री ऋषि सुनकले आमनिर्वाचनमा पार्टीको कमजोर प्रदर्शनको जिम्मेवारी लिएका छन् । उनले लेबर पार्टीका नेता कियर स्टाररलाई जितमा बधाई दिएका छन्। बेलायती संसद्को हाउस अफ कमन्सको ६५० सिटका लागि भएको निर्वाचनमा बहुमतको जादुई आंकडा ३२६ सिट हो र लेबर पार्टीको संख्या योभन्दा धेरै हो । लेबर पार्टीको भारी…
काठमाडौं । काठमाडौं उपत्यकामा विगत २४ घण्टादेखि निरन्तर परेको पानी शनिबार पनि दिनभरि पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार केही स्थानमा भारी वर्षाका साथै दिनभर विभिन्न स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको हो । महाशाखाको बिहान ८ बजेसम्मको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका एक स्थानमा धेरै भारी र ७ स्थानमा भारी वर्षा भएको हो । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र सबैभन्दा बढी ललितपुरको लेलेमा १२४.८ मिलिमिटर वर्षा भएको छ। यसैगरी ललितपुरकै गोदावारीमा ९५ मिलिमिटर, काठमाडौँको नैकापमा ८६ मिलिमिटर, काठमाडौँकै कीर्तिपुरमा ८५.६ मिलिमिटर, ललितपुरको टीकाथलीमा ६७.६ मिलिमिटर, काठमाडौँको पानीपोखरीमा ६१.२ मिलिमिटर, काठमाडौँकै बबरमहलमा…
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न पदमा नियुक्तिका लागि नयाँ मापदण्ड एवं कार्यविधि तयार पारेको छ । विभिन्न विभागका प्रमुख, डिन लगायत नियुक्तिमा राजनीतिक खिचातानी हुने गरेकोमा अब यसलाई रोक्नका लागि नयाँ कार्यविधि तयार पारिएको विश्वविद्यालयले जनाएको छ । त्रिविका रेक्टर प्रा.डा. खड्ग केसीका अनुसार नयाँ कार्यविधिले राजनीतिक भागबन्डालाई निरुत्साहित गर्ने र योग्य व्यक्तिले योग्य पद पाउने सम्भावना रहन्छ । हरेक पदका मापदण्ड बनाएर त्रिविको विश्वविद्यालयको नियुक्तिलाई पारदर्शी, प्राज्ञिक, गैरराजनीतिक बनाउन खोजिएको उनले बताए । ‘विश्वविद्यालयलाई प्राज्ञिक बनाउने दृढ संकल्पका साथ विनियम ल्याएका छौं । यसलाई पूर्णतः कार्यान्वयन गराउछौं,’ रेक्टर केसीले भने । यस्तो छ त्रिविले तयार पारेको नयाँ कार्यविधि :
