

काठमाडौं । आइतबार काठमाडौँको बुढानीलकण्ठबाट अबैध कारोबारको आरोपमा पक्राउ परेका २३ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेका २३ जना भारतीयले अवैधरूपमा तीन अर्ब १३ करोड रुपैयाँको कारोबार गरेको फेला परेको प्रहरीले जनाएको छ
उनीहरूले बुढानीलकण्ठको एक घर भाडामा लिएर अनलाइन सट्टाबाजी, क्रिप्टो लगायतको कारोबार गराएको प्रहरीको आरोप छ । आरोपित सबै भारतीयलाई मंगलबार परिसरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
उनीहरूले उक्त घरमा एक वर्षदेखि अनलाइनमार्फत सट्टेबाजी गर्दै आएको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए। उनीहरूले गरेको आर्थिक कारोबारको हिसाबकिताब राखिएको नोटबुक प्रहरीले फेला पारेको छ।