

काठमाडौँ । आज नेकपा एमालेको सचिवालय बैठक र जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक बस्दैछ ।
एमाले बैठक दिउँसो २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए । बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ । सत्ता सहकार्यमा रहेको नेपाली कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् ।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक पनि आजदेखि सुरु हुँदैछ । बैठक ललितपुरको भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुने सुरु प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।