

काठमाडौं । आज बिहानैदेखि काठमाडौंको केही भागमा मौसम बदलीको संकेत देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोसी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली रहने देखिएको छ ।
देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
बिहान काठमाडौँ उपत्यकाको तापक्रम ८ डिग्री सेल्सियम मापन गरिएको थियो । आज दिउँसो काठमाडौँमा अधिकतम १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको छ।
तर पानी पर्ने सम्भावना भने आज देखिएको छैन ।