Author: Kathmandu Khabar

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ। सोमबार अर्थमन्त्रालयले एक सूचना जारी गर्दै योग्यता पुग्ने नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। पछिल्लो समय नेप्सेको सिइओका लागि खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिँदै आएको छ। सोही अनुसार फागुन १८ गतेभित्र इच्छुक योग्यता पुगेका नागरिकले आवेदन दिन सक्नेगरी सूचना जारी गरिएको हो । अन्य योग्यता र सूचनाको विस्तृत जानकारी यस्तो छ ।

Read More

काठमाडौ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पाँचौं अधिवेशनको ११ औँ बैठक सोमबार बस्दैछ । बैठक दिनको १ बजे सुरु हुनेछ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा चारवटा कार्यतालिका तय गरिएको छ। जसमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी सम्बन्धी विधेयक प्रस्तुत गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र अन्य सांसदहरुले समसामयिक विषयमा जरुरी महत्वको प्रस्ताव पेश गर्ने कार्यतालिका तय गरिएको छ। आजको बैठकमा सांसद राजेन्द्र बजगाईले “नेपालका ग्रामिण क्षेत्रमा बाँदर र जङ्गली सुँगुर ( बँदेल ) को आतङ्कबाट खेतीबाली नष्ट भई किसानहरूको सुरक्षामा समेत खतरा पैदा भएकाले समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु…

Read More

काठमाडौ । फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा एक खेलअघि नै फाइनलमा पुगेका नेपाल र म्यानमारको खेल बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रगशालामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा म्यानमारसँग नेपालले २–२ को बराबरी बनाएको हो । यो सँगै नेपाल र म्यानमारले एक एक अङ्क बाँडेका छन् । खेलमा लगातार दुईपटक पछि परेको नेपालले उत्कृष्ट पुनरागन गर्दै हारबाट जोगिएको हो। खेलमा नेपालकी गोलरक्षक अञ्जना राना मगर, फरवार्ड सावित्रा भण्डारी र सविता रानामगरले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

Read More

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सांसदहरुले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)मार्फत् नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गरे । अर्थसमितिको आजको बैठकमा सांसद गङ्गा कार्कीले युएसएडमार्फत् नेपालमा भएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धोखाधडी (फ्रड) भनेको उल्लेख गर्नुहुँदै उक्त रकम कहाँ र कसरी खर्च भएको थियो भनेर सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखे । ‘युएसएडमार्फत् नेपालको वित्तीय सङ्घीयताका लागि अमेरिकाले दिएको रकमलाई त्यहाँका राष्ट्रपतिले नै ‘फ्रड’ हो भनेका छन् । अनौपचारिकरूपमा बुझ्दा उक्त रकम प्राकृतिक स्रोत तथा वित्त आयोगमार्फत् खर्च भएको भन्ने जानकारी पाएको छ । यस विषयमा आयोगसँग जवाफ मागिनुपर्छ”, सांसद कार्कीले भने । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले…

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । सम्पत्ति शुद्धीकरणमा नेपाल पुन: ग्रे लिस्टमा परेको भन्दै बैठकको विशेष समयमा बोल्दै सापकोटाले यो सरकारको असफलताको सूचक भएको बताएका हुन् । उनले यस्तो असफल भएर बस्नुभन्दा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् । सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको उनले बताए । यस घटनाले सरकार सम्पूर्ण रूपमा असफल भएको सङ्केतका रूपमा लिनुपर्ने भन्दै उनले…

Read More

काठमाडौं । प्रतिनिधि सभामा आज ताप्लेजुङमा भइरहेको अशान्तिको अवस्था अन्त्य गर्न माग उठेको छ । सांसदहरूले पाथिभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको भन्दै केबलकार निर्माण तत्काल रोकेर जनतासँग वार्तामार्फत् समस्या समाधान गर्न माग गरेका हुन् । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज सांसदहरूले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। बैठकमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना बुझ्न नखोज्दा पाथिभारा रणमैदानमा परिणत भएको उल्लेख गर्दै एक व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता लडाउने काम भएको टिप्पणी गरे। सांसद योगेश भट्टराईले ताप्लेजुङ् जिल्लास्थित पाथीभरा मुकुलुङ क्षेत्रमा केबलकार बनाउने विषयलाई…

Read More

काठमाडौँ । महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि बत्तीले सिँगारिएको छ । बत्तीका कारण रातभर पशुपति क्षेत्र जाज्वल्यमान देखिन थालेको छ । विभिन्न स्थानमा नेपालको झन्डा आकारमा बनाइएका बत्तीले भक्तजनलाई थप आकर्षित गरिरहेको छ । भुवनेश्वरीमार्गदेखि नै बत्ती र फूलले आकर्षक सजावट गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए । बत्ती र फूलले सजावट गरिएको पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा गरिएको रङरोगन पनि अन्तिम चरणमा पुगेको छ । रङरोगनले पशुपति क्षेत्र आकर्षक बेनेको छ । नेपालको झन्डा…

Read More

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आज नेपालले म्यानमारसँग खेल्ने भएको छ। चार देश सम्मिलित च्याम्पियनसिप फुटबल अन्तर्गत आजको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ । नेपाल र म्यानमारले यसअघिको खेलमा जित हाँसिल गरेर फाइनल स्थान सुरक्षित गरिसकेका छन् भने गोल अन्तरका आधारमा म्यानमार नेपालभन्दा अगाडि छ। एक खेल अगाडि नै फाइनलमा पुगिसकेका यी दुई टोलीको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। नेपालले लेबनान र किर्गिस्तान दुवैलाई १–० गोल अन्तरले पराजित गरेको थियो भने म्यान्मारले किर्गिस्तानलाई ५–० र लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । यस्तै, आज दिउँसो १ बजे हुने पहिलो खेलमा लेबनान र किर्गिस्तान…

Read More

काठमाडौँ । प्रहरी र केवलकार विरोधी पक्षबीचको पटकपटकको झडपपछि स्थिति असामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कर्फ्यु आदेश जारी गरेको छ। ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका बजार र आसपासका क्षेत्रमा आइतबार बिहान ५ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको हो। कुनै पनि हालतमा ताप्लेजुङको पाथिभरा क्षेत्रमा जन्मेको कलकार बनाउन नदिने स्थानीयको अडान र जसरी पनि बनाउने सरकारको निर्णय ढिपीका कारण पछिल्लो समय सो क्षेत्र तनावग्रस्त बन्दै आएको छ। शनिबार मात्रै पनि प्रहरी र स्थानीय बीच झडप हुँदा छ प्रहरीसहित ७ जना घाइते भएका थिए। सो घटनापछि परिस्थिति असामान्य बन्न लागेको भन्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। जिल्ला प्रशासन…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे प्रदेशको संख्या घटाउन सकिने बताएका छन् । शनिबार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । सात वटा प्रदेश ९ वटा हुनसक्ने र सात वटा प्रदेश ५ वटा हुन सक्ने पनि बताएका हुन् । नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने उनको भनाइ थियो । उनले देश, विकास र जनताको आवश्यकताअनुसार सुधार हुने कुरालाई रुवाबासी गर्न जरुरी नरहेको जिकिर गरे । प्रधानमन्त्री ओलीले भने, ‘अब त्यस्तो ठूलो केही राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्नुपर्ने केही छैन, रिफर्महरु गर्नुपर्ने हुनसक्छ । सुधारहरू गर्नुपर्ने हुनसक्छ ।…

Read More

काठमाडौं । माधव नेपाल आफैँमा अनुहार हेर्दै पनि सधैं रिसाइरहेका जस्ता देखिन्छन् । यो उनको व्यक्तिगत स्वभाव हो यसमा धेरै टिप्पणी गर्नु न्यायसंगत हुँदैन । तर उनी आफ्नै पर्टीले स्टाफ कलेजमा पार्टी कार्यकर्ताहरूसँगको केन्द्रीय समितिको बैठकमै उनले देखाएको रौद्र रुपले भने उनलाई आलोचनाको पात्र बनाएको छ । अहिले नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको पूर्ण बैठक दुई दिनदेखि ललितपुरमा जारी छ। शनिबार जब केन्द्रीय सदस्य आरती लामाले बोल्ने पालो आयो उनले आफूले निर्वाह गर्दै आएको अनेरास्ववियु अध्यक्षको जिम्मेवारी खोसेर अर्कैलाई जिम्मा दिएको प्रसंग बैठकमा उठाइन् । पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) का विषयमा कुरा उठाएकी थिइन् । उक्त अपानिमार्फत दोहोरो…

Read More

काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल रू ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदनअनुसार यो अवधिमा रू नौ खर्ब ८८ अर्ब ५८ करोडको आयात र रू एक खर्ब २७ अर्ब २० करोडको निर्यात भएको हो । विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १० दशमलव ०९, निर्यात ४६ दशमलव ५० र कूल वैदेशिक व्यापार १३ दशमलव ३० प्रतिशतले बढेको छ । त्यस्तै, गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कुल…

Read More

काठमाडौं । निजी क्षेत्रका ऊर्जा उद्यमीले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई पूरा गर्न सबैको सार्थक सहयोग जरुरी रहेकामा जोड दिएका छन् । रणनीतिक महत्वको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ कार्यान्वयलाई सहयोग गर्न र लगानी विस्तारका लागि जलविद्युत आयोजनाको संस्थापक शेयरमा क्राउड फाइनान्सिङको माध्यमबाट लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने उनीहरुको धारणा छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)ले ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरिदिन संघीय संसद्को सार्वजनिक लेखा समितिलाई आग्रह गरेको छ । लेखा समितिको २०८० पुस १२ को बैठकले साधारण शेयर बिक्री गर्न ‘रियल नेटवर्थ’ ९० भन्दा बढी…

Read More

काठमाडौं । ह्वाइट हाउसले शुक्रबार युक्रेनले ‘धेरै छोटो अवधिमा’ वासिङ्टनलाई यसको खनिज भण्डारहरूमा पहुँच दिने सम्झौतामा हस्ताक्षर गर्ने कुरामा जोड दिएको छ । यसअघि सम्झौतामा हस्ताक्षर गर्न युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीको कमीका कारण अस्वीकार गर्नुभएको थियो । “हेर्नुहोस्, यहाँ मुख्य कुरा के हो भने राष्ट्रपति जेलेन्स्कीले त्यो सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ र तपाईंले त्यो धेरै छोटो समयमै देख्नुहुनेछ र यो युक्रेनका लागि राम्रो हो”, ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले राजधानी वासिङ्टनको बाहिरी भागमा आयोजित कन्जर्भेटिभ पोलिटिकल एक्शन कन्फरेन्स (सिपिएसी) का सहभागीहरूलाई भने ।

Read More

काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको परिपालनामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) को ‘ग्रे लिष्ट’ मा परेको छ । फ्रान्सको पेरिसमा आज सकिएको एफएटिएफको पूर्ण बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष एलिसा डे आन्दा माद्राजोले यसबारे जानकारी दिए । नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन निर्माणमा उल्लेख्य प्रगति गरेको भए पनि संरचनागत र व्यावहारिक सुधारमा कमजोर देखिएको भन्दै एफएटिएफले यस्तो निर्णय लिएको हो। त्यस्तै सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मामलामा नेपालको अनुसन्धान एवं अभियोजन निकै फितलो थियो । यसलाई पनि महत्त्वपूर्ण कारण ठानिएको छ । नेपाल एफएटिएफको ‘ग्रे लिष्ट’ मा परेको यो दोस्रोपटक हो । यसअघि नेपाल सन्…

Read More

काठमाडौं । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा सरकारी ऋण रू २६ खर्ब ११ अर्ब छ करोड पुगेको छ । ‘चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा माघ मसान्तसम्ममा रू एक खर्ब ७६ अर्ब ९६ करोड थपिएको छ । हालसम्मको कुल सार्वजनिक ऋण जिडिपी अनुपातमा ४५ दशमलव ७७ प्रतिशत हुनआउँछ’, कार्यालयको प्रतिवेदनमा भनिएको छ । कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५० दशमलव ८७ र आन्तरिक ऋणको हिस्सा ४९ दशमलव १३…

Read More

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनका लागि धेरैभन्दा धेरै सुविधा दिइने बताए । पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा भइरहेको तयारीको आज बिहान अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वका विभिन्न स्थानबाट पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि सुविधा दिन अहिले पनि काम भइरहेको बताए । पशुपति क्षेत्रका विभिन्न स्थानमा अहिले पनि खानेपानीका पाइप बिच्छ्याउनेलगायत काम भइरहँदा महाशिवरात्रिका अवसरमा आउने भक्तजनका लागि असहज हुने भएकाले छिटो व्यवस्थापन गर्न सरोकार भएका निकायलाई समन्वय गर्न लागिएको कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले बताए । महाशिवरात्रिको तयारीका लागि सरकारी निकायसँगै विभिन्न सामाजिक सङ्घ संस्था र…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गङ्गाजमुना गाउँपालिका–५ बस्ने ५५ वर्षीय साने गुरुङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उक्त घटनापछि फरार रहेका रोलरका चालक मकवानपुरका उमेश स्याङतानलाई काठमाडौँको नागार्जुन नगरपालिका–१० स्युचाटारबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनका अनुसार उनलाई पक्राउ गरी आजै थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।

Read More

काठमाडौं । अमेरिकी सहयोग संस्था युएसएडले दिँदै आएको सहयोग बन्द गर्ने क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिप्रति काठमाडौँ महानगरपालिकाका बालेन शाहले जवाफ फर्काएका छन् समसामयिक विषयमा चोटिलो जवाफ प्रहार गर्ने गरेका बालेनले ट्रम्पलाई सामाजिक सञ्जाल मार्फत जवाफ फर्काएका हुन्। बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देश राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद दिएका छन् । बालेनले ट्रम्पलाई ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएको’ भन्दै धन्यवाद दिएका हुन् । उनले अमेरिकीले देश बनाउन नसक्ने भन्दै अल्छी मानिसलाई बाँकी संसार चाहिने कुरा बुझ्न ट्रम्पलाई सुझाव दिए। शाहले लेखेका छन्, ‘हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो भएको आभास गराइदिनु भएकोमा…

Read More

काठमाडौं । नेपाल टेलिकमले खुल्ला तथा समावेशी प्रतियोगिताबाट पदपूर्तिका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। शुक्रबार बिहान एक सूचना जारी गर्दै जुनियर टेक्निसियनदेखि उपप्रबन्धकसम्मको पदका लागि दरखास्त आह्वान गरेको हो। योग्य उम्मेदवारले www.ntc.net.np वा recruit.ntc.net.np वेबसाइटमा गएर अनलाइनमार्फत् आवेदन दिन सक्ने छन् ।

Read More

फुङ्लिङ । पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकारको विषयलाई लिएर बिहिबार दिउँसो प्रदर्शनकारी र आन्दोलनरत पक्षबीच हिंसात्मक झडप भएको छ। जसमा परी १२ जना प्रहरी र एकजना आन्दोलनकारी घाइते भएका छन् । आन्दोलनकारीसँग मन्त्री स्तरीयवार्ताबाट समेत सहमति हुन नसकेपछि केवलकार बनाउनु हुँदैन भन्ने पक्ष आन्दोलनरत छ। सरकार भने स्थानीय मर्मभन्दा बाहिर गएर जबरजस्ती केवलकार बनाउनुपर्छ भन्ने अडानमा लाग्दा झडप हुन पुगेको हो। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार केबलकारको विरोध गर्दै आएको पक्ष र प्रहरीबीच झडप हुँदा ११ जना प्रहरी, एक जना आन्दोलनकर्मी र एक जना सर्वसाधारण घाइते भएका छन् । प्रहरीतर्फ घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी छन् ।…

Read More

काठमाडौँ । आज अन्तरराष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवद्र्धन गर्नु यो दिवसको मुख्य उद्देश्य हो । सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो । यद्यपि संयुक्त राष्ट्रसङ्घको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको हो । आज भाषाहरूले विकास, सांस्कृतिक विविधता र अन्तरसांस्कृतिक संवाद सुनिश्चित गर्न पेरिसस्थित युनेस्कोको प्रधानकार्यालयमा ‘प्राविधिक संवाद, उच्चस्तरीय छलफल सत्र र सांस्कृति प्रदर्शन’ लगायत…

Read More

काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक रविन्द्र केसीको राजीनामा स्वीकृत गर्नेसहित १३ वटा महत्वपूर्ण विषयमा निर्णय गरेको छ । त्यस्तै, सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ। सरकारले आगामी वर्ष २०८२ को वर्षभर दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धाणका विषयमा पनि स्वीकृत गरेको बताए। सरकारले औद्योगिक व्यावसाय पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गरेको छ। यस्ता छन् फागनु ६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू : १) सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१, एउटै प्रकृतिका कामका लागि स्थापना भएका अलग अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्ने सम्बन्धी अध्ययन…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ महानगरपालिकाको नेतृत्वमा प्रशंसायोग्य काम भइरहेको बताएका छन् । नित्यनाथ सत्तलको पुनःनिर्माणको शिलान्यास गर्दै थापाले सम्पदा संरक्षणमा कामपाले गरेको कामको प्रशंसा गरेका हुन् । उनले भने, “जनसरोकारका काममा यसअघि संघ र प्रदेश सरकारसँग बजेट माग्नु पथ्र्यो अहिले कामपाले बजेटको अभाव महसुस हुन दिएको छैन । यो राम्रो काम हो ।’ कामपा–८, नवाली टोलमा रहेको १९औँ शताब्दीमा निर्मित सत्तल पुनःनिर्माणको महामन्त्री थापासहित, वडाध्यक्ष आशामान सङ्गत, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र वडा सदस्यहरुले एकैपटक पाँच ठाउँमा जग राखेर शिलान्यास गरेका थिए । सत्तल पुनःनिर्माणका लागि करबाहेक रु दुई करोड २७ लाखमा निर्माण…

Read More

काठमाडौं । काठमाडौँको हनुमान ढोकामा रहेको सानो पशुपतिनाथ मन्दिर अगाडि एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय काठमाडौँका अनुसार मृत भेटिएका व्यक्तिको सनाखत हुन सकेको छैन । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्ति पहिचान गरी पक्राउ गरेको र दुवै जनाले हत्या स्वीकार गरेको परिसरका एक अधिकृतले बताए ।

Read More

काठमाडौं । गत आइतबार मृत्यु भएकी बुटवलकी प्रकृति लम्सालको नाममा ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले छात्रवृत्ति कार्यक्रमको घोषणा गरेको छ । उनको शंकास्पद मृत्युपछि अनुसन्धानरत रहेको सो घटनापछि क्याम्पसले नेपाली विद्यार्थीका लागि लम्सालको नामा छात्रवृत्ति घोषणा गरेको युनिभर्सिटीले सामाजिक सञ्जाल एक्समा लेखेको छ । युनिभर्सिटीका सञ्चालक प्रा. अच्युदानन्द सामन्तले नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नवीन अधिकारीसँगको भेटमा यस्तो सहमति गरेका थिए । त्यसक्रममा प्रकृतिलाई न्याय दिलाउने विषयमा छलफल भएको भनिएको छ । उनको मृत्युमा भारतीय प्रहरीहरूले छानबिन गरिरहेको छ भने एक अभियुक्तलाई पक्राउ समेत गरेको छ । नेपाली छात्रहरूमाथि दुर्व्यवहार गर्ने कर्मचारीमाथि क्याम्पसले…

Read More

काठमाडौ। मौसम विज्ञान विभागले आज मधेसबाहेक बाँकी ६ वटै प्रदेशमा वर्षा र हिमपातको सम्भावना देखिएको जनाएको छ । विभागले आजको मौसमबारे बुलेटिन जारी गर्दै हल्का वर्षाको संभावना रहेको जनाएको हो । महाशाखाका अनुसार आज राजधानी काठमाडौँमा भने छिटपुट मात्र वर्षाको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार काठमाडौँको कताकता हल्का वर्षाको संभावना रहेको हो ।

Read More

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विश्वास पात्र भनिएको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकी माथि तानाशाही भएको आरोप लगाएका छन् । युक्रेन संकटको विषयमा रुससँग दुईपक्षीय वार्ता गरेपछि ट्रम्पको यस्तो भनाइ आएको हो। अमेरिकी सैन्य सहयोग नाटोको समूहमा प्रवेश गर्ने विषयमा विवाद भएर तनावग्रस्त बनेको रसिया र युक्रेन सम्बन्धमा ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि नयाँ परिस्थिति सिर्जना भएको छ । युक्रेनलाई सहयोग र समर्थन गर्नुको साटो ट्रम्पले उल्टै रसियासँग वार्ता गरेपछि जेलेन्सकी तनावमा परेका हुन् । युक्रेनको अनुपस्थितिमा रुसी प्रतिनिधि मण्डल र अमेरिकी प्रतिनिधि मण्डलको युद्ध विरामका लागि साउदी अरेबियामा वार्ता भएपछि ट्रम्प र जेलेन्स्की आरोप प्रत्यारोपमा उत्रिएका हुन्। रुसले सञ्चालन…

Read More

काठमाडौं । ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको गृहजिल्ला रुपन्देही ल्याएर अन्त्येष्टि गरिएको छ । उनको शव गएराति रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ स्थित बैंकरोड कोलोनीमा ल्याइएको थियो । त्यसपछि स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिसक्दा आज विहीबार बिहान चार बजेको थियो । लम्साललाई उनका ७६ वर्षीय हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका छन्। प्रकृतिको भैरहवाको स्वर्गद्वारी घाटमा बुधबार राति अन्तिम बिदाइ गरिएको हो । अन्त्येष्टिमा सिद्धार्थनगरवासीको ठूलो उपस्थिति थियो । भारतबाट गोरखपुर हुँदै राति ९ बजे प्रकृतिको पार्थिव शरिर भैरहवा ल्याइएको थियो । उनका बुवालगायतका अभिभावक अर्को उडानबाट आउन ढिलो भएको कारण शवलाई भैरहवास्थित…

Read More

वीरगञ्ज (पर्सा) । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआइटी) मा अध्ययरत एक सय २६ जना विद्यार्थी रक्सौल नाका हुँदै नेपाल फर्किएका छन् ।  केआईआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थीहरु असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले आज एक सय तीन छात्र र २३ छात्रा फर्किएको जानकारी दिए । निमित्त प्रजिअ गौतमले फर्किएका विद्यार्थीले केआईआइटीका प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो गरेको जानकारी दिए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आज वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासदेखि घण्टाघर चोकसम्म मृत्यु भएकी विद्यार्थी लम्सालले…

Read More