

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउस प्रवेशसँगै नेपालमा रहेको अमेरिकी दूतावासले युक्रेन समर्थनको ब्यानर हटाएको छ। ह्वाइट पुनरागमनसँगै विश्वव्यापी तरङ्ग सिर्जना गर्ने कार्यकारी आदेश जारी गरेका राष्ट्रपति ट्रम्पले लिएको एक झण्डा नीतिअन्तर्गत सो व्यानर हटाएको बताइएको छ ।
रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि नेपालस्थित अमेरिकी दूतावास अगाडि “हामी युक्रेनको समर्थनमा छौं” भन्ने ब्यानर टाँगिएको थियो। अमेरिकी दूतावासमा अमेरिकी झण्डाबाहेक ‘लैंगिक अल्पसंख्यक (एलजीबीटीआईक्यु प्लस) गौरव’ र ‘अश्वेतको जीवनले अर्थ राख्छ’ भन्ने झण्डा पनि फराइन्थ्यो।
अहिले अमेरिकी विदेश मन्त्रालयले अमेरिकाको झण्डाबाहेकका सबै झण्डा र ब्यानरहरू हटाउन निर्देशन जारी गरेपछि नेपालस्थित अमेरिकी दूतावासले पनि त्यो हटाएको हो।