Author: Kathmandu Khabar

काठमाडौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ (ख) को दोस्रो प्रदेश सम्मेलन बिहीबार हुने भएको छ । कार्यक्रम धुम्बाराहीमा रहेको सूर्य इभेन्ट्समा बिहान ८ बजेदेखि सुरु हुन लागेको काठमाडौं ४ ख का सभापति रामप्रसाद लुइँटेलले जानकारी दिए । कार्यक्रमलाई काँग्रेस महामन्त्री एवं काठमाडौं क्षेत्र नं ४ सांसद गगन थापाले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । साथै, नेपाली काँग्रेसका जिल्ला तथा क्षेत्रका अन्य नेताहरूले पनि कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ । दोस्रो प्रदेश सम्मेलनका साथै नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान गर्ने कार्यक्रम पनि रहेको लुइँटेलले जानकारी दिए ।

Read More

काठमाडौ । एन्फाको लेखा तथा अनुपालन समिति निष्पक्ष नरहेको आरोप लागेको छ । एन्फाको विधानको परिच्छेद १३ मा स्वतन्त्र समितिको परिकल्पना गरिए पनि समितिले निष्पक्षता भन्दा कार्यसमितिको मोहोरा बनेर काम गर्ने गरेको आरोप लागेको हो । विधानको धारा ६९ मा लेखा तथा अनुपालन समिति बारे उल्लेख छ । जसमा लेखा तथा अनुपालन समितिले एन्फाको आन्तरिक र बाह्य लेखा परीक्षण प्रतिवेदन तयार पार्न सहयोग गर्ने, प्रतिवेदनको समीक्षा गर्ने, अनुगमन गर्ने, सम्बद्ध नियमावलीको पालना भए नभएको अनुगमन गर्दै अनुपालन गर्न आवश्यक सहयोग, सुझाव र निर्देशन दिने कार्य गर्ने बताइएको छ । अहिले दिपक खातीको संयोजकत्वमा रहेको लेखा तथा अनुपालन समिति निश्पक्ष नरहेको…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

Read More

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ गतेसम्म पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द गरेर विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भौतिक संरचना निर्माणको काम गरिएको थियो । आजदेखि विमानस्थल बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार विमानस्थलका ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिङ्क वेको निर्माण सम्पन्न भएको छ । समानान्तर ट्याक्सी वे निर्माणको काम भने जारी रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र…

Read More

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ का सांसद एवं नेपाली काँग्रेसका महामन्त्री गगन थापाको पहलमा काठमाडौंको बुढानीलकण्ठको खरिबोटदेखि चुनिखेलसम्मको सडक कालोपत्रे सुरु भएको छ । अर्थ मन्त्रालयबाट सुनिश्चित गरिएको निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत् बुनपा ११ मा पर्ने खरिबोटदेखि पैयुटार जगडोल, शहीदपार्क हुँदै चुनिखेल जाने सडक कालोपत्रे भएको हो । यो सडक निर्माणसँगै कपनको ११ नं वडादेखि १३ नं वडामा रहेको चुनिखेलसम्मका बासिन्दालाई यसले सुविधा दिने भएको छ । केन्द्र सरकारलाई पटकपटक ताकेता गरेर यो सडक कालोपत्रे गरिएको थापाको सचिवालयले जनाएको छ । करिब चार किलोमिटरको उक्त सडक कालोपत्रे गर्नका लागि १२ करोड रुपैयाँमा ठेक्का आह्वान गरिएको थियो । गत सोमबारबाट…

Read More

काठमाडाैँ । लागूऔषध मुद्दामा दोषी ठहर भएका दावा लामालाई प्लानिङ व्वाइज युनाइटेडको अध्यक्षबाट बर्खास्त गर्न माग गरिएको छ । सो मुद्दामा काठमाडौ जिल्ला अदालतले ६ महिना कैद र तत्कालीन पुनरावेदन अदालत तथा हालको उच्च अदालतले ५ वर्ष र ५ हजार जरिवाना गरेको व्यक्ति क्लबको विधानविपरीत बि श्रेणीमा रहेको सो क्लबमा अध्यक्ष भई काम गरेकोले उनको बर्खास्तीको माग गरिएको हो । कुनै पनि उजुरीकर्ताको नामविना नै दिईएको उजुरीमा संस्थाको विधान समेत संलग्न गरिएको छ । निवेदन जिप्रकाले दर्ता गरिसकेको छ । क्लबको विधानको धारा ७ को (ङ) मा नैतिक पतन हुने कुनै पनि फौजदारी अभियोगमा अदालतबाट दोषी ठहराई सजाए नपाएको व्यक्ति…

Read More

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको हो । समितिमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष वा अध्यक्षले तोकेका व्यक्ति, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्य तोकिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच आजै संक्रमणकालीन न्याय (टीआरसी) सँग जोडिएका आयोग गठनका विषयमा छलफल भएको थियो । सोही छलफलका आधारमा सिफारिस समिति गठन गरिएको हो । सत्य निरूपण तथा मेलमिलाप आयोग…

Read More

काठमाडौं । जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गरिँदैछ । प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान् विष्णुको पूजा, आराधना गरी मनाउन लागिएको हो । यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई र लोमस ऋषिले मान्धाता राजालाई बताएका थिए । पहिला वसन्त ऋतुका बेलामा अप्सराहरूले विहार गर्ने चैत्ररथ नाम गरेको वन थियो । त्यो वनमा च्यवन ऋषिको आश्रममा मेधावी नाम गरेका ऋषि तपस्या गरेर बस्नुभयो । मञ्जुघोषा नामकी अप्सराले ऋषिलाई कामदेवको बसमा पारेर मोहित बनाए । ऋषिको तपस्या समाप्त पार्दै आचार–विचार, तपस्या, नियम–आचरण सबै लोप बनाए । स्वर्ग जान…

Read More

काठमाडौं । गत असोजमा गएको पहिरोमा परी खेलाडीको ज्यान गएको विषयमा सर्वोच्च अदालतले एन्फाको नाममा कारण देखाउ आदेश जारी गरेको छ।  एन्फा मकवानपुरको सिस्नेरीमा सन्चालित एन्फा एकेडेमीमा रहेका छ जना बाल फुटबल खेलाडीको मृत्यु प्राकृतिक प्रकोपको कारण मात्र नभई एन्फा र वत्सला माध्यामिक विद्यालय व्यवस्थापनको गम्भीर लापरवाहीका कारण हुन गएको भन्दै पीडित पक्षले सरोकारवाला निकायमा पहिले नै निवेदन दिँदै आएको थियो । जसका लागि मृतकका हकवालाहरुले उच्चस्तरीय छानबिनसहितका माग राखी एन्फा, राखेप, युवा तथा खेलकुद मन्त्रालयमा निवेदन दिँदै आएको छ । अनेकौं प्रयत्नका बाबजुत सम्बन्धित निकायले आफूहरूको मागको सुनुवाई नभएकाले बाध्य भएर अदालत जानुपरेको उनीहरूको भनाइ छ । मृतकका हकवालाहरुले…

Read More

काठमाडौं । काठमाडौंको शंकरापुरमा निर्माण भएको विश्वकै पहिलो नेपाल माताको मन्दिरको २०८२ सालको नयाँ वर्षको दिन उद्घाटन हुने भएको छ । शंखरापुर नगरपालिका– ५ इटाखेलमा रहेको नेपाल मातामन्दिरको निर्माण सम्पन्न भइसकेकाले नयाँ वर्षको दिन उद्घाटन गर्ने तयारी गरिएको आयोजक संस्था श्रीपञ्चमहालक्ष्मी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्ने श्रीवनमा रहेको श्रीपञ्चमहालक्ष्मी मन्दिर सम्मुखमा निर्मित सो मन्दिरमा नेपालको ७७ वटै जिल्ला समेटिएको नक्सालाई पृष्ठभूमिमा राखी नेपाल माताको मूर्ति स्थापना गरिएको छ । नेपाल माताको मन्दिर र मूर्ति विश्वमै अन्यत्र अहिलेसम्म कतै पनि नभएको आयोजक संस्थाको दाबी छ । मुक्तिनाथ पीठका पीठाधीस स्वामी कमलनयनाचार्य व्यवस्थापक रहेको मन्दिर उद्घाटनसँगै नयाँ…

Read More