

काठमाडौं। नेपाली राजदूतावास जर्मनीले एक सूचना जारी गर्दै माल्टा क्रुएसिया जस्ता देश लैजाने भन्दै नेपालबाट मानव तस्करी हुने गरेको भन्दै सचेत रहन आग्रह गरेको छ।
शुक्रबार एक सूचना जारी गर्दै दूतावासले रोमानिया, क्रोएसिया, माल्टाजस्ता देशहरू लैजाने भन्दै रकम असुल गरी पोल्यान्ड, गुल्गेरिया जस्ता देशमा श्रमिक ओसारपसार गर्ने गरेको भेटिएकाले सचेत रहन आग्रह गरेको हो।
नेपालमै फेसबुक इन् लगायतका विभिन्न सामाजिक सञ्जाल मार्फत आर्थिक प्रलोभन देखाएर यस्ता देशहरूमा लैजाने गरिएको दुतावासको सूचनामा उल्लेख छ।