

काठमाडौं । संसद्मा दर्ता भएको ६ वटा अध्यादेशविरुद्ध ६६ वटा अविश्वासको प्रस्ताव दर्ता भएको छ । फास्ट ट्र्याकबाट अध्यादेश पारित गर्ने तयारीमा रहेका सत्तारुढ दललाई चुनौती दिन अहिलेसम्मकै धेरै प्रस्ताव एकैपटक दर्ता गराएका हुन् ।
यसरी विपक्षीहरूले दर्ता गरेको अविश्वास प्रस्तावमा सरकारले सदनलाई बन्धक बनाएर अध्यादेश ल्याएको भन्दै ६ वटै अध्यादेश अस्वीकार गर्नुपर्ने माग गरिएको छ । यी विश्वास राष्ट्रिय सभा र प्रदेशसभामा दर्ता भएको हो ।
अस्वीकार प्रस्ताव दर्ता गर्नेमा विपक्षी दल माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, नेमकिपाका सांसद छन्।
संसद्को अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो भने हिउँदे अधिवेशन यही माग १८ गते सुरु भएको छ। सरकारले यहीबीचमा अध्यादेश ल्याएको थियो। सबै अध्यादेश माघ १८ गते नै सदनमा पेस भइसकेका छन्।