

काठमाडौँ । आज माघ शुक्ल पञ्चमी अर्थात् वसन्तपञ्चमी । विश्वभरका हिन्दू धर्मावलम्बीहरूले विद्याकी देवी सरस्वतीको पूजाआजा गरी मनाउँदै छन्।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा बिहान ०७ः५५ बजे काठमाडौंंको हनुमानढोकास्थित नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ः५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने छन्।
पौराणिक कथा अनुसार कतै ब्रह्माकी पत्नी त कतै ब्रह्मकी छोरीको रुपमा चिनाउने गरिएकी सरस्वतीलाई नेपाली जनमानसले भन्ने इतिहासदेखि नै भगवान विष्णुकी पत्नीको रुपमा पूजाआजा गर्ने गरेको छ।