

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएसँगै उनको बारेमा अनुसन्धान गर्ने १२ वकिल बर्खास्तीमा परेका छन्। सन् २०२० मा राष्ट्रपति निर्वाचनको नतिजा उल्टाउन भन्दै अनुसन्धान गर्ने ती वकिलहरूलाई नै अहिले बर्खास्त गरिएको हो। उनीहरुले ट्रम्पको नीति अनुसार काम गर्न नसक्ने ठहर गरिएको छ।
सीबीएस न्यूजका अनुसार कार्यवाहक महान्यायाधिवक्ता जेम्स मेक हेनरीले ती वकिलहरुलाई पदबाट हटाउने निर्णय गरेका हुन् । राष्ट्रपति ट्रम्पका नीतिलाई उनीहरुले राम्रोसँग कार्यान्वयन गर्न नसक्ने ठहर गर्दै पदबाट हटाइएको ती अधिकारीले जनाएका छन् ।
बर्खास्तमा परेकाहरु विशेष वकिल ज्याक स्मिथको टिमका सदस्यहरु हुन् । उनीहरु ट्रम्पले सन् २०२० को चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको विषयमा अनुसन्धानमा संलग्न थिए ।