काठमाडौँ । देशभरको भ्रष्टाचार निवारणका लागि भन्दै खुलेको संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ वार्षिक उत्सव कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र प्रधान्यायाधीश प्रकाश मानसिंह राउत अनुपस्थित भएका छन्। सामान्यतया राष्ट्रपतिले उद्घाटन गर्ने यस्ता कार्यक्रमहरूमा सम्माननीय अर्थात् प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत सबैको उपस्थिति रहने भएपनि हिजोको कार्यक्रममा भने दुई सम्माननीयहरू अनुपस्थित भएका हुन्। अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसहित ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ भोलि बुधबारका लागि तोकिएकोले प्रधान न्यायाधीशको हैसियतले राउत पनि सोही संवैधानिक इजलासको न्यायाधीश रहने छन् । सोही अवस्थामा कन्फ्लिक्ट अफ इन्टरेस्ट को विषय उठ्न सक्ने भन्दै प्रधानन्यायाधीश राउत सो कार्यक्रममा उपस्थित नभएको बुझिएको छ।…
Author: Kathmandu Khabar
काठमाडौँ । निरन्तर जनसाङ्ख्यिकीय चुनौतीको पछिल्लो सङ्केतलाई पछ्याउँदै गत वर्ष चीनमा विवाहमा २० प्रतिशतको गिरावट देखिएको सरकारी तथ्याङ्कले देखाएको छ । बेइजिङले युवा परिवारहरूको लागि अनिश्चित आर्थिक दृष्टिकोणसहित जन्मदर वृद्धिलाई प्रोत्साहित गर्न काम गरिरहेको छ । सन् २०२४ मा ६१ लाख दम्पतीले विवाहका लागि दर्ता गराएका र यो अघिल्लो वर्षको तुलनामा ७७ लाखले कम हो । सन् २०२३ मा विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशको रूपमा रहेको चीनलाई भारतले उछिनेको । सन् २०२३ मा चीनको कुल जनसङ्ख्या लगातार तेस्रो वर्ष २०.५ प्रतिशतले घटेको थियो । चीनको एक अर्ब ४० करोड जनसङ्ख्या अहिले तीव्र गतिमा बुढ्यौली जनसङ्ख्या हुँदै गएको छ र…
काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाले नक्कली कर चुक्ताको प्रमाण पत्र देखाएर नवीकरण गरेको आरोप लागेको छ । राष्ट्रिय खेलकुद परिषदमा संघले बुझाएको कर चुक्ता नक्कली रहेको आरोप लागेको हो । आन्तरिक राजश्व कार्यालय ललितपुर–२ ले मिति २०८१ माघ २७ गते अखिल नेपाल फुटबल संघलाई पत्र लेख्दै कागजातहरु माग गरेपछि अखिल नेपाल फुटबल संघले कर चुक्ता लिन बाँकी नै रहेको खुलासा भएको हो । यस विषयमा राखेपका खेलकुद विकास विभागका प्रमुख सरोज पोखरेलले एन्फाले कर चुक्ताको प्रमाण पत्र पेश गरेको बताए । एन्फाले बुझाएको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि नक्कली रहेको भन्दै उजुरी परेको छ । एन्फाले पेश गरेको…
काठमाडौं। काठमाडौँको गौशालामा एक पुरुषमाथि लुटपाट गरेको अभियोगमा एक महिलासहित चार जना पक्राउ परेका छन् । गेस्टहाउस जाउँ भन्दै महिला लगाएर प्रलोभनमा पारी एकान्त ठाउँमा लगेर लुटपाट गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चितवनको पिप्ले घर भई हाल काठमाडौँको सिफल बस्ने १९ वर्षकी रस्मी क्षेत्री, पर्साको वीरगन्ज महानगरपालिका ३२ घर भई पुरानोबानेश्वर बस्ने १८ वर्षका परबेस अन्सारी, सोही ठेगानाका १८ वर्षकै नजमुदिन अन्सारी र गोरखाको गोरखा नगरपालिका १३ घर भई पुरानोबानेश्वर बस्ने १८ वर्षका जनेद हुसेनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। गएको शुक्रबार बेलुकी साढे १० बजे बत्तिसपुतलीस्थित सडकबाट ‘गेस्टहाउस जाउँ’ भन्दै लगेर युवतीले…
पाटन (ललितपुर), २८ माघः रातो मच्छिन्द्रनाथसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसहितको विज्ञ टोली आज गुहाटी पुगेको छ । भारत आसामको गुहाटी विश्वविद्यालयले आयोजना गरेको अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन प्रमुख महर्जनसहित पर्यटन, संस्कृति समितिका संयोजक एवं वडा नं ५ का अध्यक्ष विकासमान श्रेष्ठ, वडा ६ का वडाअध्यक्ष रूपेन्द्रराज शाक्य र वडा नं १९ का वडाअध्यक्ष राजेन्द्र महर्जन, महानगरका अमूर्त सम्पदा सल्लाहकार वदनलाल न्याछ्यो, पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, रातो मच्छिन्द्रनाथ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष सन्तमान महर्जन, ञवाल गुठीका गुठियार नवीन महर्जन, घःकु गुठीका गुठियार बुद्ध महर्जन, बाराही दः…
चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताए। उनले भने, “हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशिल सदस्यता टुङ्ग्याउने गरी काम गरेका छौँ, तल्लो तहका साथीहरुले त्यसलाई सहयोग गर्नुप¥यो ।” विधानले एक वर्ष समय थप गर्नसक्ने व्यवस्था गरेको भए पनि दुई–तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने उनले बताए । उनले भने, “नेपाली कांग्रेसको विधानअनुसार २०८२ सालको मङ्सिर ÷पुसमा चार वर्षको कार्यकाल सकिन्छ, हाम्रो प्रयास चार वर्षभित्र महाधिवेशन…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३४औं वर्षमा प्रवेश गरेको छ। विसं २०४७ सालको संविधानमा सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरूपयोग गरेको सम्बन्धमा अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संबैधानिक निकायको रूपमा आयोगको स्थापना गर्ने बताइएको थियो । सोही संवैधानिक व्यवस्थाअनुरूप विसं २०४८ सालमा बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअन्तर्गत आयोगको स्थापना भएको हो। सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टंगालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ ।
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–७ नगदेशमा १२ वर्षपछि आइतबार साँझ सुरु भएको ऐतिहासिक पुलिकिसी जात्रा आज राति सम्पन्न भएको छ । हरेक वर्ष भीमाद्वादशीको दिन मनाइने स्वस्थानी व्रत कथामा आधारित पुलुकिसी जात्रा आर्थिक अभावलगायत विभिन्न कारणले रोकिएकोमा स्थानीयको अगुवाइमा १२ वर्षपछि यसवर्ष सुरु गरेको स्थानीय विनोद कोजूले जानकारी दिए । जात्रा नगदेशको लाछिटोलस्थित सिद्धिगणेश मन्दिर प्राङ्गणबाट सुरू भई वाननी, छ्वास, ध्वाकसि, त्वागा, न्यागाचालगायतका टोलमा परिक्रमा गरि मनाइएको हो । श्री स्वस्थानी व्रत कथा अनुसार हात्तीले राजकुमारको रुपमा ब्राम्हणपुत्र नवराजलाई छान्ने कथालाई यस पुलुकिसी जात्राले जीवन्त दिँदै आएको उनले बताए । यसवर्ष समितिले स्थानीय एलिस बाडेलाई राजकुमारको रुपम प्रस्तुत गर्दै हात्तीमा (पुलुकिसी)मा…
काठमाडौँ । आइतबार एक विशेष सूचनाका आधारमा बुढानिलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेर अवैध अनलाइन जुवा, सट्टेबाजी, अनलाइन ठगी, क्रिप्टोकरेन्सीलगायत कारोबारका आरोपीलाई पक्राउ गरेको छ। धेरै सूचना नचुहाएको प्रहरीले त्यहाँबाट कम्प्युटरलगायतका डिभाइस बरामद गरेको र करिब दुई दर्जन आरोपीलाई पक्राउ गरेको जनाएको छ। के गतिविधि भएको थियो र कस्ता ठगी भएका थिएलगायतका विषय पत्रकार सम्मेलनबाट जानकारी गराउने प्रहरीको तयारी छ। आइतबार नै प्रहरीले बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ बस्ने ३४ वर्षीय सृजना पौडेललाई पक्राउ गरेको थियो । अन्य तीनजना व्यक्ति मध्ये बुढानिलकण्ठमा बसोबास गर्ने एकजना पनि अहिले प्रहरी…
काठमाडौँ । नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लामा इन्चार्ज तोकेको छ। आइतबार तल्लो तहमा पठाइएको परिपत्र अनुसार देशभरका ७७ वटै जिल्लाको इन्चार्ज तोकिएको हो। माओवादी केन्द्रले काठमाडौँ जिल्लाको इन्चार्जमा हिमाल शर्मालाई जिम्मेवारी दिएको छ। त्यस्तै भक्तपुरका दिलिप कुमार प्रजापति ललितपुरमा हरि दाहालले इन्चार्जको जिम्मेवारी पाएका छन्। सबै इन्चार्जको सूचीका लागि यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । विशेष अदालत काठमाडौँमा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही महिनाअघि पहिलोपटक दायर भएको मुद्दा पछि आइतबार साढे ८ करोडभन्दा बढीको बिगोसहित अर्को मुद्दा तयार भएको हो । आइतबार विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा बस्नेतसँग आठ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा बिगो कायम गरिएको छ । अनुसन्धान हुँदा जाँच अवधिमा बस्नेत र उनका एकाघर परिवारका सदस्यहरूले कुल १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ २५ पैसा आय आर्जन गरेको पाइएको अख्तियारले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय सभामा एक सिट नपुगेर अल्पमतमा रहेको सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसको आग्रहलाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अस्वीकार गरेका छन् । केही दिनदेखि यादवलाई कुरेर संसदमा अध्यादेश पेश समेत नगरेको सत्तारुढ दलसँग उनले शिक्षा मन्त्रालय र मधेश प्रदेशको मुख्यमन्त्री मागेको समाचार बाहिर आएको थियो । तर अध्यक्ष यादवले आफूहरूले सरकारमा जानका लागि कुनै बार्गेनिङ नगरेको बताएका छन् । आइतबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् । अध्यादेशलाई देखाएर तपाईंहरू सत्ताको बार्गेनिङ गरिरहनुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा यादवले भनेका छन्, ‘यस्ता फोहोरी र…
काठमाडौँ । राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक पेस गरे। त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा जानकारी गराए । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन निर्माण गर्नेपर्ने आवश्यकता महसुस गरी यही माघ १५ गते राष्ट्रियसभामा उक्त विधेयक दर्ता गराएको थियो । सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जालको ‘प्लेटफर्म’ सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार र जवाफदेही बनाउन उक्त विधेयक अघि बढाइएको स्पष्ट…
न्युयोर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि निर्वाचन जितेसँगै डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी (डोग) को प्रमुख नियुक्त भएका एलन मस्कलाई अमेरिकीहरूको व्यक्तिगत आर्थिक डेटामा पहुँच नदिन त्यहाँको एक अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश पाउल ए एन्जलमायरले मस्क र उनका टोलीले डेटा कपी गर्ने र नास गर्ने सम्भावना रहेको भन्दै त्यसलाई रोक्न आदेश दिएका हुन । अमेरिकी सरकारी निकायको खर्च कटौती गर्नको लागि भन्दै राष्ट्रपति ट्रम्पले गैरसरकारी तवरबाट स्थापना गरेको यस संस्था डोगलाई समेत व्यक्तिगत आर्थिक डेटामा पहुँच नदिन अदालतले आदेश दिएको छ। मस्कको सक्रियतामा डोगको सबै रेकर्डमा पहुँच पुगेको भन्दै १९ राज्यका महान्यायाधिवक्ताले अदालतमा मुद्दा दायर गरेपछि यस्तो…
काठमाडौं। करिब १० वर्षअघि अन्ना हजारेको भ्रष्टाचार विरोधी आन्दोलनबाट उठाएका अरविन्द केजरीवालले भ्रष्टाचारीहरूको सफाइ गर्ने भन्दै झाडू चुनाव चिन्ह लिएर निर्वाचनमा उत्रिए । आफ्ना सबै राजनीतिक कार्यक्रममा मफ्लर स्विटर र सिरमा एउटा भिन्न पहिचानको टोपी लगाएर उत्रिने गरेका केजरीवालले आफूलाई निम्न र मध्यमवर्गीय परिवारको व्यक्ति रहेको बताउँदै आए। उनले आफूभित्र विलासिता र मोजमस्तीको शोख नरहेको भन्दै आफ्नो सामान्य जीवनयापनको परिचय दिए। तर जब उनी मुख्यमन्त्रीको रूपमा सरकारी निवास प्रवेश गरे तब उनको शोख बदलिन थाल्यो। पहिले आफूलाई कमनमेन बताउने केजरीवालले आफ्नो सरकारी निवास लाई सिसमहल बनाउन थाले। सरकारी आवास आलिसान बनाउनका लागि ४५ करोड रुपैयाँ खर्च गरेको अनुसन्धानबाट भेटियो। त्यतिमात्रै…
काठमाडौँ । विवादित धर्मगुरु विजय कृष्णमूर्ति भनिने विजय भण्डारीले पोखरामा कोटी होमका लागि भन्दै ऐतिहासिक रुख र चौताराका रुख काटी उराठ बनाएका छन्। आगामी वैशाखदेखि चार महिनासम्म कोटीहोम लगाउने भन्दै समिदाका लागि पोखराका चौतारा र ऐतिहासिक रुख कटान गरिएको हो। मानव सेवा आश्रमका संस्थापक समेत रहेका उनले मानव सेवा आश्रम निर्माणका लागि भन्दै चार महिनासम्म हुने भनिएको गण्डकी सत हत्री कोटीहोम विराट महायज्ञका लागि समिदा बनाउनका लागि रुख काटेका हुन् । रुख काट्ने बेलासम्म बेवास्ता गर्दै आएको पोखरा महानगरपालिकाले अहिले भने सडक छेउका पुराना र ऐतिहासिक चौतारो कटान गरिएको बारे कारबाही गर्न डिभिजन वन कार्यालय कास्कीलाई पत्र पठाएको छ। लेकसाइडमा…
काठमाडौँ । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् । उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति भएको छैन । आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयको भवनमा…
काठमाडौँ । करिब २७ वर्षपछि सत्तामा पुनरागमन हुँदै भारतीय राजधानी प्रान्त दिल्लीको विधानसभा चुनावमा बीजेपीले दुईतिहाइ मत प्राप्त गरेको छ। शनिबार भएको मतगणनामा कुल ७० सिटमध्ये ४८ सिटमा जित हासिल गरेको हो। विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र आम आदमी पार्टी मात्रै विजयी भएका छन् । पछिल्ला दुईवटा विधानसभा निर्वाचनमा शून्य सिटमा सीमित भएको भारतीय कांग्रेसले यसपटक पनि एक सिट पनि जित्न सकेन। दुईपटकसम्म मुख्यमन्त्री बनेका आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवाल समेत चुनावमा पराजित भएका छन्। हालका मुख्यमन्त्री आतिसीले भन्ने चुनाव जितेकी छन्। दिल्लीमा शिक्षाको सुधारमा महत्त्वपूर्ण काम गरेको भनेका मनिष सिसोधिया सोधिए पनि यसपटकको चुनावमा पराजित भएका छन्।…
काठमाडौँ । आज माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज भगवान् विष्णुको पूजा आराधना एवं व्रत गरी मनाइँदै छ । भीमा अथवा जयासमेत भनिने आजको एकादशी व्रत लिनाले कार्यक्षमतामा अभिवृद्धि, मानसिक सामथ्र्य र शक्ति वृद्धि, आयुवृद्धि र आत्मिक उन्नतिमा शीघ्रता हुने विश्वास छ । एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ– स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी । कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी ।। न गङ्गा न गया राजन् न च काशी च पुष्करम् । न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात् ।। अर्थात् एकादशी स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो । हे राजन् गङ्गा, गया, काशी,…
काठमाडौँ । भारतको राजधानी प्रान्त दिल्लीको विधानसभा चुनावको मतगणना सुरु भएको छ। गत बुधबार सम्पन्न भएको निर्वाचनको मतगणना आज बिहानबाट सुरु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। विधानसभाको मतगणना सुरु भएसँगै सार्वजनिक भएको प्रारम्भिक रुझानमा केन्द्रको सत्तामा रहेको दल भारतीय जनता पार्टीले अग्रता हासिल गरेको छ। निर्वाचन लगत्तै सार्वजनिक भएको एक्जिट पोलमा भारतीय जनता पार्टीले बहुमत ल्याउने देखाएको थियो। २०१३ सालको विधानसभा चुनावमा अरविन्द केजरीवालको आमआद्मी पार्टीले दिल्लीका ७० सिटमध्ये २८ सिट जितेको थियो भन्ने भाजपाले १३ भन्दा बढी सिट जितेको थियो। २०१५ र २० को विधानसभा चुनावमा आमआदमी पार्टीले आफ्नै बलबुताले बहुमत प्राप्त गरेको थियो। अहिलेको चुनावमा पनि आफ्नो विरासत…
काठमाडौँ । बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यतालिका रहेको थियो। सामान्यतया प्रमुख प्रतिपक्षी दलले सम्बोधन गर्ने बैठकमा प्रधानमन्त्रीलगायत मन्त्रीहरू उपस्थित हुनुपर्ने संसदीय व्यवस्था रहेको छ। तर केही मन्त्रीहरू उपस्थित भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भन्ने त्यहाँ उपस्थित थिएनन्। त्यसैले पनि प्रतिपक्षी दलका नेता प्रचण्डले पटकपटक प्रधानमन्त्री कता हुनुहुन्छ भन्दै सम्बोधन गरेका थिए। प्रधानमन्त्री अनुपस्थित भएको प्रसङ्ग बाहिर आएपछि नेकपा एमालेका नेताहरूले विभिन्न बहानाबाजी गर्न थाले। कसैले प्रधानमन्त्रीलाई प्रचण्डको सम्बोधन बारे जानकारी थिएन भने भने कसैले उनको स्वास्थ्यका कारण उपस्थित हुन नसकेको बताए । नेकपा एमालेका…
काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले संसद विघटन सदर नगर्दा आफूलाई प्रधानन्यायाधीश नबनाउने धम्की आएको तर्फ संकेत गरेकी छन् । शुक्रबार हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजले आयोजना गरेको ‘ह्वाइटहाउस लिटरेचर फेस्टिभल’मा विद्यार्थीको प्रश्नमाथि जवाफ दिँदै उनले यस्तो संकेत गरेकी हुन् । उनले आफूलाई जीवनको डर देखाइएको खुलासा गर्दै रोलक्रम मिचेर प्रधानन्यायाधीश बन्न दिँदैनन् अब भन्ने चेतावनी आउने गरेको बताएकी हुन् । ‘संसद विघटनका बेलामा मलाई तत्काल दुईवटा प्रश्न उठ्यो। एउटा, अब तिमीलाई प्रधानन्यायाधीश बनाउँदैन नि भने । मैले भनेँ- म प्रधानन्यायाधीश बन्नका लागि न्यायाधीश बनेको होइन। न्यायाधीश बन्नका लागि न्यायाधीश बनेको हो र जुन भूमिकामा छु त्योसँग म सम्झौता…
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई हातपात गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी हुम्लाका जिल्ला उपसभापति धरौटी तिर्न नसकेर जेलचलान भएका छन् । जिल्ला अदालत काठमाडौँमा सहकारी पीडितको तर्फबाट सभापति रवि लामिछाने विरुद्ध बहस गरेको भन्दै अदालत बाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको अभियोगमा रास्वपा हुम्ला जिल्ला उपसभापति महानन्द जैसीसङ्ग एक लाख रुपैयाँ धरौटी माग गरिएको थियो । जिल्ला अदालत काठमाडौँले उनीसहित तीनजनासँग एक लाख रुपैयाँका दरले धरौटी माग गरेको थियो । दुई जना धरौटी बुझाएर रिहा भइसके पनि हुम्लाको अदानचुली गाउँपालिका ४ घर भई हाल काठमाडौँको टोखा बस्ने ३२ वर्षका महानन्द जैसीलाई भने धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार सुन्धाराको…
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष दावा लामालाई कारबाही गर्न भन्दै राष्ट्रिय खेलकुद परिषद्लाई ताकेता पत्र लेखेको छ। यसअघि लेखेको पत्र बमोजिम कारबाही नभएको भन्दै यथाशीघ्र बर्खास्त गरी मन्त्रालयलाई जानकारी गराउन भन्दै शुक्रबार राखेपलाई पत्र पठाइएको हो । गत भदौ १६ गते मन्त्रालयले तत्कालीन पुनरावेदन अदालत पाटनले प्रतिबन्धित खैरो हिरोइन तस्करी गरेको आरोपमा दोषी ठहर गरेका लामालाई कारबाही गरी त्यसको जानकारी दिन भन्दै खेलकुद परिषदलाई पत्र लेखेको थियो। सोहीपत्र बमोजिम राखेपले एन्फालाई कारबाहीका लागि भन्दै भदौ २५ गते पत्र लेखेको थियो। तर सो पत्र बमोजिम कारबाही नभएपछि मन्त्रालयले पुनः ताकेतापत्र पठाएको हो।
काठमाडौं । कृषि विज्ञ भनेर चिनिने मदन राईलाई साढे २ वर्ष कैद फैसला भएको छ । बालयौन दुरुपयोगको मुद्दामा खोटाङ जिल्ला अदालतले उनलाई कैद सजाय तोकेको हो । खोटाङका जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले गत बिहीबार राईलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आज शुक्रबार पेशी तोकेको थियो । आज उनलाई साढे २ वर्ष कैदको फैसला सुनाएको हो। यस्तै एक लाख रुपैयाँ जरिवाना र डेढ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन पनि फैसलामा भनिएको छ।२०८० जेठ २१ गते उनीविरुद्ध बालयौन दुरुपयोगको अभियोगमा मुद्दा दर्ता भएको थियो। त्यतिबेला उनी ४ लाख धरौटीमा रिहा भएका थिए।
काठमाडौँ । महिला टी–ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम खेलमा नेपाललाई सात विकेटले पराजित गरेसँगै थाइल्याण्डले उपाधि चुमेको हो । थाइल्याण्ड श्रृङ्खलामा खेलेका ६ खेलमध्ये पाँचमा जित तथा एकमा हार बेहोर्दै १० अङ्कका साथ शीर्ष स्थानमा रह्यो । यस्तै नेदरल्याण्ड्स ६ खेलमा चारमा जित तथा दुईमा हार बेहोर्दै आठ अङ्कका साथ दोस्रो स्थानमा रह्यो । नेपाल भने प्रतियोगितामा अङ्कबिहीन रह्यो । नेपाल आफ्ना सबै ६ खेलमा पराजित रह्यो । नेपालले आफ्नो अन्तिम खेलमा थाइल्याण्डलाई जितका लागि ८२ रनको लक्ष्य दिएको थियो । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितरे पहिला ब्याटिङ रोजेकी थिइन् । नेपालले…
काठमाडौँ । झन्डै दुई तिहाइको सरकार चलाइरहेको सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले आर्थिक क्षेत्रको विकासका लागि भन्दै नयाँ सरकार गठन गरेका थिए। तर बजेटको अर्धवार्षिक समीक्षाको क्रममा भने सार्वजनिक खर्चमा पहिलेकै समस्या दोहोरिएको देखिएको छ। चालु आर्थिक वर्षको छ महिनामा रू छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार आव २०८१/८२ मा रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बजेट विनियोजन भएकोमा २०८१ पुस मसान्तसम्म कूल विनियोजनको ३५ दशमलव ८९ प्रतिशत खर्च भएको छ । सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रूपमा बढ्न नसक्नुका १०…
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशमा काम गर्ने नेपालीहरूले पठाएको रेमिटेन्समा वृद्धि भएको छ। अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आवको अर्धवर्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार, विप्रेषण आप्रवाह (नेपाली मुद्रामा) चार दशमलव एक प्रतिशतले वृद्धि भएको हो । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर चार दशमलव दुई प्रतिशतले वृद्धि भई रू आठ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१ दशमलव एक…
काठमाडौँ । दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएपछि विभिन्न विश्व चर्चित कार्यकारी आदेश जारी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय अदालतमाथि प्रतिबन्ध लगाएका छन्। बीबीसीका अनुसार ट्रम्पले बिहिबार अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतले अमेरिका र यसको सहयोगी इजरायलविरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लगाइएको छ। यो आदेशले आईसीसीका अधिकारी र उनीहरूका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने व्यक्तिहरूविरुद्ध आर्थिक र भिसामा प्रतिबन्ध लगाउँछ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको वासिङ्टन भ्रमणका क्रममा ट्रम्पले उक्त आदेशमा हस्ताक्षर गरेका हुन्।
काठमाडौं । चितवन जिल्ला अदालतले साहारा सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ५४ लाख रुपैयाँ धरौटी माग गरेको छ । बिहीबार न्यायाधीश दयाराम ढकालको इजलासले रविलाई सो रकम धरौटी बुझाएर रिहा गर्न प्रहरीलाई आदेश दिएको हो । हिजोबाट सुरु भएको थुनछेक बहस नसकिएपछि उनलाई बुधबार प्रहरी हिरासतमा पठाइएको थियो । आज रविको तर्फबाट वरिष्ठअधिवक्ता सुशील पन्तसहित ३ जनाले बहस गरेका थिए । यसअघि जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको थियो । त्यस्तै, स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा लामिछानेसँग जिल्ला अदालत काठमाडौंले ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो भने…
