काठमाडौं खबर असार २७, २०८१
काठमाडौं । मनसुन न्यूनचापीय रेखा काठमाडौं आसपास रहेकोले पछिल्ला दिनहरुमा काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको छ । जसले गर्दा काठमाडौं उपत्यकामा पनि भारी वर्षापछि बाढीजन्य विपद्को जोखिम बढिरहेको छ ।
जिल्ला सुरक्षा समिति र काठमाडौं महानगरपालिकाले जिल्लामा यस्ता विपद्का समस्या परेको खण्डमा तुरुन्त सम्पर्क गर्नका लागि तत्काल फोन गर्न सक्ने नम्बर उपलब्ध गराएको छ । जसमा प्रमुख जिल्ला अधिकारीदेखि जिल्ला प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका तोकिएका अधिकारीहरुको नम्बर रहेको छ ।
त्यस्तै, काठमाडौं महानगरपालिकाले आफ्नो हटलाइन नम्बर र महानगरप्रहरीको हटलाइन नम्बरमा पनि सम्पर्क गरेर विपद्मा परेकाहरुले सम्पर्क गरेर सहयोग माग्न सक्ने व्यवस्था गरेको छ ।
विभिन्न व्यक्तिहरुको नम्बर तल उल्लेख गरिएको छ