काठमाडौं । काठमाडौं क्षेत्र नं ४ का सांसद एवं काँग्रेस महामन्त्री गगन थापाको पहलमा क्षेत्र नं ४ को विकासका लागि मात्रै ७३ करोडको केन्द्रीय योजना परेको छ । पार्टी सरकार बाहिर भए बाबजुद पनि थापाको पहलमा ५ वटा क्षेत्रको ६४ योजनाका लागि सो बजेट विनियोजन भएको हो ।
यसरी विनियोजन भएका शीर्षकहरु अन्तरजिल्ला, अन्तर निर्वाचन क्षेत्र र मिक्स बजेट र केन्द्रीय निरन्तर योजनाभन्दा विपरीतका बजेटहरु हुन् । आगामी आर्थिक वर्ष २०८१/८२ मा १७ खानेपानी आयोजनाका लागि १० करोड आठ लाख रुपैयाँ विनियोजन भएको छ । जसमा क्षेत्र नं ४ का पुराना र नयाँ खानेपानी आयोजना निर्माणका लागि पहल गरिने बताइएको छ ।
त्यस्तै, क्षेत्र नं ४ को पर्यटन प्रवद्र्धन कार्यक्रमका लागि केन्द्र सरकारले १८ लाख रुपैयाँ विनियोजन गरेको छ । यसमा गगन थापाको पहलमा विभिन्न सांस्कृतिक तथा प्राकृतिक क्षेत्रको पर्यटन प्रवद्र्धनमा जोड दिने बताइएको छ ।
त्यस्तै, शहरी विकास कार्यक्रमका लागि कुल ३३ योजनाका लागि ४६ करोड ५३ लाख रुपैयाँ, भौतिक तथा पूर्वाधार अन्तर्गत् १२ योजनाका लागि १४ करोड ४० लाख र निर्वाचन क्षेत्र रणनीतिक सडक योजना अन्तर्गत् एउटा योजनाका लागि एक करोड ८० लाख रुपैयाँ गगन थापाको पहलमा विनियोजन भएको हो ।