

काठमाडौं । सरस्वती पूजाको अवसरमा नेपाल विद्यार्थी संघ इकाई पद्मकन्या बहुमुखी क्याम्पसद्वारा माक्स वितरण कार्यक्रम आयोजना गरेको छ । सांसद प्रतिमा गौतमले प्रमुख अतिथिका रूपमा मास्क वितरण गरेकी थिइन् ।
कार्यक्रम नेविसंघ इकाई अध्यक्ष चन्द्रकला तामाङको संयोजनामा आयोजना भएको सरस्वती पूजा कार्यक्रममा उक्त कार्यक्रममा पद्मकन्या क्याम्पसमा पूर्वस्ववियु सभापति समेत रहेकी गौतमसहित नेपाल तरुण दलकी केन्द्रीय सदस्य लक्ष्मी दाहालको पनि उपस्थिति रहेको थियो।
सरस्वती पूजा तथा मास्क वितरण कार्यक्रममा पद्मकन्या वर्तमान स्ववियु सचिव भूपि ऐर, स्ववियु सदस्य रिन्की मेहता, नेविसंघ इकाई वरिष्ठ उपाध्यक्ष दीक्षा बडुलगायत कविता गौतम, संकल्पिका थापा, सन्ध्या बस्याल, चेतना नहर्की, उर्वशी पाण्डेय, वर्षा सिंह राजपूत, आकृति पाण्डेय, स्वस्तिका बिष्टलगायतका नेतृहरूको उपस्थिति थियो ।