Author: Kathmandu Khabar

रामेछापको तामाकोशी क्षेत्रमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। मन्थली अस्पतालका अनुसार मृतकमध्ये ११ जनाको पहिचान खुलेको छ भने एक जनाको सनाखत हुन बाँकी रहेको छ। अस्पताल स्रोतका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा विशाल सुनुवार, भीमबहादुर तामाङ, बबी तामाङ, दीपेश बस्नेत, सानुमाया तामाङ, तारा तामाङ, मानबहादुर तामाङ, मनकुमारी बरुवाल, शिव श्रेष्ठ, रमिता तामाङ र दीपेन्द्र बस्नेत रहेका छन्। ‘१२ वटा शव अस्पताल ल्याइएको छ, जसमध्ये एक जनाको नाम खुलेको छैन,’ अस्पतालले जनाएको छ। रामेछापका डीएसपी भोला भट्टका अनुसार मंगलबार बिहान काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बस तामाकोशी नदीमा खस्दा दुर्घटना भएको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले…

Read More

काठमाडौँ । रामेछापको तामाकोशी नदीमा मंगलबार बिहान बस खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्, जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक (डीएसपी) भोला भट्टका अनुसार दुर्घटनामा परी ७ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकका शव मन्थली अस्पताल पुर्‍याइएको अस्पताल स्रोतले जनाएको छ। दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वाधार विकासमा भइरहेको ढिलासुस्ती, कानुनी जटिलता र अव्यवस्थित कार्यशैली अन्त्य गर्न पाँच बुँदे ठोस योजना सार्वजनिक गरेका छन्। सोमबार फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसको पूर्वाधार सुधार एजेन्डा प्रस्तुत गरेका हुन्। उनले स्पष्ट शब्दमा भने— कानुन सुधार नगरी पूर्वाधारमा चमत्कार सम्भव छैन। पहिलो योजना: कानुनी सुधार थापाका अनुसार सडक ऐन ४८ वर्ष पुरानो छ भने सार्वजनिक खरिद ऐन करिब २० वर्ष पुरानो भइसकेको छ।“पूर्वाधार समयमै सम्पन्न गर्न तीन दर्जनभन्दा बढी कानुन संशोधन, परिमार्जन वा खारेज नगरी विकल्प छैन,” उनले बताए। दोस्रो योजना: योजनाको…

Read More

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ। मुम्बईको वानखेडे रंगशालामा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४४ र लोकेश बमले ३९ रन बनाए। ऐरी र रोहित पौडेलबीच तेस्रो विकेटका लागि ८२ रनको साझेदारी भए पनि अन्तिम ओभरमा १० रन जोड्न नसक्दा नेपाल जितबाट वञ्चित भयो। यसअघि इंग्ल्यान्डले कप्तान ह्यारी ब्रुकको ५३ र विल ज्याक्सको अविजित ३९ रनको मद्दतमा १८४ रन बनाएको थियो। नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए। नेपालले अब दोस्रो खेल…

Read More

काठमाडौँ । स्वास्थ्य सेवा विभागको मेमोग्राफी मेसिन खरिदमा अनियमितता भएको आरोपमा तत्कालीन महानिर्देशक डा. संगिता कौशल मिश्रासहित १४ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रमाण बुझ्ने आदेश दिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले प्रारम्भिक सुनुवाइपछि उक्त आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ कात्तिक २ गते लागत अनुमानदेखि भुक्तानीसम्म मिलेमतो गरी करिब १४ करोड रुपैयाँभन्दा बढी नोक्सानी पुर्‍याएको आरोपमा मुद्दा दायर गरेको थियो। अभियोगअनुसार अस्वाभाविक रूपमा बढी लागत अनुमान तयार गरी ठेक्का प्रक्रिया अघि बढाइएको र उत्पादक कम्पनीलाई भुक्तानी हुने वास्तविक मूल्य करिब ६ करोड ८५ लाख रुपैयाँ मात्र रहेको उल्लेख छ।

Read More

काठमाडौँ । नेपाली कांग्रेसको बहुप्रतीक्षित ‘मधेश सभा’ आगामी फागुन ६ गते जनकपुरधाममा हुने भएको छ। यसअघि फागुन ७ गते तय गरिएको सभा प्राविधिक कारणले एक दिन अगाडि सारिएको हो। शनिबार बसेको मधेश प्रदेश कार्यसम्पादन समितिको बैठकले जनकपुरधामस्थित तिरहुतिया गाछीमा भव्य रूपमा सभा आयोजना गर्ने निर्णय गरेको हो। बैठकले सभाको तयारीलाई तीव्र बनाउँदै प्रचार–प्रसारको जिम्मेवारी नितेशकुमार गुप्तालाई र मञ्च व्यवस्थापनको कमान्ड योगेन्द्र पञ्जियारलाई तोकेको छ। सभाको तयारी, सुरक्षा व्यवस्थापन र संगठनात्मक परिचालनबारे बैठकमा व्यापक छलफल भएको बताइएको छ। कांग्रेसले मधेश प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रबाट उल्लेख्य संख्यामा कार्यकर्ता तथा शुभेच्छुकहरूलाई जनकपुर उतार्ने लक्ष्य लिएको छ। यस सभालाई कांग्रेसले मधेशमा आफ्नो संगठनात्मक…

Read More

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीसम्बद्ध नेता–कार्यकर्ताको व्यापक परिचालनका लागि ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान सुरू गर्ने निर्णय गरेको छ। आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले फागुन १ देखि २१ गतेसम्म सञ्चालन हुने उक्त अभियान स्वीकृत गरेको हो। अभियानसम्बन्धी व्यवस्था ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका–०८२’ को बुँदा नम्बर २१ मा समेटिएको छ। निर्णयअनुसार ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीतिअन्तर्गत केन्द्रदेखि वडा तहसम्मका सबै नेता–कार्यकर्ता २१ दिनसम्म प्रत्यक्ष चुनावी मैदानमा खटिनेछन्। केन्द्र, प्रदेश, जिल्ला तथा क्षेत्रबाट तोकिएका प्रतिनिधिहरूले तोकिएको स्थानमा जिम्मेवारी पूरा गरेपछि पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका र वडामा…

Read More

काठमाडौँ — आसन्न प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित रूपमा सम्पन्न गर्न सरकार व्यापक सुरक्षा तयारीमा जुटेको छ । यही क्रममा नेपाली सेना २१ माघदेखि निर्वाचन सुरक्षाका लागि फिल्डमा परिचालित भइसकेको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) आगामी सातादेखि औपचारिक रूपमा तैनाथ हुँदैछन् । निर्वाचनलाई प्रभावित पार्न सक्ने गतिविधि र आचारसंहिता विपरीतका क्रियाकलापको निगरानीका लागि राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति पनि सूचना संकलनमा सक्रिय भइसकेका छन् । साथै, निर्वाचन सुरक्षामा प्रहरीको सहयोगी जनशक्तिका रूपमा भर्ना गरिएका १ लाख ४९ हजार ९० जना ‘निर्वाचन प्रहरी’लाई आधारभूत सुरक्षा तालिम दिएर अर्को साताबाटै परिचालन गरिने तयारी छ । २१ फागुनमा हुने…

Read More

चरीकोट । नेपाली कांग्रेसका दोलखा प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले ‘जेन–जी’ आन्दोलनका क्रममा नेताहरूको घरमा भएको आगलागी र त्यहाँ भेटिएको भनिएको पैसाको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। शनिबार भीमेश्वर नगरपालिका–रामकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कुनै पनि राजनीतिक दलका नेताको घरमा भेटिएको भनिएको पैसाको सत्यतथ्य सार्वजनिक गर्न सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रहरीले गहिरो खोजतलास गर्नुपर्ने धारणा राखे। “जसको जहाँ जति पैसा थियो, त्यो अब व्यक्तिगत विषय रहेन, सार्वजनिक सरोकारको विषय बनिसकेको छ,” उनले भने। शिवाकोटीले यस प्रक्रियामा नेपाली कांग्रेसले कुनै पनि अवरोध वा विरोध नगर्ने स्पष्ट पार्दै पूर्वाग्रह नराखी सार्वजनिक पदमा बसेका…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनबाट पाठ सिकेर आत्मसमीक्षा गर्ने र सच्चिने पार्टी नेपाली कांग्रेस मात्रै रहेको दाबी गरेका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ५ ले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले आन्दोलनपछि कांग्रेस रूपान्तरणको बाटोमा अघि बढेको र अब देश बदल्ने अभियानमा केन्द्रित भएको बताए ।उनले माघ १ गते सम्पन्न अधिवेशनपछि कांग्रेस सबैभन्दा नयाँ र परिवर्तनमुखी पार्टीका रूपमा उभिएको उल्लेख गरे । सभापति थापाले कांग्रेस बद्लिएको सन्देश तल्लो तहसम्म पुर्‍याउन आवश्यक रहेको भन्दै, हिजो कांग्रेसलाई मत दिएका २७ लाख मतदातामाझ पुगेर उनीहरूको अपेक्षा र भावना बुझ्नुपर्ने…

Read More

२३ माघ, काठमाडौं । नेकपा (बहुमत) का ललितपुर जिल्ला इन्चार्ज कुमार सिलवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनले शुक्रबार १२ जना सहकर्मीसहित नेकपा (बहुमत) परित्याग गर्दै कांग्रेसको सदस्यता लिएका हुन् । ललितपुरका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरू सहभागी रहेको सातदोबाटोमा जारी जिल्ला भेलामा पुगेर सिलवालले नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको उपस्थितिमा पार्टी प्रवेश गरेका हुन् । उपसभापति शर्माको हातबाट रुद्राक्षको माला लगाएर सिलवालसहितका नेताहरूले कांग्रेसमा प्रवेश गरेको शर्माको सचिवालयले जनाएको छ । कार्यक्रममा बोल्दै सिलवालले विशेष महाधिवेशनमार्फत नयाँ दृष्टिकोण र नयाँ नेतृत्वसहित नेपाली कांग्रेस अगाडि बढेको भन्दै यही परिवर्तनशील यात्राले आफूलाई कांग्रेसमा आकर्षित गरेको बताए ।

Read More

हुरी आँधी बन्द हुन्छ बग्न थाल्छ पवन चटकेका खेल रोकिन्छन् जब चल्छन गगन देश चलाउने क्षमता छ, सफा मन पनि आएका छन् मैदानमा बलशाली बनी । हिजो काम गरेका हुन्, भोलि पनि गर्छन् चुनौतिका सारा पहाड यिनी सामु ढल्छन् रोकिएन यिनको गति, बिगारेनन् मती यिनको हातले गर्ने छैन जनधनको क्षति । छातिमा छ चारतारे शिरमा यिनको रुख देश यिनले सम्हालेमा मिल्छ सबलाई सुख मुटुमा छ लोकतन्त्र नसानसामा देश यिनका सामु सबै प्रिय, सबै भाषा भेष । देशलाई धनी बनाउने यिनले कोर्छन खाका भीड हेरी फेर्दैनन् यि कुटनीतिका भाका मित्रसँग कुरा राख्छन् देश प्रथम ठानि अँध्यारोमा गोटी चाल्ने छैन यिनको बानी…

Read More

२३ माघ, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशमा शान्तिपूर्ण निर्वाचनका लागि अनुकूल वातावरण तयार भइसकेको बताएका छन्। प्रारम्भमा शान्ति–सुरक्षाको अवस्थालाई लिएर विभिन्न आशंका रहे पनि अहिले त्यस्तो चिन्ता नरहेको उनको भनाइ छ । ‘निर्वाचन सुरक्षाको सन्दर्भमा यो शताब्दीकै जटिल चुनौती हो भन्ने बुझाइका साथ निर्वाचन घोषणा भएको भोलिपल्टदेखि नै हामीले छलफल सुरु गरेका थियौं,’ कावा प्रमुख आयुक्त भण्डारीले भने । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए। त्यसपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। सोही सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा…

Read More

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको पुनर्संरचना प्रक्रिया पूरा भइसकेको दाबी गर्दै बदलिएको कांग्रेसमार्फत देशको शासन प्रणाली र राजनीतिक अभ्यासमै परिवर्तन ल्याइने बताएका छन्। बुधबार सामाजिक सञ्जालमा सार्वजनिक भिडियो सन्देशमार्फत थापाले नेपाली कांग्रेस ‘कांग्रेस २.०’ को चरणमा प्रवेश गरिसकेको बताएका हुन्। उनका अनुसार नयाँ कांग्रेसले पुरानो कांग्रेसका सकारात्मक मूल्य र अभ्यासलाई आत्मसात् गर्दै कमजोरी र असफलताबाट छुटकारा पाएको छ। थापाले नेपाली कांग्रेसलाई देश परिवर्तन गर्ने एउटा सशक्त माध्यमका रूपमा प्रस्तुत गर्दै पार्टीलाई ‘एजेन्सी’को संज्ञा दिएका छन्। यही एजेन्सीमार्फत नेपाल बदल्ने साझा सपना साकार पार्ने लक्ष्य कांग्रेसको रहेको उनको भनाइ छ। देश गम्भीर मोडमा पुगेको उल्लेख गर्दै उनले वर्तमान अवस्थालाई सही…

Read More

नेपाली कांग्रेसले आसन्न निर्वाचनमा आफ्ना उम्मेदवारलाई जित सुनिश्चित गर्न १६५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय नेताहरू खटाएको छ। उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले देशका ७७ वटै जिल्लामा पुग्ने गरी जिम्मेवारी बाँडफाँड गरेको कांग्रेस सभापति गगन थापाको सचिवालयले जनाएको छ। पूर्वी पहाडी तथा तराई जिल्लाहरू ताप्लेजुङ, पाँचथर, इलाम र झापामा सहमहामन्त्री डा. डिला संग्रौला नेतृत्वमा पूर्व सहमहामन्त्री भीष्मराज आङदेम्बे, केन्द्रीय सदस्य सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बालाई खटाइएको छ। संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीका लागि केन्द्रीय सदस्य अमृत अर्यालसहित मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझीलाई जिम्मेवारी दिइएको छ। सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरी र सिरहामा वसन्त…

Read More

नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घोषणा पत्र तयार पारिरहेको छ। पार्टीका नेता तथा कार्यकर्ता, साथै विभिन्न विषयगत क्षेत्रका विज्ञहरूबाट सुझाव संकलन गरी घोषणापत्र लेखन कार्य अघि बढाइएको हो। कांग्रेसले माघ महिनाको अन्तिम साता घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ। विशेष महाधिवेशनबाट निर्वाचित भएपछि बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले घोषणा पत्र लेखन समिति र केन्द्रीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार माघ १ गते सम्पन्न केन्द्रीय समिति बैठकले दुवै समिति गठन गरेको हो, जसले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन्। कांग्रेसले सभापति गगन थापाको संयोजकत्वमा घोषणा पत्र लेखन समिति र उपसभापति विश्वप्रकाश शर्माको…

Read More

नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं–४ छाडेर सर्लाहीबाट राजनीति गर्ने निर्णय आफूका लागि अत्यन्तै भावुक र कठिन रहेको बताएका छन्। शनिबार काठमाडौं–४ कांग्रेसको निर्वाचन परिचालन मूल समिति गठन तथा घोषणा समारोहमा सम्बोधन गर्दै उनले उक्त निर्णयका क्रममा आँसु लुकाउन नसकेको अनुभव सुनाए। “निर्णय लिँदा साथीहरू रोइरहनुभएको थियो, म आफैँ पनि रोएको थिएँ,” सभापति थापाले भने, “सिंगो देशको नेतृत्व गर्न मधेशलाई अंगालो हाल्नुपर्छ। मधेशलाई काठमाडौंसँग जोड्न चाहन्छु। म फुटाउने होइन, जोड्ने राजनीति गर्छु।” काठमाडौं–४ छाडेर गएको भनेर नबोलिदिन उनले विशेष आग्रहसमेत गरे। “छोडेर गएको भन्ने शब्दले मलाई दुख्छ,” भन्दै उनले स्पष्ट पारे, “म काठमाडौंमै छु। नयाँ जिम्मेवारीका साथ मधेश बदल्न मात्रै…

Read More

काठमाडौं । कपनमा रहेको बक्स कल्भर्ट योजनालाई निरन्तरता दिन सो क्षेत्रका काँग्रेस प्रतिनिधिहरूले माग गरेका छन् । मंगलबार सहरी विकास मन्त्रालयमा डेलिगेसन गएका कपन क्षेत्रका काँग्रेस प्रतिनिधिहरूले यस्तो माग गरेका हुन् । मंगलबार बागमती प्रदेश लेखा समितिका पूर्व सभापति समेत रहेका काँग्रेस नेता न्हुँच्छेनारायण श्रेष्ठको नेतृत्वको टोलीले शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटेर सो माग गरेको डेलिगेसनमा सहभागी नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४(ख) का सभापति रामप्रसाद लुइँटेलले जानकारी दिए । प्रतिनिधिमण्डलले निर्माणाधीन बक्स कल्भर्टले सो क्षेत्रको डुबान धेरै हदसम्म कम गरेको भन्दै यसलाई पूर्णता दिनुपर्ने धारणा राखेका हुन् । मन्त्री र सचिव समेत सहभागी रहेको बैठकमा कपनको बक्स कल्भर्टलाई…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को सहयोगमा दुई दिने प्राथमिक उपचारसम्बन्धी तालिम आयोजना गरिएको छ । योगदान राष्ट्रका लागि नामक संस्थाको आयोजनामा भएको सो कार्यक्रममा प्राथमिक उपचार को विषयमा आधारभूत जानकारी प्रदान गरिएको छ । आइतबारबाट सुरु भएको तालिम सोमबार सम्पन्न हुने आयोजक संस्थाले जनाएको छ। कार्यक्रमको उद्घाटन कामपा वडा नम्बर ७ का वडाध्यक्ष बिमल कुमार होडाले गरेका थिए। ओम समाज डेन्टल हस्पिटलको हलमा उद्घाटन गरिएको सो कार्यक्रमपछि तालिम भन्ने जुम पार्टी प्यालेसमा आयोजना गरिएको छ। कार्यक्रममा बोल्दै वडाध्यक्ष वडाले प्राथमिक उपचारको अभावले कोही पनि नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए ।…

Read More

काठमाडाैँ । राष्ट्रपतिमा दुई कार्यकाल सम्पन्न भएपछि पुनः राजनीतिमा फर्किन लागेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना निकटस्तहरू लिएर चीन भ्रमणमा गएकी छन्। नेकपा एमालेको आसन्न महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिन तयार भएकी उनी अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि चीन भ्रमणमा गएको बुझिएको छ। नेकपा एमालेको १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भण्डारी शनिबार राति चीनतर्फ प्रस्थान गरेकी हुन् । एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणमा, ‘नेपाल–चीन मित्रता प्रवर्द्धन उच्चस्तरीय भ्रमण कार्यक्रम–२०८२’ अन्तर्गत चीन प्रस्थान गरिएको बताएका छन् । भ्रमण दलमा महासेठ पनि छन् । भ्रमण टोलीमा महासेठसँगै स्थायी कमिटी सदस्य कर्ण थापा,…

Read More

भक्तपुर । ‘प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एकजना र विभिन्न ठाउँबाट स्कुटर चारी गर्ने गिरोहका सात जनालाई प्रहरीले बुधबार एकैदिन पक्राउ गरेको छ । भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए । यसैगरी, मध्यपुरथिमि नगरपालिका–८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षीय…

Read More

काठमाडौं । करिब १० वर्षसम्म सँगै सशस्त्र युद्धमा होमिएका पूर्वसहकर्मी डा बाबुराम भट्टराईप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आपत्तिजनक अभिव्यक्ति दिएका छन् । रुकुमपूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गोरखामा चुनाव लड्दा नै मिल्ने भने पनि कम्युनिष्टको नाम नै सुन्न तयार नभएपछि बाबुरामसँग एकता सम्भव नभएको प्रसंगमा उनले आपत्तिजनक अभिव्यक्ति दिएका हुन् । उनले त्यस्तो बुद्धि नभएको डाक्टरसँग एकता हुन नसक्ने स्पष्ट पारेका छन् । उनले कार्यक्रममा भनेका छन्, ‘बाबुरामसँग हामीले एकता गर्ने भनेकै हो नि ! गोरखामा चुनाव लड्दा हाम्रो नारायणकाजी कमरेड, म, बाबुरामले लहै अबचाहिँ यो चुनाव मात्रै होइन अब पार्टी पनि एउटै बनाउने भनिएको थियो । तर,…

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको वडा नं १० र ८ जोड्ने साप्रेढुंगाको पुलको शिलान्यासमा नेकपा एमाले बुनपाले अनावश्यक राजनीतिक गरेको छ । आफूले नगरेको काममा जस लिनका लागि एमालेले आफ्नो पार्टीबाट प्रतिनिधि सभामा काठमाडौं क्षेत्र नं ४ बाट पराजित उम्मेदवार डा राजन भट्टराईलाई ल्याएर शिलान्यास गराउन सके राजनीतिकरूपमा लाभ मिल्ने योजना बुनेको थियो । तर गगन थापाको पहलमा केन्द्र सरकारबाट आएको बजेटबाट बन्न लागेको सो पुलमा राजनीतिक भएको भन्दै विरोध भएपछि भट्टराई शिलान्यासको लागि आएनन् । भट्टराईलाई बोलाएर शिलान्यास गर्ने जानकारी भएपछि काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले विरोध जनाएका थिए । शिलान्यास कार्यक्रममा काँग्रेसले विरोध गर्ने तयारी भएको देखेपछि शिलान्यासको काम…

Read More

काठमाडौं । राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए । यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो । आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उनले जानकारी दिए । “निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि यसअघि…

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डाक्टर विश्वनाथ पौडेल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आगामी पाँच वर्षका लागि गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बसेको तीन सदस्य गभर्नर छनोट समितिले डाक्टर पौडेलसहित राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। सोही सिफारिसको आधारमा मन्त्रिपरिषदले पौडेललाई गभर्नर नियुक्त गरेको हो। सिफारिस समितिको सिफारिसका आधारमा उनलाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । डा पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ ।…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूल समारोह समितिबाट काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको नाम हटाउन निर्देशन दिएका छन् । पटकपटक बोलाइएको बैठकमा पनि उनी अनुपस्थित भएपछि उनको नाम नै सोसूचीबाट हटाउन निर्देशन दिएको उनी निकट स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्रीको नेतृत्वमा हुने गणतन्त्र दिवस मूल समारोह समितिमा विभिन्न उच्च पदस्थ व्यक्तिहरूको साथमा काठमाडौँ महानगरपालिकाको मेयर पनि पदेन सदस्य रहने व्यवस्था रहेको छ। तर प्राय बैठकहरूमा उपस्थित नहुने मेयर बालेन शाह अहिलेसम्म सो समितिको बैठकमा उपस्थित भएका छैनन् । उनी पुराना र भ्रष्ट दलका नेताहरू उपस्थित रहेको कार्यक्रममा आफू उपस्थित नहुने स्पष्ट बताउँदै आएका छन्। उनले सामाजिक सञ्जालमा…

Read More

काठमाडौ । कांग्रेसको भागमा परेको गभर्नर नियुक्तिमा करिब दुई महिनादेखि अल्झ्याउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि यो प्रक्रिया लम्ब्याउन लागेपछि सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रुष्ट बनेका छन्। नियमित प्रक्रिया अनुसार सोमबार मन्त्रिपरिषद् बैठकबाट गभर्नर नियुक्त हुने धेरैले आकलन गरेका थिए। प्रधानमन्त्री ओलीले पनि आफ्नो दैनिक कार्यतालिकामा सोमबार साँझ मन्त्रिपरिषद् बैठक गर्ने उल्लेख गरेका थिए। तर अचानक मन्त्रिपरिषद स्थगित गरेर देउवालाई गवर्नर नियुक्तिको विषयमा छलफल गर्न भन्दै बालुवाटार बोलाएपछि कांग्रेस नेताहरु रुष्ट बनेका हुन् । उनी यो विषयलाई अझ थप गिजोलेर गभर्नरमा आफू निकटस्थ व्यक्तिलाई नियुक्त गर्न हदैसम्मको प्रयास गरिरहेका छन्। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.…

Read More

काठमाडाैँ । नेपाल पहिलो पटक आईसीसी महिला टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ । आज थाइल्यान्डमा युएईसङ्ग भएको खेलमा जित हासिल गरेसँगै नेपाल एक खेल अगावै ग्लोबल छनोटमा परेको हो । सोमबार भएको एसिया क्षेत्र छनोटको सुपर थ्रीको आफनो पहिलो खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल ग्लोबल छनोटमा पुगेको हो। एसिया क्षेत्र छनोटबाट नेपालसँगै थाइल्यान्डले ग्लोबल छनोटमा स्थान बनाएका हुन्। लगातार दुई खेलमा हार भोगेको यूएई सुपर थ्रीबाट नै बाहिरिएको छ। यूएई पहिलो खेलमा थाइल्यान्डसँग ५४ रनले पराजित भएको थियो। यूएईले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो।

Read More

काठमाडौं । आज पनि देशका अधिकांश भेगमा ठूलो वर्षाको सम्भावना रहेको छ । महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो र राति देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको हो । विभागका अनुसार आज दिउँसो हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, राति हिमाली क्षेत्रका आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि…

Read More

काठमाडौं । थाइल्याण्डमा जारी आईसीसी टी-२० महिला विश्वकप छनोटका लागि आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । एसियाली क्षेत्रको छनोटको सुपर-३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो। यो खेल सोमबार अहिले बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ। यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ ।

Read More