Author: Kathmandu Khabar

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरक्षा परिषद्को बैठक बसेको छ। दुई देशबीचको तनावले नेपालमा पर्ने असरको बारेमा छलफल गर्न परिषद्को बैठक बसेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनाथ अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायत उपस्थित छन्। गृह मन्त्रालयमा तीनवटै सुरक्षा निकायका प्रतिनिधिलाई बोलाएर गृहमन्त्रीले सीमामा कडाइ गर्न निर्देशन दिएसँगै सुरक्षापरिषद्को बैठक बसेको हो ।

Read More

काठमाडौं । भारतले पाकिस्तानमाथि सैन्य आक्रमण गरेपछि नेपालमा पनि त्यसको असर देखिएको छ । दुई देशबीच तनाव बढिरहँदा नेपालमा पनि घुसपैठ हुन सक्ने भन्दै गृह मन्त्रालयले भारतसँग जोडिएको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । गृहको निर्देशकसँगै भारतीय सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले विशेष सर्कुलर जारी गरेको छ । पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई विशेष निर्देशन दिएको सशस्त्रले जनाएको छ । भारतीय सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्य र समन्वयमा दुई देशको सीमानामा संयुक्त रुपमा गस्ती पेट्रोल र खबर आदनप्रदानलाई तिव्रता दिइएको छ ।

Read More

काठमाडौ । भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो। यो कारबाही अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ। भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो। केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो।” आक्रमणमा कम्तीमा ९० जना मारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट…

Read More

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उहाँको आज उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । एमाले नेता समेत रहेका भाइ समिर नेपालका अनुसार स्वर्गीय दाजुकै इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम नराखिने भएको हो । पारिवारिक स्रोतका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिएका छन्, जसमा झण्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहन भनिएको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उहाँ सूचना तथा सञ्चारमन्त्री थियो । यसैगरी उनले जलस्रोत र शिक्षा…

Read More

काठमाडौँ । दुईतिहाई सरकारले चाहँदा पनि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको फ्लटलाइट निर्माणको काम समयमा सम्पन्न हुन सकेन । नयाँ सरकार बनेकै दिन आक्रामक तरिकाले ३०० दिनभित्र रङ्गशालामा फ्रड लाइट निर्माण गर्ने र प्याराफिट तयार पार्ने भनेर घोषणा गरेको थियो । तोकिएको समयमा काम सम्पन्न गर्नका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सम्बन्धित निकायका अधिकारीहरूलाई बोलाएर कडा निर्देशन दिएका छन्। ओलीले आगामी दुई महिनाभित्र कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम नसकिए सह्य नहुने बताएका छन् । सोमबार शहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर ओलीले किन समयमै काम नसकेको…

Read More

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । सीताको उत्पत्ति दिवसको दिन आज मधेस प्रदेश सरकारले सार्वजनिक विद्यार्थीले निर्णय गरेको छ। साथै, यसदिन जनकपुर क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ। त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति हुनुभएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी…

Read More

काठमाडौं । काठमाडौंको कपनमा पर्ने बहुचर्चित खहरे लगायत सो क्षेत्रमा भएका विविध परियोजना कार्यान्वयनमा ढिलाइ भएको भन्दै उपत्यका विकास प्राधिकरणमा धर्ना दिइएको छ । सोमबार नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ को सक्रियतामा सो क्षेत्रसँग सम्बन्धित जनप्रतिनिधि राजनीतिक पार्टीका प्रतिनिधिहरू एव‌ं स्थानीय सरोकारवालासहितले प्राधिकरणको कार्यालयअघि धर्ना दिएका हुन् । प्राधिकरणका नयाँ आयुक्तको रूपमा आएका सुभाष बस्नेतको कार्यकाल सुरु भएपछि सो क्षेत्रको सबै काम ठप्प भएको आन्दोलनरत पक्षको आरोप छ । उनले आफू आउनुभन्दा पहिले नै टेण्डर भइसकेका आयोजनाको काममा पनि ढिलाइ भएको उनीहरूको आरोप छ । आरम्भ चोकदेखि रिमाइनिडसम्म र आनीगुम्बा माथि ७५ मिटरमा बाँकी कामलाई बजेट नभएकाले बजेट थप…

Read More

काठमाडौं । पछिल्ला केही दिनदेखि सफा हुन नसकेको काठमाडौँको मौसम आज पनि सफा नरहने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको उनले बताए । विभागले राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित…

Read More

काठमाडौ । लामो समयको झमेला र किचलो पछि एकता गर्नका लागि भनेर गरेको महाधिवेशनबाटै गैर आवासीय नेपाली संघ एनआरएन फुटेको छ। शनिबार वौद्धस्थित हायात होटलमा परराष्ट्रमन्त्री डा.आरजु देउवा राणाले डा.शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनलाई उद्घाटन गरेकी थिइन् । सोही महाधिवेशनबाट महेश श्रेष्ठ एनआरएनएको निर्विरोध अध्यक्ष चयन भएका थिए । निकै लामो समयसम्म गिजोलिएको एनआरएनलेलाई एकीकृत गराउन सरकारदेखि सर्वोच्च अदालतसम्मले पटकपटक निर्देशन दिँदै आएको थियो। यिनै आदेश अनुरूप एकता गर्नका लागि डाक्टर शेष घलेको नेतृत्वमा उच्चस्तरीय समिति निर्माण गरिएको थियो। तर सोही समितिले आयोजना गरेको एकता महाधिवेशनमा एउटा पक्ष नै उपस्थित भएन। यसअघि ११ औँ महाधिवेशनबाट अध्यक्ष…

Read More

काठमाडौं । गत चैत २६ गते महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा – ८ का अध्यक्ष आशामान संगतले ‘ग्वलः देँ’ (ग्वलः देश) को प्राचीन स्वरुपलाई पुनरुत्थान गर्न २४४ वर्ष पुरानो मठा फल्चाको शिलान्यास गरे । जयबागेश्वरी धुनी मठ, सामुन्ने रहेको फल्चा र बीचमा रहेको भैरवको सांस्कृतिक सम्बन्धलाई स्थापित गर्दै फल्चाको शिलान्यास गरिएको थियो । शिलान्यास कार्यक्रममा संयोजक संगतले सांस्कृतिक सहरको गरिमा बचाउने प्रयासका बारेमा स्पष्ट पार्दै भौतिक संरचना पुनरुत्थान गरेर त्यससँग सम्बन्धित धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने वातावरण बनाइने बताए । यही वैशाख १७ गते नरःदे (हाँडीगाउँ) भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय भवन शिलान्यास भयो । महानगरपालिकाका उपप्रमुख…

Read More

काठमाडौँ । सरकार र विभिन्न माग राखेर आन्दोलन गर्दै आएका चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकबीच विभिन्न विषयमा सहमति भएको हो । सहमतिअनुसार चिकित्सका शिक्षा आयोगको १६औँ बैठकको निर्णय कार्यान्वयन गरिने छ । यस्तै, निजी तथा सार्वजनिक संस्थाको एकैसाथ म्याचिङ तथा भर्ना हुन पाउने गरी व्यवस्था गरिने भएको छ । आवासीय चिकित्सकको बिदा, कार्य समय, अतिरिक्त सुविधालगायतका विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यदल गठन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने सहमति भएको छ । यस्तै, आवासीय चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तह बराबरको निर्वाह भत्ता तत्काल उपलब्ध गराउन सम्बन्धित सरोकारवाला…

Read More

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को परीक्षा गर्दैछ। आइतबारदेखि सुरु हुने परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको बोर्डले जनाएको छ। देशभर तथा विदेशबाट समेत ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने जनाइएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गरेका छन्। आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ। सबैभन्दा बढी काठमाडौँमा एक…

Read More

काठमाडौ । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन् । बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी…

Read More

काठमाडौं । भाजपा विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवाले सबैजसो शीर्ष नेताहरूसँग भेट गरी शुक्रबार स्वदेश फर्किएका छन् । तीन दिने सम्बन्ध सुधार भ्रमणका लागि नेपाल आएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि संसदमा रहेका साना दलका नेताहरूसम्मलाई भेटेर फर्किए । चौथाइवालेले बुधबार काठमाडौं ओर्लेलगत्तै पहिलो भेट गृहमन्त्री रमेश लेखकसँग गरेर नेपाल–भारत खुला सिमानाको दुरुपयोग हुन सक्ने सम्भावनाबारे छलफल गरेका थिए । त्यसपछि बुधबार पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटे । उनले बुधबारै कांग्रेस प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग बेग्लै भेटवार्ता गरे। बिहीबार प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल…

Read More

काठमाडौं । काठमाडौँ महानगरपालिकाले थप ११ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ शुभारम्भ गरेको छ । अघिल्लो आर्थिक वर्षमा १५ वटा वडा सो कार्यक्रम सुरु गरिएको थियो । यसवर्ष ११ वटा वडा थपिएका हुन् । अब छवटा वडामा कार्यक्रम कार्यान्वयन हुन बाँकी रहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । आज राष्ट्रिय सभागृहमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोलले, गत आर्थिक वर्षमा उद्यमी बनेका सहभागी र प्रशिक्षकलाई प्रमाणपत्र वितरण गर्दै चालु आर्थिक वर्षको तालिम कार्यक्रम शुभारम्भ गरिन् । उनले, उत्पादित सामानको बजारीकरणका लागि वडास्तरीय कोसेलीघर स्थापना गरिएको जानकारी दिए । गत वर्ष कामपाको वडा नं १…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारले नीति कार्यक्रममार्फत राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद उन्मुख आर्थिक–सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्प लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्यीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्णपाठ यसप्रकार छः राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस् 

Read More

काठमाडौ । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएपछि चर्चामा आएको भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन्। बिहिबार कलेजको छात्रावासमा बस्ने वीरगञ्जकी प्रीसा शाह मृत भेटिएकी हुन् । घर फर्किनका लागि अघिल्लो दिन परिवारलाई फोन सम्पर्क गरेर टिकटको व्यवस्था मिलाइदिनु भन्ने कि शाहको बिहिबार मृत्यु भएको हो। उनी छात्रावासको कोठामै मृत भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। गत फागुनमा मात्र केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल छात्रावासमा मृत फेला परेकी थिइन्। उनी रुपन्देहीकी थिइन्।

Read More

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै…

Read More

काठमाडौ । आज वैशाख शुक्लपञ्चमी। हिन्दू धर्मका दुई जगतगुरुको जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। वैदिक सनातन धर्मको पुनर्स्थापना एवं प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान दिने आदिगुरु शंकराचार्य र रामानुजाचार्यको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाउन लागिएको हो। वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्त्वपूर्ण योगदान दिएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न मठ, पीठ एवं गुरूकुलमा आद्य शङ्कराचार्यले पुर्याउनुभएको योगदानका विषयमा चर्चा गरी मनाइँदै छ । दक्षिण भारत मलाबार अञ्चलस्थित केरला प्रान्तको कालडी नामको गाउँमा शक संवत् ६०७ (सन् ६८६) वैशाख १२ गते वैशाख शुक्ल पञ्चमीका दिन पिता शिवगुरू र माता विशिष्टादेवीको गर्भबाट आद्य शङ्कराचार्यको जन्म भएको हो । त्यस्तै, रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक थिए…

Read More

काठमाडौ । सरकारको आर्थिक वर्ष २०८२ / ८३ को नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । सङ्घीय संसद् सचिवालयले नीति कार्यक्रम प्रस्तुतिका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संयुक्त बैठकका लागि सबै सांसदका साथै उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक आयोगका पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिधिनिधि, निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिलगायतलाई आमन्त्रण गरिसकिएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । यसैगरी बैठक कक्षको सरसफाइ र आवश्यक…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ७ ले लोपोन्मुख मि:ना पुखुको पुनर्निर्माण कार्य सुरु गरेको छ । वडाको सम्पदा पुनर्निर्माणको क्रममा भगवानस्थान धन्दो चैत्यको परिसरमा रहेको सो पोखरीको पुनर्निर्माण गर्न लागेको हो । पछिल्लो समय वडा नं ७ ले सांस्कृतिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षण र पुनर्निर्माणमा सक्रियता देखाउँदै आएको छ । जसका लागि क्षमापृजा गरेर पुनर्निर्माण सुरु गरिएको वडाध्यक्ष विमल होडाले जानकारी दिए ।

Read More

काठमाडौँ । करिब एक महिना लामो सडक आन्दोलनपछि नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ। बुधबार राति शिक्षा मन्त्रालयमा भएको दुईपक्षीय वार्तापछि लगत्तै बसेको मन्त्रिपरिषद बैठकले सहमति बमोजिम कार्यान्वयन गरेसँगै शिक्षक आन्दोलन स्थगित भएको छ। बुधबारको वार्तामा सरकार र शिक्षकहरूबीच ९ बुँदे सहमति भएको थियो। जसमा दुर्गम भत्ताको विषय स्वास्थ्य उपचारमा निजामती अस्पतालमा छुट पाउने विषय र ग्रेडिङ प्रणालीमा जाने लगायतका विषयमा सहमति भएको छ भन्ने अस्थायी शिक्षकहरुलाई स्थायी गर्नुपर्ने निजामती कर्मचारीको भन्दा शिक्षकको तलब बढी हुनुपर्ने लगायतका माग भने कुरा भएनन् । आवधिक तहगत बढुवा र खुल्ला परीक्षामा तल्लो तहकालाई आरक्षित सिट नहुने सबै अस्थायी अवधि…

Read More

काठमाडौ । काठमाडौँमा आज बिहानैदेखि भारी वर्षा भइरहेको छ। देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । आज दिउँसो पनि काठमाडौँका केही भेगमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । देशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि…

Read More

काठमाडौं । सर्वोच्च अदालतमा कार्यरत एक कर्मचारीको पत्रले दिनभर सर्वोच्च अदालत मात्रै नभएर देशको राजनीतिक परिदृश्यमा नै हंगामा मच्चियो । पार्टी एकता गर्न लागेका मधेशवादी दलहरु नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकता भाँडियो भने त्यस पार्टीका संरक्षक रेशम चौधरी दिनभर हिरासतमा बस्नुपर्‍यो । यसले सर्वोच्च अदालतको गरिमामा आँच आउने भन्दै सर्वोच्च अदालतमा दिनभर हंगामा मच्चियो । के भएको थियो घटना ? २०७२ भदौमा भएको टीकापुर नरसंहारको आरोपमा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई २०८० साल जेठ २ गतेको फैसलाअनुसार उनलाई तत्काल पक्राउ गर्न भन्दै सर्वोच्च अदालतको मुद्दा शाखाका अधिकृत महिमानसिंह विष्टले हस्ताक्षर गरेको पत्र प्रहरीकोमा पुग्यो । आज सीके राउत…

Read More

काठमाडौं। झन्डै एक महिनादेखि आन्दोलनरत शिक्षक र सरकारबीचको मङ्गलबारको वार्ता पनि निष्कर्षविहीन भएको छ। मंगलबार राति ८ बजेदेखि १० बजेसम्म शिक्षा मन्त्रालयमा भएको बैठकमा शिक्षकहरुले नौ बुँदे माग राखेका थिए । अर्थमन्त्री गृहमन्त्रीसहित बसेको बैठकमा शिक्षकहरूले राखेका नौ बुँदे मागमाथि थप गृहकार्य गर्नुपर्ने भन्दै मङ्गलबारको वार्ता बिना निष्कर्ष टुङ्गिएको हो। आन्दोलनको नेतृत्व गरिरहेको शिक्षक महासङ्घ र सरकार दुवै पक्ष वार्ता सकारात्मक रहेको भन्दै बुधबार टुङ्गोमा पुग्ने अपेक्षामा छन्। शिक्षकहरूले माग पूरा हुने आश्वासन पाएमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न तयार रहेको बताएका छन्। यिनीहरूले आन्दोलन जारी राख्दै कक्षा १२ को परीक्षालाई प्रभावित नपार्ने गरी आन्दोलनको नयाँ मोडालिटी तयार पार्ने बताएका छन्।…

Read More

काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले कास्कीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितताको बचाउमा उत्रिएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति अन्तर्गत गठन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता छानबिनसम्बन्धी उपसमितिले दिएको प्रतिवेदनमा नेकपा एमालेका सांसदहरूले भने हस्ताक्षर गरेका छैनन् । आफू सत्तामा हुँदा पर्याप्त सम्भाव्यता अध्ययनबिना नै निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिले सेतो हात्ती जस्तै बनेको छ। त्यहाँको उडान अहिले शून्य प्राय छ भने प्राविधिक कारणले तत्कालै त्यहाँ पर्याप्त अन्तर्राष्ट्रिय उडान हुन सक्ने सम्भावना पनि एकदमै कम देखिएको छ । चीनको एक्जिम बैंकबाट चर्को शुल्कमा ऋण लिएर बनाइएको यो प्रयोगविहीन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण योजनादेखि निर्माणसम्बन्धी…

Read More

काठमाडौ । विश्व शान्तिका अग्रदूत भगवान् बुद्धको २५६९औँ जन्मजयन्तीका अवसर पारेर बौद्धमा विविध कार्यक्रम गरी मनाइने भएको छ । बौद्धनाथ क्षेत्र विकास समिति तथा अन्य बौद्ध सङ्घसंस्थाको समन्वयमा बौद्ध महास्तूपाको अस्तुसहित विश्व शान्ति यात्रा आरम्भ गरी सर्वसाधारणलाई यही वैशाख २९ गते दर्शनको व्यवस्था गरिनेछ । बुद्धको अन्त्येष्टिका क्रममा सङ्कलन गरिएको वस्तुलाई अस्तु धातु भनिन्छ । स्थानीय परम्परागत रुपमा प्रचलित जात्रा तथा पर्व व्यवस्थापन गरिने संस्कार तथा परम्पराअनुरुप पौराणिक बुद्ध मूर्तिको ¥यालीसहित बुद्धको ज्ञान, प्रज्ञा र करुणाको सन्देश संसारभर फैलाइने समितिले जनाएको छ । बुद्ध जयन्तीको दिन बौद्धमा आउने दर्शनार्थीलाई चैत्य दर्शन तथा पूजाको व्यवस्था तथा प्रसाद वितरण गरिनेछ । बौद्ध…

Read More

काठमाडौँ । कुलमान घिसिङलाई हटाएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका हितेन्द्रदेव शाक्यले आज श्वेतपत्र जारी गर्दैछन् । मन्त्रीको निर्देशनमा कुलमान घिसिङको पालामा प्राधिकरण घाटामा गएको देखाउनका लागि अनेक तिग्डम गरेर प्राधिकरणको वित्तीय विवरण निकाल्न लागिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार अहिले प्राधिकरण करिब ५ अर्ब घाटामा रहेको देखाउन लागिएको छ जसमा सञ्चित नाफालाई छाडेर रासकट्टीसहितको घाटा देखाउन लागिएको बताइएको छ । रासकट्टीसहितको घाटा भनेको प्राधिकरणको स्वामित्वमा रहेका सामग्रीहरूको हरेक वर्ष हुने रासकट्टीको विवरण जोडेर बनाइएको घाटा हो। यसअघि कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा ४६ अर्ब फाइदामा रहेको बताइएको विद्युत प्राधिकरण अब घाटामा देखाउन लागिएको हो।

Read More

काठमाडौँ । २७ दिनदेखि आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ। आफ्ना विभिन्न मागहरू राखेर सडक प्रदर्शनमा उत्रिएका शिक्षकहरूलाई हिजो सरकारले वार्ताका लागि बोलाएको थियो। हिजो साँझ बसेको वार्तामा बसेका दुवै पक्षले आआफ्ना समस्या र मागको बारेमा स्पष्ट पारेका थिए । शिक्षकहरूले आफ्नो माग पूरा गर्दा राज्यलाई त्यति ठूलो हानि नहुने दाबी प्रस्तुत गरेका थिए भने सरकारले पनि आफ्ना समस्या सुनाएको थियो। वार्ता पछि निस्किँदै गर्दा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले वार्ता सकारात्मक भएको भन्दै मङ्गलबार साँझसम्म पुग्ने दाबी गरेका छन् । यसअघि अदालतले दिएको तीन दिने समयसीमा गुज्रिसक्दा शिक्षक र सरकारबीच कुनै पनि सहमति हुन सकेको छैन। यसअघि…

Read More

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मङ्गलबारसम्म वर्षाको सम्भावना रहेको जनाएको छ। आइतबारदेखि सुरु भएको मौसमी वर्षाको प्रभाव मङ्गलबारसम्म कायम रहने विभागले जनाएको हो। यसका साथै बङ्गालको खाडीबाट भित्रिएको जलबास उपयुक्त हावाको समेत प्रभाव देखिएको छ। मौसमविद गोविन्द झाका अनुसार आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेको छ। साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव छ। विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदलिरहनेछ। कोशी मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र मध्यम वर्षाको सम्भावना रहेको छ। काठमाडौँ…

Read More