काठमाडौं–४ मा नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले ज्ञानेश्वरस्थित नारायणचौर मतदान केन्द्रबाट मतदान गरेका छन्। मतदानपछि उनले लोकतन्त्रको पर्वमा सबै मतदातालाई उत्साहका साथ सहभागी हुन आग्रह गर्दै आफूले पनि आफ्नो मताधिकार प्रयोग गरेको बताएका छन्। उम्मेदवार तिमल्सेनाले भने, “आजको निर्वाचन लोकतन्त्रलाई मजबुत बनाउने महत्वपूर्ण अवसर हो। काठमाडौं–४ का सम्पूर्ण मतदातालाई उत्साहका साथ मतदानमा सहभागी हुन अनुरोध गर्दछु।” काठमाडौं–४ का विभिन्न मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको छ।
Author: Kathmandu Khabar
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित रूपमा सम्पन्न गराउन राष्ट्रिय सुरक्षा परिषद्ले कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ। सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको परिषद् बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको विस्तृत समीक्षा गर्दै आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको हो। बैठकपछि रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले निर्वाचन अवधिभर मुलुकमा शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय भएको जानकारी दिए। परिषद् बैठकमा राष्ट्रिय सुरक्षाका विद्यमान चुनौती, राष्ट्रिय तथा अन्तरराष्ट्रिय घटनाक्रमले पार्न सक्ने प्रभाव र भावी सुरक्षा रणनीतिबारे समेत छलफल भएको थियो। बैठकमा अर्थमन्त्री रामेश्वर खनाल,…
काठमाडौँ । आसन्न निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नं. ४ को राजनीतिक समीकरणमा ठूलो फेरबदल आएको छख। ‘कैँची’ निर्वाचन चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिनुभएका केदार कार्कीले नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमिल्सिनालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । फागुन १७ गते बिहान उम्मेदवार सचिन तिमिल्सिनासँगको भेटघाटपछि कार्कीले कांग्रेसको ‘भिजन’ र तिमिल्सिनाको नेतृत्वलाई सघाउन आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । भेटका क्रममा कार्कीले क्षेत्रको विकास र सुशासनका लागि युवा नेतृत्वको आवश्यकता रहेको भन्दै सचिन तिमिल्सिनालाई जिताउन आफू पूर्ण रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उम्मेदवारी फिर्ता लिए लगत्तै कार्की आइतबार दिउँसो कपनस्थित ह्याण्डबल मैदानमा आयोजित नेपाली…
काठमाडौं–४ को बालुवाखानी स्थित कपन ह्याण्डबल ग्राउण्ड (आकाशेधारा) मा आयोजना भएको चुनावी सभालाई सभापति गगनकुमार थापाले सम्बोधन गरेका छन् । सोही क्षेत्रमा आयोजित कार्यक्रममा कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले मतदातासँग आफ्नो धारणा राखेका छन्। सभालाई सम्बोधन गर्दै तिमिल्सेनाले आफूलाई उम्मेदवारका रूपमा स्वीकार गरेकोमा क्षेत्रवासीप्रति आभार व्यक्त गरे।“प्रिय नेता गगनकुमार थापा उपस्थित आमसभामा यहाँहरूको उम्मेदवारका रूपमा उभिन पाउनु मेरो लागि गौरवको विषय हो,” उनले भने, “तपाईंहरूको साथ, समर्थन र विश्वासले मलाई थप जिम्मेवार बनाएको छ।” उनले यसपटकको निर्वाचन सामान्य पाँच वर्षे नियमित चुनाव मात्र नभई विशेष महत्व बोकेको मध्यावधि चुनाव भएको उल्लेख गरे। देशमा देखिएको राजनीतिक अस्थिरता र अतिवादी सोचको बढ्दो…
काठमाडौँ । गगन थापाले देशलाई घृणा र उत्तेजनाको भाषाले होइन, सहकार्य र संयमताले मात्रै सम्हाल्न सकिने बताएका छन्। आइतबार कीर्तिपुरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुक सञ्चालनका लागि ‘सफ्ट भाषा’ र टिम वर्क अनिवार्य हुने धारणा राखे। सभापति थापाले सामाजिक सञ्जालमा भाइरल हुन कोलाहल र उत्तेजनाको भाषा प्रयोग गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै त्यसले देशलाई दिशाहीन बनाउने चेतावनी दिए। “घृणा र उत्तेजनाले मुलुक चल्दैन, मिलाएर अघि बढ्नुपर्छ,” उनले भने, “देश चलाउन एक्लैले सकिँदैन, सक्षम टिम चाहिन्छ।” उनले निर्वाचन प्रचारका क्रममा नेता–कार्यकर्तालाई संयमित र सकारात्मक भाषा प्रयोग गर्न आग्रह गरे। “घोचपेच र उत्तेजनाको शैली हाम्रो नीति होइन,” उनले…
काठमाडौँ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय उडानहरू रद्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौँ यात्रु अलपत्र परेका छन् । आकस्मिक परिस्थितिमा अप्ठ्यारोमा परेका यात्रुको सहयोगका लागि लोकतान्त्रिक होटल व्यवसायी सङ्घ ले निःशुल्क खाना र बस्नको व्यवस्था गरेको जनाएको छ । नेपाली कांग्रेस निकट शुभेच्छुक संस्थासमेत रहेको सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले विमानस्थलमा रोकिन बाध्य भएका यात्रुको अवस्थालाई मध्यनजर गर्दै तत्काल राहत स्वरूप आवश्यक व्यवस्थापन गरिएको जानकारी दिए । “कुनै पनि नेपाली अप्ठ्यारोमा पर्दा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ भन्ने मान्यताअनुसार, पार्टी सभापति गगनकुमार थापा को निर्देशनमा होटल व्यवसायीहरू एकजुट भएर अलपत्र यात्रुलाई खाना र बस्नको व्यवस्था मिलाएका हौँ,” अध्यक्ष ढकालले…
काठमाडौं । नेपाली कांग्रेसले आइतबार (२०८२ फागुन १७ गते) काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ६ वटा चुनावी सभा आयोजना गर्ने भएको छ। सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने कार्यक्रम रहेको निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ। कीर्तिपुरबाट अभियानको सुरुआत दिउँसो १ बजे काठमाडौं–१० को कीर्तिपुरमा हुने सभालाई सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन्। सो क्षेत्रमा कांग्रेसका तर्फबाट हिमाल कार्की उम्मेदवार छन्। ठिमी र पेप्सीकोलामा शर्माको सम्बोधन दिउँसो २ बजे भक्तपुर–२ अन्तर्गत ठिमीमा हुने सभामा उपसभापति शर्माले सम्बोधन गर्ने तालिका छ। उक्त क्षेत्रमा कांग्रेसका उम्मेदवार कबिर राणा रहेका छन्। त्यसपछि काठमाडौं–२ को पेप्सीकोला टाउनप्लानिङमा…
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सचिन तिमल्सेनाले चुनावी अभियानलाई तीव्रता दिएका छन्। शुक्रबार बूढानीलकण्ठ नगरपालिका अन्तर्गत वडा नम्बर ९ मा घरदैलो कार्यक्रम सम्पन्न गरिएको अभियान टोलीले जनाएको छ। घरदैलोका क्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै तिमल्सेनाले क्षेत्रका पूर्वाधार, खानेपानी, सडक व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवासम्बन्धी गुनासा तथा सुझाव संकलन गरेका थिए। विशेषगरी युवा रोजगारी, व्यवस्थित सहरीकरण र सार्वजनिक सेवा प्रवाहमा सुधारको माग मतदाताबाट उठेको टोलीले जनाएको छ। बूढानीलकण्ठ नगरपालिका–९ मा आयोजित भेटघाट कार्यक्रममा स्थानीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीसँगको अन्तरक्रियाले आफूलाई थप ऊर्जा र हौसला मिलेको तिमल्सेनाले प्रतिक्रिया दिएका छन्। “यहाँहरूले देखाउनुभएको आत्मीयता, विश्वास र सहयोगप्रति…
नेपाली कांग्रेसका सभापति गगन थापाले बिहीबार सुर्खेतमा आयोजित कांग्रेसको कर्णाली प्रदेश स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई स्पष्ट जनादेश दिन आग्रह गरेका छन्। उनले कांग्रेसले २०८२ देखि २०८७ सम्मको पाँच वर्षलाई “नेपालको इतिहासकै स्वर्णिम काल” बनाउने दाबी गरे। थापाले विगत ५–६ वर्ष सरकार गठन र विघटनमै खर्चिएको भन्दै त्यसले युवापुस्तामा निराशा बढाएको उल्लेख गरे। “देशले गति समात्नुपर्ने बेला गठबन्धनको राजनीति दूषित भयो,” उनले भने, “अब हामी सपना बोकेर आएका छौँ—यो पाँच वर्षलाई परिणाममुखी बनाउने।” उनका अनुसार कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्र कागजमै सीमित रहने छैन। “हामी पाँच वर्ष पर्खेर बस्दैनौँ। वैशाख १ मा एक…
काठमाडौँ, फागुन १४ — सचिन तिमिल्सिना ले काठमाडौँ क्षेत्र नम्बर ४ मा घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा उहाँले आफ्नो चुनावी रणनीति ‘घरदैलो र प्रत्यक्ष संवाद’ मा केन्द्रित गर्नुभएको हो। बिहीबार बिहान बूढानीलकण्ठ बंगलामुखी मन्दिर क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी हुँदै तिमिल्सिनाले मतदाताका गुनासा सुन्नुका साथै आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्नुभयो। पूर्व सांसद गगन थापा को राजनीतिक विरासत जोगाउने चुनौतीसहित मैदानमा उत्रिएका उहाँले स्थानीय विकास, सुशासन र युवा स्वरोजगारलाई मुख्य एजेन्डा बनाएको बताउनुभयो। ‘सचिनसँग संवाद’ कार्यक्रम सुरु तिमिल्सिनाले केवल सभामुखी भाषणमा सीमित नरही प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको जनाउँदै हरेक साँझ ७:३० देखि ८:०० बजेसम्म ‘सचिनसँग संवाद’ शीर्षकमा नागरिकसँग…
काठमाडौँ । आसन्न निर्वाचनको सरगर्मीसँगै काठमाडौँ महानगरपालिका वडा नं. ८ मा कांग्रेसका उम्मेदवार सचिन तिमेल्सिनाले घरदैलो सम्पन्न गरेका छन् । चुनाव प्रचारप्रसार उत्कर्षमा पुग्ने क्रममा हिजो भएको घरदैलो कार्यक्रममा मतदाताहरूले सचिनलाई भव्य स्वागत गर्दै आफ्ना अपेक्षा र समस्याहरू सुनाएका छन् । वडाका विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै सचिनले स्थानीयको आत्मीयता र विश्वासप्रति आभार प्रकट गरेका छन् । भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले विकास निर्माण, सार्वजनिक सेवाको गुणस्तर र वडाको समग्र सुधारका लागि महत्वपूर्ण सुझावहरू दिएका थिए । मतदाताहरूसँगको संवादपछि प्रतिक्रिया दिँदै सचिन तिमेल्सिनाले भने, “हिजो घरदैलोका क्रममा वडाबासीहरूले देखाउनुभएको आत्मीयता र विश्वासले मलाई थप उत्साहित बनाएको छ । उहाँहरूले…
काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सचिन तिमिल्सिनाले आफ्नो ५ वर्षे कार्यकालका लागि ‘१० नतिजा’ को स्पष्ट मार्गचित्र सार्वजनिक गरेका छन् । आज मैतीदेवी मन्दिरमा आयोजित एक औपचारिक कार्यक्रममा मार्गचित्र सार्वजनिक गर्दै उनले राजनीति भनेको नागरिकको क्षमता विस्तार गर्ने र समान अवसरको पहुँच सुनिश्चित गर्ने माध्यम भएका बताएका छन् । कामनपा र बुढानीलकण्ठका वडाहरूलाई भिन्नभिन्नरूपमा सम्बोधन गर्दै तयार पारिएको प्रतिज्ञापत्रमा १०-१० बुँदामा सम्बोधन गरिएको छ । सुशासन र भ्रष्टाचार नियन्त्रणको संकल्प सचिनको पहिलो प्राथमिकता राज्यका संयन्त्र र नागरिकबीच शक्ति सन्तुलन कायम गर्नु हो । उनले अनावश्यक तजबिजी अधिकार कटौती गर्ने कानुन निर्माण गर्ने र सरकारी सेवालाई ‘डिजिटल र…
काठमाडौं । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा काठमाडौं क्षेत्र नम्बर ४ को चुनावी मैदान निकै रोचक बनेको छ । बिहीबार अपराह्न साढे ४ बजेतिर कपन मिलनचोक तरकारी बजार पुग्दा त्यहाँको माहोल बेग्लै थियो । कोही मकै पोलेर बेच्न त कोही तरकारीको भाउ मिलाउन व्यस्त थिए । ‘साग मुठाको २५, आलु किलोको ३०’ को आवाजले बजार गुञ्जिरहँदा भित्रभित्रै भने चुनावी बहसले तातेको देखियो । मानौं कसैलाई चुनाव आइरहेको पत्तोसमेत छैन । गगन थापाको चुनावी क्षेत्र भनेर चिनिने यस क्षेत्रमा चुनाव भने लागिसकेको छ । काठमाडौं ४ लामो समयदेखि नेपाली कांग्रेसको पकड रहेको क्षेत्र हो । यहाँबाट लगातार चुनाव जित्दै आएका…
काठमाडौँ । आसन्न निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढेको छ। यसै क्रममा नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नं. ८ इकाईले शनिबार आफ्नो क्षेत्रमा स्वस्फूर्त घरदैलो तथा -याली कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सचिन तिमल्सिनाको पक्षमा जनलहर सिर्जना गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम नवाली टोलबाट सुरु भएको थियो । उम्मेदवार तिमल्सिनाको तस्बिर अंकित ब्यानर र झन्डासहित निस्किएको -यालीमा स्थानीय कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो । नवाली टोलबाट सुरु भएको घरदैलो कार्यक्रम गौरीघाट, गुह्येश्वरी, पशुपति र तिलगंगा जस्ता धार्मिक तथा ऐतिहासिक स्थलहरू हुँदै इट्टापाखा पुगेर समापन…
काठमाडौं । काठमाडौं क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमेल्सिनाले निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै पक्षसँग अपिल गरेका छन् । बूढानीलकण्ठ–२ मा मंगलबार घरदैलो कार्यक्रमका क्रममा स्थानीय नागरिकसँग साक्षात्कार गर्दै तिमेल्सिनाले दाङ र मधेशका केही स्थानमा राजनीतिक दलका झन्डा जलाउने तथा निषेध गर्ने घटनाप्रति चिन्ता व्यक्त गरे । उनले ती गतिविधि लोकतान्त्रिक मूल्य र सामाजिक मर्यादाविपरीत रहेको बताए । “हाम्रो समाज वर्षौँदेखि आपसी मेलमिलाप र सद्भावमा बाँधिएको छ,” उनले भने, “राजनीतिमा विचारको भिन्नता र प्रतिस्पर्धा स्वाभाविक हो, तर एक–अर्काका आस्था तथा राजनीतिक प्रतीकप्रति अनादर प्रकट गर्नु कदापि स्वीकार्य हुन सक्दैन।” तिमेल्सिनाले उत्तेजना र निषेधको राजनीतिले…
अबिरल आचार्य म अबिरल आचार्य, २२ वर्षको एक युवा । काठमाडौं क्षेत्र नं ४ महांकालको धोविखोला किनारमा बस्छु । स्नातक लेबलको पढाई लगभग सकिनै लागेको छ । भविष्यको अनिश्चितता, देशको राजनीतिक अस्थिरता र युवाहरुको घट्दो संलग्नताले मलाई सधैं चिन्तित बनाउँछ । तर, यो पटकको निर्वाचनले मभित्र एउटा आशाको दियो बालेको छ । त्यो आशा हो, ‘जेनजी मुभमेन्ट’ र यसका एक सशक्त प्रतिनिधि, कांग्रेसका युवा उम्मेदवार सचिन तिमेल्सिना । हामी ‘जेनजी’ पुस्ताका युवाहरू हौं, जसले प्रविधिको काखमा हुर्कने अवसर पायौं । सूचनाको महासागरमा डुबुल्की मार्यौं । विश्वभरका परिवर्तन र सम्भावनाहरूको साक्षी बन्न पुग्यौं । हाम्रो आँखाले देखेको संसार पुरानो पुस्ताको…
काठमाडौं खबर टीम/ गगन थापाले छाडेपछिको काठमाडौं क्षेत्र नं ४ मा कस्ले जित्ला भन्ने विषयमा बिबिध खाले समाचारहरू प्रकाशित भैरहेका छन् । एमालेबाट अविच्छिन्न उत्तराधिकारी झैँ गरेर फेरि एकपटक फेरी क्षेत्र नं ४ को चुनावी मैदानमा रहेका सचिव राजन भट्टराई बिबिधखाले अप्ठेरामा रहेका छन् । हामीले उनका आठ अप्ठेराहरू हामीले सूचिकृत गरेका छौं । १. गगन थापाको ठाउँमा सचिन तिमेल्सिना नउठ्ने भएपछि मात्र मनोनयन पत्र दर्ता गर्न आउनु । गगन आउने भए उद्धव खरेललाई तयार पारिनुले राजन भट्टराई हारको मानसिकतामा छन् भनेर मतदातालाई आभाष हुनु । २, राजन भट्टराईले दुईपटक पराजित भैसकेपछि पनि अविच्छिन्न उत्तराधिकारीझै आफै उठ्न आउनु र यहाँका नेतालाई स्थान…
ललितपुर । ललितपुर महानगरपालिका–३ पुल्चोकका राजनीतिक तथा सामाजिक अभियन्ता जितेन्द्र कुमार श्रेष्ठले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनले सुशासन, डिजिटल रूपान्तरण र सहभागितामूलक स्थानीय विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै ललितपुर–३ लाई नमूना निर्वाचन क्षेत्र बनाउने लक्ष्य सार्वजनिक गरेका हुन्। “परामर्श, पारदर्शिता र प्रविधिमैत्री शासनमार्फत समृद्ध ललितपुर निर्माण हाम्रो प्रतिबद्धता हो,” श्रेष्ठले घोषणा सभामा भने। संगठनदेखि नेतृत्वसम्मको यात्रा वडा समिति सभापतिबाट सुरु भएको श्रेष्ठको राजनीतिक यात्रा क्षेत्रीय सचिव, जिल्ला कोषाध्यक्ष, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै जिल्ला सभापतिसम्म पुगेको छ। पार्टी संगठन सुदृढीकरण र नीतिगत बहसमा सक्रिय भूमिका निर्वाह गरेका उनले अब संसदमार्फत राष्ट्रिय नीतिनिर्माणमा प्रभावकारी योगदान दिने लक्ष्य लिएको…
काठमाडौँ । विगतका तीन प्रतिनिधिसभा निर्वाचनमा निरन्तर चर्चाको केन्द्रमा रहँदै आएको काठमाडौं क्षेत्र नम्बर ४ यसपटक पनि राजनीतिक बहसको शिखरमा पुगेको छ । यसअघि लगातार उम्मेद्वार रहँदै आएका गगन थापाले क्षेत्र परिवर्तन गरेपछि यहाँको चुनावी समीकरणलाई लिएर चासो र चर्चा झन् बढेको छ । कांग्रेस सभापति बनेपछि मधेश क्षेत्रमा पार्टीको जनमत विस्तार गर्ने रणनीतिअन्तर्गत थापाले क्षेत्र परिवर्तन गरेको विश्लेषण भइरहेका बेला काठमाडौं–४ मा कांग्रेसको विजय यात्राले निरन्तरता पाउने कि नपाउने भन्ने प्रश्न उठेको छ। यही सन्दर्भमा कांग्रेसले नयाँ अनुहारका रूपमा अघि सारेका छन्—सचिन तिमेल्सिना । रगतमा कांग्रेस, कर्ममा संगठन काठमाडौंको ज्ञानेश्वरमा जन्मिएका सचिन तिमेल्सिना कांग्रेसी परिवारमा हुर्किएका युवा नेता हुन्…
काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता सचिन तिमल्सेनाले काठमाडौँ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा उम्मेदवारीसँगै ‘नयाँ पुस्ताको राजनीतिक स्टार्टअप’ अवधारणा सार्वजनिक गरेका छन्। उनले परम्परागत चुनावी नाराभन्दा फरक शैलीमा डेटा–आधारित नीति, डिजिटल सहभागिता र पारदर्शी निर्णय प्रक्रियामार्फत राजनीति पुनःपरिभाषित गर्ने घोषणा गरेका हुन्। 🔎 ‘पोलिसी ल्याब’ मोडेल तिमल्सेनाले क्षेत्रभित्रै ‘पोलिसी ल्याब’ सञ्चालन गरी नागरिकका सुझावलाई प्रत्यक्ष नीतिमा रूपान्तरण गर्ने योजना अघि सारेका छन्। गिग इकोनोमी, जलवायु परिवर्तन, शहरी व्यवस्थापन र रोजगारी जस्ता विषयमा विशेषज्ञ, युवा र स्थानीय सरोकारवालाबीच खुला संवाद गरिने उनको भनाइ छ। 📲 डिजिटल कनेक्ट – नागरिकसँग प्रत्यक्ष संवाद उनले सामाजिक सञ्जाललाई प्रचारको माध्यम मात्र नभई ‘रियल–टाइम एकाउन्टेबिलिटी प्लेटफर्म’…
– समसामयिक विश्लेषण नेपालको राजनीतिमा यतिबेला चुनावी राप र ताप उत्कर्षमा छ। फागुन २१ को आम निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरू मतदाताको मन जित्न निकै कसरत गरिरहेका छन्। तर, यसपटकको निर्वाचनमा एउटा अनौठो र डरलाग्दो भाष्य निर्माण भइरहेको छ— “एजेन्डाको बहसभन्दा बढी गालीगलौज।” विशेषगरी, आफूलाई वैकल्पिक शक्तिको रूपमा उभ्याउन खोज्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी अभियान विकासका मार्गचित्रभन्दा पनि ‘पुराना दलको सत्तोसराप’ मा बढी केन्द्रित देखिएको छ। १. गालीलाई नै एजेन्डा बनाउँदाको जोखिम रास्वपाका सभापति रवि लामिछानेदेखि रास्वपाबाट सामान्य उम्मेदवार भएका नेतासम्मको चुनावी भाषण सुन्ने हो भने, त्यहाँ नेपाली कांग्रेस र नेकपा एमालेप्रतिको चर्को गालीमात्र भेटिन्छ । “पुरानाले देश…
काठमाडौं । निर्वाचनको सरगर्मी बढेसँगै काठमाडौं क्षेत्र नं. ४ को चुनावी मैदान यतिबेला निकै रोचक र पेचिलो बन्दै गएको छ । यसपटक यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुकार बमलाई उम्मेदवार बनाएको छ । तर, विगतमा अन्य क्षेत्रबाट पराजित भएर यस क्षेत्रमा आइपुगेका बमका लागि यो यात्रा सहज नहुने विश्लेषण गर्न थालिएको छ । पटक-पटकको क्षेत्र परिवर्तन र असफलताको छाया पुकार बमका लागि चुनावी प्रतिस्पर्धा नयाँ होइन। २०७९ को आम निर्वाचनमा उनले काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका थिए। ‘विवेकशील साझा’ बाट उदायका उनी ०७४ को चुनावमा काठमाडौं ८ मा विवेकशीलबाट चुनावमा उठेका थिए । ०७४ चुनावमा बमले ल्याएको मत…
काठमाडौं खबर टिम/ काठमाडौं क्षेत्र नं ४ पछिल्लो दशकमा संघीय राजनीतिका हिसाबले सबैभन्दा चासोको केन्द्र बनेको क्षेत्र हो । यहाँको मतपरिणामले राष्ट्रिय शक्ति–सन्तुलन, युवा नेतृत्वको स्वीकार्यता र शहरी मतदाताको मनोविज्ञानसमेत संकेत गर्ने गरेको छ । यही क्षेत्रमा नेपाली कांग्रेसले युवा अनुहारका रूपमा अघि सारेका सचिन तिमेल्सिना अहिले प्रतिस्पर्धीहरूमध्ये बलिया देखिएकाछन् । गगन प्रभावको निरन्तरता र संगठनात्मक जडान यो क्षेत्र लामो समयदेखि गगन थापा को प्रभाव क्षेत्रमा पर्छ ।२०७०, २०७४ र २०७९ का प्रतिनिधिसभा निर्वाचनमा उनले यहाँबाट प्रभावशाली जित निकालेका थिए । २०७० को चुनावमा कांग्रेसले एमालेसहित शक्तिशाली माओवादी नेतालाई सहजै पराजित गरेको थियो । त्यस्तै २०७४ मा कांग्रेसले वाम गठबन्धनको…
नेपाली कांग्रेसले आसन्न निर्वाचन केन्द्रित केन्द्रिय प्रचार समिति बनाएको छ । केन्द्रीय प्रवक्ता देवराज चालिसे संयोजक रहेको केन्द्रिय प्रचार प्रसार समितिको सदस्यमा विसुकुमार केसी, सुदर्शन आचार्य र केशव पाठक मनोनित भएका छन् । काठमाडौ क्षेत्र नं ४ मा बसोबास गर्ने केसी, आचार्य तथा पाठक लामो समयदेखि लेखनमा सक्रिय नाम हो । बुढानीलकण्ठ ११ निवासी विसुकुमार केसी पूर्व प्रशासकका साथै नेपाली लेखक संघका केन्द्रिय कोषाध्यक्ष हुन् । बुढानीलकण्ठ २ निवासी सुदर्शन आचार्य प्रेश काउन्सिलका पूर्व सदस्य हुन् भने हाल फ्रिलाइन्स लेखन तथा टेलिभिजन विश्लेषकका रूपमा परिचित छन् । हाल बुढानीलकण्ठ १ निबासी केशव पाठक लेखन तथा पत्रकारिताका चिरपरिचित नाम हो ।…
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी सेवा प्रवाहमा देखिएको ढिलासुस्ती र अव्यवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै ‘डिजिटल गभर्नेन्स’मार्फत सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा थापाले सामान्य सरकारी सेवा लिन समेत नागरिकले सास्ती भोग्नुपरेको उल्लेख गर्दै हालको प्रशासनिक संयन्त्रको आलोचना गरेका छन्। “कहिले लाइनको लाइन, कहिले फाइल घुमेको घुम्यै सँगै काममा ढिलाइ। आम नागरिकलाई कतिपय सरकारी सेवा लिनु नै हैरानीको विषय बनेको छ,” उनले भने। थापाले अबको प्रशासनिक संरचना चुस्त, पारदर्शी र नतिजामुखी हुनुपर्नेमा जोड दिए। ‘न्यूनतम सरकारी निकाय, अधिकतम सुशासन’को सिद्धान्त अनुसार अघि बढ्नुपर्ने बताउँदै उनले प्रविधिमैत्री प्रशासन नै समाधानको प्रमुख आधार भएको धारणा…
सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभई ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने बताएका छन् । सिराहा निर्वाचन क्षेत्र नम्बर ३ ले गोलबजारमा मंगलबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सभापति थापाले निर्वाचनपछि सरकार गठन र कार्यान्वयनको स्पष्ट समयरेखा सार्वजनिक गरे । उनका अनुसार फागुन २१ मा निर्वाचन, चैतमा सरकार गठन र वैशाख १ गते प्रधानमन्त्रीले प्रतिज्ञापत्र सार्वजनिक गर्नेछन्। ‘भाषण होइन, काम गरेर देखाइन्छ,’ थापाले भने, ‘वैशाख महिनाभर तयार गरिएका योजनाको जेठ १ गते मूल्याङ्कन हुनेछ ।’ सभापति थापाले प्रत्येक महिनाको १ गते सरकारको कामको समीक्षा हुने प्रणाली लागू गरिने जानकारी दिए।…
काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिनाले छानबिन समितिको समय थपिनु गलत भएको बताएका छन्। बुढानीलकण्ठ नगरपालिका–९ मा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू विधिको शासनमा विश्वास गर्ने व्यक्ति भएको स्पष्ट पारे । तिमल्सिनाले दण्डहीनता सुशासनको दुश्मन भएको उल्लेख गर्दै भने, “गल्ती गर्ने जो कोही भए पनि उसले सजाय भोग्न तयार हुनुपर्छ। म विधिको शासनलाई पूर्ण रूपमा मान्छु।” उनका अनुसार छानबिन प्रतिवेदन निर्वाचनअघि नै सार्वजनिक हुनुपर्ने भए पनि त्यसो हुन नसकेको र त्यसका लागि समय थपिनु गलत अभ्यास हो । उनले छानबिन प्रतिवेदनमा आफ्नै पार्टीका व्यक्ति परे पनि कारबाही हुनुपर्नेमा जोड दिए। नेपाली कांग्रेसका…
काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले जनतासँग गरेको प्रतिबद्धता पूरा गरेर देखाएको दाबी गरेका छन्। पार्टी अब बदलिएर आएको भन्दै उनले त्यसको साक्षी जनता स्वयं भएको बताए। मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत झुम्कामा आयोजित नेताकार्यकर्ता भेटघाटमा बोल्दै सभापति थापाले कांग्रेसप्रति जनताले देखाएको विश्वास र मायाप्रति आभार व्यक्त गरे। कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने प्रश्नको जवाफ जनतासामु पुर्याउन नेताकार्यकर्तालाई आग्रह गर्दै उनले भने, ‘मैले तपाईंहरूको विश्वासमा परेको छु। हामीले भनेका कुरा पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ।’ निर्वाचन आचारसंहिताका कारण धेरै कुरा खुलाएर भन्न नमिल्ने अवस्था रहेको उल्लेख गर्दै सभापति थापाले बदलिएर आएको…
रामेछापको तामाकोशी क्षेत्रमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। मन्थली अस्पतालका अनुसार मृतकमध्ये ११ जनाको पहिचान खुलेको छ भने एक जनाको सनाखत हुन बाँकी रहेको छ। अस्पताल स्रोतका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा विशाल सुनुवार, भीमबहादुर तामाङ, बबी तामाङ, दीपेश बस्नेत, सानुमाया तामाङ, तारा तामाङ, मानबहादुर तामाङ, मनकुमारी बरुवाल, शिव श्रेष्ठ, रमिता तामाङ र दीपेन्द्र बस्नेत रहेका छन्। ‘१२ वटा शव अस्पताल ल्याइएको छ, जसमध्ये एक जनाको नाम खुलेको छैन,’ अस्पतालले जनाएको छ। रामेछापका डीएसपी भोला भट्टका अनुसार मंगलबार बिहान काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बस तामाकोशी नदीमा खस्दा दुर्घटना भएको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले…
काठमाडौँ । रामेछापको तामाकोशी नदीमा मंगलबार बिहान बस खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्, जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक (डीएसपी) भोला भट्टका अनुसार दुर्घटनामा परी ७ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकका शव मन्थली अस्पताल पुर्याइएको अस्पताल स्रोतले जनाएको छ। दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
