

काठमाडौं । नेपाली काँग्रेसले आफ्ना मन्त्रीहरूलाई सरकारको कामकाजको बारेमा बुझ्नको लागि बोलाएको छलफल कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्काले आफूमाथि मन्त्रालयमै हातपात भएको कुरा उठाएका छन् । उनले मन्त्रीमाथि नै मन्त्रालय परिसरमा हातपातको प्रयास गरेको भन्दै सुरक्षा व्यवस्थामाथि प्रश्न चिह्न खडा गरेको छ ।
‘गत शुक्रबार साँझ ६ बजे मन्त्रालयबाट निस्कदैँ गर्दा भर्याङमै ममाथि एक व्यक्तिले हातपात प्रयास गरे,’ बैठकमा गृहमन्त्री रमेश लेखकलाई सुनाएका थिए, ‘किन मन्त्रालयमै सुरक्षा व्यवस्था कमजोर भयो?’
जवाफमा गृहमन्त्री रमेश लेखकले हातपात प्रयास गर्नेमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।