

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन परेकामध्ये ५ जनाको नाम संक्षिप्त सूचीमा सार्वजनिक भएको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट तथा सिफारिस समितिले आइतबार एक सूचना जारी गर्दै ५ जनाको नाम सार्वजनिक गरेको हो।
गत फागुन १२ गते र १८ गते सार्वजनिक सूचना जारी गरेर दरखास्त आह्वान गरेको समितिले संक्षिप्त सूची तयार गरी चुडामणी चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम आज सार्वजनिक गरेको हो ।