काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा काँग्रेस एमालेले थ्रेसहोल्ड कटाउन नसक्ने दाबी गरेका छन् । प्रतिनिधि सभामा आज सम्बोधन गर्दै प्रचण्डले अहिलेको थ्रेसहोल्ड आगामी निर्वाचनमा काँग्रेस एमालेले नै पूरा गर्न नसक्ने भन्दै अब थ्रेसहोल्ड थपेर आफैँलाई अप्ठेरोमा नपार्न दुवै पार्टीलाई सुझाव दिए । सम्बोधनकै क्रममा उनले सबै भाइरल अभियान्ताहरूको बचाउ गर्न पनि भ्याए । अभियान्ता आशिका तामाङलाई पक्राउ गरिएकोप्रति प्रचण्डले आपत्ति जनाए । सम्झाइ बुझाइ गरेर टुंगो लगाउन सकिने विषयलाई मुद्दा चलाएर जिल्ला जिल्लामा बयानका लागि घुमाउने तरिकाले जनताप्रति सरकारको रवैया प्रष्ट भएको प्रचण्डको भनाइ थियो । त्यस्तै बालेनको टिसर्ट…
Author: Kathmandu Khabar
काठमाडौं । जनता समाजवादी पार्टीका उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री मागेपछि आज प्रतिनिधि सभामा पेश गर्ने भनिएको विभिन्न अध्यादेश टेबुल गर्न सत्ता पक्ष पछि हटेको छ । आज दिउँसो १ बजे बसेको सङ्घीय संसद् (प्रतिनिधिसभा)को बैठकमा सबै अध्यादेश टेबुल गरेर सम्भवत: आजै छलफल अघि बढाउने तयारी गरिएको थियो । तर उपेन्द्र यादवले सहयोग नगर्दा राष्ट्रियसभामा बहुमत नपुग्ने भएपछि आजको बैठकबाट सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशसम्बन्धी कार्यसूची हटाइएको हो । यसअघि ती अध्यादेश छलफल गरेर पारित गर्ने कार्यसूची रहेको थियो । आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोवार (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गरेका छन् । आर्थिक…
काठमाडौँ । नाट्यसम्राट बालकृष्ण समको १२३औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । बिहीबार नेपाल शिक्षा परिषद् काठमाडौं र काठमाडौं महानगरपालिका–१ ले संयुक्तरूपमा कमलपोखरीमा कार्यक्रम आयोजना गरेको थियो । नेपाली साहित्यमा परिस्कारवादी धारको नेतृत्व गर्ने सम उत्कृष्ट नाटककार एवं समालोचक हुन् । यसक्रममा कमलपोखरी परिसरमा रहेको समको मूर्तिमा साहित्यकार, साहित्य अनुरागी तथा विद्यार्थीले माल्यार्पण गर्दै श्रद्धासुमन प्रकट गरेका छन् । साहित्यकार पिताम्बर दाहालले समलाई कोहीसँग पनि तुलना गर्न नसकिने बताए । उनले भने,“नेपालीभाषी उहाँप्रति सधैँ आभारी हुनुपर्छ । उहाँको कृति स्पष्ट बुझिने, शब्दरूपी गहना, माधुर्य भरिएको हुन्छ । शब्द छानेर राख्न सक्ने सामथ्र्य, गाम्र्भीयता, मधुरता, स्पष्टता सम र बीपीमा मात्र…
काठमाडौं । पछिल्लो समय अध्यादेशमा साथ माग्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सत्ता पक्ष र प्रतिपक्ष दुवैले तानातान गरिरहेका छन् । अध्यादेश पास गर्नका लागि राष्ट्रिय सभामा उपेन्द्र यादवको पार्टीका एक सांसद आवश्यक भएपछि अहिले उनलाई दुवै पक्षले तानातान गर्न लागेका हुन् । बहुमत पुगेको खण्डमा आज बस्ने बैठकमा नै अध्यादेश पास गर्ने संसद सचिवालयको तयारी छ । त्यसको लागि आज उपेन्द्र यादवलाई सत्ता पक्षीय दलका नेताहरूले भेटघाट बाक्लो बनाएका छन् । हिजो साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुढानिलकण्ठमा छलफल गरेका यादव आज एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँग छलफलका लागि गएका छन्। हिजो देउवा र यादवबीच आधा घण्टा…
काठमाडौं। भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचनको लागि मतदान भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत छ । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप) को शासन रहेको छ । दिल्ली विधानसभा चुनावमा बुधबार करिब ६८ प्रतिशत मतदान भएको भारतको निर्वाचन आयोग (इसीआई) ले जनाएको छ । मतदान सकिएपछि सार्वजनिक भएका सबैजसो एक्जीट पोलले केन्द्रको सत्तामा रहेको भारतीय जनता पार्टीले बहुमत ल्याउने प्रक्षेपण गरेको छ ।
काठमाडौं । आगामी चैत १ देखि ३ गतेसम्म काठमाडौँमा हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन आयोजना हुने भएको छ । हिमवत्खण्डमा उद्भव भएका मानव सभ्यता र सांस्कतिक वैभवका साथै यस भू–खण्डमा बसोबास गर्ने विभिन्न भाषाभाषीका संस्कृति, सभ्यता र ज्ञानपरम्परालाई सुदृढ बनाउने उद्देश्यका साथ सम्मिलन आयोजना गरिएको आयोजक मदन भण्डारी कला साहित्य प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । तीन दिनसम्म चल्ने सम्मिलनमा नेपालका सातै प्रदेश, हिमाल, पहाड र तराईका सांस्कृतिक झाँकीको प्रस्तुत गरिने छ । सम्मिलनमा सातै प्रदेशबाट लोक संस्कृतिसम्बन्धी एक÷एकवटा र नेपाल बाहिरबाट म्यान्मा, बङ्गलादेश, भारत, चीन, भूटान, थाइल्यान्डलगायत देशका तर्फबाट प्रतिनिधिमूलक गोष्ठी पत्र प्रस्तुति, प्राज्ञिक विमर्श…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितलाई सङ्गठित अपराध र सम्पति शुद्धीकरणको विषयमा मुद्दा नचलाउने चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललेविरुद्ध छानबिन गर्न महान्यायाधिवक्ताको कार्यालयले छानबिन समिति गठन गरेको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना गरेको अभियोगमा रास्वपाका अध्यक्ष लामिछानेसहित ३२ जना विरुद्ध अभियोगपत्र दायर गरिएको थियो । त्यसमध्ये सभापति लामिछानेसहित २० जनाविरुद्ध ठगीको मुद्दा र १२ जनाविरुद्ध सङ्गठित अपराध र सम्पति शुद्धीकरणको मुद्दा दायर गरिएको थियो । चितवन सरकारी वकिल कार्यालयको उक्त अभियोग त्रुटिपूर्ण रहेको उल्लेख गर्दै महान्यायधिवक्ता कार्यालयले सो अभियोगपत्रमाथि अध्ययन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको हो । महान्यायाधिवक्ता कार्यालयका…
चितवन । चितवन जिल्ला अदालतले आज थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाउन आदेश दिएको छ । बुधबारबाट चितवन जिल्ला अदालतमा सुरु भएको बहस नसकिएपछि उनलाई भोलि उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाइएको हो । बुधबार जिल्ला सरकारी वकिलको कार्यालय चितवनले साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो । सोही मुद्दामा आजबाट बयान सुरु भएको हो । बयान सकिएसँगै आजैबाट थुनछेक बहस पनि सुरु गरिएको थियो । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको…
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामालाई बर्खास्त गर्न माग गर्दै काठमाडौ महानगरपालिकामा निवेदन परेको छ । मंगलबार सिनामंगलका राजेश आचार्यले महानगरका प्रमुख बालेन्द्र शाहलाई निवेदन दिएका हुन् । आचार्यले सिनामंगलका प्लानिङ्ग व्वाइज युनाईटेड नामक गैर सरकारी संस्थाको तर्फबाट निवेदन दिएका हुन् । क्लबको विधानमा अदालतले दोषि ठहर गरेको व्यक्ति साधारण सदस्य समेत नहुने व्यवस्था हुँदाहुँदै दावा लामाले झूटा विवरण पेश गरी संस्था दर्ता गरी सो क्लबको अध्यक्ष भएको र हालसम्म पनि सो संस्थामा आबद्ध रहेको र क्लबबाट प्रतिनिधित्व गरी एन्फा उपाध्यक्षको रुपमा कार्य गर्दै आएकाले कारबाही गर्न माग गरेका हुन् । लामा लागुऔषध खैरो हेरोईन…
मङ्गलबार प्रकाशित एक अध्ययन अनुसार वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सरको सबैभन्दा सामान्य रूप बढाउँदै छ, । यसले विशेषगरी महिला र दक्षिणपूर्वी एसियाका मानिसहरूलाई कडा असर गरिरहेको छ । फोक्सोको क्यान्सर यस रोगको सबैभन्दा सामान्य रूप हो । सन् २०२२ मा २५ लाख मानिसको निदान भएको विश्व क्यान्सर दिवसमा ल्यान्सेट रेस्पिरेटरी मेडिसिन जर्नलमा प्रकाशित अध्ययनले भनेको छ । तीमध्ये धेरैजसो पुरुष थिए तर महिलाहरूमा करिब १० लाख केसको बढ्दो हिस्सा थियो । चिनियाँ वित्त पोषित यस अध्ययनका लेखकहरूका अनुसार फोक्सोको क्यान्सरको एक प्रमुख उप–प्रकार – एडेनोकार्सिनोमा – १८५ देशमा महिलाहरूमा प्रमुख बनेको छ । “वायु प्रदूषणलाई एक महत्त्वपूर्ण कारक मान्न…
काठमाडौं । दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसआइडी बन्द गर्ने घोषणा गरेका छन्। ट्रम्प प्रशासनको ‘सरकारी दक्षता विभाग’ का निर्देशक इलोन मस्कले ‘यूएसएआईडी’ बन्द गर्ने घोषणा गरेका हुन् । युएसआइडी सुधार्नै नसक्ने अवस्थामा पुगेको भन्दै यसलाई बन्द गर्न लागिएको उनले स्पष्ट पारेका छन्। यसमा राष्ट्रपति ट्रम्प पनि सहमत भइसकेको उनले बताएका छन्। सोमबार ‘एक्स’ द्वारा आयोजित लाइभमा बोल्दै मस्कले भनेका छन्, ‘यस (यूएसएआईडी) लाई बन्द गर्नुपर्छ भन्ने विषयमा राष्ट्रपति सहमत हुनुहुन्छ।’ समाचार संस्था एपीका अनुसार मस्कको घोषणासँगै ६ सय कर्मचारीलाई यूएसएआईडीका कम्प्युटर प्रणालीको पहुँचमा रोक लगाइएको छ।
काठमाडौँ । अध्यादेशबारे संसदमा छलफल गर्नुपूर्व भामुख देवराज घिमिरेले आज दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् । प्रतिनिधि सभाको बिहिबार १ बजे बस्ने बैठकमा अध्यादेश बारे छलफल गर्ने कार्यतालिका रहेको छ। त्यसपूर्व प्रमुख सचेतकहरूसँग साझा धारणाको लागि छलफल गर्न लागेको संसद सचिवालयले जनाएको छ। अध्यादेश लगायतका विषयमा छलफल गर्न आज दिउँसो ३ बजे प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकलाई बोलाइएको छ ।
काठमाडौं । आवासीय चिकेत्सकहरूले आजदेखि आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय गरेका छन् । सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज पनि आन्दोलन जारी राखेका हुन् । मंगलबार ओपीडी सेवा ठप्प पारेका उनीहरुले आज आकस्मिकबाहेकका सबै सेवा बहिस्कार गर्ने विज्ञप्तिमार्फत जानकारी दिएका छन्। उनीहरुले सोमबार ३ घन्टा ओपीडी सेवा बहिष्कार गरेका थिए । उनीहरुले बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ब्यानर/प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गरेका थिए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नै निर्वाचन क्षेत्रका जनताको समेत पैसा ठगी गरेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । चितवनको भरतपुरमा रहेको साहारा चितवन सहकारी ठगीको आरोपमा लामिछानेसहित ३२ जनाविरुद्ध मंगलबार पूरक अभियोग दर्ता भएको हो । यसअघि मूल अभियोग पत्रमा माग गरिएका ४४६ जना पीडित बचतकर्ताहरुको ३७ करोड ६५ लाख ४ हजार ५४६ रुपैयाँ १ पैसा र पूरक जाहेरी दिने १० जनाको ४३ लाख ९४ हजार छ सय ३१ रुपैयाँ एक पैसा गरी ३८ करोड ९ लाख ७९ हजार एक सय ७७ रुपैयाँ भराई दिन माग गरिएको छ। यसअघि नै गठीमा मुद्दा चलाइएका जीबी भन्ने…
काठमाडौं । एन्फा उपाध्यक्ष दावा लामालाई पदबाट हटाउने मुद्दामा उच्च अदालत पाटनले विपक्षी झिकाउने आदेश दिएको छ । पदबाट हटाउन माग गर्दै दायर भएको मुद्दामा अन्तरिम आदेशका लागि विपक्षी झिकाउन आदेश दिइएको हो । लागु औषध खैरो हिरोइन बिक्री वितरण मुद्दामा तत्कालीन पुनरावेदन अदालत (हालको उच्च) ले एन्फाका उपाध्यक्ष लामालाई पाँच वर्ष कैद र पाँच हजार जरिवाना गर्ने फैसला गरेको थियो । एन्फा निर्वाचनको दौरान लामाले झूटा विवरण पेश गरी निर्वाचित भएको, राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र अखिल नेपाल फुटबल संघको विधानबमोजिम एन्फा उपाध्यक्षको रुपमा कामकाज गर्न अयोग्य भएको र एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गको संरक्षणकै कारण गैरकानुनी रुपमा…
काठमाडौं । राजधानीमा जारी महिला त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले लगातार चौथो हार व्यहोरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो । यस हारसँगै नेपाल उपाधि होडबाट बाहिरएको छ । जितसँगै थाइल्याण्डको भने उपाधि जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय एक रन मात्र बनायो । नेपालका लागि रूविना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन् । उनले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३६ रन बनाएकी हुन् । यसैगरी कविता जोशीले २४ रन बनाइन भने…
काठमाडौँ । नेपाली कांग्रेसले देशभरिका सबै जिल्लाका सभापति र उपसभापतिलाई अभिमुखीकरण गर्दैछ। आज मङ्गलबारदेखि सुरु हुने अभिमुखीकरण कार्यक्रम पोखरामा आयोजना हुने नेपाली कांग्रेसले जनाएको छ। नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने कार्यपालिका रहेको छ। प्रतिष्ठानले सोमबार पोखरामै प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुख (उपसभापति)का लागि अभिमुखीकरण आयोजना गरेको थियो । प्रशिक्षणमा जिल्ला उपसभापति (जिल्लाको प्रशिक्षण विभागको जिम्मेवारी सम्हालेका) दुईमध्ये एकजनालाई मात्र बोलाइएको कांग्रेसले जनाएको छ ।
काठमाडौँ । आज अन्तर्राष्ट्रिय क्यान्सर दिवस । विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी विश्वभर मनाइँदैछ। समयमै उपचार गरे रोगबाट मुक्त हुन सकिने जानकारी दिँदै नेपाल सरकारले पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै क्यान्सर दिवस मनाउँदैछ। क्यान्सरका विभिन्न चरण र कारणको बारेमा संक्षिप्त रूपमा तल जानकारी दिइएको छ। क्यान्सरका चार चरण क्यान्सरका चार चरण (स्टेज) रहेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा शाहीका अनुसार शून्यदेखि तीन स्टेजको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिने र चार स्टेजको क्यान्सरलाई नियन्त्रण गर्न सकिनेछ । क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा गयो भने खतरनाक हुने उनको भनाइ छ । उनले नसर्ने बेलासम्म…
काठमाडौं । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ…
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउस प्रवेशसँगै नेपालमा रहेको अमेरिकी दूतावासले युक्रेन समर्थनको ब्यानर हटाएको छ। ह्वाइट पुनरागमनसँगै विश्वव्यापी तरङ्ग सिर्जना गर्ने कार्यकारी आदेश जारी गरेका राष्ट्रपति ट्रम्पले लिएको एक झण्डा नीतिअन्तर्गत सो व्यानर हटाएको बताइएको छ । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि नेपालस्थित अमेरिकी दूतावास अगाडि “हामी युक्रेनको समर्थनमा छौं” भन्ने ब्यानर टाँगिएको थियो। अमेरिकी दूतावासमा अमेरिकी झण्डाबाहेक ‘लैंगिक अल्पसंख्यक (एलजीबीटीआईक्यु प्लस) गौरव’ र ‘अश्वेतको जीवनले अर्थ राख्छ’ भन्ने झण्डा पनि फराइन्थ्यो। अहिले अमेरिकी विदेश मन्त्रालयले अमेरिकाको झण्डाबाहेकका सबै झण्डा र ब्यानरहरू हटाउन निर्देशन जारी गरेपछि नेपालस्थित अमेरिकी दूतावासले पनि त्यो हटाएको हो।
काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजाअर्चना गर्न स्वयम्भूमा आज मेला लागेको छ । हरेक वर्षको माघ शुक्ल पञ्चमीका दिन मञ्जुश्रीको पूजा गर्न यहाँ विशेष मेला लागेको हो । काठमाडौं महानगरपालिका–१५ मा अवस्थित स्वयम्भू विश्व सम्पदा सूचीमा सूचीकृत छ । स्वयम्भूसहित आसपासका सम्पदाको अवलोकन गरी भक्तजनले विधिपूर्वक चैत्यको पूजाआजा गरेका हुन् । भक्तजनहरूले सरस्वतीको मूर्तिको पूजाअर्चना गरेका छन् । विशेषगरी सानासाना बालबालिकालाई उनीहरूको अभिभावकले दर्शनका निम्ति मन्दिर लगेका थिए । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यका अनुसार सरस्वतीको पूजा तथा नजिक भित्तामा बालबालिकालाई लेख्न पनि लगाइएको छ । यसो गर्दा राम्रो लेख्न र पढ्न सक्छन् भन्ने विश्वास छ ।…
काठमाडौं । सरस्वती पूजाको अवसरमा नेपाल विद्यार्थी संघ इकाई पद्मकन्या बहुमुखी क्याम्पसद्वारा माक्स वितरण कार्यक्रम आयोजना गरेको छ । सांसद प्रतिमा गौतमले प्रमुख अतिथिका रूपमा मास्क वितरण गरेकी थिइन् । कार्यक्रम नेविसंघ इकाई अध्यक्ष चन्द्रकला तामाङको संयोजनामा आयोजना भएको सरस्वती पूजा कार्यक्रममा उक्त कार्यक्रममा पद्मकन्या क्याम्पसमा पूर्वस्ववियु सभापति समेत रहेकी गौतमसहित नेपाल तरुण दलकी केन्द्रीय सदस्य लक्ष्मी दाहालको पनि उपस्थिति रहेको थियो। सरस्वती पूजा तथा मास्क वितरण कार्यक्रममा पद्मकन्या वर्तमान स्ववियु सचिव भूपि ऐर, स्ववियु सदस्य रिन्की मेहता, नेविसंघ इकाई वरिष्ठ उपाध्यक्ष दीक्षा बडुलगायत कविता गौतम, संकल्पिका थापा, सन्ध्या बस्याल, चेतना नहर्की, उर्वशी पाण्डेय, वर्षा सिंह राजपूत, आकृति पाण्डेय, स्वस्तिका…
काठमाडौं । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाविरुद्ध रमाइलो चेतावनी दिएका छन् । अमेरिकाले आयात गरिने सामानमा २५ प्रतिशत कर लगाएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उत्तिनै कर अमेरिकी सामानमा पनि लगाउने बताएका थिए । करको विषयमा धेरै बोले अझ कर थप्ने ट्रम्पले चेतावनी दिएका हुन् । बीबीसीका अनुसार फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘यदि क्यानाडाले अमेरिकाले लगाएका ट्यारिफको जवाफमा प्रतिक्रिया दिन्छ भने क्यानाडामाथि थप ट्यारिफ लगाइनेछ।’ अमेरिकाका उत्तरी छिमेकी राष्ट्रहरूले लामो समयसम्म अमेरिकाको अपमान गरेका उनको आरोप छ । ट्रम्पले भने, ‘म क्यानडाका मानिसहरूलाई माया गर्छु तर म क्यानडाका नेतासँग सहमत छैन र त्यहाँ केही हुनेवाला छ।’
काठमाडौं । पूर्वराष्ट्रपति नन्दबहादुर पुनले नेकपा माओवादी केन्द्रमा जिम्मेवारी पाएका छन् । लामो समयसम्म उनको पदबारे अन्यौल रहेकोमा सोमबार बसेको माओवादी पदाधिकारी (कार्यालय) बैठकले उनको रूचि अनुसारकै उत्पादन क्षेत्रको जिम्मेवारी दिने निर्णय गरेको हो । केही समयदेखि पार्टीको उपाध्यक्षको हैसियतमा बैठकमा सहभागी हुँदै आएका पुनको पदबारे भने अझै पार्टी अनिर्णित छ । माओवादी नेताहरु भने उनलाइ आमन्त्रित रुपमा सहभागी गराइएको दाबी गर्छन्। उपराष्ट्रपतिबाट हटेको २२ महिना र पार्टी राजनीति छोडेको ९ वर्षपछि पुन पार्टीको जिम्मेवारीमा फर्किएका हुन्। २०७२ कार्तिक १३ गते पहिलोपटक उपराष्ट्रपति भएका उनी दोस्रो कार्यकालका लागि पनि दोहोरिएका थिए।
काठमाडौं । संसद्मा दर्ता भएको ६ वटा अध्यादेशविरुद्ध ६६ वटा अविश्वासको प्रस्ताव दर्ता भएको छ । फास्ट ट्र्याकबाट अध्यादेश पारित गर्ने तयारीमा रहेका सत्तारुढ दललाई चुनौती दिन अहिलेसम्मकै धेरै प्रस्ताव एकैपटक दर्ता गराएका हुन् । यसरी विपक्षीहरूले दर्ता गरेको अविश्वास प्रस्तावमा सरकारले सदनलाई बन्धक बनाएर अध्यादेश ल्याएको भन्दै ६ वटै अध्यादेश अस्वीकार गर्नुपर्ने माग गरिएको छ । यी विश्वास राष्ट्रिय सभा र प्रदेशसभामा दर्ता भएको हो । अस्वीकार प्रस्ताव दर्ता गर्नेमा विपक्षी दल माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, नेमकिपाका सांसद छन्। संसद्को अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो भने हिउँदे अधिवेशन यही माग १८ गते सुरु भएको छ। सरकारले…
काठमाडौं । फुटबलर्स मिसन टुगेदरले कोशी प्रदेश समिति गठन गरेको छ । देशभर नै संगठन विस्तार गर्ने योजनाअनुरूप अन्तर्राष्ट्रिय फुटबल खेलाडी पुनम थापाको अध्यक्षतामा समिति गठन भएको हो । समितिको उपाध्यक्षमा इन्दु रसाईली, संगीता राउत र पारस चौधरी चयन भएका छन् । समितिको महासचिवमा मधुसुदन खनाल र कोषाध्यक्षमा कुमार महर्जन चयन भएका छन् । सदस्यहरु दीपेन्द्र ढकाल, गणेशराज भण्डारी, मंगेश बस्नेत, दर्शनराज लवट श्रेष्ठ र सुरेन्द्र तामाङ चयन भएका छन् । आज विराटनगरको सप्तकोशी पार्टी प्यालेसमा फुटबलर मिसन टुगेदरका अध्यक्ष अशोक बज्राचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा एन्फाका पूर्व केन्द्रीय सदस्य वसन्त अर्याल, कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले नवगठित…
काठमाडौं । आफ्ना विभिन्न मागहरू राख्दै केही दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकहरूले आज ओपिडी सेवा बन्द गरेका छन्। आफूहरूको पारिश्रमिक पनि सरकारी चिकित्सक सरह हुनुपर्ने माग राख्दै आवासीय चिकित्सकहरू केही दिनदेखि सडक आन्दोलनमा छन्। माइतीघर मण्डलामा केही दिनदेखि आन्दोलन गर्दा पनि सरकारले सुनवाई नगरेपछि उनीहरूले आज ३ घण्टाका लागि ओपिडी सेवा बन्द गरेका हुन् । ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय चिकित्सकहरुले आज बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ब्यानर/प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन् । उनीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शनलाई पनि जारी राख्ने जनाएका छन् ।
काठमाडौँ । आज बसन्त पञ्चमी । पौराणिक मान्यता अनुसार आजकै दिनदेखि ऋतुराज बसन्तको सुरुवात भएको छ। सौर्यमास अनुसार फागुन १ गतेदेखि बसन्त ऋतु सुरु हुने भएपनि पौराणिक मान्यता र चन्द्रमास अनुसार भने बसन्त ऋतुको सुरुवात माघ शुक्ल पञ्चमीका दिनदेखि हुने गर्दछ। आध्यात्मिक भाषामा भन्नुपर्दा वसन्त ऋतुमा पञ्चतत्व (पृथ्वी, वायु, जल, आकाश र अग्नि) ले आफ्नो प्रकोप छाडेर सुहाउँदो रुपमा प्रकट हुन्छन्। आकाश स्वच्छ हुन्छ। वायु सुहाउँदो हुन्छ। अग्नि (सूर्य) को ताप ठिक्कको हुन्छ। जल सुखदायक हुन्छ। प्राचीनकालमा कसैप्रति आफ्नो प्रेम र आकर्षणका बारेमा भाव व्यक्त गर्नका लागि यो ऋतु अनुकूल मानिन्थ्यो। राजमहल र राजकीय देखरेखमा नगरहरुमा रमाइलो गरिन्थ्यो। आफ्नो प्रेमभाव…
काठमाडौँ । आज माघ शुक्ल पञ्चमी अर्थात् वसन्तपञ्चमी । विश्वभरका हिन्दू धर्मावलम्बीहरूले विद्याकी देवी सरस्वतीको पूजाआजा गरी मनाउँदै छन्। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा बिहान ०७ः५५ बजे काठमाडौंंको हनुमानढोकास्थित नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ः५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने छन्। पौराणिक कथा अनुसार कतै ब्रह्माकी पत्नी त कतै ब्रह्मकी छोरीको रुपमा चिनाउने गरिएकी सरस्वतीलाई नेपाली जनमानसले भन्ने इतिहासदेखि…
काठमाडौँ । काठमाडौँको सुकेधारामा रहेको ब्रुकलिन कलेजले आयोजना गरेको विद्यार्थी स्वागत तथा बिदाई कार्यक्रममा ४१५ जना विद्यार्थी दीक्षित भएका छन् । शनिबार दियो प्यालेसमा आयोजना गरिएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यक्रमको उद्घाटन गरेका थिए। प्रत्येक वर्ष हुने कार्यक्रममा राजनीतिक व्यक्तिलाई उद्घाटनका लागि बोलाउने गरिएकोमा यसपटक भने नित्तान्त शिक्षासँग सम्बन्धित व्यक्तिबाट उद्घाटन गरिएको थियो । यस वर्ष २०० जना स्नातक तहमा र २१५ जना प्लस टु तहमा गरी ४१५ जना दीक्षित भएका हुन् । विभिन्न प्रतिष्ठित विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल र योग्य विद्यार्थीहरूको संगतस्थल भनेको ब्रुकलिन कलेज विज्ञान, मानविकी, व्यवस्थापन, कानुन, शिक्षा तथा समाजसेवा संकायमा अध्ययन गर्ने…
