काठमाडौं । सरकारले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीहरूको बारेमा सरकारले चासो दिएको छ । शु्क्रबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्णरुपमा सचेत रहेको बताएको हो । सरकारले आवश्यक परेको खण्डमा इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न भन्दै नम्बर समेत दिएको छ । यस्तो छ परराष्ट्र मन्त्रालयको विज्ञप्ति
Author: Kathmandu Khabar
काठमाडौं । भारतको काश्मीरमा रहेको पहलगाम हमलाले उब्जाएको भारत पाकिस्तान युद्ध उत्कर्षतिर पुगेको छ । गत अप्रिल १२ मा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको हत्या भएको थियो । त्यसको बदलास्वरुप दुई दिनअघि पाकिस्तानका विभिन्न नौ स्थानमा भारतीय सेनाले हमला गरी आतंकवादी संगठनको अखडा ध्वस्त पारेको थियो । त्यसपछि पाकिस्तानले जवाफी कारबाही स्वरुप विभिन्न स्थानमा ड्रोन आक्रमण गरेका छन् । बिहीबार राति पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेसनहरूमा आक्रमण गरेको तर त्यसलाई विफल पारिएको दाबी गरेको छ। तर पाकिस्तानका रक्षामन्त्रीले त्यसलाई खण्डन गरेका छन्। भारतीय रक्षा मन्त्रालयका अनुसार, ‘पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेशनमा ड्रोन…
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो काठमाडौं उपत्यकासहित देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…
काठमाडौं । नेपाली काँग्रेसले छिटो गभर्नर नियुक्ति गर्न माग गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै काँग्रेस सांसदहरुले राष्ट्र बैंकमा गभर्नर रिक्त रहेको विषय उठाएका हुन् । प्रमुख सत्तासीन दलमध्येकै एक नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्रबैंकमा तत्काल गभर्नर नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद खतिवडाले राष्ट्रबैंक लामो समयदेखि नेतृत्वविहीन हुनु राम्रो नभएको भन्दै बेलैमा नियुक्त नगर्दा अनेक अड्कलबाजी चलिरहेको पनि बताए । उनले आईपीओ निष्कासन स्वीकृतिका लागि धितोपत्र बोर्डका अध्यक्षले कमिसन माग्न लगाएको विषय बाहिरिएको भन्दै सरकारको जवाफसमेत माग गरे । त्यस्तै, नेपाली कांगेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रममा संशोधन नहुने हो भने संसद्मा…
काठमाडौँ । राजावादीहरुले अनिश्चितकालीन आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सबै राजावादीहरु एउटै मोर्चामा आएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । राजसंस्था पुनर्स्थापना एवं हिन्दुराज्य घोषणाको लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको हो । बिहीबार राजधानीमा पत्रकार सम्मेलन नवराज सुवेदी नेतृत्वको समितिले जेठ १५ देखि राजसंस्था स्थापना नभएसम्म आन्दोलन गर्ने घोषणा गरेको हो। अहिलेको व्यवस्थाले देशलाई निकास नदिने निष्कर्षसहित राजावादी समूहले १४ बुँदे प्रतिबद्धता बाहिर ल्याएका छन् । जसमा सबै विचारधारा र शक्तिहरू हटाउने गरी संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्ने उद्घोष गरिएको छ । यस्तै हिन्दुराष्ट्रको पुनर्स्थापना, दुई तहको सरकार हुनुपर्ने राजावादी…
काठमाडौं । नेपालका सामाजिक अभियन्ता एवं युवा नेतृत्वकर्ता राजन श्रेष्ठले बेलायतमा रहेको युनिभर्सिटी अफ क्याम्ब्रिजमा हुने ग्लोबल लिडरशिप एण्ड बिजनेस सर्टिफिकेसन कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन् । आगामी अगस्ट २६ देखि ३० सम्म सञ्चालन हुने सो कार्यक्रममा आंशिक छात्रवृत्तिसहित श्रेष्ठको सहभागिता रहने भएको हो । लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले यो अन्तर्राष्ट्रिय उपलब्धिले नेपाली शिक्षा तथा युवा नेतृत्व क्षेत्रमा महत्वपूर्ण योगदान पुुग्ने विश्वास व्यक्त गरेका छन् । उनले विश्वका विभिन्न देशका व्यावसायिक विशेषज्ञ, उद्यमी तथा नेतृत्वकर्ताहरूसँग अन्तर्क्रिया गर्ने अवसर पाउनु नेपालकै लागि उल्लेखनीय उपलब्धि मानिएको छ। ग्लोबल बिजनेस सिम्पोजियमद्वारा आयोजना गरिने यो कार्यक्रम नेतृत्व क्षमता अभिवृद्धि,…
काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरक्षा परिषद्को बैठक बसेको छ। दुई देशबीचको तनावले नेपालमा पर्ने असरको बारेमा छलफल गर्न परिषद्को बैठक बसेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनाथ अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायत उपस्थित छन्। गृह मन्त्रालयमा तीनवटै सुरक्षा निकायका प्रतिनिधिलाई बोलाएर गृहमन्त्रीले सीमामा कडाइ गर्न निर्देशन दिएसँगै सुरक्षापरिषद्को बैठक बसेको हो ।
काठमाडौं । भारतले पाकिस्तानमाथि सैन्य आक्रमण गरेपछि नेपालमा पनि त्यसको असर देखिएको छ । दुई देशबीच तनाव बढिरहँदा नेपालमा पनि घुसपैठ हुन सक्ने भन्दै गृह मन्त्रालयले भारतसँग जोडिएको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । गृहको निर्देशकसँगै भारतीय सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले विशेष सर्कुलर जारी गरेको छ । पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई विशेष निर्देशन दिएको सशस्त्रले जनाएको छ । भारतीय सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्य र समन्वयमा दुई देशको सीमानामा संयुक्त रुपमा गस्ती पेट्रोल र खबर आदनप्रदानलाई तिव्रता दिइएको छ ।
काठमाडौ । भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो। यो कारबाही अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ। भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो। केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो।” आक्रमणमा कम्तीमा ९० जना मारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट…
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उहाँको आज उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । एमाले नेता समेत रहेका भाइ समिर नेपालका अनुसार स्वर्गीय दाजुकै इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम नराखिने भएको हो । पारिवारिक स्रोतका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिएका छन्, जसमा झण्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहन भनिएको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उहाँ सूचना तथा सञ्चारमन्त्री थियो । यसैगरी उनले जलस्रोत र शिक्षा…