Author: Kathmandu Khabar

काठमाडौं । १५ महिनाको हिंस्रक युद्धपछि इजरायल र हमासबीच युद्धविराम भएको छ। अवधिमा ४६ हजार जनाको ज्यान गइसकेपछि इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन् । ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि कार्यान्वयन हुनेछ । इजरायल र हमासबीच कतारमा भएको सम्झौतालाई अन्तिम रूप दिइएको छ । यो जानकारी युद्धविराम सम्झौतासँग सम्बन्धित जानकारी भएको बीबीसीले जनाएको छ । हमासका मुख्य वार्ताकार खलिल अल–ह्याले युद्धको क्रममा गाजामा भएको पीडाका लागि हमासले इजरायललाई माफ गर्न नसक्ने बताएका छन् । “सबै पीडितहरूको तर्फबाट रगतको प्रत्येक थोपा र पीडाको प्रत्येक आँसुको लागि हामी बिर्सने छैनौँ,” उनले भने ।

Read More

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको तर्फबाट सरकारमा भएका मन्त्रीहरूलाई छलफलका लागि बुढानिलकण्ठ बोलाएका छन्। बिहान देउवा निवास बुढा निलकण्ठमा कांग्रेसका तर्फबाट केन्द्रीय सरकारमा सहभागी मन्त्रीहरूलाई कामको समीक्षा गर्नका लागि बोलाइएको हो । गगत असार २८ गते गठन भएको केपी ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीसँग देउबाले पहिलोपटक छलफल गर्न लागेका हुन्। जसमा उनीहरूको कार्यसम्पादन मूल्याङ्कनको विश्लेषण र सरकारमा रहँदाका कठिनाइको बारेमा समेत छलफल हुने महामन्त्री विश्व प्रकाश शर्माले जानकारी दिए। उनका अनुसार पहिले पदाधिकारी सहितको छलफल हुने र त्यसपछि सभापति देउवासँग मात्र छलफल हुने कार्यक्रम तय गरिएको छ।

Read More

काठमाडौं। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तत्काल प्रमाणको आधारमा दोषी रहेनन् भन्न सक्ने आधार नरहेको उल्लेख गरेको छ। बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश जारी गर्दै ६० लाख रुपैयाँ धरौटी तोक्दै तत्काल प्राप्त प्रमाणले उनी सहकारी ठगी प्रकरणमा दोषी रहेको संकेत गरेको हो। यसअघि कास्की जिल्ला अदालतले पनि लामिछानेलाई तत्काल प्रमाणको आधारमा दोषी होइनन् भन्न सक्ने आधार नदेखिएको उल्लेख गरेको थियो। अधिकारीको इजलासले जारी गरेको आदेश खण्डमा प्रतिवादी रवि लामिछानेको एकल हस्ताक्षरबाट विभिन्न व्यक्तिको नाममा रकम भुक्तानी गरेको देखिएको उल्लेख गरेको छ। छो लगायत विभिन्न प्रमाणको आधारमा प्रतिवादी लामिछाने प्रस्तुत भारदात्मा कसुरदार होइनन् भन्न सक्ने अवस्था…

Read More

काठमाडौं । आफूलाई सामाजिक अभियान्ता मान्ने आशिका तामाङ पक्राउ परेकी छन् । पशुपति क्षेत्रमा कार्यरत प्रहरी अधिकारीलाई दुर्व्यवहार गरेको मुद्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले केही दिन पहिले ड्युटीमा रहेका प्रहरी अधिकारीलाई समेत ‘बर्दी खोलेर नाङ्गै हिँड्नुस्’ भन्दै थर्काएको भन्दै पुस २६ गते पशुपति क्षेत्र विकास कोषले आशिकाविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएको थियो । जाहेरीको आधारमा प्रहरी वृत्त गौशालाले अनुसन्धान गर्ने क्रममा पुस २८ गते अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति लिएको थियो। प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो ।

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि चार अध्यादेश जारी गर्ने बेलामा रोकिएको यो अध्यादेश बुधबार जारी गरेका हुन् । यसअघि अध्ययन गर्न बाँकी रहेको भन्दै रोकिएको अध्यादेश अहिले जारी भएको हो ।

Read More

काठमाडौं । काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार गरेको थुनछेक आदेशमा उनलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो । गत आइतबारदेखि चलेको बयान र थुनछेक बहसमा आज आदेश आएको हो । यसअघि उनलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।

Read More

काठमाडौं । सभापति रवि लामिछानेको थुनछेक बहसको फैसला आउनुपूर्व बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले वरिष्ठ अधिवक्तामाथि अदालत परिसरमै हातपात प्रयास गरेका छन् । सहकारी पीडितको तर्फबाट बहस गरेर फर्किने क्रममा त्रिपाठीमाथि अदालतको गेट नजिकै लामिछानेका कार्यकर्ताले हातपात गरेका हुन्। उनीहरू लामिछानेको मुद्दाको फैसला कुरेर अदालतको गेटबाहिर बसेका थिए । जाहेरवालाको तर्फबाट बहस गरेर बाहिर निस्केका त्रिपाठीमाथि अदालत बाहिर कुरेर बसेका समर्थकहरूले कुटपिट गरेकोले यो योजनाबद्ध रूपमा गरिएको आक्रमण हुन सक्ने पीडित पक्षको आरोप छ । सो मुद्दामा आज थुनछेक आदेश आउँदै छ।

Read More

काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइँदैछ। विसं १९९० साल माघ २ गते गएको भूकम्पको स्मरणमा हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ। यो साल सत्ताईसौँ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो। विक्रम सम्वत १९९० साल माघ २ गते भारतको मधुबनी जिल्लालाई केन्द्र बनाएर गएको विनाशकारी भूकम्पले काठमाडौँका करिब ७० प्रतिशत भन्दा बढी घर ध्वस्त भएको थियो। यही भूकम्पका कारण घण्टाघर धरहरा जस्ता ऐतिहासिक धरोहरहरू समेत ध्वस्त भएको थियो । यस वर्ष ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर देशैभर दिवस मनाउन लागिएको…

Read More

भादगाउँ (भक्तपुर) । भक्तपुरको सूर्यमढीमा आज धार्मिक महत्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ (माछा मार्ने जात्रा) हुने भएको छ । हरेक वर्ष भक्तपुर नगरपालिकाका विभिन्न २१ स्थानमा प्रदर्शन हुने नवदुर्गा देवगणको ङालाकेगु जात्रा सूर्यमढीबाट सुरु हुने परम्पराअनुसार जात्रा हुनलागेको हो । सूर्यमढीमा ङालाकेगु जात्रा गर्नुअघि गत पुस २९ गते ‘वापी पाछाकिगु’ जात्रा गरिएको थियो भने मङ्गलबार माघे सङ्क्रान्तिको साँझ देवगणले सूर्यमढी टोल परिक्रमा गरी राति खःप्याखं (नाच) प्रदर्शन गरी च्याम्हासिंह क्षेत्रमा ‘मुःवाहा जात्रा’ गरिएको थियो । ङालाकेगु जात्रामा जात्रा हुने स्थानमा टोल परिक्रमा सकेपछि राति ङालाकेगु स्थानमा सम्पूर्ण देवगणहरूको ‘खःप्याखं’ प्रदर्शनी हुने, ‘मुःवाहा जात्रा’ र ‘चाःप्याखं’ (रात्रि नाच)…

Read More

काठमाडौं । असफल सैनिक शासनको अभ्यास गरेका दक्षिण कोरियाका राष्ट्रपति पक्राउ परेका छन्। भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्सल ल प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेको दक्षिण कोरियाका सञ्चारमाध्यमहरूले जनाएका छन्। दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो । यसअघि पनि उनलाई पक्राउ गर्ने प्रयास भए पनि राष्ट्रपति सुरक्षा दलले त्यसलाई असफल पारेको थियो । तर अहिले दोस्रो पटकको प्रयासमा अधिक बल प्रयोग गरी उनलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । उनले घोषणा गरेको सैनिक शासन ६ घण्टा पनि टिक्न नसकेपछि उनी विरुद्ध आफ्नै दलबाट समेत चर्को आलोचना भइरहेको थियो। यो घटनापछि १४ डिसेम्बरको दिन उनीविरुद्ध संसदबाट…

Read More

काठमाडौँ । अतिवादी हमास समूहको नियन्त्रणमा रहेका भनिएका नेपाली युवक विपिन जोशीको रिहाइका लागि सरकारले कूटनीतिक क्रियाशीलतालाई निरन्तर जारी राखेको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरिरहेका छन्। यसै क्रममा अन्तर्गत उनले आज बिहान कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोनवार्ता गरिन् । मन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् । परराष्ट्रमन्त्रीले कतारका मन्त्री डा खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह…

Read More

काठमाडौं । साउने सङ्क्रान्तिलाई हिउँद र माघे सङ्क्रान्तिलाई बर्खा सुरु भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको छ। माघे सङ्क्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ । प्रकृतिका पुजारी मगर समुदायले साउने सङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन् । यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउने सङ्क्रान्तिमा भेला भएर नाचगान गर्ने, पुख्र्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको सङ्घका सचिव थापामगरले बताए । चेलीबेटीहरू तरुल र सेलरोटी, फलफुल लिएर माघे…

Read More

भादगाउँ (भक्तपुर) । भक्तपुरका नेवार समुदायले आज माघे सङ्क्रान्तिका अवसरमा सम्यक महादान पर्व मनाउँदैछन् । सो समुदायमा हाम्ह सँलु अर्थात् तिल सङ्क्रान्तिका रूपमा परिचित माघे सङ्क्रान्तिमा हरेक वर्ष मनाइने सम्यकदान पर्व बौद्ध धर्मावलम्बीहरूले ऐतिहासिक एवं सांस्कृतिक रूपले हर्षोल्लासका साथ मनाइने एक मौलिक पर्व हो । दायाँ हातले अभय वरदान दिने र बायाँ हातले चीबर समातिरहेको मुद्रामा बसेका विभिन्न स्वरुपका पाँच दीपङ्कर बुद्ध, विभिन्न विहारका गुरु र पुरोहितलाई आ–आफ्नो मनोकाङ्क्षा पूरा हुने अपेक्षासहित सर्वसाधारणले गरिने दान नै सम्यक महादान पर्व हो । सम्यक महादानका लागि भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौ, चतब्र्रम्ह महाविहार साकोथा, मङ्गल धर्मदीप विहार गोल्मढी, जयकीर्ति महाविहार (थथुवहि) दूधपाती र…

Read More

काठमाडौँ । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता…

Read More

काठमाडौं। थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । राजधानीसहित अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेष रूपमा मनाउँदै छन् । थारू समुदायमा आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा…

Read More

काठमाडौं । आइसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा नेपाल नौ रनले पराजित भएको हो । मलेसियामा आज भएको पहिलो अभ्यास खेलमा वेष्ट इन्डिजले नेपाललाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको थियो । नेपालको पारी १९ दशमलव एक ओभरमा एक सय रनमै समेटियो । नेपालका लागि सिमाना केसीले २३, पूजा महतोले १८, किरण कुँवरले १८ र सोनी पाख्रिनले १५ रन बनाए । बलिङतर्फ वेष्ट इन्डिजकी त्रिशा हरदत, आलिया विकीज र आमिया गिल्बर्टले दुई दुई विकेट लिइन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा चार विकेट गुमाएर…

Read More

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को गत शुक्रबारको बैठकले ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१,’ आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व(पहिलो संशोधन), २०८१’, निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन, २०८१ गर्न बनेको अध्यादेश’ जारी गर्न राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय आज यहाँ सार्वजनिक गर्दै ‘समृद्धिका…

Read More

काठमाडौं ।  जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहस सोमबार पनि नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि प्रहरी हिरासतमा पठाइएको छ । आज बिहानैदेखि सुरु भएको बहसमा पीडित पक्ष र सरकारी वकिलको तर्फबाट बहस सकिए पनि समय अभावले प्रतिवादीको तर्फबाट भने आज बहस हुन सकेन । आज बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई पुनः न्यायिक हिरासतमा पठाउने आदेश दिए  । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएपछि सभापति लामिछाने आइतबार स्वयं अदालतमा उपस्थित भएका थिए । सुरुमा उनको बयान लिइएको थियो । तर आइतबार नै बहस हुन नसकेपछि सोमबारदेखि मात्रै थुनछेक बहस गरिएको थियो । भोलि माघे संक्रान्ति…

Read More

काठमाडौं । सरकारले सिफारिस गरेको भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल रोकेका छन् । गत शुक्रबार मन्त्रिपरिषद्ले सिफारिस गरेका पाँच अध्यादेशमध्ये सोमबार चारवटा अध्यादेश जारी भए पनि भूमिसम्बन्धी अध्यादेश रोकिएको हो । सोमबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा चारवटा मात्रै अध्यादेश जारी भएको उल्लेख छ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो । यो अध्यादेश अध्ययनकै क्रममा रहेकोले अन्य अध्यादेशसँगै जारी नभएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

Read More

काठमाडौं। काठमाडौँको स्वर्ण लक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज थुन्छेक बहस हुँदैछ। गत बिहीबार कास्कीबाट हिरासतमुक्त भएपछि आइतबार जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका सभापति लामिछानेलाई अदालतले हिजो प्रहरीको जिम्मा लगाएको थियो। हिजो बयान सकिएपछि थुन्छेक बहस सुरु गर्ने भनिए पनि समय अभाव भएको भन्दै उनलाई प्रहरीको जिम्मा लगाएर सोमबारदेखि बहस सुरु गर्ने तय भएको थियो। थुन्छेक बहस न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुँदैछ। लामिछानेको तर्फबाट पूर्व महान्यायाधिवक्ता द्वय सुशील पन्त र रमन श्रेष्ठले बहस गर्दैछन् । दुवै पक्षको बहस सकिएमा आज नै आदेश आउने सम्भावना रहेको छ। दुवै पक्षको बहस नसकिएको खण्डमा भने लामिछाने बुधबारसम्म प्रहरी…

Read More

काठमाडौं । काठमाडौँ उपत्यकाका केही भेगसहित देशका पहाडी भूभागमा कताकतै आज छिटपुट वर्षा हुने सम्भावना रहेको छ। मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशका भू-भाग भने आज मुख्यतय सफा रहने महाशाखाले जनाएको छ ।

Read More

काठमाडौँ । नेपालको पहाडी भेगमा चर्चित रहेको स्वस्थानी व्रतकथा आजदेखि प्रारम्भ भएको छ। काठमाडौँको मौलिक कथामा आधारित रहेको यस स्वस्थानी व्रतकथा पौष शुक्ल पूर्णिमा अर्थात् आजदेखि सुरु भएर एक महिनासम्म चल्ने गर्दछ। स्वस्थानी देवीको पूजाआराधना गरी व्रत बस्ने र प्रत्येक दिन स्वस्थानी कथावाचन तथा श्रवण गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ। त्यसैले आजको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म…

Read More

काठमाडौं । विभिन्न खतरनाक स्थानमा समेत पुगेर जङ्गली जनावरहरूको तस्बिर सङ्कलन गर्ने चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । उनको ६४ वर्षको उमेरमा हिजो राति ग्रान्डी अस्पतालमा निधन भएको परिवार स्रोतले जनाएको छ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे ।

Read More

काठमाडौँ । कुल फर्स्छ्यौट भएकामध्ये करिब ३६.८४ प्रतिशत मुद्दा सरकारी वकिलहरूले हार्ने गरेको भेटिएको छ । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति कार्यालयलाई बुझाएको वार्षिक प्रतिवेदनमा सरकारवादी मुद्दामा दुईतिहाइ मुद्दा जितेको दाबी गरिएको छ । महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन आजमात्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । महान्यायाधिवक्ताको कार्यालयकाअनुसार यस आर्थिक वर्षभित्र नेपाल सरकारवादी भई मुद्दा चलाउने निर्णय भएका मुद्दाहरुको संख्या ४४ हजार ८११ र प्रतिवादी संख्या ६९ हजार ६३५ रहेको छ । फछ्र्यौट भएका मुद्दामा सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको पत्रकार सम्मेलनमात्रमार्फत जानकारी गराइएको छ । विगत पाँच आर्थिक वर्षमा सरकारी वकीलले प्रतिनिधित्व र प्रतिरक्षा गरेको…

Read More

काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशीसहित इजरायलीको रिहाइको माग गर्दै हजारौं इजरायलीले प्रदर्शन गरेका छन् । इजरायली राज्य तेल अभिभमा गरिएको प्रार्थनामा नेपालीहरू पनि विपीन जोशीको तस्वीरसहितको प्लेकार्ड लिएर प्रदर्शनमा उत्रिएका छन् ।  प्रार्थना गरेका छन्। प्रदर्शनपछिको कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत प्रा.धनप्रसाद पण्डितले समेत सहभागी भएको बताइएको छ । प्रदर्शनकारीहरूले नेपाली विद्यार्थी विपिन जोशीको तस्बिरअंकित प्लेकार्ड पनि बोक्ने गरेका छन्। अघिल्लो वर्ष २० असोज (२०८०) हमास आक्रमणका क्रममा अपहरित बन्दीहरू छाड्न माग गर्दै इजरायलको सबैभन्दा ठूलो सहर तेल अभिभमा हरेक शनिबार प्रार्थनासहितको प्रदर्शन गर्ने गरिएको हो।

Read More

काठमाडौं । अदालतमा आफैँ उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता भएको थियो । गत बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा छाडेपछि उनलाई काठमाडौं अदालतमा आफैँ उपस्थित हुने गरी श्रीमती निकिता पौडेलको जिम्मामा छाडेको थियो । सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए । लगत्तै न्यायाधीश अधिकारीको इजलासमा बयान भएको थियो । बयान सकिएपछि उनको सोमबारबाट थुनछेक बहस…

Read More

काठमाडौं। जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका ७ जनालाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत जाने तयारी गरेको छ। गत बिहिबार सहकारी प्रकरणमा संलग्न रहेको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सात जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । प्रतिवादी सातै जनालाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध पीडित र सरकारी वकिल कार्यालय उच्च अदालत जाने तयारीमा जुटेका हुन्। स्रोतका अनुसार कास्की अदालतको आदेश बदरको माग गर्दै आइतबार नै उच्च अदालतमा निवेदन दर्ता गर्ने उनीहरूको तयारी छ । उता सो आदेशविरुद्ध न्यायपरिषद्मा समेत उजुरी परेको छ। अभियन्ता युवराज सफलले आदेशको भोलिपल्ट अर्थात् शुक्रबार…

Read More

काठमाडौं। सिजन सुरु भएसँगै सहरखण्ड, तरुल र पिडालुको भाउ आकासिएको छ । माघे संक्रान्ति नजिकिएसँगै बजारमा सखरखण्ड तरुल र पीडालुको माग उच्च हुन थालेको छ। माग बढेसँगै कालिमाटी तरकारी बजार एवं काठमाडौँका अन्य तरकारी बजारमा समेत यी तरकारीको मूल्यमा उच्च वृद्धि भएको छ। कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबार जारी गरेको कृषि उपजहरूको थोक मूल्य अनुसार सखरखण्ड प्रतिकेजी ८०, पिँडालु प्रतिकेजी रु १००, तरुल प्रतिकेजी रु १२०, च्याउ (कन्य) प्रतिकेजी रु १२०, च्याउ (डल्ले) प्रतिकेजी रु ३८० निर्धारण गरिएको छ । कालिमाटी तरकारी बजारमा सो भाउ निर्धारण गरिएको भएपनि खुद्रा तरकारी बेच्ने पसलहरूमा भने कालिमाटीको तुलनामा झन्डै दोब्बर मूल्यसम्ममा यी…

Read More

काठमाडौं । नियमित प्रक्रिया अनुसार चल्ने हो भने यतिबेला सङ्घीय संसदको हिउँदे अधिवेशन बोलाउने बेला भइसकेको छ। सामान्यतया मङ्सिरको अन्तिम साता वा पुसको पहिलो हप्ता नै संसद संसद्को अधिवेशन बोलाउने गरिएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भन्ने अझै पनि संसदको हिउँदै अधिवेशन बोलाउने पक्षमा देखिँदैनन्। संसदमा लैजानुपर्ने बिजनेसको चाङ थुप्रिएर बसेपनि प्रधानमन्त्री भन्ने अझै पनि अध्यादेशको भरमा सरकार चलाउने दाउमा लागेको देखिन्छ। हिउँदै अधिवेशन बोलाउनुपर्ने समयमा उनी एकपछि अर्को अध्यादेश ल्याएर जग हँसाइ गरिरहेका छन् । संघीय संसद् सचिवालयका अनुसार २० भन्दा बढी विधेयक विचाराधीन छन् । तर सरकारले संसद बैठक नबोलाएर एक पछि अर्को अध्यादेश ल्याइरहेको छ । ती…

Read More

काठमाडौं । मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आइतबार सुदूरपश्चिम कर्णाली बागमती र कोशी प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना रहेको देखाएको छ। महाशाखाले जारी गरेको बुलेटिन अनुसार यी प्रदेशका पहाडी भेगमा केही भेगमा आज हल्का वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका पहाडी र तराई भूभागका समेत थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना छ । बाँकी भूभागमा आंशिकदेखि साधारणसभा बादल लागी एक–दुई स्थानमा मात्र छिटपुट वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Read More