

काठमाडौं । एक किलोमिटर ८९ मिटर लम्बाइको सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ । शुक्रबार सिद्धार्थ राजमार्गको सुरुङ प्रधामन्त्री केपी शर्मा ओलीले भर्चुअलरूपमा ‘ब्रेक थ्रु’ गरेका हुन् ।
२०७८ जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरु गरेको सुरुङका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोडमा ठेक्का लिएको थियो।
पाँच वर्षमा सक्ने भनिएको कामको तीन वटा बाइपास यसअघि नै छिचोलिसकिएको थियो । सुरुङमार्ग दक्षिण र पूर्वबाट खनेर पूरा गरिएको छ। ब्लास्टिङ विधिबाट सुरुङमार्ग छेदन गरिएको आयोजनाले जनाएको छ।