

काठमाडौं । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाविरुद्ध रमाइलो चेतावनी दिएका छन् । अमेरिकाले आयात गरिने सामानमा २५ प्रतिशत कर लगाएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उत्तिनै कर अमेरिकी सामानमा पनि लगाउने बताएका थिए । करको विषयमा धेरै बोले अझ कर थप्ने ट्रम्पले चेतावनी दिएका हुन् ।
बीबीसीका अनुसार फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘यदि क्यानाडाले अमेरिकाले लगाएका ट्यारिफको जवाफमा प्रतिक्रिया दिन्छ भने क्यानाडामाथि थप ट्यारिफ लगाइनेछ।’
अमेरिकाका उत्तरी छिमेकी राष्ट्रहरूले लामो समयसम्म अमेरिकाको अपमान गरेका उनको आरोप छ । ट्रम्पले भने, ‘म क्यानडाका मानिसहरूलाई माया गर्छु तर म क्यानडाका नेतासँग सहमत छैन र त्यहाँ केही हुनेवाला छ।’