

काठमाडौं । आफ्ना विभिन्न मागहरू राख्दै केही दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकहरूले आज ओपिडी सेवा बन्द गरेका छन्। आफूहरूको पारिश्रमिक पनि सरकारी चिकित्सक सरह हुनुपर्ने माग राख्दै आवासीय चिकित्सकहरू केही दिनदेखि सडक आन्दोलनमा छन्।
माइतीघर मण्डलामा केही दिनदेखि आन्दोलन गर्दा पनि सरकारले सुनवाई नगरेपछि उनीहरूले आज ३ घण्टाका लागि ओपिडी सेवा बन्द गरेका हुन् ।
‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय चिकित्सकहरुले आज बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ब्यानर/प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन् ।
उनीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शनलाई पनि जारी राख्ने जनाएका छन् ।