२३ माघ, काठमाडौं । नेकपा (बहुमत) का ललितपुर जिल्ला इन्चार्ज कुमार सिलवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनले शुक्रबार १२ जना सहकर्मीसहित नेकपा (बहुमत) परित्याग गर्दै कांग्रेसको सदस्यता लिएका हुन् ।
ललितपुरका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरू सहभागी रहेको सातदोबाटोमा जारी जिल्ला भेलामा पुगेर सिलवालले नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको उपस्थितिमा पार्टी प्रवेश गरेका हुन् ।
उपसभापति शर्माको हातबाट रुद्राक्षको माला लगाएर सिलवालसहितका नेताहरूले कांग्रेसमा प्रवेश गरेको शर्माको सचिवालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै सिलवालले विशेष महाधिवेशनमार्फत नयाँ दृष्टिकोण र नयाँ नेतृत्वसहित नेपाली कांग्रेस अगाडि बढेको भन्दै यही परिवर्तनशील यात्राले आफूलाई कांग्रेसमा आकर्षित गरेको बताए ।

