काठमाडौँ । अमेरिकाको ४७ औँ राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्प आज ह्वाइट हाउस प्रवेश गर्दैछन्। सोमबार १२ बजे हुने उनको शपथ ग्रहणका लागि अमेरिकामा भव्य तयारी गरिएको छ। त्यसभन्दा अघि उनी सेन्ट जोन्स चर्चमा बिहानको प्रार्थनामा सहभागी हुनेछन्। राष्ट्रपति भवन ह्वाइट हाउसमा आयोजना हुने भव्य समारोहका बीच वर्तमान राष्ट्रपति जो बाइडनले उनलाई सत्ता हस्तान्तरण गर्ने कार्यतालिका रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। शपथ ग्रहण पछि पदभार ग्रहण गरेसँगै राष्ट्रपति ट्रम्पले विभिन्न नियुक्ति र आदेश जारी गर्ने बताइएको छ। राष्ट्रपति निर्वाचित भएपछिको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले शपथ ग्रहणको पहिलो दिन नै रेकर्ड तोड्ने गरी कार्यकारी आदेश जारी गर्ने बताएका थिए। उनको…
Author: Kathmandu Khabar
काठमाडौँ । पहिलोपटक आयोजना गरिएको खोखो विश्वकपमा ऐतिहासिक रेकर्ड कायम गर्दै फाइनल प्रवेश गरेको नेपाली टोली उपाधि चुम्नबाट भन्ने रोकिएको छ। महिला र पुरुष दुवै टिम एकैपटक फाइनलमा प्रवेश गरेको नेपाली टिमले आइतबार फाइनल खेल भारतसँग खेलेको थियो । तर दुवै खेलमा नेपालले उपविजेता बनेर फर्किनु परेको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा सम्पन्न फाइनल खेलमा नेपाल आयोजक भारतसँग ५४–३६ अङ्कले पराजित भएको हो । यसअघि हिजै भएको महिलातर्फको फाइनल खेलमा पनि नेपाल भारतसँग नै ७८–४० अङ्कले पराजित भएको थियो । पुरुषतर्फ नेपाल समूह ‘ए’को उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको हो । नेपाल पहिलो खेलमा भारतसँग ४२–३७…
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले शनिबार झापामा गरेको आक्रमणको निन्दा र भर्त्र्सना गरेको छ । नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कंदै गर्दा कन्काइ नगरपालिकाको सुरुङ्गा नजिक उनीमाथि आक्रमण भएको थियो । उहाँको निधारमा चोट लागेको कांग्रेसले जनाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानुनी कारबाहीका लागि सरकारसँग माग गरे ।
काठमाडौं । प्यालेस्टिनी इस्लामी समूह (हमास) को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ । यससँगै सम्झौताको मध्यस्थकर्ता अमेरिका, कतार र इजिप्टले युद्धविराम सम्झौता कार्यान्वयन सुरू भएको पुष्टि गरेका छन् । स्थानीय समयअनुसार ८:३० मा सुरु हुने भनिएको युद्धविराम तोकिएको समयभन्दा दुई घण्टा ४५ मिनेट ढिलो अर्थात् इजरायली समय अनुसार ११:१५ बजेदेखि शुरू भएको इजरायलले पुष्टि गरेको छ । ‘सम्झौताको एक भागको रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज (आइतबार) निम्न इजरायली कैदीहरू, डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेनलाई रिहा गर्ने निर्णय गरेको छ,’ बन्धक महिलाहरूको नाम सार्वजनिक गर्दै समूहले जारी गरेको…
रुपन्देही । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले रास्वपा सभापति रवि लामिछानेसहित ४२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको छ । आइतबार अपराह्न बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा उनीहरूविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । संगठित रुपमा ठगीको कसुरको यो मुद्दामा ४२ जना प्रतिवादी बनाइएको छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको एक अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहितलाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन गत शुक्रवार प्रहरीले…
काठमाडौं । अस्ट्रेलियाको मेलबर्नस्थित यति फुटबल क्लबले वार्षिकरूपमा आयोजना गर्दै आएको फुटबल प्रतियोगिता ‘कँडेल कप २०२५’ को तयारी पूरा भएको छ । १४ औं संस्करणको यो प्रतियोगिता आगामी मार्च ८ र ९ तारिखमा मेलबर्नको डार्बिन अन्तर्राष्ट्रिय स्पोर्ट्स सेन्टरमा आयोजना हुने आयोजकले जनाएको छ । विजेता टोलीले १२ हजार डलर पाउने यो संस्करणमा कुल ४० टोली सहभागी हुने बताइएको छ । खुला प्रतिस्पर्धातर्फ २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् भने ३५ वर्षमाथिका उमेर समूहमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल र नेपाली फुटबललाई प्रवर्द्धन गर्दै खेलकुदको माध्यमबाट समुदायलाई एकजुट बनाउने उद्देश्यले आयोजना गरिने यस प्रतियोगितामा क्यानबेरा, सिड्नी, गोल्डकोस्ट, ब्रिसबेन, तास्मानिया, र एडिलेडका क्लबहरू…
काठमाडौं। नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले शनिबार मध्यरातमा लेखेको एउटा स्टाटसले उनका समर्थकहरूमा निराशा बढाएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा आफ्नो खेल जीवनबाट सन्यास लिन लागेको संकेतले उनका समर्थकहरूमा निराशा बढेको हो। अङ्ग्रेजी भाषामा लेखेको उनको स्टाटसमा भनिएको छ : ‘धन्यवाद ! सबैजनालाई यो सबै कुराको लागि धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । यो माया र हौसला मेरा लागि सबथोक भएको र सदा मनमा विशेष किसिमले रहिरहनेछ ।’ उनको यो स्टाटस सन्यास लिनको लागि हो या एटेन्सन पाउनको लागि हो भन्ने यकिन भइसकेको…
काठमाडौं । नक्साल चारढुङ्गामा मूर्ति भेटिएपछि रोकिएको सडक निर्माण पुन: सुरु भएको छ । कामपा वडा नं. १ नक्साल क्षेत्रमा पर्ने परम्परागत पैदल बाटो निर्माण गर्ने क्रममा भैरव मूर्ति देखिएपछि सो निर्माण कार्य रोकिएको थियो । मूर्ति भेटिएको ठाउँमा मन्दिर बनाई क्षमापूजासहित शनिबार पुन: काम सुरु गरिएको निर्माण पक्षले जनाएको छ । शनिबार प्रतिनिधिसभाका सोही क्षेत्रका सांसद गगन कुमार थापाले शिलान्यास (ढुंगा बिछ्याउने कार्य ) गरेका हुन् । नक्शाल भगवती बहालमा आयोजित कार्यक्रममा सरोकारवाला, घरधनी, टोलवासीहरू उपत्यका विकास प्रधिकरणका प्रमुखसहित जनप्रतिनिधिहरुको निर्णयअनुसार कार्य भइरहेको जनाएका छन् । उक्त बाटोमा ढुङ्गा छपाए पनि निर्माण सकिएपछि सबै प्रकारका सवारी आवत जावत हुने…
काठमाडौं । नेपाली खेल क्षेत्रमा ओझेलमा परिरहेको खोखो खेललाई पहिलो विश्वकपमा खेलाडीले देखाएको उत्कृष्ट प्रदर्शनले एकाएक चर्चामा ल्याएको छ। सेमिफाइनलमा प्रवेश गरेपछि बिस्तारै चर्चा सुरु भएको यो खेलमा नेपालले आज ऐतिहासिक रेकर्ड राख्ने प्रयास गरिरहेको छ। महिला र पुरुषतर्फको दुवै टोली एकैपटक पहिलो विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारतमा भइरहेको पहिलो खो खो विश्वकपमा उपाधिका लागि नेपालले भारतसँग आज फाइनल खेल खेल्दैछ। आज पुरूष र महिला दुवै टोलीको फाइनल खेल हुँदैछ र दुवैतर्फ नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुनेछ । पुरुषतर्फको फाइनल त्यसलगत्तै राति ८:१५ बजे सुरु हुनेछ । दुवै खेल…
काठमाडौँ । आजबाट मलेसियामा सुरु भएको यू–१९ टी२० महिला विश्वकपको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपाली समय अनुसार दिउँसो सवा १२ बजे सुरु भएको खेलमा नेपालले बङ्गलादेशलाई ५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। मलेसियाको बाङ्गीस्थित युकेएम क्रिकेट ओबलमा ब्याटिङमा उत्रिएको बङ्गलादेशले १३ दशमलव २ ओभरको खेलमा पाँच विकेटको क्षतिमा निर्धारित लक्ष्य हासिल गरेको हो। नेपालले १८ दशमलव २ ओभरमा अल आउट हुँदै जम्मा ५२ रन जोड्न सकेको थियो। आजको खेलमा नेपालको तर्फबाट साना प्रविनले सर्वाधिक १९ रन जोडिन्। कप्तान पूजा महतो दुई रनमै पेबिलियन फर्किइन्। खेलमा अर्की खेलाडी सिमाना केसीले १० रन जोडिन्। बंगलादेशको जितमा सुमैया…
काठमाडौँ । आजबाट सुरु भएको यू–१९ टी२० महिला विश्वकपको पहिलो खेलमा नेपालले खराब सुरुवात गरेको छ। मलेसियाको बाङ्गीस्थित युकेएम क्रिकेट ओबलमा नेपाली समयअनुसार दिउँसो सवा १२ देखि सुरु भएको खेलमा नेपाल बंगलादेशसँग ५२ रनमा नै अलआउट भएको हो । १८.२ ओभरमै अल आउट भएका नेपाली खेलाडीमध्ये दुई जना सफल भए । आजको खेलमा नेपालको तर्फबाट साना प्रविनले सर्वाधिक १९ रन जोडिन्। कप्तान पूजा महतो दुई रनमै पेबिलियन फर्किइन्। खेलमा अर्की खेलाडी सिमाना केसीले १० रन जोडिन्। प्रतियोगिताको पहिलो दिन शनिबार छवटा खेल हुँदैछ। जसमा नेपालले बङ्गलादेशसँग आफ्नो पहिलो खेल खेलेको हो।
काठमाडौं। नेपाली राजदूतावास जर्मनीले एक सूचना जारी गर्दै माल्टा क्रुएसिया जस्ता देश लैजाने भन्दै नेपालबाट मानव तस्करी हुने गरेको भन्दै सचेत रहन आग्रह गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै दूतावासले रोमानिया, क्रोएसिया, माल्टाजस्ता देशहरू लैजाने भन्दै रकम असुल गरी पोल्यान्ड, गुल्गेरिया जस्ता देशमा श्रमिक ओसारपसार गर्ने गरेको भेटिएकाले सचेत रहन आग्रह गरेको हो। नेपालमै फेसबुक इन् लगायतका विभिन्न सामाजिक सञ्जाल मार्फत आर्थिक प्रलोभन देखाएर यस्ता देशहरूमा लैजाने गरिएको दुतावासको सूचनामा उल्लेख छ।
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित काठमाडौँ महानगरपालिका–७ र ८ को सिमानामा रहेको लिच्छविकालीन सिफल ढोका पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ । काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडाध्यक्ष आशामान सङ्गतले आज पूजा गरी लिच्छविकालीन सिफल ढोका पुनःनिर्माणका लागि शिलान्यास गरेका हुन्। ढोका जीर्ण भएकाले पुनःनिर्माण गर्न लागिएको उनले बताए । विसं २०८२ मङ्सिर २३ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सिफल ढोका रु ४४ लाख ३८ हजार दुई सय १८ लागतमा ढोका पुनःनिर्माण थालिएको पर्यटन समिति संयोजक सङ्गतले जानकारी दिए । लिच्छविकालमा निर्माण भएको ढोकाको २०४९ सालमा पुनःनिर्माण गरिएको थियो । यसैगरी २०५२ सालमा उत्तरपट्टिको…
काठमाडौं । धितोपत्र बोर्डले दुई कम्पनीलाई आइपिओ निष्कासनको लागि अनुमति दिएको छ। लामो समयदेखि रोकिँदै आएको साधारण सेयर निष्काशनका लागि अनुमति दिने प्रक्रिया सुरु भएको हो । बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फार्मासिटिकल्सलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई रु २२ करोड ५० लाख मूल्य बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री लागि यही माघ ३ गते अनुमति दिएको हो । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । यस्तै, बोर्डले ओम मेगाश्रीलाई रु १८ करोड बराबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि…
काठमाडौँ । पार्टीका संस्थापक महामन्त्री मुकुल ढकाललाई पार्टीमा पुन: भित्र्याउनुपर्ने माग राख्ने राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशका सभापति राजेश तिम्सिनामाथि पार्टीले कारबाही गरेको छ। पार्टीको अनुशासन समितिले पठाएको निलम्बनसम्बन्धी पत्र शुक्रबार मात्र आफूले प्राप्त गरेको तिम्सिनाले बताएका छन्। केही समय अगाडि उनले पार्टी कार्यवाहक सभापति डिपी अर्याललाई संस्थापक महामन्त्री ढकाललाई पार्टीमा फिर्ता गराउन माग गर्दै पत्र लेखेका थिए। सोही आधारमा तिम्सिनामाथि छानबिन हुनुपर्ने भन्दै निवेदन परेको कारण देखाएर अनुशासन समितिले निलम्बन गरेको हो। गत १७ पुसमा पूर्व महामन्त्री ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै तिम्सिनासहित मधेश प्रदेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका थिए । पार्टी केन्द्रीय अनुसन्धान…
काठमाडौं। आजदेखि आइसिसी यु-१९ विश्वकप २०२५ को दोस्रो संस्करण सुरु हुँदैछ। मलेसियाको बाङ्गी स्थित युकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सभा १२ बजेदेखि खेल सुरु हुन लागेको हो। प्रतियोगिताको पहिलो दिन शनिबार छवटा खेल हुँदैछ। जसमा नेपालले बङ्गलादेशसँग आफ्नो पहिलो खेल खेल्न लागेको छ। यसअघि नेपालले बङ्गलादेशसँग गत डिसेम्बरमा भएको यु १९ एसिया कपमा खेल खेलिसकेको छ भने त्यतिबेला नेपाल बङ्गलादेशसँग पराजित भएको थियो। विश्वकप अन्तर्गत नेपाल र बङ्गलादेश बाहेक इङ्ल्यान्ड र आयरल्यान्ड अस्ट्रेलिया र स्कटल्यान्ड, सामु आ र नाइजेरिया पाकिस्तान र अमेरिका र दक्षिण अफ्रिका र न्युजिल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ। मलेसियाली सञ्चार माध्यमहरूका अनुसार आजको वातावरण भन्ने बाङ्गी…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ । पूर्व महामन्त्री ढकाललाई पूर्ववत् जिम्मेवारीमा फर्काउन तिम्सिनाले माग गर्दै पार्टीका कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेका उनलाई पार्टीले निलम्बन गरेको हो । सोही आधारमा तिम्सिनामाथि छानबिन हुनुपर्ने भन्दै निवेदन परेको कारण देखाएर अनुशासन समितिले निलम्बन गरेको हो। गत १७ पुसमा पूर्व महामन्त्री ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै तिम्सिनासहित मधेश प्रदेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका थिए । पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले नियमावली २०८० को परिच्छेद ४ को नियम ४.१ (ख), नियम ४.१.१. (ख) तथा नियम ६.२.३.(झ) का…
काठमाडौं । तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन्? यदि आइरहेका छ भने सावधान ! त्यस्ता इमेल वा नम्बरबाट आएका सन्देश तथा कुराकानीमा विश्वास नगर्नुहोला । त्यसले तपाईंलाई घरबारविहीनसमेत बनाउनसक्छ । नेपाल प्रहरी, साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थी त्यसरी आएको फोन उठाउन र त्यस्ता इमेलको विश्वास नगर्न तथा प्रतिक्रिया नदिन आग्रह गर्छन् । त्यसरी अपरिचित व्यक्तिले भनेका तथा अपरिचित इमेलबाट आएका सन्देशको भर पर्दा र प्रतिक्रिया जनाउँदा मानिसहरू ठगिएकाले यसतर्फ विशेष सावधानी अपनाउन उनले आग्रह गरे । प्रहरी उपरीक्षक अवस्थीले पछिल्लो समय साइबर ब्यूरोलगायत…
काठमाडौं । नेकपा माओवादी केन्द्रको संयोजनमा आज बसेको विपक्षी दलको बैठकले छ बुँदे साझा धारणा जारी गरेका छन् । आज दिउँसो नयाँ बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलका नेताको कार्यालयमा बसेको विपक्षी दलको बैठकले यस्तो धारणा तयार पारेका हुन् । जारी वक्तव्यमा आजपाका सहअध्यक्ष तिलक थापा मगर, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् । यस्तो छ साझा धारणा
काठमाडौं। संसद् भवन नयाँबानेश्वरमा विपक्षी दलको बैठक सुरु भएको छ। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको पहलमा विपक्षी दलहरुको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको हो । बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी लगायतका दलका प्रतिनिधिहरु सहभागी भएका छन्। प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बसेको बैठकमा माओवादीबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, रास्वपाबाट कार्यबाहक सभापति डीपी आर्याल र सन्तोष परियार, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र बुद्धिमान तामाङ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र बेदुराम भुसाल लगायत उपस्थित छन्। बैठकमा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई पनि निम्ता दिइएको भए पनि उनी भने बैठकमा उपस्थित…
काठमाडौं। प्रतिनिधि सभाको प्रतिपक्षमा रहेका दलहरूको संयुक्त बैठक आज बस्ने भएको छ। संसदको हिउँदै अधिवेशन बोलाउन दबाब दिने लगायतका विषयमा छलफल गर्नका लागि शुक्रबार दिउँसो बैठक बस्न लागेको हो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा बस्न लागेको बैठक दिउँसो २ बजे विपक्षी दल दलको कार्यालय नयाँ बानेश्वरमा बस्न लागेको हो । यसअघि बुधबार छलफलमा जुटेका प्रतिपक्षी दलहरूले सरकारको काम कारबाहीको समीक्षा गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने विषयमा छलफल गरेका थिए। संयुक्त बैठक सकिए लगत्तै दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरको लोत्से हलमा संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी गरिएको माओवादीले जनाएको छ।
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको संसदीय दलको बैठकले संसदीय दल अनुशासन समिति निर्माण गर्ने निर्णय गरेको छ। जसको संयोजक दिलेन्द्र प्रसाद बडुलाई तोकिएको छ। बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, अर्थ समिति संयोजकमा प्रकाशशरण महतलाई नियुक्त गरेको छ। बैठकले कृषि समितिमा चन्दा चौधरी र सार्वजनिक लेखा समितिमा संजय गौतमलाई संयोजक नियुक्त गरेको हो।
काठमाडौं। भाटभटेनी सुपरमार्केटले आफ्ना नियमित ग्राहकहरूका लागि उपहार योजना ल्याएको छ। यही माघ ६ गतेदेखि फागुन ९ गतेसम्म लागू हुने उपहार योजना अन्तर्गत भाटभटेनीका नियमित ग्राहकले १३०० देखि २ लाख रुपैयाँसम्मको सामान उपहार स्वरूप लैजान पाउने भएका छन्। हाटबाटै सुपरमार्केटले एक सूचना जारी गर्दै न्यूनतम १३०० देखि अधिकतम २ लाख रुपैयाँसम्मको गिफ्ट भाउचर सदस्यहरूलाई बाँड्ने तयारी रहेको बताएको हो। भाटभटेनीले आफ्ना नियमित ग्राहकको सङ्ख्या १ लाख९ हजार ५२९ जना रहेको जनाएको छ। यी सम्पूर्ण सदस्यलाई यसरी दिइने गिफ्ट भाउचरमा कुल २२ करोड ५२ लाख ४९ हजार ३२४ खर्च हुने भाटभटेनीले जनाएको छ। यसरी प्राप्त हुने उपहार देशभरका २७ वटै भाटभटेनी…
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्व प्रशासकहरूसँग छलफल गरेका छन्। पछिल्लो समय निजामती क्षेत्रमा सुधारको बारेमा चर्चा चलिरहेका बेला यस क्षेत्रको सुधारको उपाय खोजी गर्नका लागि पूर्व प्रशासकसँग छलफल गरिएको हो । महामन्त्री थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सिमित स्रोत र साधनका बीच पनि सरकार र राज्यका निकायले आफ्नो कामलाई कसरी कुशल ढङ्गले अघि बढाउन सक्छन् भन्ने बारेमा छलफल गरिएको जानकारी दिएका छन् । उनले भनेका छन् : ‘आफ्नो अनुभव अध्ययन र दक्षताका आधारमा उहाँहरुले दिनुभएका व्यावहारिक सुझाव र छलफलका निष्कर्षहरूलाई सरकारका प्राथमिकता कार्यान्वयनलाई सहज बनाउन गठन भएको राजनीतिक संयन्त्रमा प्रस्तुत गर्नेछु।’
काठमाडौं । नेपाली काँग्रेसले आफ्ना मन्त्रीहरूलाई सरकारको कामकाजको बारेमा बुझ्नको लागि बोलाएको छलफल कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्काले आफूमाथि मन्त्रालयमै हातपात भएको कुरा उठाएका छन् । उनले मन्त्रीमाथि नै मन्त्रालय परिसरमा हातपातको प्रयास गरेको भन्दै सुरक्षा व्यवस्थामाथि प्रश्न चिह्न खडा गरेको छ । ‘गत शुक्रबार साँझ ६ बजे मन्त्रालयबाट निस्कदैँ गर्दा भर्याङमै ममाथि एक व्यक्तिले हातपात प्रयास गरे,’ बैठकमा गृहमन्त्री रमेश लेखकलाई सुनाएका थिए, ‘किन मन्त्रालयमै सुरक्षा व्यवस्था कमजोर भयो?’ जवाफमा गृहमन्त्री रमेश लेखकले हातपात प्रयास गर्नेमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
काठमाडौं । नेपाली काँग्रेसले आफ्ना मन्त्रीहरूलाई सात बुँदे निर्देशन दिएको छ । बिहान देउवा निवास बुढानीलकण्ठमा सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूले मन्त्रीलाई बोलाएर सात बुँदे निर्देशन दिएका थिए । जसमा दुई दिनसम्म पार्टी कार्यालयमा पुगेर पार्टीको गुनासो सुन्नुपर्ने जस्ता बुँदाहरू रहेका छन् । यस्तो छ काँग्रेसले मन्त्रीहरूलाई दिएको सात बुँदे निर्देशनको पूर्णपाठ १) सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने । २) विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुर्याउन सक्रियतासहित कार्य गर्ने । ३) आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने । ४) चालू आर्थिक वर्षको…
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको एक घरमा आल्मोनियमको काम गर्ने एक श्रमिकको ज्यान गएको छ । सो ठाउँमा बस्ने नारायण चौलागाईंको घरमा आल्मोनियमको काम गर्ने क्रममा करेन्ट लागेर मोरङ घर भई काठमाडौंको पेप्सिकोला बस्ने २७ वर्षीय रोशन माझीको ज्यान गएको हो । करेन्ट लागेपछि उपचारका लागि करूणा अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा ज्यान गएको अस्पताल स्रोतले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि जतेको छ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । पुलिसले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा २९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा समेटियो । आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा सोमपाल कामी र विनोद भण्डारीले समान ११÷११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पुलिसका सागर ढकालले छ तथा ललित राजवंशीले चार…
काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्रदेश सरकारलाई राजस्वबाट उठेको ४० प्रतिशत रकम नबुझाएको भन्ने बागमती प्रदेशमन्त्रीको भनाइमा काठमाडौं महानगरपालिकाले आपत्ति जनाएको छ । बिहीबार महानगरपालिकाका प्रशासन विभाग प्रमुख ध्रुव काफ्लेले विज्ञप्ति जारी गर्दै मन्त्रीको यो भनाइ अबुझपनायुक्त टिप्पणी भएको भन्दै आपत्ति जनाएको हो । बुधबार काठमाडौँमा बागमती प्रदेश सरकारले आयोजना गरेको स्थानीय तहका महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले यस्तो गुनासो गरेका थिए । महानगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ : ‘माघ २ गते बुधबार काठमाडौँमा बागमती प्रदेश सरकारले आयोजना गरेको स्थानीय तहका महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रममा काठमाडौँ महानगरपालिकाले प्रदेश सरकारलाई राजस्वबाट उठेको ४० प्रतिशत…
काठमाडौं । अमेरिकी प्रवासी नेपालीले नागरिकतासम्बन्धी अध्यादेशको व्यवस्थामा ध्यानाकर्षण भएको जनाएको छ । सरकारले गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिहरूलाई लक्षित गरी ल्याउन लागेको अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । ’हामी सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय परराष्ट्रमन्त्रीज्यू,माननीय गृहमन्त्रीज्यूलगायत सिंगो नेपाल सरकारको मन्त्रीपरिषदसमक्ष ’गैरआवासीय नेपाली नागरिकता वा परिचयपत्रप्राप्त व्यक्ति र तिनका परिवारलाई नेपालमा बसोबास गर्दा १० वर्षसम्म गैरआवासीय भिसा निःशुल्क प्रदान गर्ने व्यवस्था गर्ने’ भन्ने कानुन संशोधनको बुँदालाई पुनर्विचार गरी हामीहरुको संविधान प्रदत्त अधिकारको पूर्ण सुरक्षाको प्रत्याभूतिका लागि अनुरोध गर्दछौं ।’ नेपाली जनसम्पर्क समिति र प्रवासी नेपाली मंच अमेरिकाले संयुक्तरूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेपालको वर्तमान संविधानले समेत प्रवासमा रहेका नेपालीहरुलाई…
