

काठमाडौं । भारतले पाकिस्तानमाथि सैन्य आक्रमण गरेपछि नेपालमा पनि त्यसको असर देखिएको छ । दुई देशबीच तनाव बढिरहँदा नेपालमा पनि घुसपैठ हुन सक्ने भन्दै गृह मन्त्रालयले भारतसँग जोडिएको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
गृहको निर्देशकसँगै भारतीय सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले विशेष सर्कुलर जारी गरेको छ । पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई विशेष निर्देशन दिएको सशस्त्रले जनाएको छ ।
भारतीय सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्य र समन्वयमा दुई देशको सीमानामा संयुक्त रुपमा गस्ती पेट्रोल र खबर आदनप्रदानलाई तिव्रता दिइएको छ ।