

काठमाडौँ । जहानिया राणा शासन अन्त्य गर्नका लागि आफ्नो ज्यान बलिदान दिने सहिदहरूको स्मरणमा आज सहिद दिवस मनाइँदैछ ।
विक्रम सम्वत १९९७ साल माघ ६ गते तत्कालीन राणा प्रधानमन्त्रीले प्रजातान्त्रिक आन्दोलनका चारजनालाई ज्यान सजाय तोकेका थिए। जसमध्ये अन्तिम दुईजनाको माघ १५ गते राति गोली हानी हत्या गरिएको थियो। त्यसैको स्मरणमा हरेक माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ।
सहिद दिवसका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। विसं २००७ साल पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ। सहिदलाई यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ।
यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ।