

काठमाडौं। भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचनको लागि मतदान भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत छ ।
तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप) को शासन रहेको छ ।
दिल्ली विधानसभा चुनावमा बुधबार करिब ६८ प्रतिशत मतदान भएको भारतको निर्वाचन आयोग (इसीआई) ले जनाएको छ ।
मतदान सकिएपछि सार्वजनिक भएका सबैजसो एक्जीट पोलले केन्द्रको सत्तामा रहेको भारतीय जनता पार्टीले बहुमत ल्याउने प्रक्षेपण गरेको छ ।