Author: Kathmandu Khabar

काठमाडौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबार बस्ने सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सरकारले ल्याएको ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, सहित पाँच अध्यादेश संसद्बाट पारित गर्नुपर्ने भएकाले दुवै पार्टीले आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशनात्मक ह्विप जारी गरेका हुन् ।…

Read More

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको बैठकमा सरकारले ल्याएका विभिन्न अध्यादेशहरूलाई निर्णयार्थ पेश गर्ने कार्यतालिका रहेको छ। कुल ११ वटा कार्यतालिका तोकिएको संसदमा आज सरकारको तर्फबाट प्रस्तुत गरेका अध्यादेशलाई अस्वीकृत गरियोस् भन्ने विषयमा समेत विपक्षी दल हरूले प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको छ। यस्ता छन् प्रतिनिधिसभाका आजका ११ कार्यतालिका

Read More

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा पुनः नारायणमान बिजुक्छे (रोहित) सर्वसम्मत चयन भएका छन्। नेमकिपाको आज सम्पन्न आठौँं महाधिवेशनको अन्तिम आज बिजुक्छेंलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। नेमकिपाको आठौंँ महाधिवेशन गत फागुन १६ गते सुरू भएको हो। विसं २०३१ माघ १० गते विधिवत् स्थापना भएको नेमकिपाको स्थापनाकालदेखि बिजेक्छें सर्वसम्मत अध्यक्ष रहँदै आएका छन्। उमेर ८५ वर्ष पुगेका बिजुक्छेंले २०७४ को आम निर्वाचनमा संसदीय राजनीतिबाट विश्राम लिएका थिए। उनले जित्दै आएको भक्तपुर क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेमकिपाले २०७४ मा पार्टी सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएको थियो। महाधिवेशनले नेमकिपाको सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापति सर्वसम्मत…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको १४औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो । उनले २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि दुई पटक प्रधानमन्त्री भएको थियो । विसं २०१५ मा भट्टराई संसद्को सभामुख रहे। सन्तनेता भट्टराई अडान भएको र आदर्शमा नचुक्ने नेताका रुपमा चिनिन्छन् । पञ्चायतकालमा उनले सुन्दरीजल बन्दीगृहमा लामो समय बिपी कोइराला र गणेशमान सिंहका साथमा बसेका थिए। भट्टराईको १४औँ स्मृति दिवसका अवसरमा ‘सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र’ले आज बेलुकी ६ बजे पशुपतिनाथ मन्दिरमा आरती कार्यक्रम आयोजना गरेको केन्द्रका अध्यक्ष लोकेश ढकालले जानकारी दिए।…

Read More

काठमाडौ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश रोकेर सरकारले बाँकी पाँच अध्यादेश निर्णयार्थ पेस गर्ने भएको छ। बुधबार (भोलि) बस्ने प्रतिनिधि सभामा पाँच अध्यादेश निर्णयार्थ पेस हुने नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए। बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ। जनता समाजवादी पार्टी, नेपालसँग आइतबार भएको निर्णायक छलफलमा भूमिसम्बन्धी अध्यादेश रोकेर अन्य अध्यादेश निर्णयार्थ पेस गर्ने सहमति भएको उनले बताए। संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेद्वारा सांसदलाई ह्विप प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबार बस्ने सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी…

Read More

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन लम्बिएको छ । आज महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका भए पनि नयाँ नेतृत्व चयन गर्न बाँकी छ । पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईंले विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन एक दिन लम्बिएको र मङ्गलबार नयाँ नेतृत्व चयन हुने बताए। उनले भने, “महाधिवेशन आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै आज सम्पन्न गर्ने भनिए पनि एक दिन लम्बिएको छ । आजको बन्द सत्रमा हिजो पेस भएका प्रतिवेदनमाथि सात वटा समूह बनाएर छलफल, पार्टीको विधान संशोधनबारे बहस, महाधिवेशनको घोषणा पत्र तयारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय नीतिलगायत विषयमा छलफल गर्दा समय अपुग हुँदा एक दिन लम्बिएको हो ।”…

Read More

काठमाडौँ । देशभरका कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनमा विवाद सिर्जना भएको छ। एसोसिएसको आसन्न केन्द्रीय कार्यसमितिको निर्वाचन नामावलीमाथि उजुरी परेपछि विवाद सुरु भएको हो। काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनका १७१ जना मतदाताको नाम अवैध रहेको भन्दै उच्च अदालत बार एसोसिएसनले उजुरी गरेको थियो। त्यसको जवाफमा काठमाडौँ बार एसोसिएसनका पदाधिकारीहरूले आफू मात्रै नभएर सबै बार एसोसिएसनको छानबिन गर्नुपर्ने माग गर्दै अर्को उजुरी दर्ता गरेको थियो। विवाद सुरु भएपछि आगामी चैत २३ गते हुने भनिएको बार एसोसिएसनको निर्वाचन प्रभावित हुने देखिएको छ। यसरी दुईवटा उजुरीपछि मंगलबार बिहान १० बजेदेखि नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले नेपाल बारको निर्वाचन…

Read More

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अमेरिकाको तर्फबाट दिइँदै आएको सैन्यलगायत सबै खाले सहयोगमा रोक लगाएका छन्। केही दिनअघि हाइट हाउसको ओभल हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँगको वार्ता सौहार्दपूर्ण नभएपछि ट्रम्पले युक्रेनलाई दिँदै आएको सम्पूर्ण सहयोगमा रोक लगाउने निर्णय गरेका हुन् । किभले वार्ताका लागि विश्वसनीय वातावरण नबनाएसम्म सम्पूर्ण सहयोग रोक्ने निर्णय भएको सोमबार ब्लुमबर्ग र फक्स न्युजको समाचारमा उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा जेलेन्स्कीले युद्ध चाहेको कुरा उल्लेख गरेको केही घण्टापछि सो निर्णय भएको जनाइएको छ । ट्रम्प प्रशासनलाई उद्धृत गर्दै फक्स न्युजले लेखेको छ, ‘यो अस्थायी निर्णय हो । वार्ताको वातावरण बनेमा सहयोग…

Read More

काठमाडौँ । एकाबिहानै मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा काठमाडौँको थापाथली चोकमा रहेको सडकमा भ्वाङ परेको छ। बबरमहलमा पाइप फुटेर जनजीवन प्रभावित भएको तीन हप्ता पनि नबित्दै थापाथलीमा समेत सोही प्रकृतिको घटना घटेको हो। बबरमहलमा विद्युत प्राधिकरणको भूमिगत लाइन बिछ्याउने क्रममा पाइप फुटे पनि थापाथलीमा भन्ने कुनै बाह्य कारण बिना नै पाइप फुटेको हो। मङ्गलबार बिहान पाइप फुटेपछि सो क्षेत्रमा आवतजावत गर्ने सवारी साधन समेत अवरुद्ध भएको थियो। सो क्षेत्र केहीबेर डुबानमा समेत परेको थियो। थापाथलीबाट प्रसूति गृहतर्फ जाने बाटोमा पाइप फुट्दा प्रसुति गृह एवं नर्भिक अस्पताल जाने बिरामीहरू समेत समस्यामा पर्ने देखिएको छ।

Read More

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको तयारी सुरु भएको छ । ५५ हात लामो दुईवटा लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजरको सहायतामा भक्तपुर नगरपालिका भेलुखेलस्थित योसिङ्खेलमा ल्याइएको छ । तान्त्रिक विधिअनुरूप भक्तपुरमा नौ दिन आठ रातसम्म सञ्चालन हुन्छ । चैत अन्तिम दिन ५५ हात लामो योसिंद्योअर्थात् लिङ्गो उठाएर नयाँवर्ष वैशाख १ गते दिनभरि जात्रा गरिन्छ । सोही दिन साँझ उक्त लिङ्गो ढालेर भव्यरूपमा जात्रा मनाउने चलन छ । जात्रामा एउटा लिङ्गो उठाइने भए पनि भाचिने सम्भावना रहेकाले जगेडा लिङ्गो पनि ल्याउने प्रचलन छ । यस वर्ष लिङ्गो भाचिएन भने जगेडा रहेको लिङ्गो आगामी वर्ष प्रयोगमा ल्याउने गरिन्छ । जात्रामा…

Read More

काठमाडौँ । देशभरका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोँगबुस्थित नयाँबसपार्कका सबै टिकट ‘काउन्टर’ बाट ‘अनलाइन’ प्रणालीमा बसको टिकट काट्न सुरु गरिएको छ । मुलुकको एक मात्र राष्ट्रिय बसपार्क नयाँबसपार्कलाई प्रविधिमैत्री बनाउँदै यात्रुलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि बसपार्कभित्रका ४७ वटै टिकट काउन्टरबाट अनलाइन प्रणालीबाट टिकट काट्न सुरु गरिएको हो । काठमाडौँ महानगरपालिकासँग सम्झौता गरेर लोत्से बहुउद्देश्यीय प्रालिले सञ्चालन गरेको नयाँबसपार्कमा यातायात व्यवसायीको सहकार्यमा बसपार्कका टिकट काउन्टरलाई अनलाइन प्रणालीमा लगिएको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए । काठमाडौँ महानगरपालिका–२६ गोँगबुमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ७० जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् । यसबाहेक सिन्धुपाल्चोक,…

Read More

काठमाडौ । नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रम आजबाट सुरु भएको छ। रुपन्देहीको भैरवामा सुरु हुन लागिरहेको कार्यक्रमको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यतालिका छ। भोलिसम्म चल्ने प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री, नेताहरू कृष्ण सिटौला, विमलेन्द्र निधि, बालकृष्ण खाण, रमेश लेखकलगायत सहभागी हुनेछन् । उपसभापति खड्काअनुसार देशभरका क्षेत्रीय सभापति, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, प्रशिक्षण शाखाका प्रमुख गरेर ३३० जना प्रशिक्षणका सहभागी हुन्। यीबाहेक लुम्बिनी प्रदेशका सांसद, मन्त्री यहाँका जिल्ला सभापतिहरु पनि सहभागी हुने उनले बताए।…

Read More

लन्डन । युरोपियन युनियनअन्तर्गत पर्ने विभिन्न १८ वटा देशका प्रतिनिधिहरूले युक्रेन संकटको समाधानका लागि भन्दै बैठक गरेका छन् । उनीहरूले युक्रेनको सार्वभौम सत्तालाई जोगाउँदै युक्रेनमा शान्ति र सुरक्षाको ग्यारेन्टी दिनका लागि आफूहरू एक भएको बताएका छन्। बेलायती प्रधानमन्त्री केइर स्टेइमरको नेतृत्वमा बसेको बैठकमा रुस-युक्रेन युद्धको अन्त्य गर्ने तथा युक्रेनलाई रुसबाट बचाउनका लागि चार सूत्रीय योजना सार्वजनिक भएको छ। बैठकका लागि फ्रान्स र बेलायतले पहलकदमी लिए पनि अन्य १८ देशहरू समेत सहभागी भएका छन्। बैठकमा बेलायती प्रधानमन्त्री स्टेइमरले युरोपेली देशको माझमा विगतमा कहिले पनि नदेखिएको अभूतपूर्व एकता यो बैठकमा देखिएको बताए। बैठकले युक्रेनमाथिको सैन्य सहयोग यथावतै राखेर रुस माथिको आर्थिक दबाब…

Read More

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका आजदेखि सुरु हुने भएको छ। यही चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित विभिन्न अङ्गिक क्याम्पसहरूमा उन्नल गइरहेको निर्वाचनका लागि आज सङ्घ संस्था तथा समूह दर्ताको काम हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले जारी गरेको सूचना अनुसार विद्यार्थी सङ्घ तथा उम्मेदवारी दिने संस्था दर्ताका लागि सङ्गसङ्गठन समूहको लेटरप्याडमा निवेदन पेस गर्नुपर्नेछ । आधिकारिक २ जनाको नमुना हस्ताक्षर सहित आफ्नो सङ्घ सङ्गठनको समिति / कमिटीको नामावली उल्लेख गर्नुपर्नेछ । आधिकारिक हस्ताक्षर प्रयोग गर्ने दुई जनाको विद्यार्थी परिचय पत्र पेस गर्नु पर्नेछ । त्यस्तै सङ्घ/सङ्गठन/समूहको केन्द्रीय समिति भए केन्द्रीय अध्यक्ष/सभापति/संयोजक/प्रमुखको…

Read More

काठमाडौं । अमेरिकी प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं सभापति रवि लामिछानेका विश्वासपात्र मोहन थापालाई पक्राउ परेको छ । थापा रास्वपा सभापति रवि लामिछाने थुनामा पर्नेबित्तिकै नेपाल आएर उनलाई धरौटीमा छुटाउन क्रियाशील थिए । पोखरादेखि भैरहवा हुँदै चितवनसम्म उनी रविलाई थुनामुक्त गराउन सक्रिय रहेको बताइएको थियो । ग्रीनकार्ड भएको व्यक्ति अस्वभाविकरुपमा ओहोरादोहोर गरिरहदा पनि त्यहाँको अध्यागमन विभागले पक्राउ गरेर सोधपुछ गर्ने गरेको छ । विभिन्न व्यक्तिलाई फ्रड लाइसेन्स बनाएको अभियोग उनीमाथि थियो । रास्वपा नेता मनिष झाले थापालाई अमेरिकन इमिग्रेसनबाटै प्रहरीले पक्राउ गरेको जनाएका छन् । झाले दिएको जानकारीअनुसार थापा अहिले फिलाडेल्फिया संघीय हिरासतमा रहेको बताइएको छ…

Read More

काठमाडौं । करिब दुई वर्षअघिको एक हत्याका आरोपीलाई पक्राउ गर्न प्रहरीले टोखामा गोली चलाएको छ। २०७९ साल असोज ३ गते काठमाडौंको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो । सोही घटनाका अभियुक्त गुड्डु पटेललाई पक्राउ गर्नका लागि प्रहरीले तीन राउन्ड गोली चलाएको हो । सोही घटनाको अनुसन्धानमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गोली चलाएर नियन्त्रणमा लिइएको जनाएको छ। उनलाई टोखा चण्डेश्वरी अस्पतालमा उपचारपछि उनलाई सोही घटनाको अनुसन्धानमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गोली चलाएर नियन्त्रणमा लिइएको जनाएको छ।

Read More

काठमाडौं । इस्लाम धर्मावलम्बीले आजदेखि एक महिने ‘रोजा’ (उपवास) सुरु गरेका छन् । इस्लाम परम्परामा रमजान महिनामा दिनभरि उपवास गरी मनाइने रोजा आजदेखि सुरु भएको हो । इस्लाम परम्पराका चाडपर्व हिजरी (उर्दू) सम्वत्को पात्रोअनुसार निक्र्यौल गरी रोजना मनाउने परम्परा छ । यसअनुसार हिजो ‘शावान’ महिना सकिएर आज रमजान सुरु भएसँगै रोजा उपवास थालिएको हो । रमजान इस्लामिक परम्पराको हिजरी सम्वत् अनुसार नवौँ महिना हो । चन्द्रमाको गतिले निक्र्यौल गरिने यो पर्वबारे नेपालका इस्लाम धर्मगुरुहरूले रमजान आजदेखि सुरु हुने ऐलान (सार्वजनिक) गरेपछि उपवास थालिएको यहाँका इस्लाम धर्मावलम्बीको भनाइ छ । हिजो साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्म गुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’…

Read More

काठमाडौँ । आज नेकपा एमालेको सचिवालय बैठक र जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक बस्दैछ । एमाले बैठक दिउँसो २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए । बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ । सत्ता सहकार्यमा रहेको नेपाली कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक पनि आजदेखि सुरु हुँदैछ । बैठक ललितपुरको भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुने सुरु प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

Read More

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालको लागि ३० जना कर्मचारी माग गरेको छ। नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै नगर अस्पतालका लागि भन्दै ती विभिन्न पदका ३० जना कर्मचारीको माग गरेको हो। इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने उल्लेख गरेको छ । सूचनाअनुसार मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्नेसियन, रेडियोग्राफर, फार्मेसी सहायक लगायतका पदमा दरखास्त आह्वान भएको छ । दरखास्तपछि सफल हुने उम्मेदवारलाई करारमा नियुक्ति गरिने सूचनामा उल्लेख छ । यस्तो छ नगरपालिकाले जारी गरेको सूचना

Read More

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको चर्काचर्की पछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकी युरोपतिर लागेका छन् । अमेरिकासँग युक्रेनमा रहेको खनिज उत्खनन सम्बन्धी सम्झौता गर्न ह्वाइट हाउस पुगेका जेलेनस्कीले शनिबार बिहान ट्रम्पसँग चर्काचर्की गरेका थिए । तिम्रो विवादपछि डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट निस्किन आदेश दिएपछि उनी अमेरिकी राष्ट्रपति कार्यालयबाट बाहिर निस्किएका थिए । अमेरिकासँगको विवादपछि बेलायती प्रधानमन्त्रीको निमन्त्रणामा उनी सिधै युरोपतिर हानिएका हुन् । जेलेन्स्की आफ्नो प्रतिनिधिमण्डलसहित लन्डन पुगेका छन्। त्यहाँ शनिबार उनलाई बेलायती प्रधानमन्त्री केयर स्टारमरले न्यानो स्वागत गर्दै युक्रेनलाई आफ्नो साथ यथावत् रहने बताए। स्टारमरले न्यानो स्वागत गर्दा जेलेन्स्की मुस्कुराइरहेको तस्बिर सार्वजनिक भएको छ। स्टेइमर र जेलेन्स्कीबीच डाउनिङ स्ट्रिटमा भएको…

Read More

काठमाडौँ । नेपालबाट हिउँदे वर्षा र हिमपात पार्ने प्रणाली बाहिरिएको छ । शुक्रबार र शनिबार देशका विभिन्न स्थानमा भएको वर्षा र हिमपातसँगै सोप प्रणाली नेपालबाट बाहिरिएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार अब देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आइतबार बिहान देशका पहाडी भूभागको मौसम आंशिक मात्रै बदली छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई रु पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गराउने भएको छ । कामपा वातावरण विभागका अनुसार कामपा क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे रु पाँच हजारदेखि १५ हजारसम्म कारबाही गर्ने भएको हो । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार जथाभावी फोहर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रुपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो । यदि कामपाको आग्रहलाई बेवास्ता गरी सार्वजनिक स्थानमा फोहर फालेको कामपाको अनुगमन टोलीले भेटे कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन,…

Read More

काठमाडौं । राष्ट्रिय सभामा बहुमत नपुगेर रोकिएको अध्यादेश फागुन २२ गते संसदमा निर्णयार्थ पेश गर्ने सत्तापक्षले तयारी गरेको छ । शुक्रबार बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले फागुन २२ गतेभित्र संसदमा पेश गरिएका अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरेको हो । बैठकले सत्तारुढ लोसपा र जसपालाई पनि अध्यादेश पारित गर्नका लागि सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ । राष्ट्रियसभामा कांग्रेस र एमालेसँग बहुमत छैन । राष्ट्रियसभामा तीन सीट रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र एक सीट रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी खासगरी भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिँदा सत्तारुढ दललाई अप्ठ्यारो परेको छ । राष्ट्रिय सभामा सत्तारूढ…

Read More

काठमाडौँ । पछिल्लो २४ घण्टादेखि देशका विभिन्न क्षेत्रमा हुँदै आएको वर्षा आज दिउँसोदेखि रोकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज पश्चिम क्षेत्रमा ६६ मिलिमिटरसम्म वर्षा भएको छ । उनले यो रेकर्डलाई भारी वर्षाका रुपमा लिइने गरिएको जानकारी दिए। उनका अनुसार पछिल्लो २४ घण्टामा कालिकोटको रासकोट मापन केन्द्रमा ६६.२ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बाजुरामा ५६, बैतडीमा ५२.६ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो । त्यसैगरी मध्यम वर्षा डडेलधुरामा ४६, अछाम ३१, हुम्लाको सिमिकोट ३५.२ मिलिमिटर वर्षा भएको छ । यता गण्डकी…

Read More

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको सतुङ्गलगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, वौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धिलगायतका कार्यका लागि बिजुली कटौती हुने जनाएको हो । आज बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म ती स्थानमा बिजुली काटिने भएकाले ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ । तोकिएको कार्य समय अगावै पूरा भएमा निर्धारित अवधि अगावै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ । यस्तै, मूलपानी सवस्टेशन निर्माण आयोजनाले पनि आज बेलुकीसम्म नै बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क , जोरपाटी, बालाजु र कुलेश्वर…

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सोभियु निर्वाचनका लागि १३ बुँदे निर्देशन जारी गरेको छ ।त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा क्याम्पस र कलेज निर्वाचन समितिलाई १३ बुँदे निर्देशन जारी गरेको हो । चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि केन्द्रीय अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो । यस्ता छन् त्रिविले जारी गरेको १३ बुँदे निर्देशन : १- क्याम्पस कलेजले आवश्यकता अनुसार ३ देखि अधिकतम ७ सदस्यीय निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समिति गठन गर्न सक्नेछ । साथै विशेष आवश्यकताका आधारमा अन्य समिति समेत गठन गर्न सकिनेछ । २- संघ सङ्गठन समूह दर्ता फारम एजेन्ट…

Read More

काठमाडौँ । सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्प धेरै जिल्लामा महसुस गरिए पनि सात जिल्लामा भने असर पु¥याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्राप्त विवरण अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक, भोजपुर, काठमाडौँ, दोलखा, सङ्खुवासभा, म्याग्दी र धादिङमा मानिस घाइते हुनुका साथै केही घरमा क्षति भएको जानकारी दिए । उनका अनुसार भूकम्पका कारण ती जिल्लाका छ जना घाइते भएका छन् । सबै क्षेत्रमा गरेर कूल एक पूर्ण र तीन आंशिक गरी चार घर तथा एउटा गोठमा क्षति पुगेको छ । सिन्धुपाल्चोकको कोदारीमा एक प्रहरी कार्यालयमा पनि आंशिक क्षति पुगेको प्रहरीले…

Read More

काठमाडौंं । भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि भन्दै आज विद्युत प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत कटौती गर्न लागेको छ। प्राधिकरणले एक सूचना जारी गर्दै महाराजगंज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने क्षेत्रमा बिजुली कटौती गर्न लागेको जनाएको हो। लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिहान १० देखि दिउँसो ३ बजेसम्म लाइन काटिने प्राधिकरणको सूचनामा उल्लेख छ। तोकिएको काम समयअगावै पूरा भए निर्धारित अवधिअघि नै बिजुली प्रदान गरिने प्राधिकरणले उल्लेख गरेको छ । यस्तै, प्राधिकरणले ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ ।

Read More

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज दिउँसो हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो २ बजेपछि काठमाडौँका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना देखिएको हो। मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौंमा आज २/३ बजेपछि हल्का वर्षा भएपनि राति भन्दै पानी पर्ने सम्भावना छैन। भोलि पनि काठमाडौंमा बदली र वर्षाको सम्भावना छ । आजजस्तो हल्का वर्षा नभए पनि भोलि काठमाडौंको छिटपुट वर्षाको सम्भावना रहेको हो ।

Read More

काठमाडौँ । शुक्रबार बिहान १:५१ मा गएको भूकम्पमा ठूलो क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर गएको ६. १ रेक्टर स्केलको भूकम्पले कुनै पनि मानवीय क्षति नभएको प्रशासनले जनाएको हो। हालसम्म प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारका एक कैदी घाइते भएका छन् । त्यस्तै, इलाका प्रहरी कार्यालय कोदारीको भवन चर्किएको छ । सो कार्यालयमा बस्ने जवानहरू भने सुरक्षित छन् । भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ । उक्त पहिरोमा मानवीय क्षति भने हुन नपाएको नेपालीले बताए ।

Read More