

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेनले हालका प्रहरी प्रमुखमाथि छानबिन गर्न प्रतिनिधि सभाको बैठकमा माग गरेका छन् । हिजोबाट सुरु भएको प्रतिनिधि सभाको पाँचौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आफ्नो पदीय मर्यादा कायम नराखेको भन्दै छानबिनको माग गरेका हुन् ।
लिंगदेनले संसदमा भनेका थिए ‘यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर रवि लामिछानेमाथि मुद्दा परेको छैन भन्नुभयो, अहिले फेरि उहाँको नेतृत्वमा रवि लामिछानेमाथि मुद्दा चलाउने काम उहाँ मातहतबाटै भयो । त्यसैले उहाँमाथि छानबिन हुनुपर्छ।’
सहकारी ठगी प्रकरणमा लामिछाने गृहमन्त्री हुँदा कुँवरले राज्य व्यवस्था समितिमा गएर उनीमाथि कुनै प्रमाण नभेटिएको बताएका थिए। लामिछाने गृहबाट हटेपछि यिनै महानिरीक्षक कुँवर मातहतले लामिछानेमाथि प्रमाण खोजेर मुद्दा चलाइरहेको छ।
तर लामिछानेमाथिको अनुसन्धानलाई भने लिंगदेनले समर्थन गरेका छन् । उनले भने ‘सबैको सम्पत्ति छानबिन गरौं न, किन उहाँको मात्रै ।’