Author: Kathmandu Khabar

गण्डकी । पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटन सत्रमा अशुभ घटना घटेको छ । शनिबार भ्रमण वर्ष उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका छन् । रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो भने उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको थियो । महानगरप्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल हस्पिटल लगिएको उनका प्रेस संयोजक भीम थापाले जानकारी दिए । उपपप्रधान तथा अर्थमन्त्री पौडेलको पनि उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले पार्टीको १५औँ महाधवेशनमा सक्षम र पार्टीलाई बलियो बनाउन सक्ने उम्मेदवारलाई समर्थन गर्ने बताएका छन् । १४ औँ महाधवेशनमा संस्थापन पक्षमा रहेका नेताहरुसँगको शुक्रबारको भेटमा देउबाले यस्तो जवाफ दिएका हुन । बैठक शुक्रबार बिहान ९ बजेदेखि १२ बजेसम्म भएको थियो । ११ जना नेताहरू सहभागी सो बैठकमा नेताहरूले आफूहरू पुरानो रहेको र लामो समयदेखि सभापतिलाई सहयोग गर्दै आएकोले १५ महाधिवेशनमा आफूहरूलाई समर्थन गर्नुपर्ने माग गरेका थिए । जवाफमा देउवाले कांग्रेसको विरासत जोगाउन सक्ने सक्षम व्यक्तिलाई सहयोग गर्ने जवाफ दिए पनि त्यो सक्षम व्यक्ति को हो भन्ने खुलाउन चाहेनन् । बैठकमा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति…

Read More

काठमाडौँ ‌। करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीका बीच हमासले आज थप तीनजना बन्धक क्रिया गर्ने तयारी गरेको छ। शनिबार रिहा गर्ने तीनजनाको नाम हमासले शुक्रबार साँझ सार्वजनिक गरेको हो। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शनिबार रिहा हुने बन्धकहरूमा इजरायली–रूसी साशा ट्रुपानोभ, इजरायली–अमेरिकी सागुई डेकेल–चेन र इजरायली–अर्जेन्टिनाका यायर हर्न रहेको जनाएको छ । प्यालेस्टिनी लडाकू समूह हमासले यस हप्ताको अन्त्यमा तीन जीवित बन्धकहरूलाई रिहा गर्ने वा गाजामा पुनः युद्ध सुरु गर्नेमध्ये एक विकल्प रोज्नुपर्ने इजरायली चेतावनीपछि हमासले थप तीन बन्धकको रिहाइका लागि सहमति जनाएको हो । असअघि, हमासले युद्धविरामको स्पष्ट उल्लङ्घन भएको भन्दै रिहाई रोक्ने बताएको थियो ।…

Read More

काठमाडौं । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत लाइन कटौती गर्ने सूचना जारी गरेको छ। प्राधिकरणका अनुसार शनिबार दिउँसो करिब ४ घण्टा महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडरअन्तर्गत पर्ने स्थानहरुमा बिजुली काट्न लागिएको हो । प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोङ्गबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न १५ बजेसम्म बिजुली प्रवाह रोकिनेछ । सो फिडर अन्तर्गत वितरित विभिन्न स्थानलगायतका क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न गर्न प्राधिकरण क्रियाशिलसमेत रहने सूचनामा उल्लेख छ। यस्तै, सोही वितरण केन्द्रकै हस्पिटल फिडरअन्तर्गत पर्ने त्रिभुवन…

Read More

काठमाडौँ । झन्डै दुई तिहाई बहुमतको सरकार बनेपनि अध्यादेशको विषयमा अनिर्णित बनेपछि आज सत्तारुढ दलको बैठक बस्दैछ। दिउँसो ११ बजे बस्ने बैठकले संसदमा अध्यादेश कार्यसूचीमा राख्ने विषयमा छलफल गर्ने तयारी छ । अध्यादेशको विषय पेचिलो बन्दै गएपछि शुक्रबार सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । बैठकले शनिबार सत्तापक्षीय सबै दलको बैठक बस्ने र त्यसले अध्यादेशको बारेमा समेत टुङ्गो लगाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्न बैठक बोलाइएको नेताहरूको भनाइ छ । सत्ता पक्षीय बैठकमा टीआरसीका विषयमा पनि छलफल गर्ने सत्तापक्षको तयारी रहेको छ । त्यस्तै कार्यदल बैठकले संविधान संशोधनका लागि…

Read More

काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली काँग्रेसले २०८४ मा बहुमत ल्याउने दाबी गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कुनै बेला काँग्रेसको कट्टर विरोधी रहेका झलनाथ खनालले अहिले भने काँग्रेसले बहुमत ल्याउने दाबी गरेका हुन् । नेता खनालले कांग्रेस यही ढाँचाबाट अघि बढे काँग्रेसले बहुमत ल्याउने सम्भावना रहेको बताए। साथै, यही अवस्थाले एमाले एक्लै बहुमत ल्याउँछु भनेर हिँडे एमाले दुर्घटनामा पर्ने खनालले टिप्पणी गरे । नेता खनालले ०८४ आउँदै गरेको भन्दै कांग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी गरिरहेको दाबी गरे।

Read More

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा प्रदेश र स्थानीय तहले गरेका कार्यसम्पादनलाई विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको नतिजाअनुसार कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क सुदूरपश्चिम प्रदेशले पाएको छ । सुदूरपश्चिमको ५१ दशमलव छ अङ्क छ । त्यसैगरी, कोशीले ५० दशमलव नौ, बागमतीले ४५ दशमलव छ, कर्णालीले ४१ दशमलव छ, गण्डकीले ४० दशमलव आठ र लुम्बिनीले ३५ दशमलव नौ अङ्क प्राप्त गरेको छ । कार्यसम्पादनमा सबैभन्दा कमजोर मधेस प्रदेश देखिएको छ, मधेस प्रदेशले ३०…

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम अब ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्न थोलेको छ । ट्रान्सक्रिप्टलगायतका सबै प्रमाणपत्रका लागि घरबाटै नै फाराम भर्ने व्यवस्था गर्न थालिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । आगामी चैतदेखि कुनै पनि प्रमाणपत्रका लागि कार्यालय नआउने गरी अनलाइन फाराम भर्ने व्यवस्था गर्न थालिएको उनले बताए । त्रिवि पनिकाले यसअघि पनि ट्रान्सक्रिप्टका लागि अनलाइन फाराम भर्ने व्यवस्था गरे पनि सफल हुन सकेको थिएन । ‘अनलाइन फारामका लागि नयाँ सर्भर बनाएर सफ्टवेयर जोड्दैछौँ, अबको दुई हप्तामा यो काम हुन्छ । त्यसपछि विद्यार्थीले जहाँसुकैबाट अनलाइनमार्फत सेवा लिन सक्नेछन्’, परीक्षा…

Read More

काठमाडौं । बालेनले नेतृत्व गरेको काठमाडौँ महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन जिल्लाभरिकै सबैभन्दा कमजोर देखिएको छ। प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा काठमाडौँ महानगरपालिकाका ११ पालिकाहरूमध्ये काठमाडौँ महानगरपालिका अन्तिम स्थानमा रहेको हो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा महानगरपालिकाको ५४.३ अंक आएक आएको हो । १७ वटा विभिन्न सूचकमा आयोगले गर्ने मूल्यांकनमा १०० अंकमा महानगरले मुस्किलले आधा कटाएको हो । यस्तै, काठमाडौं जिल्लामा रहेको अन्य १० नगरहरूमा कीर्तिपुर नगरपालिका ६३.४, शंखरापुरले ६८.१, चन्द्रागिरी ६७.१, टोखा ५८.६, तारकेश्वरले ७१.३, नागार्जुनले ७०.६, बूढानीलकण्ठले ६०.८, दक्षिणकालीले ५४.७, कागेश्वरी मनोहरा ६२.८, गोकर्णेश्वर नगरपालिकाले ६४.४ अंक ल्याएका छन् ।

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रदूषण परीक्षण गरेका नौ सय ४५ वटा सवारीसाधनमध्ये पाँच सय १५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ । कामपाले गत पुस २९ देखि सुरू गरेको सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षणमा दुई सय ४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र छ सय ९६ वटा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण गर्दा चार सय ७१ वटा तोकिएको मापदण्डभन्दा विपरीत भेटिएको जनाएको छ । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार कामपाले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’, ‘फोहरमैला सङ्कलन तथा ढुवानी कार्यविधि, २०८१’ जारी…

Read More

काठमाडौँ । भ्यालेन्टाइन डे एक विशेष दिन हो जुन हरेक वर्ष फेब्रुअरी १४ मा मनाइन्छ। यो दिन प्रेम र स्नेहको प्रतीक हो, जसमा मानिसहरूले आफ्ना प्रियजनहरूप्रति आफ्ना भावनाहरू व्यक्त गर्छन्। भ्यालेन्टाइन डेको इतिहास सेन्ट भ्यालेन्टाइनसँग जोडिएको छ, जो आफ्नो प्रेमको कार्यका लागि प्रसिद्ध थिए। यो दिन रोमान्टिक सम्बन्धमा मात्र नभई मित्रता र परिवारबीच पनि मनाइन्छ, जान्नुहोस् यस दिनसँग सम्बन्धित केही प्रश्नहरूको उत्तर :- १. भ्यालेन्टाइन डे कहिले मनाइन्छ? भ्यालेन्टाइन डे हरेक वर्ष १४ फेब्रुअरीमा मनाइन्छ । यो दिन संसारभर प्रेम र स्नेहको उत्सव हो। यस दिन, मानिसहरूले आफ्ना प्रियजनहरूलाई आफ्नो प्रेम व्यक्त गर्न विशेष तरिकामा समय बिताउँछन्। यो दिन विशेष…

Read More

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको छ । शुक्रबार सूचना जारी गर्दै बोर्डले २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको हो। साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा आगामी वैशाख ११ गते सुरु भएर वैशाख २४ गते सकिने सूचनामा उल्लेख छ। यस्तो छ परीक्षा तालिका

Read More

काठमाडौं । सडक डिभिजन कार्यालयल बुधबार मेलम्चीको पाइप फुटेर बिग्रिएको बबरमहलको सडक जस्ताको त्यस्तै बनाइदिन भन्दै पत्र पठाएको छ । बिहीबार कार्यालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई पत्र लेख्दै बिग्रिएको सरकार जस्ताको त्यस्तै बनाइदिन भनेको हो । बुधबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को पाइप विद्युत् प्राधिकरणको त्रुटीले गर्दा अरनिको राजमार्गअन्तर्गत पर्ने सडकको सर्भिस लेनमा क्षति पुगेको छ । पाइप फुटेपछि क्षति भएको सडक पुर्नस्थापनाको लागि डिभिजन सडक कार्यालय काठमाडौंले निर्देशन दिएको हो । डिभिजनले यस्तै घटना दोहोरिन सक्नेतर्फ पनि सचेत रहन कार्यालयले जनाएको छ । यस्तो छ डिभिजनले केयूकेएललाई लेखेको पत्र :

Read More

काठमाडौं । पशुपतिको सम्पत्तिमा भ्रष्टाचार गरेको मुद्दामा एमाले नेता निर्मल कुइँकेलसहित ९ जनालाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतको फैसला उल्टाउँदै बुधबार सर्वोच्चले यस्तो फैसला गरेको हो । न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले  एमाले नेता कुइँकेललाई छ वर्ष कैद र ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको सर्वोच्चको ठहर छ। उनले जरिवाना भने यसको दोब्बर तिर्नुपर्नेछ। कुइँकेल पशुपतिका पू्र्व सदस्यसचिव हुन् । कुइँकेलपछि हाल कोसी प्रदेशसभाका सचिव गोपाल पराजुली, पूर्व सदस्य सचिव सुशील नाहटा, तत्कालीन स्थानीय विकास अधिकारी प्रेमराज जोशी, तत्कालीन जिविसकै…

Read More

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा पुन: बाबुराम भट्टराई निर्वाचित भएका छन् । अन्य विभिन्न पदहरूमा सर्वसम्मत नेतृत्व चयन भए पनि अध्यक्ष पदमा भने बाबुरामलाई आफ्नै चेला नेत्रप्रसाद चापागाईंले चुनौती दिएका थिए । गत माघ २९ गते भएको निर्वाचनबाट अध्यक्षमा भट्टराईले कुल ७५१ मत पाएका छन् । प्रवासबाहेकको मतगणना सकिँदा भट्टराई र अध्यक्ष पदका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईँबीच ६११ मतान्तर रहेको थियो । चापागाईंले भने केवल ७१ मत मात्रै प्राप्त गरे । निर्वाचनको अन्तिम परिणाम नआएको भए पनि गन्न बाँकी मतभन्दा मतान्तर धेरै रहेकोले भट्टराई निर्वाचित हुने निश्चित रहेको बताइएको छ । अन्तिम मतपरिणाम भने साँझ पाँच बजे…

Read More

काठमाडौँ । दोस्रो कार्यकालका लागि निर्वाचित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न क्रान्तिकारी कार्यकारी आदेश जारी गर्ने क्रममा डाइभर्सिटी इमिग्रेन्ट भिजा प्रोग्राम (डिभी प्रोग्राम) अन्त्य गर्ने तयारी गरेका छन्। रिपब्लिकन सांसदहरूले डिभी लटरी कार्यक्रम अन्त्य गर्नका लागि दबाब दिँदै आएका छन् भने राष्ट्रपति ट्रम्प समेत सोतर्फ सकारात्मक रहेको फक्स न्युजले जनाएको छ। रिपब्लिकन सांसदहरूले अनुहारविहीन कम्प्युटर कोडलाई लटरी प्रणालीमार्फत आप्रवासीहरूलाई अनियमित रुपमा भिजा वितरण गर्न अनुमति दिएर राष्ट्रिय सुरक्षालाई कमजोर पारिएको भन्दै डिभी प्रोग्राम अन्त्य गर्न माग गर्दै आएका हुन् । अमेरिकी विदेश विभागद्वारा सञ्चालित यस प्रोग्राममा हरेक वर्ष ५५ हजार आप्रवासीलाई ग्रीन कार्ड दिइँदै आएको छ। बुधबार रिपब्लिकन प्रतिनिधि…

Read More

काठमाडौँ । आज विश्व रेडियो दिवस । विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो । लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम मानिने रेडियो आमसञ्चारको सशक्त माध्यम हो । रेडियो धेरैभन्दा धेरै श्रोतासम्म पुग्ने र विश्वव्यापी…

Read More

काठमाडौँ । नेकपा माओवादी केन्द्र र सम्बद्ध अन्य माओवादी दलहरुले आज ३० औँ जनयुद्ध दिवस मनाउँदै छन्। २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु गरेको सम्झनामा हरेक वर्ष माओवादीले यो दिवस मनाउँदै आएको छ। अघिल्लो वर्ष सरकारले सार्वजनिक बिदा दिँदै राष्ट्रिय पर्वको रुपमा मनाउने निर्णय गरेको जनयुद्ध दिवसमाथि सर्वोच्च अदालतले यस वर्ष प्रतिबन्ध लगाएको छ। जनयुद्ध शब्द गैर संवैधानिक रहेको भन्दै यसलाई राष्ट्रिय दिवसको रुपमा नमनाउन सर्वोच्चले आदेश जारी गरेपछि सरकारी तवरबाट दिवस मनाउन प्रतिबन्ध लागेको हो। जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको ऐतिहासिक संघर्षको दिनका रुपमा स्मरण गरेका छन् । ‘अहिलेको पुस्तालाई…

Read More

काठमाडौं । बालहिंसा गर्ने सांसदलाई सरकारले उन्मुक्ति दिन लागेको भन्ने समाचार आएपछि राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोपमा नेकपा एमालेकी सांसद रेखाकुमारी शर्मामाथि अनुसन्धान गरेर प्रहरीले प्रतिवेदन बुझाइसकेपछि सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने तयारी गरेपछि त्यसको फाइल आयोगले झिकाएको हो । राष्ट्रिय मानव अधिकार आयोगले बुधबार विज्ञप्ति जारी गर्दै बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरू गरेको जानकारी दिएको छ । काठमाडौं महानगरपालिकाले गरेको विशेष एक्सनमा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले छ वर्षसम्म बन्धक बनाई श्रमशोषण गरेको भनिएको घटनामा उन्मुक्ति दिएको भन्दै सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो ।…

Read More

काठमाडौं । पिकनिक गएर फर्किँदै गएको स्कुल बस शंकरापुरमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। काठमाडौंको शंखरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मत्यु भएको र ४० घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एनएमसी अस्पतालमा एक, शंकरापुर अस्पतालमा एक र टिचिङ अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा १० जनाको उपचार भइरहेको छ भने घाइतेमध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ घर भई हाल कपन बस्ने वर्ष ११ को क्रिसल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई हाल…

Read More

काठमाडौं । सरकारले एसियाली विकास बैंकको ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ड’ बाट ‘आकस्मिक बाढीपहिरो उद्धार योजना–२०२४’ का लागि प्राप्त हुने २० लाख अमेरिकी डलर (करिब रु २७ करोड ७३ लाख) अनुदान सहायता स्वीकार गर्ने भएको छ । यही माघ २८ गते बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले छ सय ७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि आयोजनाको वित्तीय व्यवस्थासम्बन्धी पूर्वतयारी अगाडि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको बताए । मन्त्री गुरुङले भने, ‘सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यविधि, २०७१ खारेज गर्ने, नेपाल…

Read More

काठमाडौं । विद्युत प्राधिकरणले मेलम्चीको पाइप फुटाइदिँदा आज दिनभरि बबरमहल डुबानमा परेको छ । प्राधिकरणले तार भूमिगत गर्ने क्रममा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटाइदिएपछि करिब चार घण्टासम्म बबरमहल आसपासका कार्यालयहरू डुबानमा परेका हुन् । मेलम्ची खानेपानी आयोजनाबाट शाखा कार्यालयको पानी ट्यांकीमा सप्लाई गर्ने पाँच सय एमएमको पाइप दिउँसो साढे २ तिर फुटेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । प्रहरीका अनुसार पाइपमा आउने पानीको मुख्य ट्यांकीहरू बन्द गरेपछि साढे ६ बजे पछि मात्रै बन्द भएको हो ।

Read More

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको हिमालय बोर्डिङ स्कुलले श्रीमद्भागवत गीता वाचन प्रतियोगिता आयोजना गरेको छ। विद्यार्थीहरूमा धार्मिकता र प्रवचन क्षमताको विकास होस् भन्ने उद्देश्यले यसअघि पनि आयोजना गरेको विद्यालयको यो दोस्रो भागवत वाचन प्रतियोगिता हो। कार्यक्रममा विद्यालयले चर्चित श्रीमद् भागवत कथावाचक डा. चिन्तामणि योगीलाई प्रमुख अतिथिको रूपमा बोलाएको थियो । विद्यार्थीको वाचन क्षमताको आधारमा मूल्याङ्कन गरिएको सो प्रतियोगितामा विद्यार्थीहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक खेमराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाल्मिकी क्याम्पसकी सहायक क्याम्पस प्रमुख डा. रमा भट्टराईले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । प्रतियोगितामा कक्षा ५ बाट प्रिन्स न्यौपानेले प्रथम भएका छन्…

Read More

काठमाडौँ । आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न उत्तरसम्बन्धी कार्यक्रम राखिएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई जानकारी दिए। सभामुख घिमिरेले भने, “प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ८ मा रहेका माननीय सदस्यहरूले फागुन महिनामा प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम माघ ३० गते दिनको ४ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखितरूपमा दिन सक्नुहुने बेहोरा जानकारी गराउँदछु ।” सभामुख घिमिरेले सङ्घीय संसद्को बैठक नचलेको दिनमा विषयगत समितिका काम, कारबाही अगाडि बढाउन समितिका सभापति र सदस्यहरूको ध्यानाकर्षण समेत गराउनुभएको…

Read More

काठमाडौं । एक महिना सम्म घरघरमा स्वस्थानी व्रतकथा श्रवण गर्दै गरिएको स्वस्थानी व्रतको आज समापन गरिँदैछ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । समापनका दिन व्रतालुहरूले आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिने चलन छ । यसरी चढाइएका प्रसादहरूमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी…

Read More

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले शून्य समयपछि बोलेको भन्दै विपक्षी दलहरूले संसद बैठकमा अवरोध गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलका सांसदले प्रतिनिधिसभाको बैठक विधि र प्रक्रियाअनुसार सञ्चालन नगरी खतिवडालाई बोल्न दिएको भन्दै अवरोध गरेका हुन् । पहिले नै नाम टिपाएका खतिवडाको नाम सभामुखले उपसभामुखलाई चेयर हस्तान्तरण गर्ने बेलामा दिन छुटाएपछि उनको नाम शून्य समय सकिएको घोषणा गरेपछि बल्ल उपसभामुखले खतिवडालाई बोल्न दिएकी थिइन् । खतिवडाले बोलेपछि रास्वपाका सांसद गणेश पराजुलीले नियमापत्ति जनाउँदै खतिवडाको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए । पछि यसको विषयमा छानबिन गर्न संसद सचिवालयलाई सभामुखले निर्देशन…

Read More

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी सूचकमा नेपालको स्थान झनै खस्किएको छ । नेपाल भ्रष्टाचार हुने मुलुकको एक सय सातौँ स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले जनाएको छ । नेपालले १०० अङ्कमा जम्मा ३४ अङ्क प्राप्त गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यस नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी कामकारबाही अगाडि बढाउन आवश्यक देखिएको संस्थाले औँल्याएको अध्यक्ष मदनकृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा साउथ सुडान देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कअनुसार एक सय ८० देश सम्मिलित यस सूचकाङ्कमा डेनमार्क विगत सात…

Read More

काठमाडौं । आइतबार काठमाडौँको बुढानीलकण्ठबाट अबैध कारोबारको आरोपमा पक्राउ परेका २३ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेका २३ जना भारतीयले अवैधरूपमा तीन अर्ब १३ करोड रुपैयाँको कारोबार गरेको फेला परेको प्रहरीले जनाएको छ उनीहरूले बुढानीलकण्ठको एक घर भाडामा लिएर अनलाइन सट्टाबाजी, क्रिप्टो लगायतको कारोबार गराएको प्रहरीको आरोप छ । आरोपित सबै भारतीयलाई मंगलबार परिसरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरूले उक्त घरमा एक वर्षदेखि अनलाइनमार्फत सट्टेबाजी गर्दै आएको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए। उनीहरूले गरेको आर्थिक कारोबारको हिसाबकिताब राखिएको नोटबुक प्रहरीले फेला पारेको छ।

Read More

काठमाडौं । सर्वोच्च अदालतले पाथीभरा केवलकार निर्माणविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ । आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन अदालतले दर्ता नगरेको हो । उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन भएको भन्दै सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको हो । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग सम्बन्धित रिट निवेदनमा दरपीठ (दर्ता गर्न अस्विकार हुने) आदेश गरेका हुन् । सर्वोच्च अदालत नियमावलीको नियम १८(२)मा ‘उही विषयमा कसैले अघि नै रिट निवेदन दायर गरी अदालतमा विचाराधीन रहेको विषयमा रिट निवेदन दायर गर्न ल्याएको रहेछ भने सम्बन्धित…

Read More

काठमाडौँ । नेकपा माओवादी केन्द्रमा रहँदा प्रधानमन्त्री भएपछि बिस्तारै आफ्नो पद घटुवा गर्दै गएका बाबुराम भट्टराई पछिल्लो समय खुलेको नेसपा नयाँ शक्तिको महाधिवेशनमा पनि सर्वसम्मत नेतृत्वमा चयन हुन सकेनन् । बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँशक्ति)को महाधिवेशनअन्तर्गत आजबाट नेतृत्व चयन प्रकिया सुरु हुँदा बाबुराम भट्टराईविरुद्ध उनकै पार्टीको विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नेत्रप्रसाद चापागाईंले उम्मेदवारी दिएका छन्। नेसपा (नयाँशक्ति)को महाधिवेशन विगत तीन दिनदेखि काठमाडौँमा जारी छ। निर्वाचन आयोगका प्रमुख रामकुमार पुरीका अनुसार अहिले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। ९९ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि साढे ३ सय भन्दा धेरैको उम्मेदवारी परेको छ। पार्टी अध्यक्षका लागि डा.बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईंको उम्मेदवारी दर्ता…

Read More