

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्व प्रशासकहरूसँग छलफल गरेका छन्। पछिल्लो समय निजामती क्षेत्रमा सुधारको बारेमा चर्चा चलिरहेका बेला यस क्षेत्रको सुधारको उपाय खोजी गर्नका लागि पूर्व प्रशासकसँग छलफल गरिएको हो ।
महामन्त्री थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सिमित स्रोत र साधनका बीच पनि सरकार र राज्यका निकायले आफ्नो कामलाई कसरी कुशल ढङ्गले अघि बढाउन सक्छन् भन्ने बारेमा छलफल गरिएको जानकारी दिएका छन् ।
उनले भनेका छन् : ‘आफ्नो अनुभव अध्ययन र दक्षताका आधारमा उहाँहरुले दिनुभएका व्यावहारिक सुझाव र छलफलका निष्कर्षहरूलाई सरकारका प्राथमिकता कार्यान्वयनलाई सहज बनाउन गठन भएको राजनीतिक संयन्त्रमा प्रस्तुत गर्नेछु।’