काठमाडौ । काठमाडौ महानगरपालिकाका तीन जना वडाध्यक्षले मेयर बालेन्द्र शाहले दिएको जिम्मेवारी अस्वीकार गरेका छन् । बालेनले यसअघि विभिन्न जिम्मेवारीमा रहेका वडाध्यक्षलाई कारबाही गर्दै जिम्मेवारी हेरफेर गरेका थिए । आइतबार विज्ञप्ति निकाल्दै तोकिएका जिम्मेवारीहरु कार्यपालिकाको बैठकबाट अनुमोदन नभएकाले आफूहरुले त्यसलाई स्वीकार नगरेको उल्लेख गरेका छन्। उनीहरूले कार्यपालिकाबाट अनुमोदन भएर आएको खण्डमा आफूहरू सो जिम्मेवारी स्वीकार्न तयार रहेको स्पष्ट पारेका छन् । जिम्मेवारी अस्वीकार गर्ने वडाध्यक्षहरुमा सुशासन समिति संयोजकको जिम्मेवारी पाएका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिको जिम्मेवारी पाएका वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र सूचना प्रविधि समितिको जिम्मेवारी पाएका वडा नम्बर ५…
Author: Kathmandu Khabar
काठमाडौं । विपद्का घटनामा परेर पछिल्लो २४ घण्टामा देशभर चार जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् । प्रिमनसुनका समयमा भएको मौसम बदलीपछि आएको हावाहुरी, बाढी, पहिरोलगायत विपद्जन्य घटनाबाट ५० जिल्ला प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार हावाहुरीका कारण मात्रै चार जनाको मृत्यु र २१ जना घाइते भएका छन् । चट्याङबाट दुई, जनावरको आक्रमणबाट चार र लेक लागेर एकजना घाइते भएका छन् । उहाँका अनुसार शुक्रबारदेखि आजको २४ घण्टाको अवधिमा ५० जिल्लामा ९४ वटा विपद्का घटना भएको छन् । ती घटनाहरूबाट रु एक करोड आठ लाखको अनुमानित…
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भागका केही स्थानमा र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा मौसम बुलेटिनमा उल्लेख छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको…
काठमाडौं । नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्यसमितिका सचिव इन्द्र बहादुर थापाले बुढानीलकण्ठको जय भद्रकाली आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी सहयोग गरेका छन् । शुक्रबार दिउँसो थापाको नेतृत्वमा गएको टोलीले विद्यालयका करिब २०० जना विद्यार्थीलाई १३ सय थान कापी सहयोग गरिएको थापाले जानकारी दिए । स्टेसनरी सामग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वाशुदेव थापा, नेपाली काँग्रेस बुढानीलकण्ठ नगर कार्यसमितिका सचिव बिजेन्द्र श्रेष्ठ, नेपाली काँग्रेस बुढानीलकण्ठ नगरपालिका वडा नं १ का इकाई सभापति झलकध्वज ठकुरी, कपन अनलाइनका सम्पादक पुण्यप्रसाद पुडासैनीलगायतको उपस्थिति थियो । विभिन्न शैक्षिक क्रियाकलापमा सहभागी हुन रुचाउने शिक्षाप्रेमी थापा यसअघि गणेश माध्यमिक विद्यालयमा दुई कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत बनेका थिए…
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न सबै चालकमा अनुरोध गरेको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक आजदेखि बन्द हुन लागेको जानकारी प्राप्त भएकाले सर्वसाधारण नागरिकलाई अप््यारो नहोस् भनेर उक्त सूचना जानकारी गराइएको बताए । मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनार्थ यही जेठ २ देखि २० गतेसम्म (१९ दिन) सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ । वैकल्पिक सडक प्रयोग गर्न अनुरोध प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सार्वजनिक…
काठमाडौँ । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्माले आज यहाँ आयोजित विशेष समारोहमा संवादको समुद्घाटन गरेका छन् । समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ । समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेका छन् । समारोहमा विशिष्ट अतिथिहरुले सम्बोधन गर्ने क्रम जारी छ । आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरु सञ्चालन हुनेछन् ।
काठमाडौँ । देशभरका ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा धेरै बेरूजु भएको पालिका बनेको छ । बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदनमा सबैमध्ये सबैभन्दा धेरै बेरूजु काठमाडौं महानगरपालिकामा देखिएको हो । महालेखाको प्रतिवेदन अनुसार रकमका आधारमा काठमाडौँ महानगरपालिका भए पनि प्रतिशतको हिसाबले भने पोखरा महानगरपालिकाको धेरै देखिएको छ । प्रतिशतको हिसाबमा मोरङको विराटनगर महानगरपालिका सबैभन्दा कम र पोखराको सबैभन्दा धेरै देखिएको हो । आर्थिक वर्ष २०७९/०८० मा महालेखाले काठमाडौँको ६६ करोड १९ लाख रूपैयाँ बेरुजु देखाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा २०८०/०८१ मा काठमाडौँ महानगरको बेरुजु घटेको देखिएको छ । काठमाडौं महानगरको २७ अर्ब ५२ करोड…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार रोचक घटना घटेको छ । विमानस्थलको आन्तरिक टर्मिनलमा रहेको नेपाल टेलिकमको करिब १०० मिटर तार चोरी भएको छ । जसले गर्दा बुधबार बिहानभरि आन्तरिकतर्फको टेलिफोन अवरुद्ध भएको थियो । नेपाल टेलिकमका सहप्रवक्ता नवीनकुमार मिश्रका अनुसार तार चोरी भएका कारण बुधबार बिहानभर टेलिफोन अवरुद्ध भएको थियो । पछि नयाँ तार जडान गरेपछि टेलिफोन सुचारु भएको थियो । विमानस्थलभित्रैबाट १०० मिटर तामाको तार चोरी भएको विमानस्थलका एक अधिकारीले जानकारी दिए । चोरी गर्ने व्यक्ति पक्राउ परिसकेको भए पनि उनी को हुन् भन्ने खुलाइएको छैन ।
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कम्प्लेक्समा आगलागी भएको छ । आरआर कम्प्लेक्समा बिहीबार बिहान लागेको आगो विभिन्न स्थानबाट गएका दमकलको प्रयासले नियन्त्रणमा लिइएको छ । आगो नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिकाको दमकल, बालाजु औद्योगिक क्षेत्र, ललितपुर महानगर, नेपाली सेना र काठमाडौं महानगरपालिकाबाट गरी ६ वटा दमकल परिचालन गरिएको थियो। साथै, स्थानीयबासीले उपलब्ध गराएका १५ वटा पानी ट्यांकरको पनि प्रयोग गरिएको थियो। आज बिहान करिब ५ः३० देखि आगो लाग्न सुरु भएको थियो । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
काठमाडौं । नेपाल क्रिकेट सङ्घ(क्यान)ले आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरेको छ । नेपाली टोली आज साँझ ६ बजे त्यसतर्फ प्रस्थान गर्नेछ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, केन्द्रीय सदस्य छुम्बी लामालगायतले आज यहाँ आयोजित एक कार्यक्रममा खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । क्यानका अध्यक्ष चन्दले बेलायतमा हुने अभ्यास खेलले टोलिलाई हौसला प्रदान गर्ने भन्दै लिग-२ शृङ्खलाका लागि शुभकामना प्रदान गरे । नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग आगमी जुन २ देखि १० तारिख (आगामी जेठ १९-२७ गते) सम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशसँग…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द्री केसी नेतृत्वको गैरआवासीय नेपाली सङ्घलाई आधिकारिकता दिएका छन् । सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’मा सहभागी भएका प्रधानमन्त्री ओलीले यसअघि परराष्ट्रमन्त्री आरजु राणाको उपस्थितिमा गठन भएको महेश श्रेष्ठ नेतृत्वको टोली आधिकारिक नभएको बताए । उनले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरु देखापर्नु उचित नहुने भनाइसहित सङ्कीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गर्नुभयो । एनआरएन महाधिवेशनमा यसअघि भएको अर्मादित र अभद्र गतिविधिबाट समाजमा राम्रो सन्देश नगएको उल्लेख गर्दै उनले विधि प्रक्रियासहित लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गरी अघि बढ्न गैरआवासीय नेपाली समुदायसँग अनुरोध गरे । उनले एनआरएनको वर्तमान अध्यक्ष डा बद्री केसीको वैधानिक कार्यकाल अझै कायम रहेकाले…
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त वडाका दुईवटा घरमा लागेको आगो निभाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । उहाँले भन्नुभयो, “ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ।” अहिले घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ । काठमाडौँ र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको…
काठमाडौं । काठमाडौँ महानगरपालिकाले केन्द्रीय कार्यालयमा फोहर पानी प्रशोधन गर्न ‘ट्रिटमेन्ट प्लान्ट’ जडान गरेको छ । केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक पाँच हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट जडान गरिएको महानगरले जनाएको छ । बिजुलीबाट चल्ने यो प्रणालीमा ‘एरोबिक’ र ‘एनएरोबिक’ दुवै विधिबाट फोहर पानी प्रशोधन हुन्छ । यसको लागत करिब रू २० लाख रहेको महानगरको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले जानकारी दिए । उनका अनुसार यो नमुना योजना हो । यसको नतिजा हेरेर आवश्यकताको आधारमा अन्य स्थानमा पनि प्लान्ट जडान गर्ने तयारी रहेको छ । “काठमाडौंको स्वच्छताका लागि घरेलु फोहर व्यवस्थापनसँगै तरल…
काठमाडौं । नेपाली काँग्रेसकी सांसद माया राईविरुद्ध प्रहरीले सहकारी ठगीको मुद्दा दायर गरेको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीविरुद्ध मंगलबार प्रहरीले मुद्दा दायर गरेको हो । उनलाई प्रहरीले वैशाख १३ गते काठमाडौँको कपनबाट पक्राउ गरेको थियो । राईविरुद्ध दुई करोड ४० लाख ४४ हजार ७ सय ९० रुपैयाँ विगो मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अदालतमा मुद्दा दायर गरेको हो। राईसहित २१ जनालाई प्रतिवादी बनाइएको छ। राईसँग दुई करोड ४० लाख रुपैयाँ बिगो माग गरिएको छ ।राईविरुद्ध मंगलबार मुद्दा दायर भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । राई ०७३ कात्तिक ६ गतेदेखि ०७४ मंसिर…
काठमाडौँ । नेपाली राजनीतिका दुई भेट्टान खेलाडीहरू प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहमतिमा अहिलेको संयुक्त सरकार चलिरहेको छ। संयुक्त सरकारमा सरकारबाट नियुक्त हुने हरेक पदमा भागवण्डा हुने गर्दछ । यही अनुसार शक्तिशाली र आर्थिक रूपमा महत्त्वपूर्ण मानिएको गभर्नर नियुक्ति यतिबेला पेचिलो भनिरहेको छ। अर्थमन्त्री आफूसँग भएपछि स्वभावतः आफूले गभर्नरको भाग पाउनेमा केपी ओली पहिलेदेखि नै आश्वस्त थिए। तर भागभण्डाका क्रममा गभर्नर पद नेपाली कांग्रेसको भागमा परेपछि अनेक तिकडम गरेर भएपनि सो पद आफ्नो पक्षमा पार्न ओली लागि परेका छन् । तर उता सोझा देउबा भने यो राजनीति राष्ट्र बैंकभित्रको समस्या भएको भन्दै ओलीले आफूलाई गभर्नरको…
काठमाडौं । व्यापारिक लेनदेनमा पुर्जी जारी भएका लुम्बिनी प्रदेशसभा सांसद प्रधानमन्त्री उपस्थित कार्यक्रममा अतिथिको रूपमा सहभागी भएका छन् । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क) बाट नेकपा (एमाले) बाट निर्वाचित ५० वर्षीय पन्थीविरुद्ध २०८१ असार १२ मा मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । तर राजनीतिक पहुँचको आधारमा उनी बच्दै आएका छन् । उनी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रोपावर प्रालिले पल्लवी इलेक्ट्रा प्रालिको बक्यौता भुक्तानी नगरेर व्यापारिक लेनदेनमा अपराध गरेकोसम्बन्धी मुद्दामा अदालतले पन्थी र उनका साझेदार देवराज खनाललाई जनही ६ महिना कैद सजायको फैसला गरेको थियो । २०८१ जेठ ३२ मा भएको यो फैसलापछि पन्थी फरार रहेको बताइएको छ…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच भएको युद्धको विषयमा हास्यास्पद अभिव्यक्ति दिएका छन् । आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले संयम हुन आग्रह गर्दै हात हालाहालको स्थिति लडाइँमा परिणत नहोस् भनेर कामना गरेपछि भारत र पाकिस्तानबीचको लडाइँ रोकिएको बताएका छन्। उनले भारत र पाकिस्तानको प्रसंग जोड्दै भने, ‘केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो । तर त्यो हात हालाहाल बढ्न पाएनन् । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो हात हालाहालको स्थिति भनेर । लडाइँमा परिणत हुन…
काठमाडौँ । आज दुई हजार ५६९औँ बुद्धजयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदैछ । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ । बुद्धजयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ । स्वयम्भू क्षेत्रमा आज नेपाल सरकारका उच्च ओहोदाका विशिष्ट व्यक्ति, बौर्ध धर्मगुरु, भीक्षु, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न देशबाट आएका विशिष्ट पाहुनालगायतले पूजाअर्चना गर्ने कार्यक्रम छ । स्वयम्भूनाथ परिसरभित्रै रहेको आनन्दकुटी विहारमा बुद्धको अस्तुधातु पूजाआजा र दर्शनका लागि राखिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भीक्षु धर्ममूर्तिले जानकारी दिनुभयो । बुद्धको…
काठमाडौं । अब ब्याचलर्स र भाषा पढ्नका लागि कोरिया जान नपाइने भएको छ । भाषा अध्ययनको डी२ र डी४ को अध्ययन एवं स्नातक तह पढ्नका लागि जाने विद्यार्थीहरू समस्यामा पर्ने गुनासाहरू आएपछि सरकारले सो तहका लागि एनओसी नदिने भएको हो । यसअघि नै परराष्ट्र मन्त्रालयले सो तहको अध्ययनका लागि जाने विद्यार्थीहरू समस्यामा पर्ने गरेको भन्दै एनओसी रोक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएको छ । सो पत्रअनुसार मन्त्रालयले निर्णय भने गरिसकेको छैन । तर हालका लागि सोसम्बन्धी काम रोकिएको छ । मन्त्रालयको निर्णयपछि यो औपचारिक रूपमा रोकिने छ । सिओलस्थित नेपाली दूतावासले भन्यो- कन्सल्टेसीहरुबाट अन्डर ग्राजुयटमा आउने विद्यार्थीको समस्या…
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुहुने गरी सम्भावित कार्यसूची तय भएको छ । त्यस्तै, नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ । नीति तथा कार्यक्रममाथि…
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।…
काठमाडौं । भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन् । दुबै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् । भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा भारतीय समयअनुसार साँझ ५ बजेदेखि लागू हुने गरी सबै सैन्य कारबाही रोक्न सहमत भएको पुष्टि गरेका छन् । मिश्रीका अनुसार युद्धविराम लागू गर्न निर्देशन जारी गरिएको छ र मे १२ को मध्याह्नमा डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) स्तरीय अर्को चरणको वार्ता हुनेछ । विदेशमन्त्री मिश्रीले भने, “पाकिस्तानको डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ)…
काठमाडौँ । २०८४ सालको चुनावसम्मका लागि भनेर भनेको कांग्रेस एमालेको संयुक्त सरकारमा खटपट सुरु भएको छ। कांग्रेसको भागमा परिसकेको गवर्नर नियुक्तिमा एमाले अध्यक्ष ओलीले चाहे दाउ थाप्न थालेपछि गठबन्धनमा खटपट सुरु भएको हो। अहिले ओली निकट रहेकी कायममुकायम गवर्नर निलम ढुङ्गानाले कांग्रेसले गभर्नर बनाउन चाहेका डा गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि करिब दुई महिना अगाडि नियुक्त गर्नुपर्ने गभर्नरको नियुक्ति अझै पेचिलो बनिरहेको छ। ओली भट्टलाई गभर्नर बनाउन चाहिरहेका छैनन् भन्ने कांग्रेस पनि ओलीको व्यवहारप्रति ससंकित बन्न थालेको छ। सभापति देउवाले शुक्रबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा बोलाएको पदाधिकारी बैठकमा गठबन्धनबारे ब्रिफिङ गर्दै अहिलेसम्म प्रधानमन्त्री ओली र नेकपा एमालेसँग आफू र नेताहरूको…
काठमाडौँ । यस वर्षको आरोहण याम सुरु भएसँगै आज सात जना शेर्पा सगरमाथा शिखरमा पुगेका छन् । उनीहरू यस वर्षको आरोहणका लागि डोरी टाँग्दै (रोप फिक्सिङ) साँझ ५ः०० बजे शिखरमा पुगेको पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले जानकारी दिए । यो सङ्गै यो वर्षको सगरमाथा आरोहण सुरु भएको छ । विभागका अनुसार ‘एटके एक्सपीडिसन’ अन्तर्गत खटिएका शेर्पाहरूले डोरी टाँग्ने काम सम्पन्न गरेका हुन् । अशोक लामाले नेतृत्व गरेको सो टिममा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा रहेका छन् । “सगरमाथाको चुचुरमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण…
काठमाडौं । सरकारले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीहरूको बारेमा सरकारले चासो दिएको छ । शु्क्रबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्णरुपमा सचेत रहेको बताएको हो । सरकारले आवश्यक परेको खण्डमा इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न भन्दै नम्बर समेत दिएको छ । यस्तो छ परराष्ट्र मन्त्रालयको विज्ञप्ति
काठमाडौं । भारतको काश्मीरमा रहेको पहलगाम हमलाले उब्जाएको भारत पाकिस्तान युद्ध उत्कर्षतिर पुगेको छ । गत अप्रिल १२ मा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको हत्या भएको थियो । त्यसको बदलास्वरुप दुई दिनअघि पाकिस्तानका विभिन्न नौ स्थानमा भारतीय सेनाले हमला गरी आतंकवादी संगठनको अखडा ध्वस्त पारेको थियो । त्यसपछि पाकिस्तानले जवाफी कारबाही स्वरुप विभिन्न स्थानमा ड्रोन आक्रमण गरेका छन् । बिहीबार राति पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेसनहरूमा आक्रमण गरेको तर त्यसलाई विफल पारिएको दाबी गरेको छ। तर पाकिस्तानका रक्षामन्त्रीले त्यसलाई खण्डन गरेका छन्। भारतीय रक्षा मन्त्रालयका अनुसार, ‘पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेशनमा ड्रोन…
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो काठमाडौं उपत्यकासहित देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…
काठमाडौं । नेपाली काँग्रेसले छिटो गभर्नर नियुक्ति गर्न माग गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै काँग्रेस सांसदहरुले राष्ट्र बैंकमा गभर्नर रिक्त रहेको विषय उठाएका हुन् । प्रमुख सत्तासीन दलमध्येकै एक नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्रबैंकमा तत्काल गभर्नर नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद खतिवडाले राष्ट्रबैंक लामो समयदेखि नेतृत्वविहीन हुनु राम्रो नभएको भन्दै बेलैमा नियुक्त नगर्दा अनेक अड्कलबाजी चलिरहेको पनि बताए । उनले आईपीओ निष्कासन स्वीकृतिका लागि धितोपत्र बोर्डका अध्यक्षले कमिसन माग्न लगाएको विषय बाहिरिएको भन्दै सरकारको जवाफसमेत माग गरे । त्यस्तै, नेपाली कांगेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रममा संशोधन नहुने हो भने संसद्मा…
काठमाडौँ । राजावादीहरुले अनिश्चितकालीन आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सबै राजावादीहरु एउटै मोर्चामा आएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । राजसंस्था पुनर्स्थापना एवं हिन्दुराज्य घोषणाको लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको हो । बिहीबार राजधानीमा पत्रकार सम्मेलन नवराज सुवेदी नेतृत्वको समितिले जेठ १५ देखि राजसंस्था स्थापना नभएसम्म आन्दोलन गर्ने घोषणा गरेको हो। अहिलेको व्यवस्थाले देशलाई निकास नदिने निष्कर्षसहित राजावादी समूहले १४ बुँदे प्रतिबद्धता बाहिर ल्याएका छन् । जसमा सबै विचारधारा र शक्तिहरू हटाउने गरी संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्ने उद्घोष गरिएको छ । यस्तै हिन्दुराष्ट्रको पुनर्स्थापना, दुई तहको सरकार हुनुपर्ने राजावादी…
काठमाडौं । नेपालका सामाजिक अभियन्ता एवं युवा नेतृत्वकर्ता राजन श्रेष्ठले बेलायतमा रहेको युनिभर्सिटी अफ क्याम्ब्रिजमा हुने ग्लोबल लिडरशिप एण्ड बिजनेस सर्टिफिकेसन कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन् । आगामी अगस्ट २६ देखि ३० सम्म सञ्चालन हुने सो कार्यक्रममा आंशिक छात्रवृत्तिसहित श्रेष्ठको सहभागिता रहने भएको हो । लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले यो अन्तर्राष्ट्रिय उपलब्धिले नेपाली शिक्षा तथा युवा नेतृत्व क्षेत्रमा महत्वपूर्ण योगदान पुुग्ने विश्वास व्यक्त गरेका छन् । उनले विश्वका विभिन्न देशका व्यावसायिक विशेषज्ञ, उद्यमी तथा नेतृत्वकर्ताहरूसँग अन्तर्क्रिया गर्ने अवसर पाउनु नेपालकै लागि उल्लेखनीय उपलब्धि मानिएको छ। ग्लोबल बिजनेस सिम्पोजियमद्वारा आयोजना गरिने यो कार्यक्रम नेतृत्व क्षमता अभिवृद्धि,…
