Author: Kathmandu Khabar

काठमाडौँ । दक्षिण अमेरिकामा आएको भीषण आँधीका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ भने सो क्षेत्रका केही प्रान्तहरू प्रभावित भएका छन्। बीबीसीका अनुसार आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्‍याएको छ। धेरै सवारीसाधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको छ। टेक्सासमा आँधीका कारण कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ओक्लाहोमा र अर्कान्सासमा पनि जनधनको क्षति भएको खबर छ । यीमध्ये टेक्सस नेपाली विद्यार्थीहरूको बाहुल्यता रहेको प्रान्त हो।

Read More

काठमाडौँ । नेपाल आयल निगमले घटाएको पेट्रोल र डिजेलको मूल्य आजदेखि लागू भएको छ। स्वचालित मूल्य प्रणाली अनुसार शनिबार साँझ सार्वजनिक गरेको नयाँ सूची अनुसार पेट्रोल र डिजेलको मूल्यमा गिरावट आएको छ। नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ घटाइएको छ । यस्तै, डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर ४ रूपैयाँले मूल्य घटेको निगमले जनाएको छ। नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रूपैयाँमा उपलब्ध हुनेछ । यस्तै, डिजेल र मट्टीतेल प्रतिलिटर १५१ रूपैयाँ पर्नेछ ।

Read More

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन परेकामध्ये ५ जनाको नाम संक्षिप्त सूचीमा सार्वजनिक भएको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट तथा सिफारिस समितिले आइतबार एक सूचना जारी गर्दै ५ जनाको नाम सार्वजनिक गरेको हो। गत फागुन १२ गते र १८ गते सार्वजनिक सूचना जारी गरेर दरखास्त आह्वान गरेको समितिले संक्षिप्त सूची तयार गरी चुडामणी चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम आज सार्वजनिक गरेको हो ।

Read More

काठमाडौँ । पाकिस्तानको प्रसिद्ध गजलकार गुलाम अलीले ललितपुरको पुलचोकमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन्। आज हुन लागेको ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रमका लागि बिहिबार काठमाडौँ झरेका अलिले आज आफ्नो सांगीतिक प्रस्तुति दिन लागेका हुन्।  यो प्रस्तुतिमा उनीसँगै उनका छोरा आमिर अलि र नातिनाजी र अलिले पनि सँगै प्रस्तुति दिनेछन् । साधना कला केन्द्रले आयोजना गरेको कार्यक्रमका लागि गायक अली ११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै काठमाडौंँ आइपुगेका थिए । अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल गाउने कार्यक्रम छ । पहिलो पटक नेपालमा प्रस्तुति दिन लागेका अली नेपाल प्रस्तुतिका लागि उत्साहित रहेको आयोजक संस्था साधना कला केन्द्रका…

Read More

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज शनिबार बलम्बु र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा ५ घण्टा विद्युत कटौती हुने जनाएको छ। आज एक सूचना जारी गर्दै प्राधिकरणले मर्मत सम्भार लगायतका लागि विभिन्न स्थानमा विद्युत कटौती हुने जनाएको हो। भूमिगत तार परीक्षण लगायतका विभिन्न कार्यका लागि भन्दै हरेक शनिबार प्राधिकरणले भिन्दाभिन्दै स्थानमा विद्युत कटौती गर्दै आएको छ। जसमध्ये अघिल्लो हप्ता पनि बलम्बु क्षेत्रमा विद्युत कटौती गरिएको थियो। यी क्षेत्रमा आज बिहान ११ बजेदेखि अपरान्न ४ बजेसम्म विद्युत प्रवाह बन्द गरिने प्राधिकरणको सूचनामा उल्लेख छ। प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनमा आज बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली…

Read More

काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विद्यालयहरूमा यही चैत ५ गते हुन लागिरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ। शुक्रबार नेविसंघले २८ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको हो। जसमा विद्यार्थीको समस्या समाधानदेखि शैक्षिक संस्था सुधारसम्मका एजेन्डा हुनेगरेको समेटिएका छन् । नेविसंघको घोषणापत्रका लागि यहाँ क्लिक गर्नुहोला।

Read More

काठमाडौं । करिब एक सातासम्म खुल्न नसकेको काठमाडौँ उपत्यकाको मौसम आजदेखि भन्ने सफा देखिएको छ। देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावले नखुलेको मौसम बुधबार र बिहीबारको वर्षापछि सफा देखिएको हो। महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । साथै, उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । देशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ ।

Read More

काठमाडौं । आज तराई मधेस क्षेत्रमा होली पर्व मनाइँदैछ। बिहिबार पहाडी तथा हिमाली भेगमा मनाइएको फागु पूर्णिमाको भोलिपल्ट मनाउने यस पर्वका लागि सरकारले तराईका २२ जिल्लामा सार्वजनिक विदा दिएको छ। रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्त जम्मा भएर होली खेल्ने गरिन्छ। पहाडी तथा हिमाली जिल्लामा पूर्णिमाका दिन होली मनाइएको भोलिपल्ट तराईमा होली पर्व मनाउने गरिन्छ। वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुसियाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ।

Read More

धनुषा । कसैलाई मूर्ख, महामूर्खभन्दा रिसाउने, गाली गर्ने गर्छन्, तर यहाँ आफूलाई महामूर्ख साबित गर्न तछाडमछाड हुने गर्छ भन्दा अचम्म लाग्न सक्छ । मिथिलाको यस सहरमा महामूर्ख बन्न सबै ललायित हुने गर्छन् । हो, प्राचीन मिथिला र मधेस प्रदेशको राजधानी जनकपुरधाममा आफूलाई महामूर्ख साबित गर्न प्रत्येक वर्ष उच्चपदस्थ व्यक्तित्वहरूले पैरवी तथा सिफारिस आयोजकसमक्ष गर्ने गरिएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप) जनकपुरधामले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आयोजना गरिने महामूर्ख सम्मेलनका लागि महामूर्खहरूको लिस्ट तयार भइसकेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताए । होलीका अवसरमा जनकपुरमा आयोजना गरिने महामूर्ख सम्मेलन देशैभरि प्रसिद्ध छ…

Read More

काठमाडौं । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गर्‍यो । हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले मिस एप्रोच गरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । “एयर अरेबियाको जहाजले काठमाडौँ विमानस्थलमा फाइनल एप्रोच लिँदा मिस एप्रोच भएको छ”, उनले भने, “दुई तर्फको हावा मिसिएपछि भुमरीजस्तो हुनेलाई विन्ड सियर भनिन्छ । जसका कारण जहाज हल्लिएर मिस एप्रोच भएको थियो ।” त्यसैगरी नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इण्डियाको जहाजले आजै सिमरा माथिको आकाशमा होल्ड भइ…

Read More

भक्तपुर । ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भिमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु पर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भिमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीत अहिले लोपोन्मुख छन् । भिमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि पूर्णिमासम्म भिमसेन गुठीका गायजुले यस्ता गीत गाएर होलीको आगमनसँगै विदाइ गर्ने प्रचलन थियो । तर अहिले कतिपय स्थानीयलाई फागुसँग सम्बन्धित दाफा भजन छ भन्ने हेक्का नै छैन । फागुन शुक्ल अष्टमीका दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिङ्गलाई ब्रम्हायणी खोलामा लगेर…

Read More

काठमाडौं । काठमाडौंमा आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ । केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्यान्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थलाई बटुवालाई समस्या पारिन्थ्यो । विगत केही वर्ष अघिदेखि सांस्कृतिक शहर काठमाडौँमा फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ । फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको…

Read More

काठमाडौँ । आज देशका पहाडी क्षेत्रमा रङहरूको पर्व फागु पूर्णिमा मनाइँदैछ। प्रत्येक फाल्गुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व आफन्त र साथीभाइहरू बीच रङ र शुद्ध पानी छ्यापाछ्याप गरी मनाउने गरिन्छ । असत्यसामु सत्यको विजय भएको यो स्मरणमा मनाइने यस पर्वका पछाडि विभिन्न कथाकिम्बदन्तीहरु रहेका छन्। जुन काठमाडौँ उपत्यका र उपत्यका बाहिर समेत भिन्नभन्न छन् । आज फागु पूर्णिमा मनाउने पहाडी र हिमाली गरी देशका ५६ जिल्लामा सरकारले सार्वजनिक विदा दिएको छ। तराईका २१ जिल्लामा भने होली पर्वको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिनेछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्व आज परम्परागत रूपमा विभिन्न…

Read More

काठमाडौं । झन्डै एक हप्तादेखि खुल्न नसकेको काठमाडौँको आकाश आज पनि खुल्ने सम्भावना कम देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा वर्षाको सम्भावना देखिएको छ। विभागले दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ । काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । “काठमाडौंमा आज वर्षाको सम्भावना छ । अपराह्नपछि काठमाडौंमा वर्षाको सम्भावना छ,” मौसमविद् गोविन्द झाले भने, “ठूलो वर्षा नभए पनि हल्का वर्षाको सम्भावना छ । काठमाडौंका सबै स्थानमा वर्षा नभए पनि केही ठाउँमा वर्षा हुनेछ ।” प्रि–मनसुनमा स्थानीय वायु सक्रिय भएर वर्षा हुने सम्भावना उच्च हुने…

Read More

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍यालीमा उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो बोकेका प्रदीपविक्रम राणा भागेका छन् । चर्को आलोचनापछि नेपाल प्रहरीले पक्राउ गर्न सक्ने भन्दै उनी भागेका हुन् । उनले गोरखपुर पुगेर भारतीइ सञ्चारसंस्था नवभारत टाइम्सलाई अन्तर्वार्ता दिएका छन् । उनले नेपाल प्रहरीले आफ्नो खोजी गरिरहेकोले भागेको बताएका छन् । उनले आफूले योगी आदित्यनाथलाई आजसम्म नभेटेको भए पनि नेपाल हिन्दुराष्ट्र बन्नुपर्छ भन्ने पक्षमा रहेको बताएको छ । राणालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘भारत सरकार र योगीजीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र रचेको आरोप लगाइएको छ ।’ आइतबार पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्किंदा आफू स्वागतका लागि त्रिभुवन…

Read More

काठमाडौं । युगान्डामा जारी वुमन्स डे कपमा नेपालले दोस्रोपटक नामिवियासँग खेल हारेको छ । योसँगै कपको फाइनल खेल्ने सम्भावना नेपालको कमजोर बन्दै गएको छ । चार टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। कुल १२६ रनको लक्ष्य पछ्याएको नेपाल ५ विकेटको क्षतिमा १०२ रनमा समेटिन पुगेको थियो । नेपालका लाागि ओपनर साना प्रवीनले सर्वाधिक ३१ रन बनाइन्। उनले ३७ बलमा एक चौका प्रहार गरिन्। पूजा महतो र कप्तान इन्दु बर्माले समान १५ रन जोडे। यसअघि पहिलो चरणमा पनि नेपाल नामिवियासँग ६ विकेटले पराजित भएको थियो।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले पटकपटक तारकेश्वर नगरपालिका वडा नं ९ मा पर्ने जग्गा नेपाली काँग्रेसका नेताले कब्जा गरेको आरोप लगाएका छन् । संसदमा पटकपटक आरोप लगाए पनि उनीहरूले कसले कब्जा गरेको भनेर नाम किटान गर्न भने सकेका छैनन् । व्यक्तिको नाम किटान नगरी सिंगै पार्टीलाई मुछेर बदनाम गर्न लागेपछि आज पनि प्रतिनिधि सभाको बैठकमा हंगामा भएको छ । आज प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शिशिर खनाल र सुमना श्रेष्ठले नेपाली काँग्रेसका नेताले सो जग्गा कब्जा गरेको बताए । तर उनीहरू दुवैजनाले कति जग्गा र कसले कब्जा गरेको भनेर खुलाउन सकेनन् । नेपाली कांग्रेसका नेताले सरकारी…

Read More

काठमाडौं । पाकिस्तानमा एक प्यासेन्जर बोक्ने रेल अपहरणमा परेको छ। पाकिस्तानी आतंकवादी समूहले बुधबार करिब १४० जना सवार प्यासेन्जर रेल अपहरण गरी सुनसान स्थलतिर लगको थियो। पछि पाकिस्तानी आर्मीसहितको टोलीले आतंककारीहरू माथि गोली प्रहार गरी सर्वसाधारणलाई अपहरण मुक्त गराएको हो। जसमा १६ आतंककारी मारिएका छन् अपहरणकारीहरूले नौवटा डिब्बा रहेको रेललाई लिक भत्काएर रोकेका थिए । अपहरणमा पाकिस्तानी लिबरेसन आर्मी नामक आतंकवादीको संलग्न रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

Read More

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन सबैमा अनुरोध गरेका छन् । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अनुरोध गरे । उनले आज एक सूचना जारी गर्दै भने, “सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ । तसर्थ, चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल,…

Read More

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६२ वटा क्याम्पसहरूमध्ये काठमाडौँका सातवटा क्याम्पसमा विवादका कारण उम्मेदवारी दर्ता रोकिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण महाशाखाले मङ्गलबारका लागि तोकेको मान्न नयन दर्ताको समयभित्र कुल ५० वटा मात्रै क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ। रोकिएका १० मध्ये पाँचवटा क्याम्पस काठमाडौँ भित्रका छन्। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार काठमाडौँ उपत्यकाका शङ्करदेव, विश्वभाषा, नेपाल ल, पब्लिक युथ, ग्रामीण आदर्श बहुमुखी, पिपुल्स, पद्यकन्या बहुमुखी क्याम्पसमा भने विवादका कारणले मनोनयन दर्ता नभएको उनले बताए। अधिकांश आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज विभिन्न विद्यार्थी सङ्गठनले निर्वाचनका लागि प्रत्यक्ष तथा सामानुपातिकतर्फका उम्मेदवारको मनोनयन दर्ता गराएको जानकारी दिने । उनका…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीको पद जोगिएको छ । ललितपुर ३ बाट निर्वाचित कार्कीको पद खारेज गर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो । सोविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको आदेशमार्फत् पद जोगिएको हो । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो । त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेदवारी यथावत भएको थियो । मेडिकल काउन्सिल सदस्य हुँदाहुँदै २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भएको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

Read More

काठमाडौं । नेकपा एमालेले राजावादी सल्बलाउनुमा प्रमण्डको हात भएको हुन सक्ने आशंका गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै नेकपा एमालेका सांसदले माओवादीमाथि यस्तो आरोप लगाएका हुन् । प्रमुख सत्तारूढ नेकपा एमालेका सांसद गोकर्ण विष्टले विशेष समयमा बोल्दै राजावादीहरू उचाल्ने काममा प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको हात हुन सक्ने भन्दै प्रश्न गरेका हुन् । उनले सरकारको प्रयत्नलाई प्रतिपक्षी नेताले बारम्बार असंवैधानिक भनेर उठाइरहेको भन्दै आपत्ति जनाएका छन् । ‘मैले बुझ्न नसक्या कुरा यति मात्रै हो कि, उहाँ सात आठ महिना प्रधानमन्त्री हुँदा नेपालमा रामराज्य थियो ? सरकारबाट बाहिरिनेबित्तिकै कसरी नेपाल रावण राज्यमा परिणत भयो ? आज उहाँमा किन…

Read More

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरुले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने धारणा राखे । विद्यमान संविधान विपरीत गतिविधि भइरहेकाबारे पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराए । सांसद महेशकुमार बर्तौलाले संविधानको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य रहेको उल्लेख गर्दै केही दिनयता पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशन र उक्साहटमा समाजमा संविधान विरोधी क्रियाकलाप भइरहेका बताए । पूर्वराजा स्वयम्ले यी कार्य गर्नका लागि उक्साइरहेको उनको आरोप थियो । लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने सांसद बर्तौलाले बताए । सांसद अर्जुननरसिंह केसीले सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएको सम्झौता कार्यान्वयन हुन नसक्दा महासङ्घ पुनः आन्दोलनका क्रममा रहेको उल्लेख गर्दै पुनः वार्ता र सहमतिको…

Read More

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच बुँदे सुझाव दिएका छन् । मंगलबारको प्रतिनिधिसभामा विशेष समय लिएर सांसद थापाले समसामयिक विषयमा पाँच बुँदे सुझाव दिएका हुन् । यस्ता छन् थापाले दिएको सुझावहरू – सरकारमाथि उठेका प्रश्नबारे नागरिक समाज र जनतासँग संवाद गरी नतिजा केन्द्रित हुनपर्छ। – सरकारले कानुन बनाउँदा सार्वजनिक हितका लागि हुनुपर्छ र एउटै व्यक्ति वा समूहले लाभ लिन हुँदैन भन्नेमा सचेत हुनुपर्छ। – मन्त्रीहरूले नचाहिने ठाउँमा हात हाल्न हुँदैन। नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउके कपाल बाँधेर दुखाए जस्तो अनावश्यक विषयमा सरकारले अनावश्यक काम गर्नुहुँदैन। – हरेक कुरामा आफ्नो काम र निर्णयबाट संसद्‌सँगै…

Read More

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको छ। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यतालिका रहेको छ। यसबाहेक संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नेछन् । यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । आजको बैठकमा सो संशोधनमाथि…

Read More

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो ७ महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरूले ठूलो धनराशि लगेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार शिक्षातर्फको ६४ अर्ब १५ करोड बराबर पुगेको हो। सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई रु एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड रहेको हो । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु एक खर्ब चार अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय रु ६६ अर्ब ६४ करोड थियो । सो अवधिमा खुद सेवा आय रु ५० अर्ब २२ करोडले…

Read More

काठमाडौं । सरकारले काठमाडौंका विभिन्न क्षेत्रहरूलाई निषेधित क्षेत्र घोषणा गरेको छ । बालुवाटार, शितलनिवास, सिंहदरबारलगायत क्षेत्रमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाउने गरी निषेधित क्षेत्र घोषित गरिएको हो । जारी गरिएको निषेधाज्ञा दुई महिनाका लागि भएको प्रशासनले जनाएको छ । निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी…

Read More

भैरहवा (रुपन्देही) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । पुलिसले लुम्बिनीलाई ८७ रनले हराएको हो । रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित ५० ओभरको खेलमा ६ विकेटको क्षतिमा २४९ रन बनायो । दुई सय ५० रन बनाउने क्रममा लुम्बिनीको पारी १६२ रनमा समेटियो । पुलिसका लागि कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ७५ बलको सामना गर्ने क्रममा ६ चौका र एक छक्काको मद्दतमा ५९ रन बनाए । यस्तै शेखले ७९ बल खेल्दै ५६ रन बनाए । यसमा उनको दुई छक्का…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकाले तोकेको जरिवाना रकम बुझाएको छ । सोमबार पार्टीका प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाहीले महानगर प्रहरी समक्ष जरिवाना रकम तोकेको हो । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो । यस्तै प्रकृतिको कारबाही गत मंसिरमा सत्तारुढ दल नेकपा एमालेलाई पनि गरिएको थियो । तर एमालेले भने जरिवाना तिर्न अस्वीकार गर्दै आएको छ । कार्यक्रमको फोहोर आफैंले उठाएको भन्दै एमालेले एक लाख रुपैयाँ जरिवाना तिर्न अस्वीकार गर्दै आएको हो।

Read More

काठमाडौं । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको नाममा १ लाख रुपैयाँ जरिवानाको बिल पठाएको छ। आइतबार पूर्व राजा ज्ञानेन्द्र काठमाडौँ फर्किने क्रममा एयरपोर्टबाट निर्मल निवाससम्म मानवसाङ्लो बनाएर गरिएको प्रदर्शनमा फोहोर गरिएको भन्दै जरिवाना तिराइएको हो। महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पत्र लेखेर पार्टी कार्यालयको आयोजना गरिएको कार्यक्रममा सहभागीहरूबाट एयरपोर्ट, तिलगंगा गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र त्यहाँका बिरुवा साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको जनाएको छ । निर्वाचन आयोग, र काठमाडौं महानगरको प्रशासन विभागलाई बोधार्थ दिइएको उक्त पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरले हस्ताक्षर गरेका छन् । महानगरपालिकाले यसअघि काठमाडौंको दरबार मार्गमा नेकपा एमालेले…

Read More