

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरक्षा परिषद्को बैठक बसेको छ। दुई देशबीचको तनावले नेपालमा पर्ने असरको बारेमा छलफल गर्न परिषद्को बैठक बसेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनाथ अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायत उपस्थित छन्।
गृह मन्त्रालयमा तीनवटै सुरक्षा निकायका प्रतिनिधिलाई बोलाएर गृहमन्त्रीले सीमामा कडाइ गर्न निर्देशन दिएसँगै सुरक्षापरिषद्को बैठक बसेको हो ।