

काठमाडौं । पूर्वराष्ट्रपति नन्दबहादुर पुनले नेकपा माओवादी केन्द्रमा जिम्मेवारी पाएका छन् । लामो समयसम्म उनको पदबारे अन्यौल रहेकोमा सोमबार बसेको माओवादी पदाधिकारी (कार्यालय) बैठकले उनको रूचि अनुसारकै उत्पादन क्षेत्रको जिम्मेवारी दिने निर्णय गरेको हो ।
केही समयदेखि पार्टीको उपाध्यक्षको हैसियतमा बैठकमा सहभागी हुँदै आएका पुनको पदबारे भने अझै पार्टी अनिर्णित छ । माओवादी नेताहरु भने उनलाइ आमन्त्रित रुपमा सहभागी गराइएको दाबी गर्छन्।
उपराष्ट्रपतिबाट हटेको २२ महिना र पार्टी राजनीति छोडेको ९ वर्षपछि पुन पार्टीको जिम्मेवारीमा फर्किएका हुन्। २०७२ कार्तिक १३ गते पहिलोपटक उपराष्ट्रपति भएका उनी दोस्रो कार्यकालका लागि पनि दोहोरिएका थिए।