हुरी आँधी बन्द हुन्छ बग्न थाल्छ पवन
चटकेका खेल रोकिन्छन् जब चल्छन गगन
देश चलाउने क्षमता छ, सफा मन पनि
आएका छन् मैदानमा बलशाली बनी ।
हिजो काम गरेका हुन्, भोलि पनि गर्छन्
चुनौतिका सारा पहाड यिनी सामु ढल्छन्
रोकिएन यिनको गति, बिगारेनन् मती
यिनको हातले गर्ने छैन जनधनको क्षति ।
छातिमा छ चारतारे शिरमा यिनको रुख
देश यिनले सम्हालेमा मिल्छ सबलाई सुख
मुटुमा छ लोकतन्त्र नसानसामा देश
यिनका सामु सबै प्रिय, सबै भाषा भेष ।
देशलाई धनी बनाउने यिनले कोर्छन खाका
भीड हेरी फेर्दैनन् यि कुटनीतिका भाका
मित्रसँग कुरा राख्छन् देश प्रथम ठानि
अँध्यारोमा गोटी चाल्ने छैन यिनको बानी ।

