

काठमाडौं । रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ । आइतबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले धरौटी लिएर छाड्न आदेश दिएको हो ।
यसअघि स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा लामिछानेसँग जिल्ला अदालत काठमाडौंले ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो त्यस्तै, उनलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटी मागेको थियो । दुवै अदालतमा रविले धरौटी बुझाइसकेका छन् ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।