Author: Kathmandu Khabar

काठमाडौँ । जहानिया राणा शासन अन्त्य गर्नका लागि आफ्नो ज्यान बलिदान दिने सहिदहरूको स्मरणमा आज सहिद दिवस मनाइँदैछ । विक्रम सम्वत १९९७ साल माघ ६ गते तत्कालीन राणा प्रधानमन्त्रीले प्रजातान्त्रिक आन्दोलनका चारजनालाई ज्यान सजाय तोकेका थिए। जसमध्ये अन्तिम दुईजनाको माघ १५ गते राति गोली हानी हत्या गरिएको थियो। त्यसैको स्मरणमा हरेक माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ। सहिद दिवसका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। विसं २००७ साल पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ। सहिदलाई यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ। यस…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचारी ठहर भएका छन् । मंगलबार विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तामाङलाई भ्रष्टाचारी ठहर गर्दै छ महिना कैद र बिगो चार लाख कायम गरी त्यति नै जरिवाना हुने फैसला गरेको हो। उद्योगको ठाउँसारीका लागि सिफारिस गर्न चार लाख घुस लिएका उनलाई विशेष अदालतले दोषी ठहर गरेको हो । जुरीकर्ता उर्मिला पाण्डेयका व्यावसायिक साझेदार शेषनारायण अधिकारीसँग कडायतले गरेको कुराकानीको अडियो/भिडियोका आधारमा तामाङ दोषी ठहर भएका हुन् । वडाध्यक्ष तामाङले ललितपुर महानगरपालिका–२२ नख्खुमा रहेको पी थ्री प्रोडक्टस् तथा भिष्ठा आइकोनिक…

Read More

काठमाडौं । नेपाली कांग्रेसले भोलिदेखि गर्न लागेको नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलनको तयारी पूरा भएको छ । देशको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा सिर्जना गर्ने र आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले माघ १६ र १७ गते पार्टी कार्यालय सानेपामा सम्मेलनको आयोजना गरिएको कांग्रेसले जनाएको छ । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले दुईदिने सम्मेलनको उद्घाटन गर्दैछन् । सम्मेलनमा उद्योग, उद्यमशीलता क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ । म्मेलनमा ८० भन्दा बढी स्टल र ६ हजारभन्दा धेरै सहभागीहरू रहने आयोजकले जनाएको छ । नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रूपान्तरण गर्न, स्टार्टअपमा लगानीका अवसर र चुनौतीको विश्लेषण तथा महिला र…

Read More

काठमाडौं । बुधबार प्रदर्शन गर्ने तयारी रहेको एक्टर टेक वन नामक चलचित्र प्रदर्शनमा जिल्ला अदालत काठमाडौंले रोक लगाएको छ । मंगलबार अदालतले प्रदर्शन रोक्न अन्तरकालीन आदेश दिएपछि रलिजको एक दिनअघि फिल्मको प्रदर्शन रोकिएको हो। नाम र विषयवस्तु समेत चोरी भएको भन्दै निर्माताविरुद्ध उजुरी परेको थियो । फिल्म ‘एक्टर’का निर्माण कम्पनी नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिले नाम चोरी गरेर मौलिकजस्तो देखिने गरी फिल्म बनाएको आरोप पुरानो चलचित्र एक्टरका निर्माताको छ । यस कम्पनीका सञ्चालक मनोहरि थापा हुन्। उनको फिल्म ‘एक्टर’ गत ४ माघमा प्रदर्शनरतमा आएको थियो। कानुनी प्रावधानसमेत छलेर फिल्म बनाएको र कथावस्तुसमेत चोरीको प्रयोग गरेर गैरकानुनी कार्य गरेको आरोप लगाउँदै ‘एक्टर’…

Read More

काठमाडौं । सरकारले हालै जारी गरेको अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले यही माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा फास्ट ट्रयाकबाट अध्यादेश पारित गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘राष्ट्रपतिबाट जारी भएको अध्यादेश संसद सचिवालयमा दर्ता भएको छ, अध्यादेश कार्यान्वयन गर्न नियमावली बनाउने निर्णय गरेको छ ।’ आवश्यकताका आधारमा अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको उल्लेख गर्दै मन्त्री गुरुङले सुशासन प्रवद्र्धन र अर्थतन्त्रका समस्या समाधान गर्न अध्यादेश जारी गरेको स्पष्ट गरे। बैठकले विभिन्न कार्यक्रम…

Read More

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो । यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वय र सहकार्यमा नगरपालिकाले कार्यपालिका सदस्य एवं १५ वटै वडाका सचिवलाई आवश्यक तालिम प्रदान गरेको थियो । नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले चन्द्रागिरि–१२ बलम्बु निवासी अनुज महर्जन र टिसा श्रेष्ठलाई अनलाइन सिफारिस प्रदान गरेर सो सेवाको सोमबार थालनी गर्नुभयो । गृह मन्त्रालयका अनुसार पुस मसान्तसम्म २८ जिल्लाका दुई हजार वडाले अनलाइन सिफारिस सुरुआत गरिसकेका छन् । मन्त्रालयले नागरिकता प्राप्ति प्रक्रियालाई थप सहज बनाउने ध्येयले विसं…

Read More

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आजदेखि ४ दिनसम्म काठमाडौँका विभिन्न स्थानमा दैनिक ५ घण्टा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। प्राधिकरणले एक सूचना जारी गर्दै मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले विभिन्न स्थानमा फरक फरक दिनमा बत्ती जान्न सक्ने बताएको हो। नेपाल विद्युत् प्राधिकरणका अनुसार गोठाटार, मातातीर्थ, केएमसी अस्पताल, पुरानो एयरपोर्ट, कुलेश्वर, बानेश्वर लगायतका ठाउँमा विद्युत् अवरुद्ध हुने भएको हो। गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। त्यसैगरि बुधबार मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, बिहीबार शंखमूल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। शुक्रबार केएससी र पुरानो…

Read More

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएसँगै उनको बारेमा अनुसन्धान गर्ने १२ वकिल बर्खास्तीमा परेका छन्। सन् २०२० मा राष्ट्रपति निर्वाचनको नतिजा उल्टाउन भन्दै अनुसन्धान गर्ने ती वकिलहरूलाई नै अहिले बर्खास्त गरिएको हो। उनीहरुले ट्रम्पको नीति अनुसार काम गर्न नसक्ने ठहर गरिएको छ। सीबीएस न्यूजका अनुसार कार्यवाहक महान्यायाधिवक्ता जेम्स मेक हेनरीले ती वकिलहरुलाई पदबाट हटाउने निर्णय गरेका हुन् । राष्ट्रपति ट्रम्पका नीतिलाई उनीहरुले राम्रोसँग कार्यान्वयन गर्न नसक्ने ठहर गर्दै पदबाट हटाइएको ती अधिकारीले जनाएका छन् । बर्खास्तमा परेकाहरु विशेष वकिल ज्याक स्मिथको टिमका सदस्यहरु हुन् । उनीहरु ट्रम्पले सन् २०२० को चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको विषयमा अनुसन्धानमा संलग्न…

Read More

काठमाडौं । कास्की जिल्ला अदालतको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने उच्च अदालतमा निवेदन दिएका छन् । जिल्ला अदालत कास्कीले गरेको थुनछेक आदेशविरुद्ध उच्च अदालत गुहारेका हुन् । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले पनि मागअनुसारको कारबाही नभएको भन्दै उच्च अदालतमा निवेदन दिएको थियो । अहिले रवि आफूलाई ६५ लाख रूपैयाँ धरौटी माग्ने जिल्लाको आदेश त्रुटिपूर्ण र बेरितको रहेकाले बदर गर्नुपर्ने उनको माग छ । ७ पेज लामो पुनरावेदनमा रविले आफू सहकारीसँग असम्वन्धित व्यक्ति भएको र धरातलीय यथार्थबिना प्रपञ्च रचेर अभियोग लगाइएको गुनासो गरेका छन् । उनको पुनरावेदनमा भनिएको छ, ‘मेरा उपर राजनीतिक दाउपेचका आधारमा प्रमाणित हुन नसक्ने संगीन…

Read More

काठमाडौँ । यसअघि विभिन्न सञ्चार माध्यम र चिया गफमा चर्चाको विषय बन्ने गरेको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमाले अध्यक्ष सम्भावनाबारे स्वयं भण्डारीले एक कार्यक्रममा संकेत गरेकी छन्। सोमबार विराटनगरमा भएको पत्रकार सम्मेलनमा भण्डारीले आफू एमालेबाट नै राष्ट्रपति भएकाले ढिलो चाँडो एमालेमै फर्किने स्पष्ट पारिन्। उनले राजनीतिभन्दा कोही टाढा नहुने समेत बताएकी छन्। पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग टकराव चलिरहेको चर्चा चुलिँदै गर्दा भण्डारीको यो अभिव्यक्तिले उनी एमाले अध्यक्ष पदमा उम्मेदवारी दिने पूर्ण तयारीमा रहेको देखाउँछ। एमाले फर्किने भन्नुको अर्थ उनी एमालेको नेतृत्व पंक्तिमा आउने भन्ने स्पष्ट हुन्छ । किनभने पार्टी सदस्यताको हिसाबमा उनले यसअघि नै सदस्यता लिइसकेकी छन् ।…

Read More

काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) र नेपाल सरकारबीच भएको अनुदान सहयोगअन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । अर्थ मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै यूएसएआइडीको सहवित्तीय लगानी भएका आयोजनामा उसको स्रोतमा दायित्व सिर्जना हुने गरी काम नगर्न निर्देशन दिएको हो । ‘यूएसएआइडी र नेपाल सरकारबीच २०२२ मे ५ मा हस्ताक्षर भएको डेभलपमेन्ट अब्जेक्टिभ अग्रिमेन्टमार्फत् नेपाललाई प्राप्त भएको अनुदान सहायतामध्ये बजेट प्रणालीमार्फत सञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका चार वटा आयोजनाहरूमा प्राप्त अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थगित भएको युएसएआइडी नेपालले पत्रमार्फत जानकारी गराएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस  अवधिमा स्थगित भएका आयोजनाअन्तर्गत युएसएआइडी स्रोततर्फ…

Read More

काठमाडौं । नेपाली सेनाले भोलि मङ्गलबारदेखि फोटो तथा बृहद् प्रदर्शनी आयोजना गर्ने भएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रदर्शनी यही माघ १८ गतेसम्म जङ्गी अड्डामा जारी रहनेछ । नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हातहतियार र उपकरणको प्रदर्शनी गरिनेछ । त्यसका साथै सैनिक पोशाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयको विविध प्रस्तुति रहनेछ । आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुने उक्त प्रदर्शनीमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रदर्शनीबाट…

Read More

काठमाडौं । एन्फाका वरिष्ठ उपाध्यक्ष वीर वहादुर खड्काले लागुऔषध खैरो हिरोईन बिक्री वितरण र कारोबार मुद्दामा तत्कालीन पुनरावेदन अदालत(हालको उच्च अदालत) ले दोषी ठहर गरेका एन्फा उपाध्यक्ष दावा लामालाई बर्खास्त गर्न पुनः युवा तथा खेलकुद मन्त्रालयमा निवेदन दर्ता गराएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र एन्फाको विधानअनुसार आवश्यक कारबाही गर्न भनी गत श्रावण ३२ गते युवा तथा खेलकुद मन्त्रालय समक्ष खड्काले निवेदन दर्ता गराएका थिए । सो निवेदन उपर आवश्यक कारबाही गरी मन्त्रालयलाई जानकारी गराउनू भनी भाद्र १६ गते च.नं १४७ मार्फत युवा तथा खेलकुद मन्त्रालयले राखेपलाई पत्र लेखेको थियो । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको मिति २०८१…

Read More

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई आइतबार रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गर्‍यो । सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा उनको सबै सम्पत्ति रोक्का गर्दै धरौटी माग गरेको हो । योसँगै उनको कुल धरौटी रकम २ करोड २५ लाख पुगेको छ । आइतबारको आदेशलगत्तै उनी बैंक ग्यारेन्टीमार्फत् धरौटी बुझाएर रिहा भइसकेका छन् । तर धेरैलाई चासोको कुरा चाहिँ के हुन सक्छ भने हरेक दिन अदालतको आदेश आउनेबित्तिकै धरौटी बुझाउन सक्ने लामिछानेसँग आखिर पैसा छ चाहिँ कति ? यसको आधिकारिक जानकारी उनी स्वयंले मन्त्री हुँदा बुझाएको सम्पत्ति विवरणबाट बुझौं । गत जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा रवि गृहमन्त्री…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सबै सम्पत्ति रोक्का भएको छ । रुपन्देही जिल्ला अदालतले हिजो जारी गरेको आदेशमा उनी लगायत प्रतिवादीहरूको सबै सम्पत्ति रोक्का राख्ने आदेश जारी भएको हो । गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले गरेको आदेशमा भनिएको छ : ‘अभियोग पत्रमा उल्लेखित प्रतिवादीहरूको नाममा रहेको सम्पत्ति मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९२ बमोजिम कुनै व्यहोराले हक हस्तान्तरण गर्न नपाउने गरी यथास्थितीमा रोक्का राखी सो को जवाफ पठाउनू भनी सम्बन्धित मालपोत कार्यालयहरुलाई लेखी पठाउनू।’ बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई अदालतले १…

Read More

काठमाडौं । रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ । आइतबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले धरौटी लिएर छाड्न आदेश दिएको हो । यसअघि स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा लामिछानेसँग जिल्ला अदालत काठमाडौंले ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो त्यस्तै, उनलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटी मागेको थियो । दुवै अदालतमा रविले धरौटी बुझाइसकेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।

Read More

काठमाडौं । काठमाडौंको ठमेलमा एक २१ वर्षीया युवतीको शव फेला परेको छ । रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको प्रहरीले जनाएको छ । ठमेलस्थित ड्रङ्किङ्ग इन गेष्ट हाउसको कोठा नम्बर २०२ मा बसेकी उनको शव भेटिएको हो । उनी किन आइन् र उनको आत्महत्या हो वा हत्या भएको हो ? भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

Read More

काठमाडौं । एन्फाका सात सदस्यले कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । पटकपटक मौखिक आग्रह गर्दा पनि बैठक नबोलाएपछि वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कासहित सात जनाले कार्यसमिति बैठक बोलाउन माग गरेका हुन् । यसरी बैठक माग गर्नेमा उपाध्यक्षद्वय दीर्घबहादुर केसी(कुमार),विराट जंग शाही, केन्द्रीय सदस्यहरु रविन्द्र चन्द, रुपेश अधिकारी, पेमा डोल्मा लामा र रमेश व्यन्जनकार रहेका छन् । पत्रमा एन्फाको विधानको धारा ३९ को व्यवस्थाअनुसार बैठक बोलाउन माग गरिएको छ । विधानको धारा ३९ को २ मा कार्यसमितिका एकतिहाइ सदस्यले बैठक माग गरेमा अध्यक्षले २१ दिनभित्र बैठक बोलाउनुपर्ने बताइएको छ । यदि अध्यक्षले २१ दिनभित्र बैठक नबोलाए कार्यसमितिका अन्य सदस्यहरूले बैठक…

Read More

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडा कारबाही गर्न अघि बढेसँगै दर्जनौं आप्रवासीलाई लिएर अमेरिकी सेनाका विमानहरू ग्वाटेमाला आइपुगेका छन्। मध्य अमेरिकी देशको आप्रवासन संस्थानका अनुसार ग्वाटेमालाका २६५ जना तीन वटा उडानबाट स्वदेश फर्किएका हुन् । वासिङ्टनले बिहीबार मेक्सिकोमा चार वटा निर्वासन उडान पनि पठाएको ह्वाइट हाउसका प्रेस सक्रेटरीले एक्समा उल्लेख गरेका छन् । मेक्सिको सरकारले उडानहरूको आगमन कुनै सम्झौताको पुष्टि गरेको छैन तर, मेक्सिकोको विदेश मन्त्रालयले आफ्ना नागरिकको निर्वासनका विषयमा वासिङ्टनसँग मिलेर काम गर्न तयार रहेको बताउँदै मेक्सिकोले ‘ मेक्सिकोका नागरिकको आगमनलाई आफ्नो भूमिमा खुला हातले सधैँ स्वीकार गर्ने’ बताएको छ । ह्वाइट हाउसले दुई दिनमा एक…

Read More

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्न लागेको नेपाली काँग्रेसले जनाएको छ । संघीय संसदको बैठक यही माघ १८ गतेदेखि सुरु हुँदैछ । संसद्मा काँग्रेसको सहभागिता र पार्टीको धारणाको बारेमा छलफल गर्नका लागि बैठक बस्न लागेको हो । सरकारले केही विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ । ती विधेयक छिटो पारित गर्ने सरकारमा सामेल दलहरूको तयारी छ । आजको बैठकमा सरकारले ल्याएका अध्यादेश, अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि प्रस्तुत भएका विधेयकबारे छलफल हुने बताइएको छ ।

Read More

काठमाडौँ । एउटा लामो इतिहास र संस्कृति बोकेको साँखु पछिल्लो समय अस्तित्व जोगाउनका लागि संघर्षरत छ । कुनै समय आन्तरिक एवं बाह्य पर्यटकको राम्रै आकर्षण हुने साँखुमा अहिले पर्यटकहरू आउन छाडेपछि नगरपालिकाले समेत यसमा चिन्ता व्यक्त गर्न थालेको छ । तीन हजार तीन सय २५ वर्ष पहिले तत्कालीन साँखु क्षेत्रका राजा शङ्खदेवले वास्तुकलाले युक्त सात गाउँ समेटेर सहरको निर्माण गरे । त्यसलाई साँखु नाम दिइयो । नेवारी भाषामा यसलाई सक्व भनियो । लामो समयसम्म वास्तुकलाका विद्यार्थीका लागि साँखु सहर अध्ययन गर्ने स्थल बन्यो । स्वदेशी एवं विदेशी पर्यटकका लागि ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वको यो सहर दर्शनीयस्थलका रूपमा स्थापित…

Read More

काठमाडौं । आज बिहानैदेखि काठमाडौंको केही भागमा मौसम बदलीको संकेत देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोसी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली रहने देखिएको छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। बिहान काठमाडौँ उपत्यकाको तापक्रम ८ डिग्री सेल्सियम मापन गरिएको थियो । आज दिउँसो काठमाडौँमा अधिकतम १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको छ। तर पानी पर्ने सम्भावना भने आज देखिएको छैन ।

Read More

काठमाडौँ । सभापति कप पुरुष फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबले एपिएफ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्रले विभागीय टोली एपिएफ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । मच्छिन्द्रको जितमा सनिश श्रेष्ठले गोल गरे । सनिशले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको एक गोल मच्छिन्द्रका लागि निर्णयक सावित भयो । योसँगै सेमिफाइनल खेलमा मच्छिन्द्रले सङ्कटा फुटबल क्लबसँग खेल्नेछ । बिहीबार भएको पहिलो क्वार्टरफाइनलमा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई ३–० ले हराउँदै सङ्कटाले सेमिफाइनलको यात्रा तय गरेको थियो । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन…

Read More

काठमाडौँ । करिब डेढ महिना अघि तीव्र गतिमा सवारी चलाउँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान जान गरी दुर्घटना गराएका झाँक्री प्रकाश भुजेललाई उच्च अदालत पाटनले धरौटीमा रिहा गरेको छ। यसअघि जिल्ला अदालत काठमाडौँले गरेको सवारी ज्यान मुद्दामा थुनामा पठाउने आदेशलाई उच्चले उल्टाएको हो। बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्लाको आदेश बदर गरेको हो। कात्तिक २८ गते उनले चलाएको कारको ठक्करबाट बा प्र ०२–०१८–प ६८७५ नम्बरको मोटरसाइकलमा सवार दम्पतीको ज्यान गएको थियो। २८ गते दिउँसो सवा १ बजेतिर शंखरापुर नगरपालिका ९ स्थित साँखु–थली सडकखण्डमा उनले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका…

Read More

काभ्रेपलाञ्चोक । गत मङ्गलबारबाट सुरु भएको महाभारत क्षेत्रको भीषण आगलागी अझै रोकिएको छैन। काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाको सिमानामा पर्ने महाभारत क्षेत्रको जङ्गलमा लागेको आगो बस्ती नजिक आउन लागेपछि शुक्रबार हेलिकप्टरबाट पानी खसालेर नियन्त्रणको प्रयास गरिएको थियो । बेथाञ्चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार बस्तीतर्फ आउन लागेको आगो नियन्त्रणमा ल्याइए पनि जङ्गलको बीच भागमा लागिरहेको आगोले अझै नियन्त्रणमा आउन सकेको छैन। गृह मन्त्रालयमार्फत उपलब्ध भएको सिम्रिक एयरको हेलिकप्टरले बेथानचोक गाउँपालिकाको बस्ती नजिकिएको आगो नियन्त्रण गरेको हो । खानीखोला गाउँपालिका–१ स्थित थामलेकडाँडास्थित महाभारत जङ्गलमा चार दिनअघि आगलागी सुरु भएको थियो । जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकार…

Read More

काठमाडौँ । नेपाल प्रहरीले २५ जना एसपीलाई वरिष्ठ प्रहरी उपरीक्षक एसएसपीमा बढुवा गरेको छ। शुक्रबार बढुवा भएका प्रहरी अधिकारीहरूलाई विभिन्न प्रहरी निकायहरूमा जिम्मेवारी समेत तोकिएको छ। गृहमन्त्रीस्तरीय निर्णयसँगै जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख पनि परिवर्तन गरिएको छ। काठमाडौँ प्रहरी परिसरको प्रमुखमा विश्व अधिकारी र अपराध अनुसन्धानमा रमेशकुमार बस्नेतलाई जिम्मेवारी दिइएको छ। दर्ज्यानी चिन्ह लगाएको दुई दिनपछि उनीहरूको पदस्थापनको निर्णय भएको हो। पहिलो नम्बरमा बढुवा भएका रमेश थापा प्रहरी महानिरीक्षककै सचिवालयमा रहने भएका छन्। त्यस्तै अजय केसी साइबर ब्युरो, अनुपमशमशेर जबरा वृत्ति विकास महाशाखामा पदस्थापन भएका छन् । अन्य एसएसपीहरूको कहाँ कहाँ भयो पदस्थापन ?

Read More

काठमाडौं । व्यापक विरोध भएपछि मधेश सरकारले प्रस्तुत गरेको भाषा विधेयक फिर्ता लिएको छ । थारूलगायतको धेरैको मातृभाषा भएको भाषालाई सरकारी कामकाजको भाषा नबनाएर अँग्रेजी र हिन्दीलाई सरकारी कामकाजको भाषा बनाएपछि यसको विरोध भएको थियो । मधेश प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको भाषा विधेयक शुक्रबार फिर्ता लिएको हो । शिक्षामन्त्री रानीकुमारी तिवारीले प्रस्तुत गरेको प्रस्तावलाई सभामुख रामचन्द्र मण्डलले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको छ । मन्त्री तिवारीले नै गत बुधबारको बैठकमा प्रदेशको सरकारी कामकाजको भाषासम्बन्धमा बनेको विधेयक प्रस्तुत गरेकी थिइन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विधेयक फिर्ता लिने भन्दै प्रदेशसभा सचिवालयलाई शुक्रबार नै पत्र लेखेको थियो।

Read More

काठमाडौं ।  एक किलोमिटर ८९ मिटर लम्बाइको सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ । शुक्रबार सिद्धार्थ राजमार्गको सुरुङ प्रधामन्त्री केपी शर्मा ओलीले भर्चुअलरूपमा ‘ब्रेक थ्रु’ गरेका हुन् । २०७८ जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरु गरेको सुरुङका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोडमा ठेक्का लिएको थियो। पाँच वर्षमा सक्ने भनिएको कामको तीन वटा बाइपास यसअघि नै छिचोलिसकिएको थियो । सुरुङमार्ग दक्षिण र पूर्वबाट खनेर पूरा गरिएको छ। ब्लास्टिङ विधिबाट सुरुङमार्ग छेदन गरिएको आयोजनाले जनाएको छ।

Read More

काठमाडौं । कप्तान पूजा महतोको उत्कृष्ट खेल प्रदर्शनमा नेपालले मलेसियालाई सात विकेटले हराएको छ । आईसीसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको हो । नेपालसामु कमजोर प्रदर्शन गरेको मलेसियालाई नेपालले सहजै पराजित गरेको थियो । मलेसियाको जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर पहिला फिल्डिङ राजेको थियो । मलेसियाले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल बनायो । छयालिस रनको सामान्य लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कप्तान पूजाले अविजित २३ रनको योगदान दिइन् । उनले ३२ बल खेल्ने क्रममा चार चौका प्रहार गरिन्…

Read More

काठमाडौं । सरकारले यही माघ ९ गते भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै भएको रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त दुर्घटनामा आफन्त गुमाएका शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । उक्त रेल दुर्घटनामा परी नेपाली नागरिक कमला नवीन भण्डारी, लछिराम पासी, हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला कामी र राधेश्याम राध नेपालीको निधन भएको मन्त्रालयले जनाएको छ । दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीनजनाको स्थानीय अस्पताल र गम्भीर घाइते  एकजनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको…

Read More