

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सबै सम्पत्ति रोक्का भएको छ । रुपन्देही जिल्ला अदालतले हिजो जारी गरेको आदेशमा उनी लगायत प्रतिवादीहरूको सबै सम्पत्ति रोक्का राख्ने आदेश जारी भएको हो ।
गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले गरेको आदेशमा भनिएको छ :
‘अभियोग पत्रमा उल्लेखित प्रतिवादीहरूको नाममा रहेको सम्पत्ति मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९२ बमोजिम कुनै व्यहोराले हक हस्तान्तरण गर्न नपाउने गरी यथास्थितीमा रोक्का राखी सो को जवाफ पठाउनू भनी सम्बन्धित मालपोत कार्यालयहरुलाई लेखी पठाउनू।’
बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई अदालतले १ करोड धरौटी माग गरेको थियो । अदालतको आदेशसँगै उनी धरौटी बुझाएर रिहा भइसकेका छन् । बैंक ग्यारेन्टीमार्फत उनले अदालतमा धरौटी बुझाएका हुन् ।