

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ७ ले लोपोन्मुख मि:ना पुखुको पुनर्निर्माण कार्य सुरु गरेको छ ।
वडाको सम्पदा पुनर्निर्माणको क्रममा भगवानस्थान धन्दो चैत्यको परिसरमा रहेको सो पोखरीको पुनर्निर्माण गर्न लागेको हो ।
पछिल्लो समय वडा नं ७ ले सांस्कृतिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षण र पुनर्निर्माणमा सक्रियता देखाउँदै आएको छ ।
जसका लागि क्षमापृजा गरेर पुनर्निर्माण सुरु गरिएको वडाध्यक्ष विमल होडाले जानकारी दिए ।