Author: Kathmandu Khabar

काठमाडौं । भारतको अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वृद्धिलाई गति दिन, समावेशी वृद्धि सुनिश्चित गर्न, उद्योगहरूलाई समर्थन गर्ने र घरेलु भावनालाई बढावा दिनको लागि मुख्य उपायहरू सहितको बजेट सन् २०२५–२६ प्रस्तुत गर्नुभएको छ । बजेटले भारतको बढ्दो मध्यम वर्गको खर्च गर्ने क्षमता बढाउनमा पनि जोड दिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट आज सार्वजनिक भएको हो । बजेटका अनुसार अब वार्षिक १२ लाख भारुसम्म कमाउनेले आयकर तिर्नुपर्दैन । यसअघि सन् २०१४ मा साढे २ लाख, २०१९ मा ५ लाख, २०२३ मा ७ लाख भारुसम्म कमाउनेलाई आयकर छुट थियो । बजेट भाषण गर्दै सितारमणले विगत एक दशकमा सरकारको…

Read More

काठमाडौं ।  ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२१ अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्र्राष्ट्रिय महत्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो । संरक्षित क्षेत्रहरूको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत उक्त महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार…

Read More

काठमाडौं । नेपाली काँग्रेसको भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभागमा थप १० सदस्य मनोनित भएका छन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख रहेको विभागमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० सदस्य मनोनित गरेका हुन् । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार मनोनित भएका मध्ये काठमाडौं उपत्यकाका मात्रै तीन जना रहेका छन् । मनोनयन हुनेमा राजकुमार पाण्डे (काठमाडौं), ज्ञानबहादुर शाही (जाजरकोट), देवकीदेवी सिंह (डडेल्धुरा), कल्पना श्रेष्ठ (भक्तपुर), श्यामकृष्ण महर्जन (काठमाडौं), सरिता बिसी (रुकुम पूर्व), विजयजङ्ग बस्नेत (मोरङ), प्रेमबहादुर विक (नवलपरासी), सञ्जीव पुडासैनी (गोरखा) र सपुतबहादुर कार्की (रौतहट) छन्…

Read More

जलेश्वर । भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ । त्रिवेणी स्नान गरेर घर फर्किँदै गरेका पाँच जनाको महोत्तरीसँगै जोडिएको भारतको मधुवनीमा आज दिउँसो स्कारर्पियो दुर्घटनामा गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ बस्ने ६० वर्षीय बालकृष्ण झा, उहाँकी पत्नी ५० वर्षीया इन्दु देवी, जिल्लाको मनरासिश्वा नगरपालिका–२ बस्ने ५० वर्षीया मनतारन देवी र धनुषा जिल्लाको गङ्गुली बस्ने भाञ्जी ३० वर्षीया अर्चना झा रहेका छन् । गाडी चालक सिरहा घर भएको नाम, थर नखुलेका एक व्यक्ति रहेका जलेश्वर नगरपालिका–७ का वडा सदस्य सुल्तान कवारीले जानकारी दिए…

Read More

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठमा रहेको हिमालय बोर्डिङ स्कुलले हिमालय सिङ्गिङ एण्ड डान्सिङ आइडल सम्पन्न गरेको छ। शनिबार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको विद्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ। कार्यक्रममा अतिथिका रूपमा हाँस्य टेलिश्रृङ्खला हल्का रमाइलोका कलाकार कृष्ण शिवाकोटीको उपस्थिति थियो । यसका अतिरिक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका लेखा समिति संयोजक एवं विद्यालय सञ्चालक राजकाजी श्रेष्ठ, विद्यालय सञ्चालक समितिका अध्यक्ष डोलराज बस्याल, प्रधानाध्यापक खेम राज घिमिरे, सहायक प्रधानाध्यापक श्यामकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो । हरेक वर्ष विद्यार्थीको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको विद्यालयले यस वर्ष संगीत तथा नृत्य क्षेत्रमा विद्यार्थीलाई अब्बल बनाउनका लागि डान्सिङ एन्ड सिङ्गिङ…

Read More

काठमाडौं । नेपाल बार एसोसिएसनकै अध्ययनले आधाभन्दा धेरै जनतामा वकिल र न्यायाधीशप्रति सकारात्मक नरहेको देखाएको छ । नेपाल बार एशोसिएशनको युवा कानुन व्यवसायीहरूले गरेको एक अध्ययनमा न्यायालय, न्यायाधीश र वकिलप्रति आमसर्वसाधारणको धारणा नकारात्मक पाइएको हो। सो प्रतिवेदनअनुसार अध्ययनमा सहभागीमध्ये केवल १९.८७ प्रतिशतले मात्रै वकिल र न्यायाधीशहरूको भूमिका ‘एकदमै सकारात्मक’ भनेर जवाफ दिएका छन् । ४२.१७ प्रतिशत उत्तरदाताले न्यायालय र न्यायाधीशहरूप्रति जनमानसको धारणा नकारात्मक छ भन्ने कुरा पुष्टि गरेको बारको प्रतिवेदनमा भनिएको छ । बाँकी रहेका ३९ प्रतिशत उत्तरदाताले धेरै जानकारी नभएको भन्दै तटस्थ बस्ने निधो गरे । सञ्चारमाध्यमले कानुनी क्षेत्रका बारेमा जनमानसको धारणा बनाउन योगदान गर्छ कि गर्दैन भन्नेमा ६७.४…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेनले हालका प्रहरी प्रमुखमाथि छानबिन गर्न प्रतिनिधि सभाको बैठकमा माग गरेका छन् । हिजोबाट सुरु भएको प्रतिनिधि सभाको पाँचौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आफ्नो पदीय मर्यादा कायम नराखेको भन्दै छानबिनको माग गरेका हुन् । लिंगदेनले संसदमा भनेका थिए ‘यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर रवि लामिछानेमाथि मुद्दा परेको छैन भन्नुभयो, अहिले फेरि उहाँको नेतृत्वमा रवि लामिछानेमाथि मुद्दा चलाउने काम उहाँ मातहतबाटै भयो । त्यसैले उहाँमाथि छानबिन हुनुपर्छ।’ सहकारी ठगी प्रकरणमा लामिछाने गृहमन्त्री हुँदा कुँवरले राज्य व्यवस्था समितिमा गएर उनीमाथि कुनै प्रमाण नभेटिएको बताएका थिए। लामिछाने गृहबाट…

Read More

काठमाडौं । गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेद गर्न काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । गत वैशाख ५ गते प्रेम सम्बन्धका आधारमा विवाह गरेका उनीहरूबीच विवाहको केही समयपछि नै सम्बन्धमा खटपट सुरु भएको थियो । विवाहपछि दम्पती अस्ट्रेलिया गएका थिए, तर केही समयपछि नेपाल फर्किएपछि सम्बन्धमा गहिरो खटपट देखिएको एलिनाले उल्लेख गरेकी छन् । पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ । ‘कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका-उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घर आइज भनी मेरो काममा समय दिन पनि…

Read More

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउमा फेरि वृद्धि गरेको छ । हरेक १५ दिनमा समायोजन गर्ने निगमले भारतबाट मूल्यबाट बढेर आएका कारण भाउ बढाउनु परेको बताएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल, मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजल र मट्टितेलमा चार रुपैयाँ मूल्य बढेको छ। यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर ४३ डलर मूल्य बढाइएको छ । अब काठमाडौं उपत्यकासहित तेस्रो वर्गका लागि पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १६० रुपैयाँ पर्ने निगमको सूचनामा उल्लेख छ।

Read More

काठमाडौं । राजधानी वासिङ्टन डीसीमा बुधबार राति अमेरिकन एअरलाइन्सको विमान र सैन्य हेलिकप्टर आकासमा ठोकिएर दुर्घटना भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा उनले यो दुर्घटनामा कोही पनि नबाँचेको बताएका छन् । स्थानीय समयानुसर बुधबार राति ९ बजे कान्सासबाट वासिङ्टन आउँदै गरेको बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अगाडि बढिरहेका बेला अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरले ठक्कर दिँदा दुवै विमान पोटोम्याक नदीमा खसेर दुर्घटनाग्रस्त भएका थिए। विमानमा ६७ जना यात्रु थिए । ती सबैको ज्यान गएको ट्रम्पले बताएका छन् । सीबीएस न्युजका अनुसार प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले दुर्घटनाका लागि यसअघिका राष्ट्रपति…

Read More

पाटन (ललितपुर) । चक्रपथ विस्तारपछि कुसुन्ती र धोबीघाटमा मात्रै ४५ जनाको ज्यान गएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार गलत डिजाइनका कारण यी दुई ठाउँमा धेरैको ज्यान गएको बताएका हुन् । शुक्रबार ललितपुर महानगरको वडा नं १३ र १४ को सिमानाबाट वडा नं २५ लाई जोड्ने नख्खुखोला पुलको उद्घाटनका अवसरमा महानगरप्रमुख महर्जनले वडा नं १३ मा पर्ने कुसुन्तीमा १८ जना र वडा नं ३ मा पर्ने धोबीघाटमा ३२ जनाले ज्यान गुमाएको उल्लेख गर्दै समस्या समाधानका लागि अपाङ्गतामैत्री पुल निर्माणका लागि महानगरपालिकाले अग्रसरता लिएको बताए । “हामीले सुरुमै चक्रपथको डिजाइन गलत छ भनेका थियौँ, ललितपुर खण्डमा पर्ने सात दशमलव…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई आफ्नो सांसद पदको निलम्बन फुकुवा गरिदिन बिन्तीपत्र बुझाएका छन् । आज संसद् सचिवालय सिंहदरबारमा भेटेर निलम्बन फुकुवा गरिदिन अनुरोध गरेका हुन् । सभापति लामिछानेले आफु थुनामुक्त भएको व्यहोरा उल्लेख गर्दै निलम्बन फुकुवाको निवदेन बुझाएका हुन् । सभापति लामिछानेसँगै उपसभामुख इन्दिरा राना, रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियारलगायतका सांसदहरुले सभामुख घिमिरेसँग भेट गरे । सङ्घीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । निलम्बीत सांसद लामिछानेले संसदको बैठकमा सहभागि भई विधायिकाको जिम्मेवारी बहन गर्न मार्ग प्रशस्त गर्न वातावरण मिलाइ दिन सभामुख घिमिरेसमक्ष अनुरोध गरे…

Read More

काठमाडौं । रास्वपा सांसदद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार गरेर पनि त्यही बैठकमा सहभागी भएको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा आकस्मिक समयको माग गर्दै बैठक बहिस्कार गरेको रास्वपाले माग पूरा सभामुखले बैठक अघि बढाएपछि पुन: बैठकमा सहभागी भएको हो । रास्वपाले आजको बैठकमा आकस्मिक समयमा बोल्नु पाउनुपर्ने माग राखेको थियो । तर सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्ने कार्यसूची तय भएको भन्दै आकस्मिक समय नरहेको बताएका थिए । प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाले करिब आधा घण्टा उठेर बैठक अवरोध गरेको थियो । विरोधकै बीच सभामुख घिमिरेले बैठकको काम कारबाही अगाडि बढापछि रास्वपा सांसदहरु बैठककक्ष छोडेर बाहिरिएका हुन् । तर पछि फेरि…

Read More

काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुने बैठकमा सरकारले ल्याएका पाँचवटा अध्यादेश प्रस्तुत हुने लगायतका कार्यतालिका तय भएको छ। लामो समयको रसाकसीपछि बोलाइएको हृदय अधिवेशनमा सत्तापक्ष र प्रतिपक्षले आआफ्नो रणनीति तय गरेका छन्। सत्तापक्षीय दलहरू अध्यादेशलाई फास्टट्र्याकबाट पारित गर्ने तयारीमा छन् भने विपक्षी दलहरु यो प्रयासलाई असफल बनाउने प्रयासमा छन्। मन्त्रिपरिषदको सिफारिसमा गत १४ पुसमा राष्ट्रपति रामचन्द्र पौडेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए । २९ पुसमा थप चार वटा अध्यादेश जारी भयो । अधिवेशन सुरु हुनु अघिल्लो दिन बिहीबार विपक्षी दलहरूको बैठक…

Read More

काठमाडौँ । साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका बर्तालुले चारदिने परदेश यात्रा सम्पन्न गरी साँखु फर्किएका छन् । बर्तालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरू गरेका थिए । पहिलो दिन शालिनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिने नियमानुसार गए राति बर्तालु साँखु पुगेका हुन् । माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसिन्छ । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व…

Read More

काठमाडौँ । ए डिभिजन टोलीे सङ्कटा क्लबले आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई पराजित गर्दै सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा सङ्कटाले बागमती प्रदेशलाई सडन डेथमा ४–३ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित ९०औँ मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरीमा खेलेका थिए । त्यसपछि पेनाल्टी सुटआउटमा ३–३ गोलको बराबरी भएपछि अन्तिममा खेल सडन डेथमा गएको थियो । सडन डेथमा सङ्कटाका राम थापा र रोशन पहारीको प्रहार बागमतीका गोल रक्षक विकेश कुथुले रोके । लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले भने गोल गरे । यस्तै बागमतीका…

Read More

काठमाडौं । नेकपा एमालेको कार्यकारी पदमा उम्मेदवारी दिने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वबाट आफ्नो राजनीतिक अभियान सुरु गरेकी छन् । गत सोमबार विराटनगर ओर्लिएपछि एक कार्यक्रममा उनले आफू छिट्टै पार्टीको सक्रिय राजनीतिमा आउने संकेत गरेकी थिइन् । त्यसले काठमाडौंमा एमाले वृत्तमा एककिसिमको भुइँचालो नै गएको छ । केपी ओली निकट नेताहरूले उनको कार्यशैलीको विरोध समेत गर्न थालिसकेका छन् । विराटनगरस्थित विग होटलमा बसिरहेकी उनले पार्टी नेता कार्यकर्ताहरूसँग भेटघाट बाक्लो बनाएकी छन् । एक साताका लागि विराटनगर गएकी उनी बिहानबेलुका विद्यार्थी, महिला र शिक्षा क्षेत्रका अगुवाहरूसँगको भेटघाटलाई बलियो बनाइरहेकी छिन् । उनले पार्टीलाई बलियो बनाउन पार्टीले आवश्यक मानेको खण्डमा…

Read More

काठमाडौं । विपक्षी सात दलले सहकारी ठगी मुद्दामा निलम्बित रास्वपा सभापति रवि लामिछानेको बचाउमा संसदमा सबै विपक्षी दलहरूले बोल्ने विषयमा सहमति जुटाउन सकेन । आज सिंहदरबारमा बसेको दलहरूको बैठकमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले रविको बचाउमा बोल्ने बारेमा निर्णय गर्न प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि सो विषयमा कुनै निर्णय नभएको  बताइएको छ । शुक्रबार संसदको हिउँदे अधिवेशन बस्दैछ । जसमा विपक्षीहरूको साझा धारणा राख्ने विषयमा छलफल भएको थियो । सांसद पद निलम्बनको विरोध र सहकारी ठगी प्रकरणमा लामिछानेमाथि सरकारको प्रतिशोध देखिएकाले यसमा पनि विपक्षी एकमत हुनुपर्ने रास्वपाको प्रस्ताव थियो । रास्वपाको यो प्रस्तावमा सहमति नजुटेपछि अध्यादेशका बारेमा दलहरूबीच छलफल…

Read More

काठमाडौं । आठौं व्यापार मेला काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल चेम्बर अफ कर्मसद्वारा आयोजित ‘आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला–२०२५’ आजदेखि सुरु भएको हो । पाँच दिनसम्म चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । आयोजकका अनुसार एक्स्पोमा यस वर्ष अन्तर्राष्ट्रियस्तरको ‘सफ्टवयर’ र ‘एआई’ परियोजना आर्कषणको केन्द्रको रुपमा रहेका छन् । मुलुकमा अन्तर्राष्ट्रियस्तरको प्रर्दशनी कक्ष निर्माण गर्न अविलम्व पहल गरिनुपर्ने र यसका लागि सरकारसँग सहकार्य गर्न नेपाल चेम्बर अफ कमर्स तयार रहेको आयोजकले जनाएको छ । यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ता कपडाका सामान, अटोमोबाइल, इलेक्ट्रोनिक्स, घरेलु उपकरण, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका…

Read More

काठमाडौँ । त्रिकोणात्मक टी ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा नेपाल नेदरल्याण्डसँग २० रनले पराजित भएको हो । नेदरल्याण्ड्सले जितका लागि दिएको एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३७ रनमा समेटिएको हो । नेपालका लागि सीता रानामगरले सर्वाधिक २८ रनको योगदान दिइन् । उनले ४५ बलमा तीन चौकाको सहयोगमा २८ रन बनाएकी हुन् । त्यसैगरी कविता जोशीले १७ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाइन् । पुजा महतोले १४ बलमा दुई चौका र दुई छक्काको सहयोगमा २४…

Read More

काठमाडौँ । तामाङहरूको नयाँ वर्ष एवं ल्होसार आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। चन्द्रमास अनुसार माघ शुक्ल प्रतिपदाका दिन मनाइने लोसारको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज राष्ट्रिय रूपमा काठमाडौँको टुँडिखेलमा भव्य कार्यक्रमका बीच लोसार मनाइँदैछ। मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार…

Read More

काठमाडौं । वासिङ्टनको एक अदालतले दिएको आदेशपछि अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसले सबै प्रकारका वैदेशिक अनुदान सहयोगमा रोक लगाउने बारे गरेको निर्णय स्थगित गरेको छ। बुधबार वासिङ्टनस्थित एक अदालतले तत्कालका लागि यो निर्णय रोक लगाउन आदेश दिएको थियो। यसको अन्तिम फैसला भन्ने फेब्रुअरी ३ मा गरिने बताइएको छ। अदालतको यो आदेशपछि तत्कालका लागि हाइट हाउसले उक्त निर्णय स्थगित गरेको हो। विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पनि पछि हटेको हो । राष्ट्रपति ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरिसकेपछि विभिन्न मुलुकलाई बाँड्दै आएको अनुदान सहयोग ९० दिनसम्मका लागि स्थगित…

Read More

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा…

Read More

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित खानेडाँडा कोष सामुदायिक वनमा भेटिएका युवकको सनाखत भएको छ। केही दिनअघि भेटिएको सबको सनाहत भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। मृत भेटिनेमा बुढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगाल बस्ने ४० वर्षीय पवन थापा रहेको नेपाल प्रहरीले जनाएको छ । थापा मृत भेटिएपछि घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Read More

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टी कार्यालय परिसरमा गरेको नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसायी (एसएमई) सम्मेलनमा ठूला व्यवसायीहरूले सहभागिता जनाएका छन्। आज र भोलि सञ्चालन हुने सो सम्मेलनमा सहभागी व्यवसायीहरूले संसदको सबैभन्दा ठूलो दलले सुरुवात गरेको यो प्रयास प्रशंसनीय रहेको बताएका छन्। सम्मेलनमा उद्यमी, व्यवसायीसहित निजी क्षेत्रको विकासमा संलग्न सरोकारवालाहरूसँग छलफल कार्यक्रम गरिएको थियो । सोही कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतको सहभागिता रहेको थियो। । यस्तै, कांग्रेस पार्टी कार्यालय परिसरमा स्थानीय रूपमा उत्पादित विभिन्न सामग्रीका दर्जनबढी स्टल पनि राखिएका छन् । सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले देशमा निकै धेरै सम्भावना रहेको बताएका…

Read More

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको स्टार्टअप तथा साना र मझौला व्यवसाय सम्बन्धी सम्मेलनमा विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको छ। आजदेखि सुरु भएको सम्मेलनमा भारत लगायतका विभिन्न देशका कुटनीतिक नियोगका प्रतिनिधिहरुले सहभागिता जनाएका हुन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालय सानेपामा बुधबारदेखि स्टार्टअप तथा एसएमई सम्मेलन सुरु गरेको छ । सम्मेलनमा नेपालका लागि इजरायली राजदूत सुमुलिक एरी बास, दक्षिण कोरियाका राजदूत पार्क ताइ योङ, इजिप्टका लागि नेपाली दूतावासका डिसिएम मोहम्मद कान्डिल, भारतीय दूतावासका कमर्स सेक्रेटरी सुमन शेखर र बेलायती दूतावासका राजनीतिक सल्लाहकार सुमित शर्माको सहभागिता रहेको थियो ।

Read More

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने तर्फ नसोच्न सुझाव दिएका छन्। बुधबार प्रेस चौतारी बुटवलले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रध्यक्ष भइसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किनु उचित नहुने बताएका हुन् । उनले नेकपा एमालेभित्र उनी कार्यकारी भूमिकामा एमालेमा फर्किन लागेको विषयमा कुनै छलफल नभएको भन्दै त्यो बाहिरी हल्ला मात्रै रहेको बताए । ‘सामान्यतयाः संवैधानिक राष्ट्राध्यक्षहरू मुलुककै अभिभावक हो । त्यस अर्थमा नेकपा एमालेको पनि अभिभावक हो उहाँहरू । तर मुलुककै अभिभावक भइसकेको मान्छे, पार्टीमा प्रत्यक्ष कार्यकारी भूमिकामा फर्कने कुरा चाहिँ मैले सामान्य अवस्थामा त्यो उचित हो भन्ने म ठान्दिनँ,’ ज्ञवालीले भने…

Read More

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहण गरेसँगै जारी गरेको अन्तर्राष्ट्रिय सहयोग रोक्ने सम्बन्धी कार्यकारी आदेशमाथि त्यहाँको एक जिल्ला अदालतले रोक लगाएको छ। वासिङ्टन डिसीका न्यायाधीश जर्ज लोरेन अलिखानले फेब्रुअरी ३ तारिखसम्मका लागि यो आदेश कार्यान्वयनमा रोक लगाएका हुन् । यो अन्तरिम आदेश भएकाले फेब्रुअरी ३ मा हुने फैसलाले नै ट्रम्पको आदेश कार्यान्वयन हुने नहुने भन्ने टुङ्गो लाग्नेछ । ट्रम्पको निर्णयविरुद्ध नेसनल काउन्सिल फर नन प्रोफिट अर्गजाइजेसनका प्रमुख डाइन यान्टेलले मुद्दा दायर गरेका थिए। उक्त मुद्दाको सुरुवाइ गर्दै न्यायाधीश जर्जले यस्तो निर्णय गरेका हुन्। ह्वाइट हाउसले सङ्घीय सरकारबाट सहयोग तथा ऋण रोक्का गर्ने निर्णयपछि यसमाथि ठुलो बहस भएको थियो।…

Read More

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन आजदेखि सुरु हुन लागेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । देशको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा सिर्जना गर्ने र आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले माघ १६ र १७ गते पार्टी कार्यालय सानेपामा सम्मेलनको आयोजना गरिएको कांग्रेसले जनाएको छ । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले दुईदिने सम्मेलनको उद्घाटन गर्दैछन् । सम्मेलनमा उद्योग, उद्यमशीलता क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ । म्मेलनमा ८० भन्दा बढी स्टल र ६ हजारभन्दा धेरै सहभागीहरू रहने आयोजकले जनाएको छ । नवप्रवर्तन र उद्यमशीलतामार्फत…

Read More

काठमाडौँ । आज अपरान्न काठमाडौँ उपत्यकामा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने बताइएको हो । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा आंशिक बदली हुने सम्भावना छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री सेल्सियस कायम रह्यो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको उनले जानकारी दिए । त्यसैगरी आज राति देशका…

Read More