

काठमाडौँ । दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएपछि विभिन्न विश्व चर्चित कार्यकारी आदेश जारी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय अदालतमाथि प्रतिबन्ध लगाएका छन्।
बीबीसीका अनुसार ट्रम्पले बिहिबार अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतले अमेरिका र यसको सहयोगी इजरायलविरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लगाइएको छ।
यो आदेशले आईसीसीका अधिकारी र उनीहरूका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने व्यक्तिहरूविरुद्ध आर्थिक र भिसामा प्रतिबन्ध लगाउँछ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको वासिङ्टन भ्रमणका क्रममा ट्रम्पले उक्त आदेशमा हस्ताक्षर गरेका हुन्।